सशस्त्र प्रहरी गणमा कोरोना संक्रमण फैलिए पछि आसपासका क्षेत्रपनी बन्द

  • साउन १८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

इलाम / इलाम स्थित सशस्त्र प्रहरी बल हेड क्वार्टर एक नम्बर गणमा कोरोनाको संक्रमण फैलिएपछि त्यसकै आसपासमा रहेको मालपोत कार्यालय र शिक्षा विकास तथा समन्वय इकाइको सेवा केही दिनलाई बन्द हुने भएको छ । कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्र (डिएमसिसिले) को बैठकले दुई कार्यालयले सेवाग्राहीलाई दिदै आएको सेवा केहि दिनलाई बन्द गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी नविन कुमार न्यौपानेले जानकारी दिए ।

‘इलाममा अहिले समुदायस्तरसम्म कोरोनाको संक्रमण फैलिसकेको छैन भन्ने समितिको निष्कर्ष छ, त्यसैले लकडाउन गर्नुपर्ने आवश्यकता देखिएन’, न्यौपानेले भने,‘लकडाउन गर्नुपर्ने अवस्था आयो भने समितिले निर्णय गर्छ ।’ कोरोना संक्रमितको कन्ट्रयाक ट्रेसिङमा भएका सवैको स्वाब परिक्षणको नतिजा नेगेटिभ आएकाले समुदायमा कोरोना नफैलिएको पुष्टि भएको न्यौपानेले जानकारी दिए । सशस्त्र प्रहरीको गणमा भएको सवैको नतिजा नआइञ्जेल र संक्रमित निको नभएसम्म मालपोत र शिक्षा विकास तथा सममन्वय इकाइले आन्तरिक काम गरेपनि सेवाग्राहीलाई सेवा प्रवाह नगर्ने निर्णय गरेको हो ।

सशस्त्र प्रहरीको गणमा कोरोनाका संक्रमण फैलिएपछि त्यसलाई शिल गरिएको छ । इलाममा अहिलेसम्म ५७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने सशस्त्र प्रहरीको गणका २७ जनालाई कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved