धरान । लामो समय देखि रिक्त रहेको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा प्रसुती बिभाग प्रमुख प्रा। डा।मोहन चन्द्र रेग्मी नियुक्त भएका छन् ।
प्रतिष्ठान भित्रै बाट पहिलो पटक रजिस्ट्रार नियुक्ती गरिएको हो । प्रा। डा।रेग्मीलाई आज स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नियुक्ती गरेका हुन् ।
प्रतिष्ठानका उपकुलपतिले ३ जनाको नाम सिफारिश गरेको थियो । डा। रेग्मी प्रतिष्ठान का उपकुलपती प्रा।डा।ज्ञानेन्द्र गिरीका नजिकका मानिन्छन । त्यसैले पनि गिरिले उनको नाम सिफरिश गरेको बुझिएको छ ।
डा।रेग्मीले नियुक्ती पत्र पनि लिइसकेका छन् ।