भारतीय भन्सार एजेन्टले जोगबनी नाकामा आयात निर्यातको काम रोक्ने

  • साउन ४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । भारतीय भन्सार एजेन्टहरुले जोगबनी नाकामा नौ दिनसम्म काम कारवाही ठप्प गर्ने घोषणा गरेका छन् ।

बिहारको जोगबनीस्थित भारतीय भन्सार कार्यालयसंग सम्बन्धित क्लियरिङ एजेन्ट, सिएचए एवम् ट्रान्सपोर्टरहरुले २२ तारिख यही बुधबारदेखि जुलाई ३१ सम्म सबै कामकाज ठप्पा पार्ने घोषणा गरेका हुन ।

भारतको बिहार राज्यमा कोरोना संक्रमणको दर तीव्र रुपमा फैलन शुरु भएको र सीमामा कामकाज गर्न जोखिम भएको भन्दै उनीहरुले भन्सारसंग सम्बन्धित काम गर्न सक्ने जनाउ दिएका छन् ।
एजेन्ट, तथा ट्रान्सपोर्टरहरुको संयुक्त बैठकले कारोना महामारीबीच काम गर्न स्वस्थ्यका हिसाबले समेत जोखिमपूर्ण भएको निर्णय गरको हो । बैठकमा के गर्ने भन्ने मत लिन मतदान गरिएको र सहभागीमध्ये ९५ प्रतिशत अहिलेलाई काम नै रोकेर बस्नु पर्ने भन्ने राय आएको बताइएको छ ।

भन्सार एजेन्ट संघ विराटनगर रानी भन्सार कार्यालयका प्रमुख विजेन्द्र परासरले पारिका एजेन्टले काम बन्द गर्नेबारे आफूहरुलाई समेत औपचारिक जानकारी आएको बताएका छन् । यसबारे नेपालतर्फका औद्योगिक तथा व्यापरिक संस्थाहरुलाई समेत भारतीय भन्सारले काम गर्न नसक्ने विषयमा जानकारी गराइएको बताइएको छ ।

अध्यक्ष परासरले भने,“हाम्रो संघलाई पनि औपचारिक रुपमै जानकारी आएको छ । खासमा बिहारमा कोरोना संक्रमितको संख्या थपिन गएको र एक जना एजेन्टमा समेत संक्रमण पुष्टि भएपछि जोखिम बढेको भन्दै काम रोक्ने निर्णय गरिएको रहेछ ।”

परासरले तर यसबारे आइतबार थप छलफल हुने र पूर्ण बन्द गर्ने अथवा आशिंक काम गर्ने भन्नेबारे निर्णय गर्ने जानकारी आएको सुनाए ।
भारतबाट नेपाल आई सामान खन्याएर भारत फर्कनु पर्ने गाडीहरु भने निर्वाध जाने तर बाँकी भन्सारसंग सम्बन्धित क्लियरिङलगायत काम पनि कुनै एजेन्टले गर्ने कुनैले नगर्ने भन्नेमा भारततिर पनि विवाद देखिएको परासरले जानकारी दिएका छन् । विराटनगर भन्सार कार्यालय नेपालकै ठूलोमध्ये एक हो । पारी एजेन्टले काम रोक्दा आयात निर्यात नै प्रभावित बन्न पुग्छ ।

भन्सार एजेन्ट संघका अध्यक्ष परासर भन्छन्,“यसबारे विराटनगर भन्सार कार्यालयलाई पनि जानकारी गराएर हामीले पनि के गर्न सकिन्छ भनेर छलफल गर्ने छौं ।” बिहारमा कोरोना संक्रमित बढेकोले समस्या थपिएपनि पेट्रोलियम तथा खाना पकाउने ग्यास आयातमा भने असर नपुग्ने परासरले बताए ।

कोभिड १९ को प्रभाव र लकडाउनका कारण विराटनगर भन्सारको राजश्व असूलीसमेत प्रभावित बन्दै गएको छ । भन्सारले राजश्व लक्ष्यअनुसार असूली गर्न नसकी ५७ दशमबल १३ प्रतिशतमा सीमित बन्न पुगेको छ ।

 

यातायात व्यवस्था कार ...

  काठमाण्डौं/ सवारी साधनको कागजात नविकरण गर् ...

तथ्यांक अभावले धरानम ...

धरान/ पूर्वी नेपालको पर्यटकीय शहर धरान उपमहानगरपालिका अ ...

पुलिस र डिपोट स्कुल ...

धरान/ १२औँ मनमोहन स्मृति अन्तरविद्यालय फुटबल प्रति ...

यातायात मजदुर संगठन ...

पानबारी/ नेपाल यातायात मजदुर संगठनले मंगलबार ४७औँ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved