स्थानीय

    Showing 4,641-4,650 of 4,960 items.
  • धरानमा खोला उत्खनन् रोकिएन, स्थानीयहरुद्वारा अवरोध

    धरान ः धरानमा खोला उत्खनन् हुने क्रमले तिब्रता पाएको छ । आर्थिक बर्ष सकिनै लाग्दा ठेकेदार कम्पनीहरुले धरानको सेउती, सर्दु खोला लगायतका खोलामा धमाधम मापदण्ड विपरीत खोला उत्खनन गर्ने काम गरिरहेका छन् । सेउती खोलामा उत्खनन कार्य नरोकिएपछि धरान उपमहानगरपालिका वडा नंं ५का वडाध्यक्ष सन्तोष लिम्बुको समूहले सम्बन्धित निकायमा रोक्न ज्ञापनपत्रज्ञ बुझाएको भोलिपल्ट उत्खनन नरोकिएपछि वडाध्यक्षकै सक्रियतामा त्यहा अवरोध गरिएको थियो । मंगलबार ज्ञापनपत्र बुझाएको भोलिपल्ट नै बुधबार उनीहरुले ठेकेदार कम्पनीले खोला उत्खनन नरोकेपछि आक्रोस भएर वडाध्यक्षकै टोली गएर उत्खनन गर्ने काम रोकेको थियो । सेउती, सेहारा र सर्द

    • प्रकाशित मितिः जेठ १३, २०७८
    • 980 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • बिरमायाद्वारा फाउण्डेसनद्वारा विपन्नलाई खाद्यान्न

    धरान । विश्वब्यापि रुपमा फैलिएको कोरोना भाइरस संंक्रमणले निम्ताएको परिस्थतीले दैनिक ज्यालादारी गरेर जीवन यापन गर्ने परिवारलाई सकस बनाएको छ । बाहिर निकियो संक्रमणको डर , भित्र बस्यो भोकमरिको त्राषले असक्त र न्यून आय भएका परिवारलाई खाद्यान्नको जोह गर्न नै कढिन परिरहेको छ । दैनिक ज्यालादारी , असक्त, एकल महिलालाई खाद्यान्न जोडजाम गर्न हमेहमे नै परेको छ ।वर्तमान अवश्थालाई मध्यनजर गर्दै वराहक्षेत्र वडा नं ९ मा स्वर्गीय बिरमाया स्मृति फाउन्डेसनले २० परिवारलाई खाद्यान्न उपलब्ध गराएको छ । फाउन्डेशबाट उपलब्ध खाद्यान्न वराहक्षेत्र ९ प्रकासपुरका सक्रिय युबाले बुधवार बितरण गरेका छन् । प्रकाश लिम्बुका अनु

    • प्रकाशित मितिः जेठ १३, २०७८
    • 771 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरानाले बुद्धजयन्ति तथा उभौलीपर्व प्रभावित

    धरान । कोरोना संक्रमणका कारण नेपालीहरुको मौलिक पर्व प्रभावित बन्दै गएका छन् । गत बर्षदेखि नै मौलिक पर्वहरु नेपालीहरुले खुलेर मनाउन पाएका छैनन् । सर्वसाधारण घरमै खुम्चिएर चाडपर्व मनाउन बाध्य छन् । गत बर्ष पनि कारोना कहरकै कारण बुद्ध जयन्ती, लिम्बुहरुको चासोक तङनाम, राईहरुको साकेला पर्व प्रभावित मात्र भएन हिन्दु धर्मालम्बीहरुको ठूलो चाड दशै र तिहार समेत कोरोनाकै कारण प्रभावित भए । यस बर्ष पनि त्यही संकेत देखिएको छ । नेपालीहरुका मौलिक पर्व धमाधम प्रभावित हुदै गएका छन् । केही समय अगाडि मुसलमान समुदायको ठूलो चाडको रुपमा रहेको रमजान पनि समुदायस्तरमा नभई घरमै खुम्चिएर मनाए ।यस्तै यस बर्षको २५६५ औ ब

    • प्रकाशित मितिः जेठ १२, २०७८
    • 1,198 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • रुखले किचेर धनकुटाका एक जनाको मृत्यु

    सुनसरी । जिल्ला धनकुटा सहिदभुमी गाऊपालिका ३ छिन्ताङका ४२ बर्षीय नारायण कुमार राईको रुखले किचेर मृत्यु भएको छ । मंगलबार दिउँसो छिमेकीको जग्गामा रहेको चिलाउनेको रुख काटी ढाल्न डोरीले तान्ने क्रममा किचेर राईको घटनास्थलमा नै मृत्यु भएको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय छिन्ताङ र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोलीले आबश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    • प्रकाशित मितिः जेठ १२, २०७८
    • 1,123 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्वास्थ्य सेवा सहित उपभोग्य वस्तुमा ध्यानाकर्षण गर्दै धरानका मेयरलाई ज्ञापन पत्र

    धरान । कोभिड १९ को महामारीमा वीपी प्रतिष्ठानको स्वास्थ्य सेवामा लापरबाही र भ्रष्टाचार भएको भन्दै यसलाई नियन्त्रण गर्न माग राख्दै मेयर तिलक राईलाई ज्ञापन पत्र बुझाएका छन् । धरान उपमहानगरपालिकालाई धरानका राजनितिक दलहरुले संयुक्त रुपमा राजनितिक दलहरुले लकडाउनको समयमा धरानमा महंगी तथा कालोबजारी बढेको प्रति ध्यानाकर्षण गराउँदै मेयर राईलाई ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्र बुझ्दै मेयर राईले मूल्यवुद्धि र कालोबजारीको विषयमा धरान उपमहानगरका कर्मचारीहरुले निरन्तर रुपमा बजार अनुगमन गरिरहेका छन्, उपमेयर ज्यूको नेतृत्वमा अनुगमन समिति रहेको र क्रियाशिल पनि रहेको छ ।’ उपमहानगरपालिकामा लकडाउन गर

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • 965 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खोला दोहन रोक्न प्रशासनसंग माग

    धरान । धरान उपमहानगरपालिका भित्र पर्ने सेउती, सर्दु तथा सेहरा खोलामा ठेक्का पाएको ठेकेदार कम्पनीले मापदण्ड विपरीत प्रँरम्भिक वातावरणीय परीक्षण (आईई) को उल्लंघन गर्दै खोलाको दोहन गरेको भन्दै स्थानीयहरुले प्रशासनको ध्यानाकर्षण गराएका छन् । धरान उपममहानगरलिका वडा नं. ५ का वडाअध्यक्ष सन्तोष लिम्बुको अगुवाईमा वडा नंं १८ का वडाध्यक्ष नरबहादुर राई (प्रवीण), नेपाली कांग्रेसका स्थानीय नेता पर्वत राइको टोलीले जिल्ला प्रशासन कार्यालय सुनसरी, इलाका प्रशासन कार्यालय धरान, जिल्ला वन कार्यालय सुनसरी, जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय धरानमा खोलाको दोहन रोक्न माग गर्र्दै ज्ञापनपत्र बुझाएक

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • 878 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संकटमा पनि उपमहानगरले कसैको साथ नपाएको गुनासो

    इटहरी । दोश्रो लहरको कोरोनाका कारण सिंगो मुलुक अस्त ब्यस्त बनिरहेको बेला सुनसरीको इटहरीमा भने उपमहानगरको संयन्त्रलाइ कुनै पक्षबाट सहयोग नमिलेको गुनासो आएको छ । नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणले इटहरी शहर नै आक्रान्त बनेको बेला स्थानीय राजनीतिक दलहरूबाट कुनै प्रकारको सहयोग प्राप्त नभएको भन्दै समन्वयका लागि उपमहानगरले आग्रह गरेको हो । उपमहानगरको आयोजनामा भएको जुम मिटिङमा नेपाली कांग्रेसका इटहरी सभापति हेमकर्ण पौडेलले संकटको बेला राजनीतिक दलसँग उपमहानगरका प्रमुख, उपप्रमुख लगायत कुनै संयन्त्रले समन्वय नगरी एक्लौटि ढंगबाट चलेको गुनासो गरे । सहकार्य र समन्वय गरेर अघि बढे नगरवासीको हितमा रात दि

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 855 पटक पढिएको
    • "तेजबहादुर बन"
  • माछा मार्ने क्रममा अर्जुनधाराका धनेन्द्र तामाङको मृत्यु

    सुनसरी । झापा अर्जुनधारा नगरपालिका ११ रेखा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ३८ बर्षीय धनेन्द्र तामाङ रहेका छन् । आईतबार बेलुका साथीहरुसंग माछा मार्ने क्रममा करेन्ट लागी घाईते भएका तामाङको उपचारको लागी बिएण्डसि अस्पताल बिर्तामोड पुर्याउन साथ मृत्यु भएको हो । घटनाको सुचना पाए लगतै ईलाका प्रहरी कार्यालय अनारमणीबाट प्रहरी टोली खटि गई तामाङसंग गएका साथीहरु सोही स्थानका ३८ बर्षीय दिलबहादुर खजुम लिम्बु र ईलाम घर भई सोही स्थान बस्ने ३२ बर्षीय रमेश एक्तेन लिम्बुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जनाएको छ ।

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 1,175 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरी प्रहरीद्वारा टिपरलाई रोक

    धरान । स्थानीय प्रशासनले लागु गरेको लकडाउनको पालना नगरेका कारण सुनसरीको विभिन्न स्थानमा मालवाहक सवारी साधनलाई प्रहरीले आइतबार विहानैदेखि नियन्त्रणमा लिएको छ । स्थानीय प्रशासनको निर्देशन विपरित मनपरी ढुगां, गिट्टी र वालुवा ओसारेर कोरोनाको संक्रमणको जोखिम वढाएको भन्दै प्रहरीले इटहरीको वुढी खोला, खनार चौक तथा तरहरामा विहानै देखी दर्जनौ टिपरलाइ नियन्त्रणमा लिएको हो । बढ्दो कोरोना संक्रमणलाइ नियन्त्रण गर्न स्थानीय प्रशासनले केही साता अघिदेखि सुनसरी जिल्ला भरीनै लकडाउन गरेको छ । लकडाउनका वेला निजि टिपरले वेलुका ८ वजेदेखी विहान ६ सम्म आफ्नो काम सक्ने स्थानिय प्रशासनले निर्देशन दिएपनि अटेर गरेका का

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 1,802 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भोजपुर र पथरीका दुई जना बेपत्ता

    सुनसरी । प्रदेश १ को दुई जिल्लामा नदी र पोखरीमा पौडिन नसक्दा दुई जना बेपत्ता भएका छन् । प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगरका अनुसार पथरी शनिश्चरे नगरपालिका ८ मंगलबारे का २७ बर्षीय बिनोद पाण्डे माछा पोखरीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन् भने भोजपुर अरुण गाउँपालिका ७ का २४ वर्षिय युवराज अधिकारीलाई नदिले बगाउँदा बेपत्ता भएका छन् । प्रहरीका अनुसार शनिबार साँझ कानेपोखरी ६ स्थित हेरिका निर्माण सेवा प्रालिको माछा पोखरीमा पाण्डे डुबी बेपत्ता भएका हुन् । उनको इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलि सहित स्थानीयको सहयोगमा खोजतलास भईरहेको छ । उता भोजपुर अरुण गाऊपालिका ७ का अधिकारी

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 785 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved