मन्दिर परिषरको रुख काटिदा पनि स्थानीय निकाय मौन

  • साउन २, २०७७
  • " हिमाल राई"
alt तस्बिरः हिमाल राई

चतरा । सुनसरी स्थित बराहक्षेत्रको वडा नम्बर २ मा रहेको सिंहदेवी मन्दिर परिषरमा रहेको रुख अवैधानिक ढंगले कटान गरिएका छन् ।

मन्दिर परिषरमा रहेका रुखहरु विगत केही वर्ष देखि देखिन्दैनन् । कुन प्रयोजनका लागि रुख काटिएको भन्ने विषयमा अहिले स्थानीयहरुको चासो बढ्दै गएको छ । स्थानीय पाप जेठा भन्छन्, ‘१४÷१५ वर्ष अगाडी सम्म सिंहदेवी मन्दीर वरी परी रूखहरू थिए तर अहीले छैन्न, काहा गयो, कसले काट्यो ।’ मन्दिरकै लागि रुखहरु काटिए पनि त्यसको आम्दानी कतै पनि नदेखिएको उनले बताए ।

मन्दिर परिषरका रहेका रुखहरु काटिदा पनि स्थानीय निकाय मुकदर्शक बनेको उनको भनाई छ । उनले भने, ‘कुन प्रयोजनमा रुख काटियो, कसले ठेकेदारलाई बेचेको हो, त्यसको हिसाब किताब देखाउनु पर्छ ।’

मन्दीर व्यवस्थापनको नाममा धेरै वटा समीतीहरू वनीसकेका छन् । तर अहिले सम्म पनि कसैले मन्दिर परिषरमा रहेको रुख मासिनुको कारण खोज्न सकेका छैनन् । समिती मौन बसेको प्रति उनले जिज्ञासा राख्दै भने, ‘मन्दिरको समीतीमा बस्न अग्रसर हुनेहरूले आवाज उठाउन कीन नसकेको हो ?’

आफुलाई समाजसेवी भनिनेहरुले यस विषयमा केही बोल्न नमान्ने गरेको स्थानीय भद्रगोल खम्बु बताउँछन् । मन्दिर व्यवस्थापनका लागि बन्ने समितीहरुले स्थानीयलाई जानकारी नै नदिने गरेको उनको भनाई छ । उनले भने, आफु खुसी र मनोमानी तरीकाले काम गर्यो, जव सम्म त्यस्तो समितीको अन्त हुदैन तव सम्म विकासमा निर्माणमा अवरोध हुने भइरहन्छ ।’

माग सम्बोधन नभए धरान ...

धरान/ निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याप्स ...

धरान मेघा हिमालयन कल ...

धरान/ धरानस्थित धरान मेघा हिमालयन कलेजले राष्ट्रिय परीक ...

यातायात मजदुर व्यवसा ...

काठमाण्डौं/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले ...

सप्त​कोशीबाट १६८ केज ...

धरान/ सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित कोशी नदी क ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved