आज असार पन्ध्र, रोपाइ उत्सव

  • असार १५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt फाईल फोटो

धरान। मुलुकभर धान रोपाइँ गरी दहीचिउरा खाने र हिलो खेली रमाउँदै रोपाइँ उत्सव गर्ने चलन छ । असार १५ लाई धान रोप्ने दिवशको रुपमा पनि केही बर्ष देखि मनाउन थालिएको छ ।

कृषि प्रधान देश नेपालका अधिकांश जनताको प्रमुख पेशा कृषि हो । नेपाली कृषि उपजमा धानको उत्पादन महत्वपूर्ण छ । धान देशवासीको प्रमुख खाद्यान्न बाली हुनुका साथै सामाजिक तथा साँस्कृतिक अर्थ बोकेको अन्न पनि हो । पूजापाठ गर्दा अक्षता लगाउँदा देवस्थलमा चढाउँदा भिक्षा दिंदादेखि पिण्डदान गर्दासमेत धानचामलकै आवश्यकता पर्दछ ।

धेरै प्रकारका रैथाने धान पाइने र हरेक नेपालीको आवश्यकता पूरा गर्ने अन्नबालीको रुपमा रहेको हुँदा धानको संरक्षण र सम्वद्र्धन गर्न सरकारले आजको दिनलाई राष्ट्रिय धान दिवसका रुपमा मनाउन थालेको छ । मुलुकभर आज १७ राष्ट्रिय धान दिवस मनाइँदै छ । झरीबादलको समेत पर्वाह नगरी रुझ्दैभिझ्दै काम गरेका किसानले शरीरलाई शीतलता र शक्ति दिन खेतमै दहीचिउरा, अचार, पुवा खाने गर्दछन् ।

असारे गीत गाउँदै धानखेतको दवदवे हिलोमा धान रोपेर आपसमा हिलो खेली रमाउनु रोपाइँ पर्वको आकर्षण हो । यसले आपसमा प्रेम र सामाजिक सद्भाव पनि बढाउँछ । नेपाली समाजमा असारलाई मानो रोपेर मुरी उब्जाउने महिना मानिन्छ । लौकिक कथनमा वर्षकै सबैभन्दा लामो दिन मानिने असार पन्ध्रमा धेरै मेलो गर्ने र दहीचिउरा खाई रमाउने परम्परा छ ।

धान रोपाञी गर्दा सिमेभूमेको पूजा गरी खले गरामा बिउका मुठाको भकारी राखेर हिलाकै टीको लगाई उत्सवका रुपमा मनाइने हुँदा यो कृषिकर्म नेपाली समाजको साँस्कृतिक पर्व बनेको छ । पछिल्ला दिनमा रोपाइँलाई महोत्सवको रुपमा मनाई पर्यटन प्रवद्र्धनको उत्पादन पनि बनाइएको छ । विश्वको सबैभन्दा उच्चस्थानमा धान खेती गरिने नेपालको जुम्लामा काली मार्सी, जुम्लीमार्सी धान रोप्ने रोपाइँलाई साँस्कृतिक चाड नै मानिन्छ ।

यिनको संरक्षण गर्ने र धानखेतीलाई प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्रिय स्तरमा रोपाइँ गरी धान दिवस मनाउन थालिएको हो । असार पन्ध्रलाई कृषिसभ्यता र महत्व बुझ्ने, बुझाउने पर्वको रुपमा लिइएको छ ।

 

बसको डिक्कीमा लुकाइए ...

धरान/सुनसरीको कोशी गाउँपालिका–७ हरिपुरस्थित पूर्व ...

धरानका सहित ३ जना ला ...

धरान/ भारतबाट नेपाल ल्याइँदै गरेको लागूपदार्थ ब्राउन सु ...

धरान हुँदै नडाहातर्फ ...

सुनसरी/ धरान हुँदै नडाहातर्फ गइरहेको भारतीय नम्बर ...

एसईईमा उत्कृष्ट नतिज ...

धरान/ विष्णु मेमोरियल माध्यमिक विद्यालय, धरानले कक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved