स्थानीय

    Showing ४,४९१-४,५०० of ५,३६३ items.
  • पेन्सन वितरण कार्यालयद्वारा रक्तदान

    धरान /धरानस्थित पेन्सन वितरण कार्यालयले शनिवार आफ्नै हाताभित्र रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । भारतीय राजदूतावास अन्तर्गतको पेन्सन वितरण कार्यालयले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चुलिदै गएको रगत अभावको परिपूर्ति गरी थोरै भएपनि विरामीलाई सहज होस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । रक्तदान कार्यक्रममा २ सय ८३ पिन्ट रगत संकलन भएको पेन्सन वितरण कार्यालय धरानका प्रभारी अधिकारी मेजर भरत कनौजियाले बताए । उनले भने–‘हामीले मानवीय सेवा अन्तर्गत यो रक्तदान कार्यक्रम आयोजना गरेका हौ, भारतको आजादीको अमृत महोत्सव अन्तर्गतकै कार्यक्रम यो कार्यक्रम

    • प्रकाशित मितिः पुस २५, २०७९
    • ९२५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्वरुप परिवर्तन गरेर चलाइएका मोटरसाइकल नियन्त्रणमा

    धरान / जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले स्वरुप परिवर्तन गरी चलाइएका मोटरसाइकललाई नियन्त्रण गर्न थालेको छ । कार्यालयले स्वरुप परिवर्तन गरी चलाइएका मोटरसाइकलले ध्वनी प्रदुषण गरेको भन्दै जनगुनासो आएपछि नियन्त्रण शुरु गरेको हो । प्रयास थालेयता कार्यालयले १ सय भन्दा बढी मोटरसाइकललाई नियन्त्रणमा लिई त्यसमा प्रयोग गर्ने साइलेन्सर पाइप परिवर्तन गर्न लगाएको छ । कम्पनीले निर्माण गरेको साइलेन्सर पाइपलाई परिवर्तन गरी बढी आवाज दिने साइलेन्सर पाइप प्रयोगमा बृद्धि हुँदा अस्पताल, विद्यालय एरिया लगायतमा असर पुगेको गुनासो आएपछि नियन्त्रण शुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी

    • प्रकाशित मितिः पुस २५, २०७९
    • १,०७८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विजेता खेलाडी एवम् दाताको सम्मान

    ताप्लेजुङ/बाल सुवोधिनी संस्कृत माध्यमिक विद्यालयले खेलाडी र दातालाई सम्मान गरेको छ । फुङलिङ नगरपालिका वडा नं. ३ मा रहेको संस्कृत विद्यालयले वार्षिक कार्यक्रमको अवसरमा विजेता फुटवल खेलाडी र विभिन्न विधामा विद्यालयलाई सहयोग गर्ने दाताहरुलाई सम्मान गरेको हो । वार्षिक कार्यक्रमको अवसरमा खेलाइएको छात्र, छात्रा र हाइड्रोपावर इन्जिनियरिङ तर्फका विद्यार्थीहरुबीच भएको फुटबल खेलमा छात्रातर्फ कक्षा १२ का विद्यार्थीहरु विजेता र हाइड्रोपावर इन्जिनियरिङ दोश्रो सेमेष्टरका विद्यार्थीहरु उपविजेता भएका छन् । कक्षा ९–१२ को छात्र तर्फको फाइनल खेलमा कक्षा १२ का विद्यार्थीहरु विजेता र कक्षा १० का विद्यार्थीह

    • प्रकाशित मितिः पुस २४, २०७९
    • १,२७८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • व्यापार प्रवर्धनमा कुटनीतिक प्रयास गर्न आवश्यक

    सरकारी उदासीनता र बेवास्ताका कारण देशका धेरै क्षेत्र पछाडि परिरहेको छ । कृषि पनि यस्तै क्षेत्र हो । प्रदेश १ मा ठूलो परिमाणमा सुन्तला उत्पादन हुने गर्छ तर नेपाल सरकारको उदासीनताका कारण नेपाली उत्पादन सुन्तला भारतीय बजारमा निर्यात गर्न नसकिएको समाचार प्रकाशमा आएको छ । यो चिन्ताको विषय हो । नेपाल–भारत व्यापार सम्झौताअन्तर्गत नेपालबाट निर्यात हुने वस्तुमा सुन्तला सूचीकृत छैन । त्यसकारण नोपली सुन्तला भारतीय बजारमा पुग्न पाएको छैन । नेपाल–भारत व्यापार सम्झौतामा नेपालबाट भारततर्फ निर्यात हुने वस्तुमा सुन्तला सूचीकृत नभएसम्म नेपाली सुन्तला भारततर्पm लैजान पाइने छैन । नेपालको पूर्वी पहाडी

    • प्रकाशित मितिः पुस २४, २०७९
    • ८८४ पटक पढिएको
    • "काेशीपत्र सम्पादक"
  • धरान मोडल कलेजको खेल सप्ताह सुरु

    धरान/धरान मोडल कलेजको सप्ताहव्यापी खेलकुद कार्यक्रम सुरु भएको छ । आइतबार छोटो दौड प्रतियोगिताको आयोजना गरी खेल सप्ताह सुरु गरेको हो । धरान १ मा रहेको कलेजले विगतका वर्ष झैँ यस वर्ष पनि खेलकुद सप्ताह सुरु गरेको हो । खेलकुद सप्ताह उद्घाटन कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाले धरानको भानु चौकमा आयोजित दौड प्रतियोगितालाई रिवन काटेर सुरु गर्दै खेल सप्ताहको उद्घाटन गरेका थिए। कार्यक्रममा बोल्दै बेघाले भने : यसले धरानलाई खेलकुदको सहरका रुपमा परिचित बनाउन मद्दत गर्नेछ। यस्ता कार्यक्रमको आयोजना गरिरहने मोडल कलेजलाई धन्यवाद दिए ।  उद्घाटन कार्यक्रममा धरा

    • प्रकाशित मितिः पुस २४, २०७९
    • १,६७७ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान आसपासका कृषकको पीडा डोकोमै बोकेर घर घरमा बिक्री गर्दै

    धरान / धरान उपमहानगरपालिकाले धरानको वडा नं.२० विष्णुपादुका, वडा नं ४, ५ र ६ पानबारीलाई कृषि पकेटको रुपमा विकास गर्ने योजना अगाडि सारेको छ । तर उपमहानगरपालिकाले त्यहाँका कृषकको जीवन स्तर उकास्ने, कृषकले उत्पादन गरेको कृषि सामग्रीको बजार व्यवस्था तथा सडकको सहज पहुँच नभइदिँदा उत्पादित कृषि सामग्री डोकोमा बोकेर घर घरमा पु¥याउन बाध्य छन् । धरानमा एक कृषि बजार, ठूला दुई वटा फलफूल तथा तरकारी बजार नभएको होइन तर पनि धरान ४ दानाबारीका कृषकले भने आफूले उत्पादन गरेको सामग्रीको भाउ पाएका छैनन्, सहज सडक सञ्जाल नभइदिंदा उनीहरु करिब ५ किलोमिटरको बाटो धरान बजारमा डोकोमै बोकेर बिक्री गर्न बाध्य छन् । धरा

    • प्रकाशित मितिः पुस २४, २०७९
    • १,००० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मेघामा वाइन वर्कसप

    धरान / धरान मेघा हिमालयन कलेजमा शुक्रबार ‘वाइन वर्कसप’ सम्पन्न भएको छ । वाइन विशेषज्ञ जुना मास्केले सञ्चालन गरेको सो वर्कसपमा मेघामा होटल म्यानेजमेन्ट सङ्कायअन्तर्गत कक्षा १२ मा अध्ययनरत् विद्यार्थीहरू सहभागी थिए । काठमाडौँकी रैथाने बासिन्दा भए पनि हाल जर्मनीमा बसिरहेकी मास्केले बेलायत र जर्मनीबाट इन्टरन्यासनल वाइन बिजनेस र हस्पिटालिटी म्यानेजमेन्टमा डबल अनर गरेकी छन् । मेघा कलेजकै रेस्टुरेन्ट (प्रयोगशाला) मा आयोजित कार्यशालामा उनले विद्यार्थीहरूलाई वाइन बन्ने प्रक्रिया, वाइन सर्भ गर्ने तरिका, वाइनका विभिन्न प्रकार, वाइन गिलासका प्रकार तथा वाइन बनाइने अङ्गुरका विभिन्न प्रकारबारे

    • प्रकाशित मितिः पुस २२, २०७९
    • २,१२६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • यात्रा संस्मरण "पञ्चायत माविको शैक्षिक भ्रमण"

    धरान / कोरोना संक्रमणकाल लम्बिएसँगै विगत दुइटा वर्षयता शैक्षिक भ्रमण गरिएको थिएन । भय र त्रासमुक्त यस वर्ष भने शैक्षिक भ्रमणमा निस्कने सल्लाह भयो । विद्यालय प्राचार्य अर्जुनकुमार बुढाथोकीको छनौट र सहकर्मी बुद्धिनाथ अधिकारीको सल्लाहमा म भ्रमणमा जान तयार भएँ । भ्रमणको तयारीमा उत्साह र उर्जा दुबै थियो । सहायक प्राचार्यको जिम्मेवारीमा समेत रहनुभएका सहकर्मी बुद्धिनाथ अधिकारीको योजनाअनुसार हामी अघिल्लो दिन साँझपख विद्यालयमा भेला भयौँ । गत पौष १३ र १४ गते तेह्रथुमको ऐतिहासिक तीनजुरे जाने निधो गरेसँगै हामी भ्रमणको औपचारिक तयारीमा अघि बढ्यौँ । मेरालागि यो भ्रमणको तीनजुरे यात्रा पहिलोपटक थियो ।

    • प्रकाशित मितिः पुस २२, २०७९
    • १,३११ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान ७ मा पूर्व वडाध्यक्षको नाममा पार्क बन्यो दुर्गन्धित स्थान रमणीय पार्कमा रुपान्तरण

    धरान / धरान ७ पानबारी बस पार्क छेउमा भुपेन्द्रराज मोक्तान ज्येष्ठ नागरिक पार्क निर्माण भएको छ । कुनै समय यो स्थान फोहोर फाल्ने डस्बिनको रुपमा रहेको थियो । आसपास हिडडुल गर्न मुस्किल थियो । तर यसलाई पार्कको अवधारणा अगाडि बढाएर निर्माण सम्पन्न गरेपछि भने अहिले दुर्गँिन्धत क्षेत्र रमणीय स्थल बनेको छ । धरान उपमहानगरपालिका वडा न ंं ७ पानबारी बसस्टेण्ड नजिकै रहेको खोला जसलाई माछा भौडी पनि भनिन्छ । सहरको बीच भागमा रहेको यो भौडीमा बर्खाको समयमा अत्याधिक पानी बग्ने गरेको छ । यही खोला सर्वसाधारणको फोहोर फाल्ने स्थान रहेको थियो । तर अहिले त्यस स्थानमा फोहोर फाल्न दिइएको छैन । माछा भौडी नजिकै केही सम

    • प्रकाशित मितिः पुस २२, २०७९
    • ९९७ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बिदा बसेकी प्राध्यापकको अनधिकृत हस्तक्षेप

    धरान /बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छुट्टीमा बसेकी प्रोफेसरले चिकित्सकमाथि अनधिकृत हस्तक्षेप गरे पनि प्रतिष्ठान प्रशासन मौन रहेको पाइएको छ । नाक, कान, घाँटी विभागकी प्राडा संगीता भण्डारीले जनवरीदेखि ’स्यावोटिकल लिभ’ स्वीकृत गरी छुट्टीमा बसेको देखिन्छ । तर सिनियर रेसिडेन्स लगायतको करार थपमा अनावश्यक हस्तक्षेप गरेको प्रतिष्ठानको नाक, कान, घाँटी विभाग स्रोतले जनाएको छ । विभागका एचओडी श्याम थापामाथि प्राडा भण्डारीले अनावश्यक दबाब दिने गरेको स्रोतको भनाइ छ । प्राडा भण्डारी एचओडी थापाकी प्रोफेसरसमेत रहेकाले थापाले दबाब झेल्दै आएको स्रोतको भनाइ छ । प्रतिष्ठानभित्र अनावश्य

    • प्रकाशित मितिः पुस २२, २०७९
    • १,०२८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved