स्थानीय

    Showing ४,०४१-४,०५० of ५,३६० items.
  • वी.पी. छुट्टै डेंगु वार्ड संचालनमा

    धरान / सुनसरी जिल्लाको धरान लगायत वरपरका अन्य जिल्लाहरुमा व्यापकरुपमा फैंलिदै गएको डेंगु रोगको प्रकोपको नियन्त्रण तथा सर्वसाधारणले सहजरुपमा उपचार गराउने उद्देश्यले वी.पी. प्रतिष्ठान तथा धरान उपमहानगरपालिकाको सहकार्यमा २०८० असार २९ गतेदेखि प्रतिष्ठानको जी.ओ.पी.डी. भवन अगाडि डेंगु क्लिनिक संचालनमा ल्याइएको छ । यहि श्रावण ७ गतेसम्म ८ सय १९ जनाको परिक्षण गर्दा ६१५ जना (७५%) मा डेंगु संक्रमण देखिएको थियो । उक्त परिक्षणलाई मध्यनजर गर्दै डेंगु संक्रमित भई प्रतिष्ठानमा उपचारका लागि भर्ना हुने बिरामीहरुको बढ्दो चापलाई सहज बनाउने गरी २०८० श्रावण ७ गतेदेखि छुट्टै डेंगु वार्ड संचालनमा ल्याएको छ । इमर्ज

    • प्रकाशित मितिः साउन ८, २०८०
    • १,०७७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पुष्पलाल स्मृति दिवसको अवसरमा सरसफाई तथा वृक्षरोपण

    विजयपुर/  नेपाल कम्युनिस्ट पार्टी नेकपा एमालेका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवसको अवसर पारेर धरानमा आईतबार सरसफाई कार्यक्रम गरिएको छ । सरसफाई कार्यक्रम धरान १६ मा रहको स्वर्गीय मेयर तारा सुब्बा पार्कको प्र‍‌ागङणामा सरसफाई तथा वृक्षरोपण गरिएको हो । सरसफाई कार्यक्रम आयोजना नेकपा एमाले धरान उपमहानगर कमिटीद्वारा गरिएको थियो । कार्यक्रममा नेकपा ऐमाले केन्द्रिय सदस्य मन्जु भण्डारी, सुनसरी सचिवालय सदस्य ऋषी राज राई , प्रदेश सदस्य मुरारी सुवेदी, धरान नगर सह–इन्चार्ज प्रकाश राईको लगायतको उपस्थिति रहेको थियो ।

    • प्रकाशित मितिः साउन ८, २०८०
    • ८३३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ठकुरी खोला किनारमा बसाेबास गर्ने स्थानीयहरु तटबन्दमा जुटे

    धरान/ यस बर्ष पर्याप्त बर्षा भएको छैन । बाढी र पहिरोले पहाडी क्षेत्रमा क्षति पुर्‍याएपनि तराई क्षेत्रमा खासै बर्षात भएको छ । खासगरी खोला किनारामा घर बनाएर बस्नेहरु भरसक बर्षा नहोस् भन्ने चाहन्छन् । बर्षेनी आएको बर्षाले पुर्‍याएको क्षतिका कारण उनीहरु आजित बनेका छन् । धरान उपमहानगरपालिका वडा नं १७ को ठकुरी खोला किनाराको डाफे मार्गमा बसोबास गर्नेहरु बर्षादका् समय नआओस् भनेर कामना गरेर बस्छन् । विगतमा बर्षाद्ले पुर्‍याएको धन सम्पत्तिको क्षति सम्झिदै उनीहरु पुन: त्यस्तो नहोस् भनेर कामना गरिरहन्छन् । बर्षाद्को समयमा उनी रातिभरि सुत्दैनन् । पानी परेको बेला नजिकैको ठकुरी खोलाले धा

    • प्रकाशित मितिः साउन ८, २०८०
    • ९९४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मलमासको प्रभाव बोलबममा

    धरान/  एक महिना मलमास परेकाले धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा भक्तजनहरु अघिल्लो सोमबारको तुलनामा कम देखिएको छ । साउन ३१ गतेसम्म मलवास परेका कारण भक्तजन कम आएको पिण्डेश्वर बाबाधाम समितिले जनाएको । समितिका अध्यक्ष विकास वनेपालीले मलबासलाई पुरुषोत्तम महिना भनेर बुझिन्छ । पूजाआजा नै गर्न नहुने भन्ने नभए पनि समाचार तथा सामाजिक सञ्जालमा अनर्गल समाचार सम्प्रेषण भएकै कारण कम भक्तजन आएको अध्यक्ष वनेपालीको तर्क छ । भीडभाड कम भएपनि बोलबममा यसपटक पानी चढाउन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंगदेन समेत पुगेको पिण्डेश्वर बाबाधाम समितिका कोषाध्यक्ष पञ्कज घिमिरे बताउ

    • प्रकाशित मितिः साउन ८, २०८०
    • ९२६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • टोल विसकास समितिलाई सरसफाइ सामाग्री वितरण

    धरान/  टोलटोलबाट सरसफाइ भएमात्र धरानका सबै वडा सफा र सुन्दर हुन्छ भन्ने अभिप्रायले धरान उपमहानगरपालिका ८ नं. वडाले आफ्नो वडामा रहेका टोल विकास समिति (टिएलओ) लाई सरसफाइको सामाग्री वितरण गरेको छ । वडालाई सफा र सुन्दर बनाउन यो सामाग्री वितरण गरिएको वडाले जनाएको छ । जनसंख्या र क्षेत्रफलको हिसाबले पनि ठूलो वडाको रुपमा धरान ८ लाई लिने गरिएको छ । यो वडामा धनकुटे कविरटोल विकास समिति, सिदार्थ टोल विकास समिति, गुम्बा टोल विकास समिति, सीता टोल विकास समिति, बमजन टोल विकास समिति, अरुण टोल विकास समिति लगायतका १५ वटा टोल विकास समिति रहेका छन् । टोल विकास समितिका नेतृत्वमा सरफाइ भए वडा नै स्वच्छ

    • प्रकाशित मितिः साउन ७, २०८०
    • १,००३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रमदान जलाधार क्षेत्रतर्फ केन्द्रित

    धरान/  धरानमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले श्रम संस्कतिको विकास गरेपछि वडाहरुले यसको अनुशरण गरेका छन् । मेयर साम्पाङले शनिवारलाई श्रमबार घोषणा गरेर जलाधार क्षेत्रमा वृक्षरोपण गर्ने, खानेपानीको मुहान संरक्षण गर्ने लगायतका धेरै कामहरु गर्दै आउनु भएको छ । यसै अनुरुप धरान उपमहानगरपालिका वडा नं. १४ ले पनि शनिवारलाई श्रमबार घोषणा गरेर आफ्ना वडामा रहेका मठमन्दिर, जलाधार क्षेत्रको संरक्षणमा लागेको हो । गत शनिवारबाट वडाले धरान १४ मा रहेका जलाधार क्षेत्रको संरक्षण अभियान शुरु गरेको छ । गत हप्ताको शनिवार धरान १४ मा रहेका सेउती खोलामा तटबन्धन लगाउने कामबाट शुरु गरेको यो अभियान य

    • प्रकाशित मितिः साउन ७, २०८०
    • ९६३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दुर्घटनामा तीन जनाको मृत्यु

    धरान /मोटरसाइकल र पिअप भेन एक आपसमा जुद्धा तीन जनाको मृत्यु भएको छ ।  सुनसरीको इटहरीमा पश्चिमबाट पूर्व आउँदै गरेको को २९ प ३७१२ नम्बरको मोटरसाइकल र पश्चिमतर्फ जाँदै गरेको भारतीय नम्बर डब्लु बी ७३ इ ९११७ को पिकअपसँग एक आपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । चारजना चढेको मोटरसाइकल र भारतीय नम्बरको पिकअपसँग ठोक्किएर दुर्घटना हुदा तीनजनाको मृत्यु भएको हो भने एकजनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ । मृत्यु हुनेमा इटहरी– १६ का २७ वर्षीय शम्भु चौधरी, २४ वर्षीय अनिनेश चौधरी र २६ वर्षीय करण चौधरी रहेको प्रहरीले जनाएको छ । तीनै जनाको धरानस्थित बिपी कोइराला स्वा

    • प्रकाशित मितिः साउन ६, २०८०
    • ८३० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बीपीको स्मृतिमा ‘ग्रिन एण्ड क्लिन धरान अभियान’ शुरु

    धरान / आज बीपी स्मृति दिवस । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मृतिमा नेपाली काँग्रेस सुनसरी क्षेत्र नं. १ र धरान उपमहानगर समितिले धरानमा कार्यक्रमको आयोजना गरेका छन् । नगरसमिति र सुनसरी क्षेत्र नं. १ को संयुक्त आयोजनामा धरान १३ र २० मा रहेको बीपी स्मृति पार्कमा राखिएको बीपीको शालिकमा माल्यार्पणसँगै वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको छ । कोशी प्रदेशका विना विभागीय मन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदिप सुनुवारको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्दै मन्त्री सुनुवारले नेपाली काँग्रेसमा आवद्ध जो कोहीले वीपीले प्रतिपादन ग

    • प्रकाशित मितिः साउन ६, २०८०
    • १,१६२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अज्ञात समूहको गोली प्रहारबाट एक युवकको मृत्यु

    धरान/ अज्ञात समूहको गोली प्रहारबाट धरानमा एकजनाको मृत्यु भएको छ । धरान ८ सेउती पुल नजिक अज्ञात समूहले गोली प्रहार गर्दा विराटनगरका २८ बर्षीय रोहित चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । दिउसो साढे ५ बजेछिर उनलाई तीन जनाको समूहमा आएर गोली प्रहार गरिएको बताइएको छ । गोली प्रहारबाट घाइते भएका चौधरीलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकष्मिक कक्षमा उपचार गराउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।धनकुटा घुमेर फर्किने क्रममा सेउती पुलमा घट्ना भएको उनीसँगै रहेकी सुमना खत्रीले प्रहरीलाई जानकारी गराएकी छन् । गोली प्रहारपछि रोहितको उपचारका लागि सुमनाले नै एम

    • प्रकाशित मितिः साउन ५, २०८०
    • १,३८५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्वास्थ्य क्षेत्रमा डिजिटल सेवाको प्रयास जारी

    धरान/  स्वास्थ्य सेवामा विशेषज्ञ जनशक्तिको अभाव, स्वास्थ्य सेवा लिँदा लाग्ने समय, खर्च र श्रम न्यूनीकरण जस्ता विषयलाई समेत प्रविधिमा आधारित स्वास्थ्य सेवाको अवधारणा अनुरुप स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार बर्ष अगाडि ई–हेल्थ मार्गचित्र जारी गरेपछि यो दिनलाई डिजिटल स्वास्थ्य दिवसका रूपमा मनाउन थालिएको हो । अहिले यसको प्रभाविकारिता बढ्दै गएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान दक्षिण एसियाकै उत्कृष्ट अस्पतालभित्र पर्छ । अहिलेको समय डिजिटलको समय भएकोले प्रतिष्ठानले समेत सेवाहरुलाई डिजिटलाइज बनाएर स्ेवालाई प्रभावकारी बनाउदै लगेको छ । प्रतिष्ठानमा आएका

    • प्रकाशित मितिः साउन ५, २०८०
    • ९७६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved