इटहरी / अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रदेश १ कार्यालय इटहरीले २०७७ को जेठ देखि साउन २ गते सम्मको अवधिमा पाँच ओटा स्टिंङ अप्रेसन मार्फत पाँच जनालाइ रंगेहात पक्राउ गर्न सफल भएको छ । कोरोना भाइरसको महामारी संगै सरकारले जारी गरेको लकडाउनको अवधिमा अख्तियारले गएको ७७ जेष्ठ महिना देखि साउन २ गते सम्म ६ जनालाइ स्टिंङ अप्रेसन मार्फत सेवाग्राहिहरूबाट घुस लिदालिदै रंगेहात पक्राउ गरेको हो ।
अप्रेसन नम्बर १
नयाँ आर्थिक वर्षको शुरुवातमै सुनसरीको इटहरी उपमहानगरपालीका अन्तरगत लेखा अधिकृत बिकास पोखरेल अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रदेश एकको सम्पर्क कार्यालय इटहरीको स्टिंङ अप्रेसन मार्फत साउन १ गते रंगेहात पक्राउ परे ।
पोखरेललाइ उनकै घर छेउ इटहरी ६ स्थित समिप होटलबाट ६५ हजार रुपैया सहित रंगेहात अख्तियारको बिशेष टोलीले पक्राउ गरेको थियो । उपमहानगरको शिक्षा शाखाबाट कक्षा ८ को परीक्षा सञ्चालनमा भएको खर्चको फरफारक गरी भुक्तानी गर्ने प्रयोजनका लागि सेवाग्राहिबाट घुस रकम लिएपछि निस्कने क्रममा अख्तियारको टोलीले उनलाइ नियन्त्रणमा लिएको थियो ।
हाल उनलाइ अख्तियारले आफ्नो हिरासतमा राखेर अनुसन्धान प्रकृया अघी बढाएको छ । नयाँ आर्थिक वर्षको सुरूवाती महिनाकै पहिलो दिन अर्थात साउन १ गते अख्तियारले गरेको स्टिंङ अप्रेसन मार्फत इटहरी उपमहानगरका लेखा अधिकृत पोख्रेल समातिएका थिए ।
पोख्रेल समातिएपछि तत्काललाइ पदबाट निलम्बन गरी छानबिन शुरू गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रवक्ता तारानाथ अधिकारीले बताए । ‘अहिले उनीमाथी छानबिन हुने हो दोषी देखिएपछि मात्रै बिशेष अदालतमा मुद्धा दर्ता हुन्छ त्यसपछि उनको जागिर र पद दुवै स्वायत्त निलम्बन हुन्छ’ प्रवक्ता अधिकारीले भने ।
अप्रेसन नम्बर २
प्रदेश एक अन्तरगत अख्तियारको सम्पर्क कार्यालयले गत जेष्ठ ७ गते मोरङ स्थित जलस्रोत तथा सिँचाई डिभिजन कार्यालयका प्रमुख इन्जिनियर आनन्दकुमार झा लाइ १० हजार रुपैया घुस रकम सहित पक्राउ गरेको थियो । उनले तटबन्धन बनाउन १ नम्बर प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका कर्मचारीलाई घुस रकम दिएका थिए । अख्तियार पछि लागेको खबर पाएपछि प्रमाण नस्ट गर्न झाले उक्त रकम कार्यालयको शौचालय भित्र फालेर भाग्न खोज्दा पक्राउ परेका थिए । हाल उनि बिरूद्ध भ्रस्ट्रचार ऐन अन्तरगत बिशेष अदालतमा मुद्धा दर्ता भइसकेको छ ।
अप्रेसन नम्बर ३
जेष्ठ २१ गते ताप्लेजुङ स्थित डिभिजन वन कार्यालयका दुई सहायक वन अधिकृत २ लाख रुपैया घुस सहित अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रदेश एकको सम्पर्क कार्यालय इटहरीले पक्राउ गरेको थियो । अख्तियारको टोलीले ताप्लेजुङ स्थित सहायक वन अधिकृतद्वय वीरेन्द्र साह र जीवनकुमार यादवलाई एक–एक लाख रुपैयाँ घुस सहित पक्राउ गरेको हो । पक्राउ परेका दुवैजना विरूद्ध अनुसन्धान जारी रहेको आयोगले जनाएको छ ।
अप्रेसन नम्बर ४
असार १ गते मोरङको बिराटनगर स्थित होटल सञ्चालकबाट घुस माग्ने प्रहरी सहायक अधिकृत (असई ) सिताराम घिमिरे ४ हजार रुपैया नगद सहित रंगेहात पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालय, उदयपुर दरबन्दी भई मोरङको सिआरभी कटहरीमा कार्यरत प्रहरी सहायक निरीक्षक(असई ) घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय इटहरीले स्टिंङ अप्रेसन मार्फत पक्राउ गरेको थियो । त्यस्तै डिभिजन सिँचाइ कार्यालय खोटाङका प्रमुख नारायणकाजी श्रेष्ठ पनि स्टिंङ अप्रेसन मार्फत रंगेहात समातिएका थिए ।
श्रेष्ठलाइ गत असार ३० गते मंगलबार सेवाग्राहीबाट ९ लाख ३४ हजार रुपैया घुस लिइरहेको अवस्थामा अख्तियारको बिशेष टोलीले रंगेहात पक्राउ गरेको हो । पक्राउ परेका श्रेष्ठ हाल अख्तियारको हिरासतमा छन ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता तारानाथ अधिकारीले पक्राउ ६ जना मध्ये ३ जना बिरूद्ध बिशेष अदालतमा मुद्धा दर्ता गरिएको बताए । मोरङ स्थित जलस्रोत तथा सिँचाई डिभिजन कार्यालयका प्रमुख इन्जिनियर आनन्दकुमार झा, ताप्लेजुङ स्थित डिभिजन वन कार्यालयका दुई सहायक वन अधिकृत वीरेन्द्र साह र जीवनकुमार यादव बिरूद्ध बिशेष अदालतमा भ्रष्ट्रचार सम्बन्धि मुद्धा दायर गरिएको उनले बताए । बाँकि रहेका तिन जनालाइ भने अख्तियारले आफ्नो हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको उनले बताए ।