वीपीमा आठ दिन यताका सबै रिपोर्ट नेगेटिभ

  • वैशाख २०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको माइक्रोबायोलोजि विभागमा गरिएको पछिल्लो ८ दिन यताको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ देखिएको छ ।

वैशाख १३ गतेको परिक्षणमा १ जनामा कोरोना पोजिटिभ देखिए सँगै १३ जनामा कोरोना पोजिटिभ पुष्टि भएको थियो । त्यस यता वैशाख २० सम्मको ल्याबको परिक्षण नेगेटिभ देखिएको छ । प्रतिष्ठानमा पछिल्लो ८ दिन यता ५ सय २१ जनाको स्वाब परिक्षण गरिएको छ । कुल ९ सय ३८ जनामा गरिएको परिक्षणमा १३ जनामा पोजिटिभ देखिएको छ भने ९ सय २५ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।प्रतिष्ठानका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत प्रहरी र स्वास्थ्यकर्मीहरुको पिसिआर परीक्षण पनि नेगेटिभ आएको छ । गत बिहीबार लिइएको स्वाबको रिपोर्ट कोरोना नभएको आएको प्रतिष्ठानको माईक्रोबायोलोजी विभागले जनाएको छ । प्रतिष्ठानमा कार्यरत ७ जना प्रहरी र बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीको टोलीलाई क्वारेन्टाईनमा राखिएको थियो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षसँगै रहेको प्रतिष्ठान प्रहरी पोस्टमा कार्यरत प्रहरी ७ जनाकै नेगेटिभ रिपोर्ट आएकोले उनीहरूलाई पुनः सई दुर्गा पराजुलीकै कमान्डमा प्रतिष्ठानमा डिउटी खटाई सकिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिएका छन् ।

एन्फा एकेडेमी धरानद् ...

धरान/ एन्फा एकेडेमी धरानले आफ्नो पाँचौं ब्याचका तेस्रो ...

विश्व बालश्रम विरुद् ...

इटहरी/ विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा मोडर्न प्रिप ...

रामधुनीका मेयरको विर ...

धरान/  सुनसरीको रामधुनी नगरपालिकाको मेयर शंकर ...

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved