प्रदेश १ का डिआईजी र मोरङका एसपीलाई उद्योगीको स्वागत

  • असार ११, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । प्रदेश प्रहरी कार्यालय प्रदेश नं. १ मा सरुवा भई आएका प्रहरी नायव महानिरीक्षक (डिआईजी) ईश्वरबाबु कार्की र जिल्ला प्रहरी कार्यालय मोरङमा सरुवा भई आएका प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काललाई विराटनगरका उद्योगी व्यवसायीले स्वागत गरेका छन् ।

उद्योग संगठन मोरङले विहीबार स्वागत तथा परिचयात्मक कार्यक्रम आयोजना औपचारिक रुपमा डिआईजी र एसपीलाई न्यानो स्वागत गरेको हो ।

भेटघाट तथा स्वागत कार्यक्रममा उद्योग संगठन, मोरंगका अध्यक्ष भीम घिमिरेले यस क्षेत्रका उद्योग÷व्यवसायको सम्बद्र्धनका लागि प्रदेश र स्थानीय प्रहरी प्रशासनसंग संगठनले समन्वय गर्दै आएको बताए ।

भने,“निजी क्षेत्र र प्रहरी प्रशासनबीच सुमधुर सम्बन्धले शान्ति सुरक्षालगायत औद्योगिक शान्ति कायम गर्न मद्दत पुग्ने विश्वास गरेका छौं ।”

भेटघाट तथा परिचयात्मक कार्यक्रममा प्रदेश प्रहरी प्रमुख ईश्वरबाबु कार्कीले प्रदेशको शान्ति सुरक्षा कायम गर्न आँफू सदैव तत्पर रहेको बताए । भने,“शान्ति सुरक्षा कायम राख्न सबैको सहयोग अपरिहार्य हुन्छ ।”

मोरङका एसपी सन्तोष खड्काले शान्ति सुरक्षाका सवालमा आफु स्पष्ट रहेको र निस्वार्थ भावले सबैलाई सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

संगठनका निवर्तमान पूर्व अध्यक्ष सुशील धनावतले स्थानीय प्रशासन सफल भए जनता समेत सफल हुने बताए ।

 

वराहक्षेत्रमा डेङगु ...

वराहक्षेत्र /वराहक्षेत्र नगरपालिकाले डेङ्गु सार्ने लामख ...

मलद्वारमा ब्राउन सुग ...

इनरुवा/सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकस्थित क्ष ...

पूर्वको मन्दिरमा दर् ...

धरान/ कोशी प्रदेशले २०८२ लाई पर्यटन बर्षको रुपमा म ...

सुनाखरी उत्कृष्ट शैक ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १२ मा अवस्थित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved