पूर्वमा कफी तथा चिया विस्तार गर्ने उद्देश्यले २०४१ सालमा धनकुटामा स्थापित चिया तथा कफी विकास बोर्ड कार्यालयले अपेक्षित रूपमा काम गर्न नसकेको समाचार प्रकाशमा आएको छ । कर्मचारी अभावकै कारण यो कार्यालयले उद्देश्यअनुसार काम गर्न नसकेको समाचारमा उल्लेख छ । ६ जना कर्मचारीको दरबन्दी रहेको सो कार्यालयमा अहिले लेखा प्रमुखबाहेक कुनै कर्मचारी छैनन् । लामो समययता प्रमुखविहीन बनेको कार्यालयले उद्देश्यअनुरूप काम गर्न नसक्नु अस्वाभाविक पनि होइन । नेतृत्वविहीन कार्यालयमा न कुनै योजना हुन्छ, न त कामको कसैले जिम्मेवारी नै लिन्छ । त्यसैले सेवा प्रवाह गर्नुपर्ने यो कार्यालय प्रायःजसो बन्द नै रहने गरेको छ । चिया
धरान / धरान उपमहानगरपालिकाले अनुमति दिएसँगै धरान एक्स्पोमा सोमबारबाट रोटेपिङ सञ्चालनमा आएको छ । अनुमति नलिई सञ्चालनमा ल्याउन लागिएको भन्दै एक्स्पोको पहिलो दिनबाट नै पालिकाले रोटेपिङमा रोक लगाएको थियो । रोटेपिङ सञ्चालनको विषयमा जानकारी दिँदै एक्स्पोका संयोजक गोपाल श्रेष्ठले सबै प्रक्रिया पूरा भएकाले सोमबार रोटेपिङ सञ्चालनमा आएको जानकारी दिए । ‘आवश्यक प्रक्रिया पूरा गरे पनि पालिकासँग समन्वय हुन बाँकी रहेको थियो त्यसलाई हामीले पूर्णता दिएका छौँ’ एक्स्पो संयोजक श्रेष्ठले भने, ‘पालिकाबाट अनुमति प्राप्त भएसँगै सोमबारबाट एक्स्पोमा रोटेपिङ सञ्चालनमा ल्याएका छौँ ।’
कुनै पनि स्वास्थ्य संस्थामा नर्सिङ पेसालाई महत्वपूर्ण मानिन्छ । बिरामीको उपचार प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने नर्सहरूको अभावमा स्वास्थ्य संस्थाले प्रभावकारी रूपमा सेवा प्रदाान गर्न सक्दैन । यति महत्वपूर्ण र अपरिहार्य भईकन पनि नर्सिङ पेसालाई उचित सम्मान प्रदान गर्न नसक्दा नर्सिङ पेसाप्रति नै विकर्षण सिर्जना भइरहेको छ । नर्सिङ पेसालाई गरिने भेदभाव र उपेक्षाका कारण यस पेसाप्रति आकर्षण घटेको हो । स्वदेशमै बसेर काम गर्न चाहनेहरू पनि निराश हुन थालेका छन् भने विदेशतिर आकर्षित हुनेको सङ्ख्या बढिरहेको छ । १०–१५ लाख रुपैयाँ खर्च गरेर अध्ययन गरे तापनि नर्सहरूले मासिक सातआठ हजार रुपैया
मोरङ / समगरमाथा स्कुलको २६ औं विद्यार्थी तथा अभिभावक दिवस सम्पन्न भएको छ । विराटनगर–११ मा रहेको स्कुलले आज एककार्यक्रमको आयोजना गरेर अभिभावक तथा विशिष्ट व्याक्तिहरु माझ विद्यार्थी तथा अभिभावक दिवस मनाएको हो ।कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरिएको छ । कक्षा नर्सरी देखि १० कक्षासम्म स्कुलले लिएको आन्तरिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको हो । प्रथम हुने विद्यार्थीहरुलाइ सय प्रतिशत, द्वितीय हुने विद्यार्थीहरुलाई ५० प्रतिशत र तृतीय हुने विद्यार्थीहरुलाई २५ प्रतिशत छात्रावृति सहित प्रमाण पत्र र उपहार प्रदान गरि सम्मान गरेको
धरान / बढ्दो सहरीकरणसँगै दुषित वातावरण, फोहोरमैलाको व्यवस्थापन लगायतका समस्या बढ्दै गएपछि ठूला सहरहरुमा कौसी खेती लगाउने प्रचलन बढ्दै गएको छ ।कौसी खेती लगाउँदा घरबाट निस्किने फोहोर व्यवस्थापनमात्र हैन अर्गानिक तरकारी, फलफूल उत्पादन गरेर स्वस्थ जीवनयापन गर्न सहज हुने भएकोले कौशी खेतिलाई प्रवद्र्धन गर्न स्थानीय सरकारले बजेट छुट्याएर आफ्ना वडामा रहेका महिलाहरुलाइृ तालिम दिन थालिएको छ । आफ्नो घरको कौसीमा, बरण्डा, छत आदि स्थलमा आफूलाई दैनिक आवश्यक पर्ने वा दैनिक उपभोग गर्नुपर्ने बालीहरू जस्तै तरकारी, फलफूल, मसलाबाली, आदिको खेती गर्ने प्रविधिको विषषयमा धरान उपमहानगरपालिका वडा नं. १९ ले बजेट नै
धरान / धरान १० के रन ११ औं नेवा च्यारिटी दौड प्रतियोगिता २०७९ मा पुरुष तर्फ दिपक सुहाङ र महिला तर्फ राजपुरा प्रछाइ विजयी भएका छन् । शनिबार सम्पन्न प्रतियोगितामा १० किमी दौड दिपक सुहाङले ३२.०५ मिनेटमा पुरा गरे भने राजपुरा प्रछाइले ३७.३६ मिनेटमा दुरी पार गरिन् । त्यस्तै खुल्ला पुरुष तर्फ गजेन्द्र राईले ३२.२४ मिनेटमा दुरी पार गर्दै दोस्रो भए भने सिमियोन किप्लागतले ३३.१३ मिनेटमा दुरी पार गर्दै तेस्रो भए । महिला तर्फ पुर्णलक्ष्मी न्यौपानेले ४०.२८ मिनेटमा र आशा राउतले ४२.२७ मिनेटमा दुरी पार गर्दै क्रमशः दोस्रो र तेस्रो भए । खुल्ला तर्फका पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः नगद ६० हजार
विजयपुर / धरानमा शनिबारबाट सुरु भएको २३ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा प्रतियोगितामा आयोजक धरान फुटबल क्लब पहिलो चरणबाटै बाहिरिएको छ । उद्घाटन खेलमा पाहुना टोली भारतको युनाइटेट खार्साङ फुटबल क्लब (युकेएफसी) ले विजयी सुरुवात गरेको छ । धरान १६ रङ्गशालाभएको प्रतियोगितामा भारतको युकेएफसीले आयोजक धरान फुटबल क्लबलाई ट्राइबेकरमा ५–३ गोल अन्तरले जित हात पारेको हो ।अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा खेल अवधिभर दुवै टिमबाट गोल हुन नसकी बराबरीमा टुंगिएपछि खेल ट्राइबेकरमा गएको थियो । युकेएफसीका तर्फबाट आकाश प्रधान, राज रौत, सिदान्त क्षेत्री, साहिल राई र सुब्रतो सोरोयनले गोल गरेका थिए भने
विजयपुर / प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मत कार्कीले उद्योगी व्यवसायीहरुसँग राष्ट्र बैंकले लिएको चर्को ब्याज घटाउनुपर्ने बताएका छन् । मुख्य मन्त्री कार्कीले बिहीबार धरानको रंगशालामा आयोजना भएको धरान एक्स्पो २०७० को उद्घाटनका अवसरमा सरकारले नीजि क्षेत्रलाई प्रवर्धन गर्ने खालका योजनाहरु अगाडि ल्याउँदै बैंकले लिने गरेको चर्को ब्याज घटाउन केन्द्र सरकार र राष्ट्रबैंक समक्ष आग्रह गरेका हुन् ।उनले देशको आर्थिक संकटका कारण उद्योग वाणिज्य क्षेत्र धरासायी बन्दै गएको बताउँदै उद्योगी व्यवसायीहरुले लिएको चर्को ब्याजदरका विषयमा चिन्ता व्यक्त गरेका छन् । उनले नेपाल सरकारले यस विषयमा स्पष्ट धारणा
धरान / धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा सम्पन्न प्रदेश १ स्तरीय अल्फाबिटा अन्तर कलेज महिला पुरुष बास्केटबल प्रतियोगिताको दुवै उपाधि धरान मेघा हिमालयन कलेजले जितेको छ । धरान उपमहानगरपालिका प्रमुख मेयर हर्कराज साम्पाङ राइको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा महिलातर्फ सियोन स्कुललाई २९–११ र पुरुषतर्फ राष्ट्रिय जनसहयोग कलेज इटहरीलाइ ४२–३९ अंकले पराजित गर्दै धरान मेघाले उपाधि जितेको हो । धरान मेघाले उपाधिसँगै पुरुषतर्फ नगद ३० हजार र महिलातर्फ २० हजार रुपैया नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यसैगरि पुरुषतर्फका उपविजेता राष्ट
धरान / अझै पनि सिण्डिेट प्रथा कायम रहेको, एकतर्फी पार्किङले समस्या निम्त्याएको भन्दै सिटी तथा टेम्पो सफारी चालकहरुले धरान उपमहानगरपालिका घेराउ गरेका छन् । उनीहरुले समस्याको समाधान गरिदिन माग गर्दै मेयर हर्क साम्पाङलाई ज्ञापनपत्र समेत बुझाएका छन् । उपमहानगरपालिकाको गेट अगाडि सिटी सफारी र टेम्पो राखेरै आन्दोलनमा उत्रिएका उनीहरुले आफूहरुको मागको सम्बोधन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् । टेम्पो, सफारी चालक संघर्ष समितिका अध्यक्ष दलप्रकाश लावतीले फागुन ८ गतेबाट धरान उपमहानगरपालिकाले एकतर्फी सवारी सञ्चालन गर्ने निर्णयले टेम्पो र सफारी चालक व्यवसायीहरुलाई प्रत्यक्ष रुपमा असर परेको