धरान । स्वास्थ्य सुरक्षाको न्युनतम मापदण्ड पुरा गरेका धरानका निजी तथा सामुदायिक विद्यालयहरु विहिबार (आज) देखि संचालन हुने भएका छन् । धरान उपमहानगरपालिकाका मेयर तिलक राईले निजी तथा सामुदायिक विद्यालयका प्रध्यानापक लगायत अभिभावकहरु सँग गरेको छलफल पछि विहिबार देखि विद्यालय संचालन गर्ने निर्णय गरेको हो । उपमहानगरपालिकाका अनुसार निजी विद्यालयहरुले मावि तहको ८, ९ र १० कक्षा शुरु गर्ने छन् भने आधारभुत तहका विद्यालयहरु ८ सम्म भएकाले कक्षा ७ र ८ यता कक्षा ५ सम्मका विद्यालयहरुले कक्षा ४ र ५ शुरु गर्नेछन् । उपमहानगरले बनाएको मापदण्ड अनुसार विद्यालयको भौतिक अवस्थालाई ध्यान दिदै एक बेञ्चमा बढीमा २ जना म
धरान/ धरान-१० सैनिक चोकमा रहेको उद्यमशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो तेस्रो अधिवेशन तथा आठौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । शनिबार आयोजना भएको तेस्रो अधिवेशन तथा आठौँ वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष डा।योगेन्द्र राईले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०७६र७७ मा खुद बचत १६ लाख ४७ हजार २ सय ७४ रूपैयाँ ६३ पैसा भएको जानकारी दिएका छन् । उनले आर्थिक वर्ष २०७६र७७ को अन्त्यमा २ करोड २१ लाख २५ हजार रूपैयाँ शेयर पूँजी पुर्याउन सफल भएको बताउँदै कुल निक्षेप १२ करोड ३५ लाख ३८ हजार ३ सय ८२ रूपैयाँ रहेको बताएका छन् । सहकारीले यस वर्ष २ करोड ५७ लाख ४९ हजार ५ सय ३८ रूपैयाँ
धरान । निर्वाचनताका गरेका प्रतिबद्धताहरु १ वर्ष बितिसक्दा पनि पुरा गर्न नसकेको आक्षेप लागेका धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई अहिले सल्लाहाकार मनोनितको विषय पनि विवादित बनेको छ । निर्वाचित भएको १ वर्ष पछि गत १२ गते नगर प्रमुख स्तरिय निर्णय अनुसार विज्ञ समिती र सल्लाहाकार समिती गठन गरेका थिए । मंसिर १६ गते निर्णय अनुसारको नामावली सार्वजनिक गरे पछि उनको मनोनयन प्रक्रिया विवादित बनेको हो । सल्लाहाकार समिती र विज्ञसमितीको निर्णय आफै गर्ने र सुचना पनि आफै जारी गर्ने प्रक्रियाले प्रशासन कर्मचारीहरु सँगको समन्वय हुन नसकेको भन्दै एक थरीले प्रसाशनिक त्रुटि रहेको जनाएको छ भने अर्को थरी उनकै पार्
धरान । दिगो बजेटको सुनिश्चित नहुँदा विगत ५ वर्ष देखि धरान उपमहानगरपालिकाको वडा नम्बर १५ र ४ जोड्ने सेउती पुल अलपत्र बनेको थियो । ३ वर्षमा सम्पन्न हुने गरि २०७३ सालमा निर्माण शुरु भएको सेउती पुलमा ३ वटा पिल्लर बने पछि बजेटको सुनिश्चित नहुँदा निर्माण कार्य ठप्प रहेको थियो । पक्की पुल निर्माण कार्य शुरु भएको ५ वर्ष पछि बल्ल पुल निर्माणले गति पाएको छ । पोहोर साल संघीय सरकारबाट बजेट सुनिश्चित भए पछि ठेक्का लागेको थियो । गत बर्ष नै ठेक्का लागेको पुलको निर्माण कार्य कोरोनाका कारण बन्द रहेको थियो । कोरोनाको त्रास कम हुँदै गए पछि खामपचे कम्पनीले ७ महिना भित्र निर्माण सम्पन्न गरिसक्ने गरि काम शुरु गरे
धरान । दक्षिण एशियाकै उत्कृष्ठ मध्ये एक मानिएको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई केद्रिय विश्वविद्यालयको रुपमा स्थापित गर्न कानुनी प्रक्रिया अघि बढेको छ । प्रतिष्ठानको नाम परिवर्तन गरी वीपी कोइराला चिकित्सा विज्ञान केन्द्रिय विश्वविद्यालयमा रुपान्तरण गर्न सरकारले प्रक्रिया अघि बढाएको हो । विश्वविद्यालयको रुपमा स्थापना गर्न तयार भएको ऐनको मस्यौदा स्थानीय तहमा छलफलका लागि पठाएको छ । ऐन माथि छलफल गरे पछि आवश्यक सुझाव पुनः विश्व विद्यालय निर्माण सुझाव कार्यदलमा पुग्नेछ । कार्यदलको अन्तिम सुझाव तयार भए पनि संघीय संसदमा पेश हुने प्रतिष्ठानकी संचालक परिषद सदस्य तथा विश्व विद्
धरान । सेवा सुविधाको माग गर्दै दोस्रो चरणको आन्दोलतमा उत्रिएका धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका इन्टर्न डाक्टरहरुको माग प्रति सहमती जुटे पनि आन्दोलन फिर्ता भएको छ । प्रतिष्ठानका उपकुलपति कार्यालय अघि आइतबार देखि आन्दोलनमा रहेका इन्र्टन डाक्टरको ११ बुँदे मागमा सहमती भए पछि आन्दोलन फिर्ता लिएर काममा फर्किएका छन् । प्रतिष्ठानले सहायक निर्देशकको संयोजकत्वमा आइतबार नै वार्ता समिती गठन गरेको थियो । सोमबार बिहाननै उपकुलपति कार्यालय परिषरमा धर्नामा रहेको चिकित्सकहरु सँग वार्ता भएको थियो । आज भएको वार्तामा इन्टर्नसिप शुरु भएकै मिती देखि लागु हुने गरि १८ हजार ५ सय जीवन निर्व
धरान/ बिए कृष्ण प्रसाद श्रेष्ठको निधन भएपछि धरान उपमहानगरपालिकाले एक दिन शोक विदा दिएको छ । श्रेष्ठ त्तकालिन धरान नगरपालिकाका नगरसभा सदस्य थिए । त्यसैले धरान उपमहानगरपालिकाले उनि प्रति सम्मान जनाउदैन एक दिनका लागि सोक विदा दिएको हो । नगरपालिकाको कार्यलय खुल्ला भएको २ घण्टा पछि नगरपालिकाले विदा दिने निणर्य गर्दा नगरपालिका मातहतका सम्पूर्ण कार्यलयहरु बन्द हुन भएका छन् । वि।सं। १९९१ सालमा जन्मिएका विए कृष्ण प्रसाद श्रेष्ठ २००६ सालमा नेपालमा कम्युनिस्ट पार्टीको स्थापना हुँदा तत्कालीन धरानको संस्थापक कम्युनिस्ट नेताकोरुपमा परिचित थिए । उनको हिजो दिउसो १स्२५ बजे आफ्नो निवासमै निधन भएको हो ।
धरान । दुई महिना अघि मागहरु पुरा गर्ने आश्वासन दिए पनि अहिले सम्म माग पुरा नभएको भन्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका इन्टर्न चिकित्सकहरु पुनः आन्दोलनमा उत्रिएका छन् । गत असोज १४ गते र १८ गते प्रतिष्ठान प्रशासन समक्ष ध्यानाकर्षण पत्र बुझाउदै मागहरु राखेपनि अहिलेसम्म आश्वासनमा सिमित भएकोले आन्दोलनमा उत्रनु परेको संघर्ष समितिले जनाएको छ । ईन्टनहरूले नियमित जीवन निर्वाह भत्ता पाउनुपर्ने समयको १२ दिन पश्चात पदाधिकारीहरुले आश्वासन दिए विपरित, पहिलेकै नियम अनुसार जीवन निर्वाह भत्ता आएपछि इन्टर्न चिकित्सकहरू पुनः आन्दोलनमा उत्रिएका हुन् । आफ्ना मागहरु पुरा नभएको भन्दै इन्टर्न संघर
धरान । पाँच महिना अघि धरान उपमहानगरपालिकाको नगरसभाले पास गरेको चालु वर्षको निति तथा कार्यक्रम अझै प्रमाणित हुन सकेको छैन् । पहिलो चौमासिक सकिदा सम्म पनि मेयर तिलक राईले निति तथा कार्यक्रम प्रमाणित गरेका छैनन् । असार १० गते बसेको नगरसभामा मेयरले आफुखुशी निति तथा कार्यक्रमहरु पेश गरेको भन्दै कार्यपालिका सदस्यहरु सभानै बहिष्कार गरेका थिए । वडा स्तरिय निति तथा कार्यक्रमहरु पेश गरिए पछि पुनः असार २८ नगरसभाले निति तथा कार्यक्रम पास भएको थियो । नगरसभाले पास गरे पनि मेयर प्रमाणित नगरे सम्म कार्यान्यवन हुन सक्दैन् । विवादै विवादमा अलमलीएको धरान उपमहानगरपालिकाको ७ औं नगरसभामा चार वटा विधेयक, दुई वटा प
धरानः धरान १५ स्थितदिपेन्द्र बस्तीको एक घरमा आगलाी भएको छ । आडा बस्तीमा रहेको रुद« प्रसाद काफ्लेको घरमा आगलागी भएको इलका प्रहरी कार्यलय धरानले जनाएको छ । धरान उपमहानगरपालिकाको दमकल र स्थिानायीको सहयोगमा आगो नियन्त्रणमा आएको इप्रका धरानका डिएसपी ज्ञान्नेद बस्नेतले जनाकारी दिएका छन् । उनका अनुसार बिजुली सर्ट भएर आगलागि भएको र के कति क्षति भयो भन्ने विवरण भने आउन बाँकी रहेको बताएका छन्