सुन्दरहरैचामा रमाइलो पार्कको सपना देखाएर, डम्पिङ साईड बनाए पछि स्थानीय आन्दोलित

  • साउन ७, २०७७
  • "तेजबहादुर बन "
alt

इटहरी / आगामि ३ वर्ष भित्र सुन्दर पर्यटकिय स्थल बनाउने योजना अघि सारिएको क्षेत्रमा नगरपालिकाले डम्पीङ साईड बनाए पछि स्थानीयहरु आन्दोलित बनेका छन् ।

मोरङको सुन्दरहरैचा नगरपालिकाको वडा नम्बर ४ मा रहेको बडहरामा पर्यटकिय स्थल बनाउने भनेर स्थानीयको हस्ताक्षर समेत संकलन भइसकेको अवश्थामा नगरपालिकाले फोहोरमैला डम्पिङ गर्न थाले पछि स्थानीयहरु आक्रोशित भएका हुन् ।
गाउँका अगुवा तथा नेताहरू सहित स्थानीयले नगरपालिकाको गछिया खोलाको किनारमा पर्यटकिय स्थल बनाउने योजना बनाएका थिए । तर नगरपालिकाले डम्पिङ साईड बनाए पनि स्थानीयहरु आन्दोलित भएका हुन् । पर्यटकिय क्षेत्र बनाउँनका लागि करिब अढाई सय स्थानीयको हस्ताक्षर संकलन गरि नगरपालिकालाई बुझाएको थियो ।

फोहोर फाल्ने डम्पिङ साइड निर्माण गर्नुपर्दा मानव बस्ति तथा शहर बजार भन्दा २ किलोमिटरको दुरीमा बनाइनुपर्ने कानुन भएपनि सुन्दरहरैचा नगरपालीकाले मानव वस्तिसंगै टासिएको एक बगरमा बनाउने डम्पीङ साइड बनाए पछि स्थानीयहरू नगरपालीकाको योजना बिरूद्ध आन्दोलित बनेका हुन ।

गछिया किनारमा मोरङको सुन्दरहरैचा, बेलवारी, लेटाङ, कानेपोखरी नगरपालीका र केरावारी गाउपालीका सहित ५ वटा स्थानीय तहको फोहोर बिसर्जन हुने गरी व्यवस्थित ल्याण्डफिल्ड साइड निर्माण हुने चर्चा चल्दै आएको छ । सो क्षेत्रमा ल्याण्डफिल्ड निर्माणका लागि नेपाल सरकारको तर्फबाट १ करोड ६६ लाख रूपैया बिनियोजन भइसकेको नगरपालीकाबाट बुझिएको छ ।

नगरपालीकाले मानव बस्ति भन्दा करीब २ सय मिटरको दुरीमा रहेको गछिया खोलाको किनारमा डम्पिङ साइड बनाउने निर्णय गरेको हो जहाँ स्थानीयले पर्यटकिय क्षेत्र बनाउने योजना बनेको थियो । स्थानीय सामाजिक अगुवा जिवन साह सहितको टोली पुगेर गछियाको किनारमा पर्यटकिय क्षेत्र बनाउँन बृक्षारोपण गर्ने र पार्क एवंम बनभोज स्थल बनाउने भनेर हस्ताक्षर संकलन गरेका थिए । अहिले साहको मृत्यु भए पछि पाँच वटा नगरपालीकाले फोहोर फाल्ने डम्पिङ साइड निर्माण गर्न लागेपछि आन्दोलित हुनुपरेको स्थानीय धन बहादुर पाण्डेले बताए ।

पर्यटकीय क्षेत्र बनाउनका लागि पार्कमा वृक्षारोपण समेत भइसकेको स्थानीय सागर कट्टेल बताउँछन् । पार्कको लागि वृक्षारोपण पनि गरिसकेको ठाउँमा फोहोर फाल्ने डम्पिङ साइड बनिने योजना नगरपालीकाले अघि सारेपछि आफुहरू आन्दोलित हुनुपरेको उनले बताए ।

उनले कानुन बिपरित नगरपालिकाले मानव वस्तिको छेउमा डम्पिङ साइड निर्माण प्रकृया अघि बढाएकोमा आपत्ती जनाउदै तत्काल निर्णय फिर्ता लिन माग गरेका छन । गाउँकै छेउमा डम्पिङ साइड निर्माण गरिदा थुप्रीएको फोहोर मैलाले प्रदुषण फैलाउने दुर्घन्दीत भइ डेंगु, झाडा पखाला जस्ता प्राणघातक रोगहरूको संक्रमण फैलने खतरा देखिएको उनले बताए ।
स्थानीयले पर्यटकिय क्षेत्रका लागि ३ दशमलव ८८ हेक्टर क्षेत्रफलमा शिशौ, मसाला, टिक लगायतका ४ हजार बढी बिरूवा रोपिएको जानकारी सहितको होर्डिङ बोर्ड समेत राखिएको छ । बिरूवा रोपिएको देखि केहि मिटर पर नै फोहोरको थुप्रो फालिएको छ ।

स्थानीय महिला बिमला चौधरीले पनि आफुहरूलाई गाउँका नेताले झुक्याएको आरोप लगाइन । उनले भनिन्, ‘सुरूमा पार्क बनाउने र राम्रैकै लागि हो भनेर सादा पानामा हस्ताक्षर गर्न लगाएको तर अहिले ५ वटा नगरपालीकाको फोहोर फाल्ने डम्पिङ साइड निर्माण गर्ने भनि हल्ला फिजिएपछि आफुहरूलाई झुक्याउन खोजेको रैछ ।’ एउटा नरपालीकाले फोहोर फाल्दा त बसि नसक्न हुने यस क्षेत्रमा झन ५ वटा नगरपालीकाले एकै पटक फोहोर फाल्दा स्थिति भयावह हुने उनले बताईन् ।
स्थानीयहरू नगरपालीकाको योजनाप्रति रूस्ट देखिएका छन । पटक पटक डम्पीङ साईड नबनाउन मेयर, उपमेयर लगायत जनप्रतिनिधिहरूलाइ अनुरोध गर्दै आए पनि कुनै सुनुवाई नभएकोले बाध्य भएर अब आन्दोनमा उत्रनुपरेको राहुल चौधरीले बताए ।

यता सुन्दर हरैचाका प्रसाशकिय अधिकृत दामोदार चापागाइले त्यस क्षेत्रमा डम्पिङ साइड नै बन्नेगरी त्यस्तो कुनै योजना नबनेको तर सामान्य फोहोर फाल्ने सम्मको कुरा जानकारी भएको बताउदै बाकि कुरा मेयर संगै बुझ्न बताए ।
सुन्दर हरैचा नगरपालीका वार्ड नं ४ का वडाध्यक्ष सैलेन्द्र श्रेष्ठले डम्पिङ साइड निर्माण हुने कुरा चलेको मात्र तर कार्यापालिकाको बैठकले निर्णय भने गरि नसकेको बताए । वडाध्यक्ष श्रेष्ठका अनुसार जनप्रतिनिधि आउनु अघिनै फोहोरहरू फाल्ने गरिएकाले अहिले पनि फोहोरहरू फालिने गरेको बताए । उनले उक्त क्षेत्रमा डम्पिङ साइड बनिहालेपनि गाउँलाइ कुनै असर नगर्ने गरी निर्माण गरिने बताए ।

स्थानीयहरूलाइ रोजगार दिने गरी व्यवस्थित तारबार घेरा गरी गाउँबाट उत्पादन भएको फोहोरलाइ मोहोर बनाउने योजनामा नगरपालीका लागिपरेको बताए । केहि युवाहरूले गाउँलेहरूलाइ भडकाएर नगरपालीकाको योजना नबुझि त्यतिकै उचालेको तर आफु पनि सोहि क्षेत्रको वासिन्दा भएको कारण गाउँ र गाउलेको हित बिपरीत कुनै काम हुन नदिने वडाध्यक्ष श्रेष्ठको भनाइ छ ।

 

सुनसरीमा ६ केजी गाँज ...

सुनसरी/सुनसरीको देवानगंज गाउँपालिका–३ यादव टोलस्थ ...

यूएईमा रहेका नेपाली ...

 यूएई/नेपाली राजदूतावास अबूधाबी र नेपाल एसोसिएसन ( ...

एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ -याडिकल लाईट नेपाल प्रा.लि. धरानद्वारा आयोजित कोश ...

गाँजा ओसारपसारको नया ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved