धरान । कोरोना संक्रमणका कारण नियमित गरिने रक्तदान कार्यक्रम नहुँदा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रगत अभाव हुन थालेको छ । कोरोनाका विरामी समेत दिनप्रतिदिन थपिदै जानु र अन्य विरामी समेत प्रतिष्ठानमा बढ्दै जादा शल्यक्रिया लगायत अन्य विरामीलाई पनि रगत अभाव हुन थाले पछि विरामीहरुले सास्ती भोग्नु परेको छ । रगत अभाव हुन थालेको प्रतिष्ठान हाताभित्र नेपाल रेडक्रस सोसाइटी सुनसरीले सञ्चालन गर्दै आएको रक्तसञ्चार सेवाले जनाएको छ । तेह्रथुम जिरिखिम्तीका उमेश पौड्यालले बीपीको रक्तसञ्चार सेवामा पर्याप्त रगत पाउन छाडेपछि विरामीलाई उपचारमा समस्या भएको बताए । उनले भने, ‘श्रीमतिलाई
धरान । मोरङको धनपालथानको उखुबारीमा खाल्डोमा पुरिएको अवस्थामा धरानका राजेन्द्र कुमार श्रेष्ठ सहित दुईजनाको शव फेला परेको छ । फेला परेका मध्ये श्रेष्ठको पहिचान खुलेको छ भने अर्को शवको पहिचान अझै खुल्न नसकेको प्रहरीले जनाएको छ । बिहीबार उखुबारीमा सात फिट गहिरो खाडल खनेर गाडेको अवस्थामा श्रेष्ठको शव भेटिएको हो । श्रेष्ठको घाँटीमा डोरीले बाँधेको डाम देखिएको छ । सुनसरीको धरान–३ घर भई भक्तपुरमा बस्दै आएका ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको रहेको जिल्ला प्रहरी मोरङ प्रहरीका प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए । उनका अनुसार मृतकका साथबाट एनटिसीको सिम कार्ड, पर्स र सवारीचालक प्रमाणपत्र पनि फे
धरान/ पद र शक्तिको पछि नकुद्ने को होला ? अझ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र त यो कुरा लागू नहुने कुरै भएन । प्रतिष्ठानभित्र स्वार्थ बोकेका यस्ता कर्मचारीहरु ‘जथा मल्खु उतै ढल्कु’ को उखानझै चरितार्थ उतार्ने गरेका छन् । पछिल्लो पटक मन्त्रालयले उपकुलपति डा. गिरीलाई प्रतिष्ठानको काम कारबाहीमा रोक लगाए पनि प्रतिष्ठानको कामलाई सुचारु गर्ने अभिप्रायले स्वास्थ्य मन्त्रालयका कर्मचारी डा. श्याम सुन्दर यादवलाई स्वास्थ्य मन्त्रालयले पठाएको छ । तर अचम्म कुरा त के भने विगतमा उपकुलपति डा. गिरीको हनुमान भएर अघिपछि भएर हिड्नेहरु नै डा. श्यामसुन्दर यादवको स्वागत गर्न
धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेथिती सुधारका लागि सरकारले पठाएको पदाधिकारीका कारण प्रतिष्ठान थप अन्यौलग्रस्त र अस्तव्यस्त बन्ने निश्चित भएको छ । अवैधानिक ढंगले पदाधिकारी पठाए पछि समस्या समाधानमा थप संकट बढेको छ । कानुनी प्रक्रिया पुरा नगरी गठबन्धन सरकारले जबरजस्ती वर्तमान पदाधिकारीहरु हटाउने खेलमा लागेको छ । सरकारले प्रतिष्ठानका पदाधिकारी हटाउन सिनेट वा अख्तियारको सहयोग लिएर कानुनी र वैधानिक बाटो रोज्नुको सट्टा स्वास्थ्य मन्त्रालयका कर्मचारी डा श्यामसुन्दर यादवलाई पठाएपछि समस्या झन् बल्झिएको हो । धराशायी भएको प्रतिष्ठानलाई थप धराशायी बनाउने खेलमा सरकार लागेको प्रतिष
धरान । प्रदेशको शान्ति सुरक्षालाई प्रभावकारी बनाउन प्रदेश १ सरकारले कोशीको पुलदेखि मेची पुलसम्म र विराटनगर जोगवनीदेखि धरानसम्म सि सी क्यामेरा जडान गर्ने भएको छ । प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले शान्ति सुरक्षामा प्रविधिबाट निगरानी गरिने बताए । मन्त्री कार्कीका अनुसार सि सी क्यामेरा जडान गर्नका लागि बजेट विनियोजन समेत गरिएको छ । शान्ति सुरक्षाको दृष्टिकोणमा सरकार नागरिकसँगै छ भन्ने बनाउनका लागि सरकारले वैज्ञानिक ढङ्गले काम गरिरहेको उनको दाबी छ । उनले भने, ‘हामीले वैज्ञानिक ढङ्गले काम गरिरहेका छौँ, प्रदेशको राजधानीलाई पनि हामीले प्रविधिमैत्री निगरानीमा राख्
धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अहिले सम्म २ सय १६ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् । प्रतिष्ठानका डेपुटी अस्पताल निर्देशक डा. विकास साहले दिएको जानकारी अनुसार बिहीबार, शुक्रवार र शनिवार गरी अहिले सम्म एनेस्थेसिया, सर्जरी, मेडिसिन, डर्मा, इएनटी, आई, अर्थाेपेडिक, पिडियाट्रिक, गाईनो, साईकेटिक, इमरजेन्सी र प्याथोलोजी विभागका ८१ जना डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसै गरी नर्स १ सय १४ जना, हेल्पर १६ जना र हेल्थ एडका ५ जना गरी जम्मा २ सय १६ जनामा कोरोना संक्रमण भएको छ । धेरै स्वास्थ्यकर्मी कोरोना संक्रमित भए पनि प्रतिष्ठानले आफूले दिने सेवा प
धरान/ झन्डै दुई साताअघि प्रकाशित समाचारको विषयमा बिहीबार एउटा समूहले कोशीपत्र दैनिकको धरानस्थित मुख्य कार्यालयमा प्रवेश गरी पत्रकार र कर्मचारीमाथि धाकधम्की दिँदै दुव्र्यवहार गरेको छ । कोशीपत्र दैनिकमा गत पुस २३ गते ‘महामानव बनेर करोडौँको ठगी’ शीर्षकको समाचार प्रकाशित भएको थियो । सो विषयमा त्यस दिन कोशीपत्रका साथै अन्य सञ्चार माध्यमहरूले पनि समाचार प्रकाशन–प्रसारण गरेका थिए । सोही समाचारमा उल्लेखित केही विषय गलत भएको दावी गर्दै २०–३० जनाको एउटा समूह बिहीबार कार्यालयमा प्रवेश गरेको थियो । उनीहरूले कार्यालयमा उपस्थित पत्रकार र कर्मचारीहरूलाई अपशब्द प्रयोग गर्दै कुटपि
धरान/ धरानमा पाँचदिने आधारभूत पत्रकारिता तालिम बिहीबार सुरु भएको छ । प्रेस सेन्टर नेपाल, सुनसरी समितिको आयोजनामा सुरू भएको तालिममा २२ जना प्रशिक्षार्थीहरू सहभागी छन् । धरानका विभिन्न विद्यालय र कलेजमा कक्षा ११ देखि स्नातक तहसम्म अध्ययनरत विद्यार्थीहरू तालिममा सहभागी छन् । तालिम आगामी मङ्गलबारसम्म सञ्चालन हुने प्रेस सेन्टरका सुनसरी अध्यक्ष तीर्थ कार्कीले जनाए । तालिममा कोशीपत्र दैनिकका सम्पादक एवम् महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक राजेश विद्रोहीले प्रशिक्षण दिएका छन् । सहभागीहरूलाई पत्रकारिताबारे आधारभूत जानकारी दिने उद्देश्यले तालिम आयोजना गरिएको अध्यक्ष कार्कीको भनाइ छ । नेप
धरान/ प्रदेश एकका कलाकारहरुले गौरबको आयोजनाका रुपमा अघि बढाएको नाटकघर बनाउने योजना बजेट सुनिश्चित नहुँदा अन्यौलमा परेको छ । स्थानीय सरकार, प्रदेश सरकारले अपनत्व नलिदा दुई वर्ष अघि देखि शुरु भएको धरानमा निर्माणाधिन नाटकघर अहिले अन्यौलमा परेको छ । धरान स्थित सभागृह परिषरमा दुई कट्ठा क्षेत्रफलमा नाटकघर निर्माणको काम अघि बढेको थियो । अहिले कुनै पनि सरकारी निकायबाट बजेट सुनिश्चित नभए पछि निर्माण कार्य ठप्प बनेको छ । स्थानीय तथा प्रदेश सरकारले वेवास्ता गर्दा प्रदेशकै कलाकारहरुले गौरबको रुपमा लिएको योजना अलपत्र बनेको नेपाल चललित्रकर्मी महासंघका प्रदेश नम्बर एक संयोजक समेत रहेका नाटकघर निर्माण उ
धरान / घरघरमै खानेकुरा पु¥याउँने कामलाई व्यवसायीक बनाउँदै रोजगारी शिर्जना गरेको ‘भोक लाग्यो डटकम’ ले बिगत ३ बर्ष देखी कुनै कार्यक्रमका सहभागी, विभिन्न वित्तिय संस्थाका कर्मचारी लगायत धरानेहरुको भोक मेटाउदै आएको छ । आधुनिक जीवनशैली रुचाउने व्यस्ततामा रहने धरानेहरुको भोक मेटाउनको लागि ‘भोक लाग्यो डटकम’ गज्जबको साहारा बनेकोछ । अनलाईन र अफलाईन दुबै माध्यमबाट ग्राहकले चाहेको जस्तै विभिन्न रेष्टुरेन्ट तथा होटलका खानेकुरा घरघरमै पु¥याउँदै आएको छ । अनलाईनको लागि एन्ड्रोइड र आइओयस मोबाइल एप र वेबसाइटबाट अर्डर लिरहेको छ भने अफलाईन मार्फत ल्यान्ड लाईन, एनटिसि र एनसेल