दिवेस अमेरिकन आइडलको उत्कृष्ट १० मा

  • वैशाख २३, २०७७
  • "कोशीपत्र/संवाददाता"

काठमाडौं। नेपालका दिवेश पोखरेल अमेरिकन आइडलको १८ औं सिजनको उत्कृष्‍ट १० मा पर्न सफल भएका छन्।

उत्कृष्‍ट २० जनाबाट धेरै भोट पाएर उनी उत्कृष्ट १० जनाभित्र पर्न सफल भएका हुन्।

हिजो पनि दिवेशले दमदार प्रस्तुति दिए। उनको प्रस्तुतिलाई निर्णायकले 'तिम्रो लजालुपन नै तिम्रो गोप्य हतियार' भएको संज्ञा दिएका थिए।

कोरोना भाइरसको संक्रमणको जोखिमका त्रासका कारण उनले घरबाटै प्रस्तुति दिएका थिए।

‘आर्थर गन’ को नामबाट अमेरिकन आइडलमा ख्याती कमाइरहेका दिवेश यसअघि उत्कृष्‍ट २० मा थिए।

उत्कृष्‍ट १० मा पुगेको खुशीमा दिवेशले सामाजिक सञ्जाल मार्फत् भोट गर्ने र सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

यसअघि नेपाली भाषामै भोट अपील गर्दै उनले भनेका थिए, ‘मेरो सांगीतिक यात्रामा साथ दिनुहुने सबैलाई धन्यवाद, अमेरिकन आइडलको टप २० पर्फमेन्स प्रिमियर हुँदैछ । यसमा अघि बढ्न मलाई हजुरहरूको भोटको आवश्यकता छ।'

उनलाई टेक्स्ट, वेभसाइटबाट र अमेरिकन आइडल एपबाट भोट गर्न सकिनेछ। यसका लागि एकजनाले ३० पटक भोट गर्न मिल्छ।

अमेरिकन आइडलको यो उचाइमा पुग्ने दिवेश पहिलो नेपाली गायक हुन्।

उनले अमेरिकन आइडलमा छानिनुअघि नै केही नेपाली गीत गाएर युट्युब मार्फत सार्वजनिक गरिसकेका थिए।

काठमाडौंमा हुर्किएका दिवेश उच्च शिक्षाका लागि अमेरिकामा आमा बुबासँगै बस्दैं आएका छन्।

 

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved