धनकुटाको चौबिसे गाउँपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा एभोकाडोको बिरुवा वितरण

  • असार २०, २०७७
  • "सन्तोष रुचाल"
alt

धनकुटा/ धनकुटाको चौबिसे गाउँपालिकाले कृषक समुहहरुलाई ५० प्रतिशत अनुदानमा एभोकाडोको बिरुवा वितरण गरेको छ ।

चालु आर्थिक वर्षको बजेटबाट गाउँपालिकाका विभिन्न वडामा रहेका कृषक समुहहरुलाई ५० प्रतिशत अनुदानमा दुई हजार ३ सय एभोकाडोको बिरुवा वितरण गरिएको चौबिसे गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले बताए । एभोकाडो उत्पादन हुने क्षेत्र छनौट गरेर सो गाउँपालिका अन्तरगत रहेका वडा नं. १, २, ५, ६ र ८ नम्बर वडाका १९ वटा कृषक समुहलाई एभोकाडोको विरुवा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष राईले बताए ।

पछिल्लो समय धनकुटा जिल्लामा नै एभोकाडो खेती तर्फ कृषकहरु आर्कषित बन्दै गएपछि स्थानीय सरकारहरुले एभोकाडो खेतीमा लगानी गर्दै आएका छन् । फलफुलको राजा मानिने एभोकाडो उत्पादन तथा विक्री वितरणलाई व्यापक र व्यवसायिक बनाउनको निम्ति धनकुटा नगरपालिकाले दुई वर्ष अगाडी नै धनकुटालाई एभोकाडोको राजधानी घोषणा गरेर अभियानकै रुपमा एभोकाडो खेतीलाई अगाडी बढाएको छ ।

चौबिसे गाउँपालिकाले एभोकाडो खेती विस्तार अभियानलाई चालु आर्थिक वर्षदेखि शुरु गरेसँगै यसको परिणामको आधारमा आगामी बर्ष पनि यो अभियानलाई निरन्तरता दिईने गाउँपालिकाले जनाएको छ । तराईको भू–भागदेखि करिब १ हजार ७ सय मीटरसम्मको उचाईमा उत्पादन हुने एभोकाडो प्रतिकेजी दुई सय ५० रुपैयाँदेखि ३ सय रुपैयाँसम्म विक्री हुदै आएको छ । नेपालमा एभोकाडो उत्पादन हुने क्षेत्र मध्ये धनकुटा पहिलो रहेको छ भने इलाम, म्याग्दी, कास्की लगायतका २६ जिल्लामा पनि यसको खेती शुरु गरिएको छ ।

रास्वपामाथि प्रतिबन् ...

धरान/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि लग ...

धरान ११ ले टोलबासीसँ ...

धरान/ प्रत्यक्ष रुपमा स्थानीयसँग सरोकार राख्ने स्थ ...

२४ वर्ष कैद सजाय पाए ...

इनरुवा/  ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) ...

धरानको ब्रान्ड युएन ...

धरान/ धरानको युएन कलेज नवोदय कोशी धरानमा गुणस्तरीय ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved