दिल्लीमा मदिरा किन्नेको एक किलोमिटर लामो लाइन

  • वैशाख २२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt तश्वीर सौजन्य एएनआई

 

भरत सरकारले लकडाउन खुकुलो पार्दै पसल खोल्ने अनुमति दिने निर्णय गरेसँगै मदिरा पसलमा मानिसको हेर्न लायक लामो लाइन देखिएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार सोमबार राजधानी दिल्लीमा स्थित देशबन्धु गुप्ता सडकमा रहेको एक मदिरा पसलमा मदिरा खरिद गर्न आउनेको लाइन एक किलोमिटरभन्दा लामो रहेको जनाएको छ ।

 भारत सरकारले सोमबारदेखि मुलुकमा कोरोना भाइरस (कोभिड–१९) को जोखिमको आधारमा छुट्याइएको ‘रेड’, ‘अरेन्ज’ र ‘ग्रिन’ जोनहरुमा मदिरा पसल खोल्न दिने निर्णय गरेको थियो ।

दिल्लामा मात्र नभएर अन्य सहरमा पनि मदिरा किन्ने मानिसको भीड बढेको एएनआइले जनाएको छ । भीड नियन्त्रणको लागि केही स्थानमा प्रहरीले लाठीचार्जसमेत गर्नु परेको जनाइएको छ ।

दिल्लीको झील चोक क्षेत्रको एक मदिरा पसल मानिसहरुको भीड थेग्न नसकेपछि प्रहरीले बन्द गराएको छ ।

भारतको विभिन्न राज्यमा पनि मदिरा पसल खुलेसँगै बिहानैदेखि मानिसहरु लाइनमा बसेका थिए ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved