पाँच दिन अघि भएको सशस्त्र प्रहरी सँगको झडपमा घाइते भएका साहवाज मियाँको मृत्यु

  • साउन ८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । सुनसरीको सिमानामा केही दिन अघि भएको सशस्त्र प्रहरी सँगको मुठभेटमा घाइते भएका हरिनगरा गाउँपालिका ७ का साहवाज मियाँको मृत्यु भएको छ ।

गत साउन २ गते सशस्त्र प्रहरी सँग भएको झडपमा मियाँलाई गोलि लागि घाइते भएका थिए । उनको उपचारका क्रममा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विहिबार मृत्यु भएको हो । हरिनगरा गाउँपालिका ७ घुस्की स्थित दशगजामा साउन २ गते अवैध रुपमा सामान ल्याउँदै गरेको समयमा चेकजाँचका क्रममा सशस्त्र प्रहरी सँग झडप भएको थियो । सशस्त्रको हतियार खोस्न खोज्दा मियाँलाई पेटमा गोलि लागेको थियो ।

मियाँको मृत्यु भए पछि स्थानीय आन्दोलित बनेका थिए । विहिबार उनको मृत्यु भए पछि स्थानीयले मृतक परिवारलाई क्षतिपुर्तिको माग सहित शहिद घोषणा गर्नु पर्ने भन्दै आन्दोलन गरेका थिए ।

स्थानीयले आन्दोलन चर्काउन थाले पछि सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्र पोखरेलको संयोजकत्वमा विहिबार नै छलफल भएको थियो । छलफलमा मियाँको परिवारलाई १० लाख रुपैया क्षतिपुर्ति दिलाउन गृहमन्त्रालयमा पहल गर्ने सहमती भए पछि उनका परिवारले शव बुझेका छन् । मृतकलाई क्षतिपुर्ति दिने र घटनाको सत्यतथ्य छानविन गरि दोषि देखिए कारवाही गर्ने सहमती भएको हरिनगरा गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले बताए । छलफलमा मियाँका परिवार सँग ५ बुँदे सहमती भएको छ ।

माग सम्बोधन नभए धरान ...

धरान/ निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याप्स ...

धरान मेघा हिमालयन कल ...

धरान/ धरानस्थित धरान मेघा हिमालयन कलेजले राष्ट्रिय परीक ...

यातायात मजदुर व्यवसा ...

काठमाण्डौं/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले ...

सप्त​कोशीबाट १६८ केज ...

धरान/ सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित कोशी नदी क ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved