प्रदेश १ मा २७ संक्रमित थपिए

  • साउन १८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर, १८ साउन । प्रदेश १ मा आज २७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १६ र सुनसरीमा ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा ८ पुरुष, ४ महिला, कटहरीमा २ , ग्रामथान र बुढीगंगामा १–१ पुरुष, सुनसरीको धरानमा ८ पुरुष , १ महिला, बराहक्षेत्र र इटहरीमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले बताउनुभयो । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ७१ पुगेको छ ।

प्रदेश १ बाट आज ७ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ५ महिला र २ पुरुष डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ८ सय २१ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ९३ जनाको कोरोना परीक्षण गरिएको छ । आज परीक्षण गरिएका मध्ये ५ महिला र २२ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

गाँजा ओसारपसारको नया ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित ...

धरानको तीनढ्वाङ्गे प ...

सुनसरी/  धरान उपमहानगरपालिका–८ स्थित हर ...

सापटी रकम लिएर घर फर ...

विराटनगर/ आफूलाई प्रहरीको पहिचान दिँदै अपहरण र लुटपाट ग ...

बालिकामाथि यौन दुर् ...

इलाम/ इलामको माई नगरपालिका–२ निवासी ५२ वर्षी ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved