इटहरी । इलाका प्रहरी कार्यालय इटहरीले सिडिआर शाखा स्थापना गरेदेखि हाल सम्म ७२,१८,६२० (बहत्तर लाख अठार हजार आठ सय साठी) रूपैया बराबरको मोबाइल फेला पारीसकेको छ । करीब ३ सय थान मोबाइल फेला पारी प्रहरीले सम्बन्धित धनिहरूलाइ बुझाइसकेको छ ।
इटहरीमा बिभिन्न ब्राण्डका मोबाइलहरू हराउने एवम चोरी हुने घटना बढन थालेपछि सर्वसाधारणको गुनासो र उजुरीलाइ मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय इटहरीले गत २०७६ साल देखि सिडिआर शाखाको स्थापना गरी कार्यान्यवनमा ल्याएको थियो । प्रहरीले ७६ वैशाखदेखि ७७ जेठसम्म ५५ लाख मूल्य बराबरको २ सय ३१ वटा मोबाइल फेला पारी सम्बन्धित धनीलाइ बुझाइसकेको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डिएसपी धर्मराज भण्डारीले बताए ।
यसैबिच बिभिन्न समयमा हराएका वा चोरी भएका बिभिन्न ब्राण्डका २० थान मोवाइल सेट फेला पारी आइतबार सम्बन्धित धनीलाइ बुझाएको छ । प्रहरीले प्रत्येक महिनाको पहिलो साता पत्रकार सम्मेलन गरी फेला परेका मोबाइलहरू सम्बन्धित धनिहरूलाइ बुझाउने काम गर्दै आएको छ ।
आफ्ना मोवाइल बिभिन्न स्थानहरुबाट हराएको तथा चोरी भएको भनि उजुरी दर्ता भए अनुसार खोज तलास गर्ने क्रममा असार महिना भरी २० थान मोबाइल सेट फेला पारी साउन ४ गते आइतबार सम्बन्धित धनिहरूलाइ फिर्ता गराएको हो । प्रहरीले खोजतलास गर्ने क्रममा असार महिनामा मात्र करिव ५,९४,२४०(९पाँच लाख चौरानब्बे हजार दुई सय चालिस० मुल्य बराबरका २० थान मोवाइल सेट फेला परेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
यता माया मारिसकेको मोबाइल प्रहरीले खोजी गरि प्रदान गराएपछि मोबाइल धनिहरूले पनि खुशी ब्यक्त गरेका छन ।