धरान । धरान उपमहानगरपालिका धरान ८ मा निर्माण भइरहेको बसपार्कको संघीय बजेट विनियोजन नभएपछि आफ्नै बजेटले निर्माण कार्यलाई सुचारु गर्दा धरान उपमहानगरपालिकालाई समस्या भएको छ । संघीय सरकारसँगको संयुक्त लगानीमा धरान उपमहानगरपालिमा निर्माण शुरु गरेको स्मार्ट बसपार्कका लागि संघीय सरकारले यस वर्ष बजेट विनियोजन नगर्दा उपमहानगरपालिकाले आफ्नै बजेटबाट निर्माणलाई निरन्तरता दिँदा समस्या भएको हो । संघको ५० प्रतिशत लगानी र स्थानीय सरकारको ५० प्रतिशत लगानीमा धरान उपमहानगरपालिकाको वडा नम्बर ८ मा निर्माण भइरहेको स्मार्ट बसपार्कका लागि यस वर्ष कुनै पनि बजेट विनियोजन नगरिदिए पछि स्थानीय सरकारले आफ्नो स्रोतब
धरान । बचत गरिएको रकम फिर्ता गर्न पहल गरिदिन माग गर्दै आन्दोलनमा रहेका बराह बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले दिएको जवाफले भिडलाई द्वन्दात्मक अवश्थामा पु¥याएको छ । मेयर साम्पाङले आइतबार धरान उपमहानगरपालिका पुगेका बचतकर्तालाई सहकारीमै गएर माग्नुस भन्दै जवाफ दिए पछि अवश्था द्वन्दात्मक अवश्थामा पुगेको छ । न्यायका लागि स्थानीय सरकारलाई गुहारिरहेका बचतकर्ता प्रति मेयरले दिएको गैह्रजिम्मेवार जवाफले सहकारी र बचतकर्ता बिच द्वन्द बढ्ने सक्ने भन्दै सामाजिक सञ्जालहरुमा नागरिकहरुले चिन्ता व्यक्त गरेका छन् । मेयर साम्पाङले बराहमै गएर आफ्नो फसेको रकम उठाउन
धरान । सर्दूजलाधार क्षेत्रमा नपर्ने जग्गा समेत रोक्का भएपछि बैंकिङ कारोबार तथा विक्री गर्न नपाएपछि धरान १३ का सर्वसाधारण पीडित बनेका छन् । साविकको बाँझागारा ९.‘क’ मा पर्ने शहरी क्षेत्रका जग्गा रोक्का भएपछि स्थानीय सर्दु जलाधार क्षेत्रको क्षेत्र छुट्याएर सिमांकन गर्न र जलाधार क्षेत्रमा नपरेका घर जग्गालाई फिर्ताको माग गर्दै आन्दोलित भएका छन् । वर्षौदेखि भोगचलन गर्दै आएको शहरी क्षेत्रको जग्गालाई समेत सर्दू जलाधार क्षेत्रसँग जोडिएर रोक्का गरिएपछि स्थानीय आन्दोलित भएका हुन् । यसको समाधानार्थ पीडितले पहल समिति निर्माण गरेका छन् । उनीहरुले पहिले शान्तिपूर्ण आन्दोलन र पछि संघर्षका कार्यक
धरान । धरान उपमहानगरपालिकाभित्र अव्यस्थित रुपमा बसाइएको टहरा भत्काइएको छ । धरान नगर.प्रहरी, ,सशस्त्र प्रहरी ,बन डिभिजनका प्रहरीहरुले धरान उपमहानगरपालिकाको वडा नं. १७ को एन्फा एकेडेमी पश्चिम् उत्तरतर्फको जग्गामा बनाएको रत्न बहादुर कटुवाल, सन्तोष राई, तिलक बहादुर बि.क.ले बनाएको टिनको जस्ताको टहरा भत्काएको हो । सरकारी जग्गा अतिक्रमण गरी अवैधानिक रुपमा टहरा निर्माण गरी बसोवास गरेका कारण भत्काइएको नगरपालिकाका नगरप्रहरी प्रमुख विष्णु कोइरालाले जानकारी दिए । उनका अनुसार निषेधित क्षेत्रमा बनाइएका टहरा ५ दिन भित्रमा हटाउन सूचना जारी र्दा समेत नहटाइएपछि उपमहानगरपालिकाले विहीबार हटाइएको हो । उनले भने&n
पछिल्लो समय धरानमा बग्रेल्ती निजी लगानीमा शैक्षिक संस्थाहरु खुलेका छन् । खुलेकामध्ये अधिकांश शैक्षिक संस्थाको नाम चर्चामा छैन, औंलामा गन्न सकिने शिक्षण संस्थामात्र चर्चामा छन् ।ती मध्ये एक हो, धरानको मेघा कलेज । मेघा कलेजले सञ्चालनमा आएदेखि नै नतिजामुखी परिणाम दिँदै आएको छ । शैक्षिक गतिविधिमात्र हैन कलेजले विद्यार्थीहरुले अन्य क्रियाकलापमा समेत उल्लेख्य सफलता प्राप्त गरेका छन् । वि.सं. २०६६ सालमा नीजि क्षेत्रबाट शैक्षिक क्षेत्रमा केही गर्ने उद्देश्यले युवा जोश जागर भएका प्राज्ञिकहरुद्वारा सञ्चालनमा आएको मेघाले १३ बर्षको अवधिमा उल्लेख्य फड्को मारेको छ । यहाँ अध्ययन गरेर गएका विद्यार्थीहरु हरेक
धरान । धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा आएका भक्तजनहरुको सेवामा पछिल्लो समय सामाजिक संघ संस्थाहरुको उपस्थिति बाक्लो रहेको पाइएको छ । मन्दिर आसपास धरानका दर्जनौ संघ संस्थाहरु निःशुल्क पानी, फलफूल वितरणदेखि दिएर निःशुल्क प्राथमिक उपचार गर्ने संघसंस्थाको व्यार्नर बग्रेल्ति देख्न सकिन्थ्यो । सामाजिक दायित्व पूरा गर्ने उद्देश्यले आएका यी संघ संस्थाहरुको सामाजिक कार्य अन्य भन्दा प्राथमिक स्वास्थ्य सेवा भने प्रभावकारी देखिन्थ्यो । सप्तकोशीबाट जल ल्याएर चढाउन आएका दीर्घरोगीहरुका लागि स्वास्थ्य शिविर प्रभावकारी बनेको हो । सिराहा सप्तरीबाट आएका ६५ बर्षी सत्यनारायण साह सप्तकोशीबाट जल ल्याएर
धरान/ महालक्ष्मी विकास बैंक लि. र धरान स्थीत लाईफकेयर फिजियोथेरापी सेन्टरबीच सम्झौता भएको छ । बैंक र लाईफकेयर फिजियोथेरापी सेन्टरबीच बैंकका कार्डवाहक, मोबाइल बैंकिङ प्रयोगकर्ता र कर्मचारीहरूलाई छुट दिने सम्झौतामा हस्ताक्षर भएको हो । बैंकका शाखा प्रमुख प्रबल श्रेष्ठ र फिजियोथेरापी सेन्टरका सञ्चालक डा.प्रबिर श्रेष्ठले सम्झौता पत्र आदानप्रदान गरेका छन् ।कार्यक्रममा डा.प्रबीर श्रेष्ठले बैंकका सबै कार्डवाहक, मोबाइल बैंकिङ प्रयोगकर्ता र कर्मचारीहरूलाई लाईफकेयर फिजियोथेरापी सेन्टरले विभिन्न सेवाहरूमा १० प्रतिशतसम्म छुट दिने बताएका छन् । सेन्टरमा विभिन्न प्रकारका फिजियोथेरापी, रगत जाँच, मसाजको व्यव
धरान । उमेरले डाँडा काटेपनि आफ्नो कर्मलाई नछोड्नै नसक्ने जेष्ठ नागरिकको धरानमा कुनै कमी छैन । घरमा बसेर आराम गरेर नातिनातिना हेर्ने उमेरका जेष्ठ नागरिक अहिले पनि तातो घाम र पानी केही नभनी आफ्नो कर्मलाई निरन्तता दिँदै आएका छन् । उमेरल ६५ बर्ष पुगेकी देवी राई झिसमिसेमा उठिछन् । विहानको नृत्य कर्म सिध्याएर उनी धरान १३ मा रहेको कृषि बजार पुग्छिन । सर्वसाधारणको भान्सामा नभई नहुने भेराइटी सब्जी खरिद गर्छिन र डोकोमा हालेर घर घर विक्री गर्छिन । यो कर्म उनको अहिलेदेखिएको भने होइन उहाले यस्तो काम गरेको २५ बर्ष भन्दा बढी भइसक्यो । सरकारी जागिरे हो भने उनको पेन्सन आउँथ्यो, घरमा आधा तलब खाएर आनन्द जीवन बि
धरान । राजनीतिक भागबण्डाकै आधारमा धरान खानेपानी व्यवस्थापन बोर्डमा राखिएका ६ जना कर्मचारीलाई हटाइएको छ । विगतमा राजीतिक दलको आडमा भनसुन गरेर जागिर खाएका उनीहरुलाई बोर्डबाटै हटाइएको जनाइएको छ । धरान उपमहानगरपाालिकामा निर्वाचित मेयर बोर्डको अध्यक्ष हुने प्रावधान रहेको छ । धरान उपमहानगरपालिकामा निर्वाचित भएदेखि नै धरानको दीर्घकालीन खानेपानी समस्या समाधानमा दत्तचित्त भएर लागेका मेयर हर्क साम्पाङ अहिले बोर्डका अध्यक्ष रहेका छन् । राजनीतिक दलको आडमा भर्ना भएका उनीहरुको काम सन्तोषजनक नभएको भन्दै हटाइएको बोर्ड स्रोतले जानकारी दिएको छ । उनीहरुलाई पटक पटक सचेत गराउदा पनि नसच्चिएपछि करार नवीकरण नगरी ह
धरान । धरानको विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा बोलबम मेला लागेसँगै अन्य मन्दिरमा समेत चहलपहल बढ्न थालेको छ । बोलबममा आउने भक्तजनहरुले पिण्डेश्वर मन्दिरमा जल चढाएपछि दन्तकाली, बुढासुब्बा, पञ्चकन्या मन्दिरमा दर्शन गर्न पुग्ने भएकोले पनि विजयपुरमा रहेका मठमन्दिरमा चहलपहल बढेको हो । भगवान शिवको प्रिय महिना साउन त्यसमा पनि प्रिय बार सोमबार मानिन्छ । त्यही भएर धरान १४ पिण्डेश्वरमा सुनसरीका चतरामा रहेको कौशिकी नन्दी अर्थात सप्तकोशीबाट जल चढाउने भक्तजनको भीड थामिनसक्नुहुन्छ । तर पछिल्लो समय अन्य वार पनि जल चढाउने भक्तजन बढ्दै गएका छन् । शनिवार पनि पिण्डेश्वर मन्दिरमा जल चढाउने भक्तजन टाढाटाढा आउन