धरान । धरान ७ स्थित ओशो ट्रेनिङ सेन्टरले आयोजना गरेको मैत्रीपुर्ण फुटसल प्रतियोगितामा धरान प्याब्सन विजयी भएको छ । धरान १५ स्थित बिग फुटसलमा शनिबार सम्पन्न प्रतियोगितामा एन प्याब्सन धरानलाई हराउँदै प्याब्सन धरान विजयी भएको हो । एन प्याब्सन उपविजेता बनेको छ । सात वटा विभिन्न संस्थाहरु बिच भएको फुटसल प्रतियोगितामा तेस्रो विजेता आयोजक संस्था ओशो ट्रेनिङ सेन्टर भएको छ । विजेता टिमहरुलाई नेपाल फिजिकल ट्रेनिङ एशोसियसनका पुर्व क्षेत्रीय अध्यक्ष पर्वत राईले पुरस्कार वितरण गरेका थिए । संस्थाहरु बिच मैत्रीपुर्ण सम्बन्ध बढाउनका लागि प्रतियोगिताको आयोजना गरिएको सेन्टरका संचालक पारुहाङ तुम्बाहाम्फेले ब
धरान । प्रेस चौतारी नेपालको २४ औं स्थापना दिवसको अवसरमा सुनसरीमा पत्रिका वितरण गर्दै आएका २ जना हकरलाई साइकल प्रदान गरेको छ । प्रेस चौतारी सुनसरीले शनिबार एक कार्यक्रमको आयोजना गरि धरान र इटहरीका लामो समय देखि विभिन्न पत्रिका वितरण गर्दै आएका दुई जनालाई साइकल प्रदान गरेको हो । कार्यक्रममा धरानमा विगत १५ बर्षदेखि पत्रिका ग्राहकहरुको घरमा पुर्याउदै आइरहेका ५० बर्षीय बद्री राई र उदयपुर घर भई इटहरीमा विगत ८ बर्षदेखि पत्रिका वितरण गर्दै आइरहेका कल्याण राईलाई चौतारीले साइकल वितरण गरेको हो । उनीहरु दुवै जनालाई नेकपा एमाले केन्द्रीय महासचिव शंकर पोख्रेलले चाबी हस्तान्तरण गरेका थिए । प्रेस चौतारीकी अ
धरान । नेकपा एमालेले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि करिब ८ सय जना एमाले प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्र धरानको २ वटा वडा कमिटीका अध्यक्ष र पदाधिकारीहरु सहित नेपाली कांग्रेस लगायत अन्य दलका जिल्ला सदस्य देखि वडा सदस्यहरु समेत रहेका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी केन्द्रिय महासचिव शंकर पोखरेल लगायत पार्टीका नेताहरुले अबिर र रुद्राक्षको माला लगाईदिदै स्वागत गरेका थिए । एमालेको शनिबार धरानमा आयोजित कार्यक्रममा माओवादी केन्द्रको धरान वडा नं १२ र वडा नं १६ का अध्यक्षसहित पदाधिकारीहरु एमालेमा प्रवेश गरेका छन् । कार्यक्
धरान । गठबन्धनको सरकारले स्थानीय तहको निर्वाचन सार्ने षडयन्त्रमा लागेको नेकपा एमालेका महासचिव शंकर पोखरेलले आरोप लगाएका छन् । निर्वाचन ऐनको आधारमा चैत ५ गतेभित्र स्थानीय तह निर्वाचन हुनुपर्ने भएपनि गठबन्धन सरकारले चुनाव टार्न अनेक तानाबुना गरिरहेको उनले बताए । महासचिव पोखरेलले सत्तारुढ गठबन्धनले स्थानीय तहको चुनाव नगरी जनप्रतिनिधिविहिन बनाएर लोकतन्त्रविरुद्ध अघि बढेको भन्दै यो षडयन्त्रलाई जनताको बीचमा गएर दण्डित गर्ने बताएका छन् । उनले भने, ‘आयोगले एक प्रकारको सम्झौता गरी ४ जेठमा चुनाव गराउन निर्देशन दिएको छ । संसद्ले बनाएको कानुनले त झन् दुई महिना अगावै चुनाव गर्ने प्रावधान राखेको छ ।
धरान । पर्याप्त खानेपानी वितरण गर्ने भन्दै करिब डेढ अर्बको परियोजना संचालन हुँदा पनि धरानमा अहिलेदेखि नै खानेपानीको अभाव शुरु हुन थालेको छ । वर्षौ देखि धरानमा चलिरहेको खानेपानी समस्यालाई समाधान गर्न सन २०१२ देखि शुरु भएको परियोजना सम्पन्न भई धरान उपमहानगरपालिका मातहतमा रहेको धरान खानेपानी बोर्डमा आइसकेको छ । तथापि धराने जनताले खानेपानीको अभाव भागिरहेका छन् । दैनिक २४ सै घण्टा पानी खुवाउने योजनाका साथ परियोजना सम्पन्न भएको थियो । नेपाल खानेपानी संस्थानले सुख्खा मौसममा खानेपानी खुवाउन नसकेपछि नेपाल सरकारको सहरी विकास आयोजना अन्तर्गत खानेपानी परियोजना ल्याइएको थियो । परियोजना सम्पन्न गर्न एशिया
धरान । धरान उपमहानगरपालिकाका मेयर तिलक राईले तामाङ समुदायको महान चाड सोनाम ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन् । मङ्गलबार एक शुभकामना सन्देश जारी गर्दै मेयर राईले स्वदेश तथा विदेशमा रहेका तामाङ समुदाय लगायत सम्पुर्ण नगरबासी दिदीबहिनी तथा दाजुभाईमा सुख, शान्ति, समृद्धि एंव उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका हुन् । ‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधतायुक्त नेपाली समाजमा यस्ता चाडपर्व आपसी मित्रता, सद्भाव र एकताको प्रतीकका रुपमा रहेका छन्,’ मेयर राईले शुभकामना सन्देशमा उल्लेख गरेका छन्, ‘यस्तो विविधता नेपालका लागि मात्र नभएर विश्व समुदायमा पनि
धरान । नेपाली कांग्रेस धरान उपमहानगर समितिले पार्टीलाई जनस्तरमा बलियो बनाउन वडास्तरमा पार्टीको संगठन विस्तार गर्न सक्रियता बढाएको छ । सभापति श्याम पोख्रेलले दुई साता अघिदेखि वडास्तरमा पार्टीको संगठन विस्तार गर्न थालिएको जानकारी दिए । मङ्गलबार नगर सभापति पोख्रेलकै प्रमुख आतिथ्यतामा धरान वडा नं. ८ का सहीद रत्नमार्ग, बम्जन टोल र बरपीपल चौकमा संगठन बिस्तार गरेको हो । कांग्रेसले अन्तरक्रियासँगै धरानको सबै वडामा पार्टीका टोल कमिटी बिस्तार गर्दै जाने र जनस्तरमा जनताका समस्या, गुनासा बुझ्दै बिकास निर्माण कार्यमा सक्रियता बढाउने जनाएको छ । कांग्रेस धरान उपमहानगर समितिका सचिव हिमाल श्रेष्ठले उपमहानगरप
धरान÷ जाडो वढे संगै धराने कफि पारखिहरुको लागि सुगर एण्ड स्पाइस क्याफे खुल्ने भएको छ । धरान ११ स्थित रागा चौकमा कफीपारखीहरुलाई लक्षती गरी क्याफे सञ्चालनमा आउन लागेको हो ।धरन ११ निवासी कुन्साङ गुरुङले आफ्नै करिब ४० खाल रुपैंयाको लागत कफी सप सञ्चालनमा ल्याउन लागेकी हुन् । यहीँ माघ १९ गतेदेखी सपको ट्रायाल ओपनिङको रुपमा सुरुवात गर्न लागीएको सञ्चालक गुरुङले बताइन् । “कोभिड महामारीका कारण सरकारले भिडभाड हुने कार्यक्रमहरुको सञ्चालनमा गर्न लोगाएसँगै सामान्यरुपमा सञ्चालनमा ल्याउन लागेका हौं कोरोनाको जोखीमा कम भएसँगै ग्राण्ड ओपनिङको तयारीमा रहेका छौं । ”सञ्चालन गुरुङले भनिन् । आफ्नै
धरान । ६ वर्ष अघि देखि धरान पानवारी अटो व्यवसायीले स्थानीय सरकार धरान उपमहानगरलाई पटक पटक व्यवस्थित र स्थायी पार्किङको माग गरे पनि सुनुवाई नगरेको अटो व्यवसायीहरुले आरोप लगाएका छन् । व्यवसायी र मजदुरलाई धरानमा व्यवस्थित स्टेन नहँुदा उनीहरुलाई समस्या परेको छ । धरान २ स्थित माछाभौडीको दोभान लाइनमा झण्डै १४ फुटको अत्यन्तै साँगुरो गल्लीमा दैनिक ७० वटा अटोहरु पालोमा वस्छन्, त्यहीँ गल्लीबाट अटोले यात्रु धरान पानवारी ओसार पसार गर्ने गरेका छन् । दोभान लाइन पैदलयात्री र अन्य सवारी साधान आवात–जावात गर्ने अत्यन्तै व्यस्त गल्ली पनि हो । वजारको चाप दिनानु दिन वढ्दै गइरहेको वेला फेरी धरान पानवारीको अट
धरान । धरान १७ स्थित उदय समुदायीक वनमा रहेको कर्भडहल मर्मतसंभार गर्दै खेलकुद पर्या पर्यटनको रुपमा विकाश गरिने भएको छ । सखुवाको काठले मात्र निर्माण गरिएको देशकै नमुना रहेको कर्भडहल निर्माण संपन्न भएको १३ वर्ष पछि मर्मतसंभार हुन लागेको हो । उदय सामुदायिक वनमा रहेको कर्भडहललाई मर्मतसंभार गरेर स्तरउन्नति गर्न लागिएको वन समुहका अध्यक्ष जसकुमार राईले बताए । वातावरण सँग जोडिने र रुख विरुवाहरु पनि नमासिने हुनाले वनलाई खेलकुद पर्या पर्यटन सँग जोड्न लागेको राईले वताए । कर्भडहलमा अहिले व्याडमिन्टन, कराते र हल वाहिर भलिवल र टेवलटेनिस खेलहरु हुने गरेको छ । चाडै बास्केटवल, भलिवल, खुला चेस वोर्ड, सेपाकटेक्र