स्थानीय

    Showing ५,००१-५,०१० of ५,३६५ items.
  • मदन भण्डारीको ७० औं जन्मजयन्तीको अवसरमा अयोजित रक्तदान कार्यक्रममा १ सय ६ पिण्ट रगत संकलन

    धरान । जननेता स्वर्गीय मदन भण्डारीको ७० औं जन्मजयन्तीको अवसरमा धरानमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमी सुनसरी क्षेत्र नं। १ कमिटि, तथा नेपाल केन्पो खुकुरी माशर्ल आर्ट्स संघ र राष्ट्रिय युवा संघ धरान उपमहानगर कमिटीको संयुक्त आयोजनामा भानुचोकमा भएको रक्तदान कार्यक्रममा १ सय ६ पिन्ट रगत संकलन भएको हो । नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोग तथा अभियानसँगको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा १ सय ६ पिण्ट रगत संकलन भएको एकेडेमीका क्षत्रीय अध्यक्ष चित्र लिम्बुले जानकारी दिए । खुकुरी माशर्ल आर्ट्स संघ का नगर अध्यक्ष्य राजिव गुरूङले कोरोना महामारीको अवश

    • प्रकाशित मितिः असार १४, २०७८
    • ९१२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपी प्रतिष्ठान सुधारका लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र

    धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्र बढ्दै गएको संस्थागत अनियमितता र भ्रष्टाचार लाई नियन्त्रण गर्दै प्रतिष्ठानको शुद्धिकरणको लागि माग गर्दैै विगत १० दिन देखि आन्दोलनरत चिकित्सक तथा विद्यार्थीहरुले कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलिलाई ज्ञापन पत्र बुझाएका छन् । आज इलाका प्रशासन कार्यालय धरान मार्फत प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलिलाई ज्ञापन पत्र पठाएका हुन् । संयुक्त संघर्ष समितीका संयोजक डा. एसपी रिमालले ज्ञापन पत्र कार्यालय प्रमुखलाई बुझाएका हुन् । ज्ञापन पत्रमा प्रतिष्ठानमा देखिएका समस्याहरु तत्काल समाधानका निम्ति कार्य अघि बढाउननसकेको खण्डमा धरायस

    • प्रकाशित मितिः असार १०, २०७८
    • १,०२६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बुधबार कार्यपालिका बैठकमा निर्णय हुन नसकेको बजेट तथा नीति कार्यक्रम आज छलफल हुने

    धरान । बुधबार बसेको नगर कार्यपालिकाको बैठकमा धरान उपमहानगरपालिकाका मेयर तिलक राइले आउदो चुनाबी लक्षित बजेट ल्याउन लागेको भन्दै चर्को बिरोध भए पछि आज बस्ने नगर कार्यपालिकाको बैठकले छलफल गरि दिउँसो हुने नवौं नगरसभामा धरानको बजेट, नीति तथा कार्यक्रम पेस हुने भएको छ । हिजो बुधबार बजेट, नीति तथा कार्यक्रम अनुमोदन गर्ने गरि बसेको कार्यपालिका बैठकमा नगरसभामा पेश गर्ने बजेट, नीति तथा कार्यक्रमबारे छलफल भए पनि अनुमोदन हुन नसके पछि आज बस्ने बैठकले निर्णय गरे पछि दिउँसो २ बजे सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा हुने नगरसभामा पेस हुने भएको छ । हिजो बसेको नगर कार्य समितिको बैठकमा समयमा नै वडाहरुलाई बजेटको

    • प्रकाशित मितिः असार १०, २०७८
    • ८३४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोभिड अस्पतालको कुरुवा घर वीपी प्रतिष्ठानलाई हस्तान्तरण

    धरान । कोभिड १९ अस्पताल बाहिर निर्माण भएको कुरुवा घर वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई हस्तान्तरण गरिएको छ । सोमबार एक संक्षिप्त कार्यक्रमको आयोजना गर्दै मारवाडी सेवा समिति र नेपाल अग्रवाल सभाले कुरुवा घर हस्तान्तरण गरेको हो । अग्रवाल समाजका वयोवृद्ध ९३ वर्षिय महावीर प्रसाद अग्रवालले कुरुवा घर हस्तान्तरण गरेका हुन् । कार्यक्रमका अध्यक्ष समेत रहेका मेयर तिलक राईले कोभिड अस्पतालमा उपचाररत विरामीको आफन्तहरुलाई कुनै पनि किसिमको समस्या नहोस् भनेर मारवाडी सेवा समिति र नेपाल अग्रवाल सभाले कुरुवा घर निर्माण गरिदिएको बताए । विरामीको आफन्तहरु अत्यन्तै अव्यवस्थित तरिकाले अस्पताल बाहिर ब

    • प्रकाशित मितिः असार ८, २०७८
    • ९६७ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • छिमेकीको कुटाईबाट मानसिक संन्तुलन गुमाएकी गर्भवती महिलालाई धरान महिला संजालको सहयोग

    धरान । छिमेकीको कुटाईबाट मानसिक संन्तुलन गुमाएकी ३ महिने गर्भवती महिलालाई महिला संजाल धरानले औषधी सहित नगद सहयोग गरेको छ । संजालको पहलमा बिर्तामोड मेडिकल हलले १० हजार रुपैया बराबरको औषधी निशुल्क उपलब्ध गराउने भएको छ भने अध्यक्ष चेतना श्रेङले ५ हजार रुपैया आर्थिक सहयोग गरेकी छिन् । थप उपचारका लागि पनि सहयोगहरु उपलब्ध गराउने तथा पिडकलाई कारवाहीका लागि थप अभियान संचालन गरिने बताइन् । विगत १५ दिन देखि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मानसिक विभागमा उपचार गराइरहेकी कानेपोखरी गाउँपालिका ५ चिसाङबस्तीकी शोभा दर्जीको उपचारमा आर्थिक अभाव हुन थालेको समाचार आए पछि संजालकी अध्यक्ष श

    • प्रकाशित मितिः असार ७, २०७८
    • १,३१६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सेफ्टीटेङकीमा खसेर २ जनाको मृत्यु

    सुनसरी । संखुवासभा खादबारी नगरपालिका ४ सेखा मा नयाँ ट्वाईलेट बनाउने क्रममा ढलानको सेटिङ खोल्दा अचानक सेफ्टीटेङकीमा खसेर २ जना मजदुरको मृत्यु भएको छ । नरेश गुरुंङको घरमा बनाइएको सेफ्टीटेङकीमा खसेर मृत्यु हुनेमा खादबारी ५ का ३७ बर्षीय ताराबिर गुरुङ र सोही स्थान ४ का २४ बर्षीय ईश्वर बहादुर राई रहेका छन् । आइतबार राती सेफ्टीटङकी खसेर बेहोस भएका उनिहरुको तत्काललै उद्धार गरि उपचारको लागी जिल्ला अस्पताल खादबारीमा लगिएको थियो । उपचारकै क्रममा पौने ८ बजे दुवै जनाको मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असार ७, २०७८
    • ७६५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मानसिक संन्तुलन गुम्ने गरि कुटिएकी दलित गर्भवती महिलाले अझै पाइनन् न्याय

    सुनसरी । सिम चोरी गरेको आरोपमा छिमेकीकै कुटाईबाट मानसिक सन्तुलन गुमाउने पुगेकी गर्भवती महिलाले अझै न्याय पाउन सकेकी छैनन् । पिडकहरु विरुद्ध उजुरी दिए पनि प्रहरीले पक्राउ गर्न अझै आनाकानी गरिरहेको छन् भने छिमेकीहरुले गाउँको घटना गाउँ मिल्न भन्दै दबाब दिइरहेका छन् । प्रहरीमा किटानी जाहेरी दर्ता भएपछि मगर परिवारले घटना मिलापत्र गर्न दर्जी परिवारलाई चर्को दबाब दिइरहको छ । उनीहरूले शोभाको सबै उपचार खर्च तिरिदिने र केही पैसा क्षतिपूर्ति बापत पनि दिने भन्दै जाहेरी फिर्ता लिन घरमा आएर फकाइरहेका छन् । घटना मिलापत्र गराउन केही जनप्रतिनिधि पनि लागिरहेका छन । शोभाकी आमा देवी दर्जीले भनिन्, ‘कुटपि

    • प्रकाशित मितिः असार ७, २०७८
    • ६९६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आइतबार धरान उपमहानगरपालिकामा शोक विदा

    धरान / धरान उपमहानगरपालिकामा (आज) आइतबार शोक विदा दिने निर्णय गरेको छ  । उपमहानगरले आज सूचना  जारी गर्दै नगरपालिकामा कार्यरत सफाईकर्मी उपेन्द्र मरिक ख को निधनमा एक दिन शोक विदा दिने निर्णय भएको जनाएको हो । अत्यवावश्यक सेवाबाहेक नगर कार्यपालिको कार्यालय र मातहतका सम्पूर्ण कार्यालयहरु बन्द रहने उपमहानगरपालिकाले जनाएको छ ।      

    • प्रकाशित मितिः असार ६, २०७८
    • २,२६३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पाचौं दिन पनि वीपीका चिकित्सक तथा विद्यार्थीद्वारा धर्ना

    धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मौलाउदै गएको अनियमितता र भ्रष्टाचारको विषयमा अख्तियारको ध्यानाकर्षण गराउने चिकित्सकलाई उपकुलपतिले स्पष्टिकरण मागे पछि आन्दोलनमा उत्रिएका चिकित्सक तथा विद्यार्थीहरुले चौथो दिन पनि दुई घण्टा धर्ना दिएका छन् । फ्याकल्टी वेलफेयर सोसाइटीका अध्यक्ष डा. विष्णु पोखरेललाई उपकुलपति डा. ज्ञानेन्द्र गिरीले गत आइतबार प्रतिष्ठानको निति विपरित गएको भन्दै स्पष्टिकरण मागेका थिए । अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको भन्दै उपकुलपति विरुद्ध चिकित्सक तथा विद्यार्थीहरुले सोमबार देखि धर्ना तथा विरोध सभा गर्दै आएका छन् । आज पाचौं दिन पनि उपकुलपति कार्यालय

    • प्रकाशित मितिः असार ४, २०७८
    • १,२९२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘डा. पोखरेललाई काटिएको स्पष्टिकरण पत्र बुझ्नु अगावै कसले लिक गर्यो?’

    धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रमुख पदाधिकारीहरुको आन्तरिक विवादले स्वास्थ्य सेवा त प्रभावित बनेकै छ, संस्थाको गोपनियता पनि भंग गर्न थालेका छन् । प्रतिष्ठानको गोपनियता कायम गर्नु पदाधिकारीहरुको दायित्व हो, तर तिनैबाट गोपनियता भङ्ग हुन थालेको स्पष्ट भएको छ । प्रतिष्ठानका मुख्य पदाधिकारीले आफ्नै गुटका पत्रकारहरु परिचालन गरेका छन् । एकले अर्कालाई दोषि देखाउन संस्थाको गोप्य सुचनाहरु पनि बाहिर आउन थालेको छ । गत जेठ ३० गते एक चिकित्सकलाई काटिएको स्पष्टिकरण पत्र उनले बुझ्नु अगावै संचारमाध्यममा पुगिसकेको थियो । पदाधिकारीबाटै पत्र बाहिरिएको हुन सक्ने चिकित्सकहरु बताउँछन् । प्रति

    • प्रकाशित मितिः असार १, २०७८
    • १,९२९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved