स्थानीय

    Showing ५,२२१-५,२३० of ५,३६५ items.
  • सर्दुले बगाएको बस्नेतको शव फेला

    धरान । निरन्तरको वर्षाको कारण सर्दु खोलामा आएको बाढीले बगाएका धरान १३ का एक स्थानीयको शव प्रहरीले फेला पारेको छ । शनिबार दिउँसो ३ बजे तिर धरान १३ को राई टोल पश्चिमबाट उनलाई बगाएको थियो । धरान १३ मै बसोबास गर्दै आएका भुपु सैनिक राम बहादुर बस्नेतको शव आइतबार बिहान फेला परेको हो । धरान ११ स्थित वनडाँडाका स्थानीयले खोलाले बगाएर ल्याएको ढुङगा, दाउरा संकलन गर्न जादाँ देखे पछि प्रहरीलाई खबर गरेका थिए । बगाएको स्थान भन्दा करिब ५ किलोमिटर उनको शव भेटिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले बताए । शवको पोष्टर्माटमका लागी प्रतिष्ठान पठाइएको उनले बताए ।

    • प्रकाशित मितिः असार २८, २०७७
    • १,१६६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वर्षा शुरु भए सँगै सुकुम्बासी बस्ती जोखिममा

    धरान । वर्षा शुरु भए सँगै खोला किनारमा बस्दै आएका सुकुम्बासी बस्तीवासीहरु रातभर जागै बस्ने गर्छन् । वर्षाले घर बगाउँला कि भत्काउला भन्ने चिन्तामा सदैव रहने गर्छन् । खोला बाढीमो जोखिममा रहेका सुकुम्बासी बस्ती जोगाउने नारा अहिले सम्म चुनाव ताका मात्रै घन्किने गर्दछ । तर चुनाव जिते पछि बस्ती जोगाउनका लागि तटबन्धनका लागि कसैको पनि चासो बन्ने गर्दैन् । वर्षेनी धरानमा खहरे, सर्दु र सेउती खोला किनारमा बसेका सुकुम्बासी बस्तीहरु वर्षा लागे पछि रातभर जागै बस्नु पर्ने अवश्थामा छन् । वर्षौ देखि चुनावी नारा बन्ने गरेको बस्ती जोगाउने नारामै सिमित रहँदा सुकुम्बासी बस्ती वासीहरु सदैव जोखिममै रहने गरेका छन् ।

    • प्रकाशित मितिः असार २७, २०७७
    • १,४१२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मेयरको बेरुजुको मुद्दाले बिथलियो कार्यपालिका बैठक 

    धरान । मेयर तिलक राईको नाममा देखिएको बेरुजुको बिषयमा स्पष्ट पार्न कार्यपालिका सदस्यहरुले माग गरे पछि चित्तबुझ्दो जवाफ न आएको भन्दै नेकपा निकट सदस्यहरुले बैठक बहिष्कार गरेका छन् ।  असार १० गते उद्घाटन भएर स्थगित भएको नगर सभाको वडामा  जाने बजेटको बिषयमा कार्यपालिकाले निर्णय गर्नको लागि बोलाइएको बैठकमा वडाअध्यक्षहरुले सुरु मै बेरुजुको बिषयमा स्पस्ट पार्न माग गरेका थिए । मेयर साबको चित्तबुझ्दो जवाफ नआएकोले बैठक बहिष्कार गरिएको वडा नम्बर १६ का वडाअध्यक्ष दिल कुमार गिरिले बताए । उनले भने, नगर प्रमुख नै आफै बेरुजुमा देखिँदा समग्र धरानकै नेतृत्वमाथी प्रश्न उढेको छ, मेयरसाब क्लियर हुनुप

    • प्रकाशित मितिः असार २६, २०७७
    • १,०९३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • होप धरानले दियो व्हील चेयर 

     धरान । शारिरिक अपाङ्ग भएका धरान १५ का डम्बर बहादुर दर्जी लाई होप धरानले व्हिल चेयर प्रदान गरेको छ ।  धरान १५ फुलबारी मार्ग का दर्जी लाई  बिहिबार व्हील चेयर प्रदान गरिएको हो । होप धरानको पहलमा  अस्ट्रेलियामा रहेका तिर्थ राज जोशीको परिवारले व्हील चियर खरिदका लागि विशेष सहयोग गरेका थिए ।   अपांग पुनःस्थापना केन्द्रको  सन्योजनमा भएको कार्यक्रममा वार्ड नम्बर १५ कि दलित महिला सदस्य निरमाया लकान्द्री को प्रमुख आथित्व रहेको थियो भने बरिस्ठ समाजसेवी रमेश गजमेर, समाजसेवी देउमान लिम्बुको बिशिस्ट आथित्व रहेको थियो । दर्जी लाई धरान वडा नम्बर १५ को कार्यलय परिशरमा एक कार्यक

    • प्रकाशित मितिः असार २५, २०७७
    • १,४५१ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नाम चलेका लागुऔषधको विकल्प खोजिदै

    धरान । लागुऔषधहरुका रुपमा प्रयोग हुने औषधीहरु बन्द हुन थाले पछि लागुपदार्थ दुव्र्यसनीहरुले वैकल्पीक औषधीहरुको खोजि गर्न थालेको पाइएको छ । औषधी पसलहरुमा सहजरुपमा पाइने औषधीहरुलाई लागुपदार्थको रुपमा प्रयोग गर्न थालेको पाइएको छ । इलाका प्रहरी कार्यालय धरानले एकै किसिमका औषधीहरु ठुलो मात्रामा बिक्रि हुन थाले पछि खोजतलास गर्दा लागुऔषधका दुव्र्यसनीहरुले प्रयोग गर्ने गरेको पाइए पछि धरान ७ का औषधी पसल व्यवसायी सहित ४ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट डेकोलिक १०, प्रेग्स्टार एम ५ र एपाबलिन १५ ट्याब्लेट बरामद गरेको छ । भने मेडिकलबाट डेकोलिक ४ सय, प्रेग्स्टार एम १ सय २० र एपाबलिन ३ सय ४० ट्याब्लेट

    • प्रकाशित मितिः असार २३, २०७७
    • १,१४६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानको अधेरी खोलामा पुल निर्माण अलपत्र

    धरान । लकडाउनको समयमा पनि विकाश निर्माण कामले तिब्रता पाइरहँदा धरान १५ स्थित खोरिया बस्ती पुर्व सेउती खोलामा बन्दै गरेको पुल भने अलपत्र बनेको छ । ठेकेदार कम्पनी लकडाउनको बहाना देखाएर पुलको कामलाई बिचमै अलपत्र पारेर हराएका छन् । धरान ५ मा पर्ने अधेरी खोलामा ठेकेदार सम्पर्कविहिन हुँदा ३ बर्षअघि निर्माण शुरु भएको पुलको पिलर मात्र ठडिएका छन् । स्थानीयबासीहरु बर्षामा जोखिम मोलेर अधेरी खोला तर्न बाध्य छन् कि उनीहरु लामो बाटो तल्लो पानवारी हुदै यात्रा गर्न बाध्य छन् । पुल निर्माण समन्वय समितिका संयोजक पदम कार्कीका अनुसार इनरुवाका हजमुल मियाँले ठेक्का पाएर २०७४ सालदेखि निर्माण शुरु भएको हो । पहिलो सम

    • प्रकाशित मितिः असार २३, २०७७
    • १,०८७ पटक पढिएको
    • "दिनेश गजमेर"
  • धरानको नाटकघर निर्माणमा सहयोग गर्ने उपसभामुखको प्रतिबद्धता

    धरान । धराने रंगमञ्चको इतिहासलाई दोहोर्याउन धरानमा निर्माणाधिन नाटकघरको प्रदेश १ की उपसभामुख सरस्वती पोख्रेलले अवलोकन गर्दै प्रदेश सरकारले पुर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाएकी छिन् । सोमबार प्रदेश १ की प्रदेश सभा सदस्य उमिता बराईली, स्थानीय नेकपाका नेताहरु सहित नाटकघरको निर्माण कार्यको अवलोकन गर्न पुगेकि हुन् । उनले नाटकघर निर्माणलाई पुर्णता दिन प्रदेश सरकार सँग पनि पहल गर्ने बताईन् । उनले भनिन्, ‘सभामुख पनि धरानकै हुनुहुन्छ, उपसभामुख पनि सुनसरी, माननियहरु पनि हुनुहुन्छ, सबै मिलेर मुख्यमन्त्रीको समेत ध्यानाकर्षण गराउने छौं ।’ धरानलाई सांस्कृतिक शहरको रुपमा विकाश गर्न प्रदेश

    • प्रकाशित मितिः असार २२, २०७७
    • ९०४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वैदेशिक रोजगारी बाट फर्किएका महिलालाई वंगुरको पाठापाठी बितरण

    धरान । वैदेशिक रोजगारीबाट फर्किएका महिलाहरुलाई स्वदेशमै रोजगारी प्रदान गर्न वंगुरको पाठापाठी बितरण गरिएको छ । सामना नेपालले धरानका ७ जना महिलाहरुलाई वंगुरपालानमा प्रेरित गर्दै स्वदेशमा नै आत्मनिर्भर बनाउने उद्देश्यले वितरण गरेको जनाएको छ । सामना नेपालकी अध्यक्ष चेतना सेरेङका अनुसार प्रदेश १ को संसद विकास कोषबाट सांसद उमिता बराइलीको सहयोगमा वंगुरको पाठापाठी वितरण गरिएको हो । उक्त कार्यक्रमको प्रमुख अतिथिसमेत रहेकी सांसद बराइलीले विदेशबाट फर्किएका महिलाहरु पुनः विदेश नै जान नपर्ने वातावरण तयार गर्नुपर्ने बताइन् । उन्नत जातको वंगुरपालन गरेर सामुहिक रुपमा काम गर्न सके सफलता पाउने सांसद वराइलीले

    • प्रकाशित मितिः असार २१, २०७७
    • ९७८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान एयरपोर्टको अन्तिम प्रयास स्वरुप जग्गा व्यवस्थापनमा बजेट विनियोजन

    धरान । लामो समय देखि अन्यौलमा रहेको धरानमा बन्ने एयरपोर्टका लागि अन्तिम प्रयासको रुपमा धरान उपमहानगरपालिकाले बजेट विनियोजन गरेको छ । एयरपोर्टका लागि आवश्यक जग्गा व्यवस्थापन गर्न धरान उपमहानगरपालिकाले ८० लाख रुपैया विनियोजन गरेको छ । डेढ दशक अघि धरान १७ स्थित डाँडाघोपामा एयरपोर्ट निर्माणका लागि शुरुवात भएको थियो । तर जग्गा अभाव र व्यवस्थापन हुन नसक्दा एयरपोर्टको मुद्धा अन्यौलमै रहेको थियो । प्रदेश १ सरकारले नीति तथा कार्यक्रममा धरानमा एयरपोर्ट निर्माणको लागि आवश्यक पहल शुरु गर्ने उल्लेख गरे पछि असार १० गते धरान उपमहानगरपालिकाले ७ औं नगरसभामा प्रस्तुत गरेको बजेटमा विमानस्थल जग्गा व्यवस्थापनको ल

    • प्रकाशित मितिः असार १९, २०७७
    • ५,७४९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रोट्रयाक्ट क्लब अफ धरान घोपाको  “परिसर्य ” दक्षिण एशिया मै उत्कृष्ट बन्न सफल

    धरान / परिसर्य, रोट्र्याक्ट क्लब अफ धरान घोपाको एक दीर्घकालीन परियोजनालाइ दक्षिण एशियाली रोटार्याक्ट अवार्डमा सर्वश्रेष्ठ प्रोजेक्टको रूपमा सम्मान गरिएको छ। उक्त  पुरस्कारका लागि विभिन्न देशका रोट्रयाक्ट क्लबहरू गरि ६ सय परियोजना मनोनीत भएका थिए । परिसर्य ,स्वास्थ्य शिविरको एक श्रृंखला हो जुन पूर्वी नेपालको विभिन्न भागहरूमा रोट्र्याक्ट क्लब अफ धरान घोपाले आयोजना गर्दै आएको छ। यो क्लबको एक दीर्घकालीन परियोजना हो जसको उद्देश्य डाक्टरहरूको समूह, स्वास्थ्यकर्मीहरू, र स्वयंसेवकहरू सबैको ढोकामा पुर्याउनु हो। स्वास्थ्य सबैको लागि प्राथमिक हुन्छ तर हाम्रो जस्तो देशमा, प्रायः व्यक्तिसँग स्व

    • प्रकाशित मितिः असार १९, २०७७
    • १,३३० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved