स्थानीय

    Showing 3,741-3,750 of 5,057 items.
  • मलमासको प्रभाव बोलबममा

    धरान/  एक महिना मलमास परेकाले धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा भक्तजनहरु अघिल्लो सोमबारको तुलनामा कम देखिएको छ । साउन ३१ गतेसम्म मलवास परेका कारण भक्तजन कम आएको पिण्डेश्वर बाबाधाम समितिले जनाएको । समितिका अध्यक्ष विकास वनेपालीले मलबासलाई पुरुषोत्तम महिना भनेर बुझिन्छ । पूजाआजा नै गर्न नहुने भन्ने नभए पनि समाचार तथा सामाजिक सञ्जालमा अनर्गल समाचार सम्प्रेषण भएकै कारण कम भक्तजन आएको अध्यक्ष वनेपालीको तर्क छ । भीडभाड कम भएपनि बोलबममा यसपटक पानी चढाउन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंगदेन समेत पुगेको पिण्डेश्वर बाबाधाम समितिका कोषाध्यक्ष पञ्कज घिमिरे बताउ

    • प्रकाशित मितिः साउन ८, २०८०
    • 881 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • टोल विसकास समितिलाई सरसफाइ सामाग्री वितरण

    धरान/  टोलटोलबाट सरसफाइ भएमात्र धरानका सबै वडा सफा र सुन्दर हुन्छ भन्ने अभिप्रायले धरान उपमहानगरपालिका ८ नं. वडाले आफ्नो वडामा रहेका टोल विकास समिति (टिएलओ) लाई सरसफाइको सामाग्री वितरण गरेको छ । वडालाई सफा र सुन्दर बनाउन यो सामाग्री वितरण गरिएको वडाले जनाएको छ । जनसंख्या र क्षेत्रफलको हिसाबले पनि ठूलो वडाको रुपमा धरान ८ लाई लिने गरिएको छ । यो वडामा धनकुटे कविरटोल विकास समिति, सिदार्थ टोल विकास समिति, गुम्बा टोल विकास समिति, सीता टोल विकास समिति, बमजन टोल विकास समिति, अरुण टोल विकास समिति लगायतका १५ वटा टोल विकास समिति रहेका छन् । टोल विकास समितिका नेतृत्वमा सरफाइ भए वडा नै स्वच्छ

    • प्रकाशित मितिः साउन ७, २०८०
    • 928 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रमदान जलाधार क्षेत्रतर्फ केन्द्रित

    धरान/  धरानमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले श्रम संस्कतिको विकास गरेपछि वडाहरुले यसको अनुशरण गरेका छन् । मेयर साम्पाङले शनिवारलाई श्रमबार घोषणा गरेर जलाधार क्षेत्रमा वृक्षरोपण गर्ने, खानेपानीको मुहान संरक्षण गर्ने लगायतका धेरै कामहरु गर्दै आउनु भएको छ । यसै अनुरुप धरान उपमहानगरपालिका वडा नं. १४ ले पनि शनिवारलाई श्रमबार घोषणा गरेर आफ्ना वडामा रहेका मठमन्दिर, जलाधार क्षेत्रको संरक्षणमा लागेको हो । गत शनिवारबाट वडाले धरान १४ मा रहेका जलाधार क्षेत्रको संरक्षण अभियान शुरु गरेको छ । गत हप्ताको शनिवार धरान १४ मा रहेका सेउती खोलामा तटबन्धन लगाउने कामबाट शुरु गरेको यो अभियान य

    • प्रकाशित मितिः साउन ७, २०८०
    • 914 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दुर्घटनामा तीन जनाको मृत्यु

    धरान /मोटरसाइकल र पिअप भेन एक आपसमा जुद्धा तीन जनाको मृत्यु भएको छ ।  सुनसरीको इटहरीमा पश्चिमबाट पूर्व आउँदै गरेको को २९ प ३७१२ नम्बरको मोटरसाइकल र पश्चिमतर्फ जाँदै गरेको भारतीय नम्बर डब्लु बी ७३ इ ९११७ को पिकअपसँग एक आपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । चारजना चढेको मोटरसाइकल र भारतीय नम्बरको पिकअपसँग ठोक्किएर दुर्घटना हुदा तीनजनाको मृत्यु भएको हो भने एकजनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ । मृत्यु हुनेमा इटहरी– १६ का २७ वर्षीय शम्भु चौधरी, २४ वर्षीय अनिनेश चौधरी र २६ वर्षीय करण चौधरी रहेको प्रहरीले जनाएको छ । तीनै जनाको धरानस्थित बिपी कोइराला स्वा

    • प्रकाशित मितिः साउन ६, २०८०
    • 786 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बीपीको स्मृतिमा ‘ग्रिन एण्ड क्लिन धरान अभियान’ शुरु

    धरान / आज बीपी स्मृति दिवस । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मृतिमा नेपाली काँग्रेस सुनसरी क्षेत्र नं. १ र धरान उपमहानगर समितिले धरानमा कार्यक्रमको आयोजना गरेका छन् । नगरसमिति र सुनसरी क्षेत्र नं. १ को संयुक्त आयोजनामा धरान १३ र २० मा रहेको बीपी स्मृति पार्कमा राखिएको बीपीको शालिकमा माल्यार्पणसँगै वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको छ । कोशी प्रदेशका विना विभागीय मन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदिप सुनुवारको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्दै मन्त्री सुनुवारले नेपाली काँग्रेसमा आवद्ध जो कोहीले वीपीले प्रतिपादन ग

    • प्रकाशित मितिः साउन ६, २०८०
    • 1,093 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अज्ञात समूहको गोली प्रहारबाट एक युवकको मृत्यु

    धरान/ अज्ञात समूहको गोली प्रहारबाट धरानमा एकजनाको मृत्यु भएको छ । धरान ८ सेउती पुल नजिक अज्ञात समूहले गोली प्रहार गर्दा विराटनगरका २८ बर्षीय रोहित चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । दिउसो साढे ५ बजेछिर उनलाई तीन जनाको समूहमा आएर गोली प्रहार गरिएको बताइएको छ । गोली प्रहारबाट घाइते भएका चौधरीलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकष्मिक कक्षमा उपचार गराउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।धनकुटा घुमेर फर्किने क्रममा सेउती पुलमा घट्ना भएको उनीसँगै रहेकी सुमना खत्रीले प्रहरीलाई जानकारी गराएकी छन् । गोली प्रहारपछि रोहितको उपचारका लागि सुमनाले नै एम

    • प्रकाशित मितिः साउन ५, २०८०
    • 1,304 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्वास्थ्य क्षेत्रमा डिजिटल सेवाको प्रयास जारी

    धरान/  स्वास्थ्य सेवामा विशेषज्ञ जनशक्तिको अभाव, स्वास्थ्य सेवा लिँदा लाग्ने समय, खर्च र श्रम न्यूनीकरण जस्ता विषयलाई समेत प्रविधिमा आधारित स्वास्थ्य सेवाको अवधारणा अनुरुप स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार बर्ष अगाडि ई–हेल्थ मार्गचित्र जारी गरेपछि यो दिनलाई डिजिटल स्वास्थ्य दिवसका रूपमा मनाउन थालिएको हो । अहिले यसको प्रभाविकारिता बढ्दै गएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान दक्षिण एसियाकै उत्कृष्ट अस्पतालभित्र पर्छ । अहिलेको समय डिजिटलको समय भएकोले प्रतिष्ठानले समेत सेवाहरुलाई डिजिटलाइज बनाएर स्ेवालाई प्रभावकारी बनाउदै लगेको छ । प्रतिष्ठानमा आएका

    • प्रकाशित मितिः साउन ५, २०८०
    • 897 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रा.डा. सुवेदी सहित एसईईमा उत्कृष्ट ल्याउने विद्यार्थीलाई आइडियलको सम्मान

    धरान/  नेपाली तथा स‌स्कृत भाषा साहित्य क्षेत्रमा अमूूल्य योगदान पुर्याएकका पिण्डेश्वर क्याम्पसका प्राध्यापक डाक्टर सागरमणी सुवेदीलाई धरान १४ को आइडियल इङ्गलिस बोर्डिङ्ग स्कुलले सम्मान गरेको छ । बुुधबार एक कार्यक्रमको आयोजना गरि विद्यालयका सल्लाहाकारसमेत रहेका प्राडा सुवेदीलाई सम्मान गरिएको हो । विद्यालयका निर्देशक सागर खड्का र कार्यक्रमका प्रमुख अतिथी १४ नं. वडाका वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले सम्मान पत्र र खादा लगाएर सम्मान गरेका छन् । सोही अवसरमा २०७९ सालको एसईई परीक्षामा उत्कृष्ट अंक ल्याएर पास गर्ने विद्यार्थीहरुलाई पनि विद्यालयले औपचारिक रुपमा बधाई ज्ञापन गरेको छ । ती

    • प्रकाशित मितिः साउन ४, २०८०
    • 964 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मलमासमा मन्दिर सुनसान

    धरान/  यो बर्षको साउन महिना एक महिनाभरि मलमास रहेको छ । मलमासको प्रभाव धरान १४ विजयपुरमा रहेका मठमन्दिरमा परेको छ । मलमासका समयमा पूजाआजा गर्दा शुभ नहुने जनविश्वास रहेका कारण मठ मन्दिर सुनसान भएका हुन् । साउनको महिना बोलबमको महिना । अन्य बेला धरान १४ विजयपुरमा रहेका मठमन्दिर भरिभराउ हुन्थे । पूजाआजा गर्ने र बलि चढाउनेको लाइन त्यतिकै हुन्थ्यो तर यो बर्ष त्यस्तो छैन । मन्दिरहरु सुनसान छन् । सधै पूजाआजा र बली चढाउनेको भीड रहेको बुढासुब्बा मन्दिर यस बर्ष मलमास र साउनको समयमा बलि चढाउन बन्देज लगाएका कारण सुनसान देखिएको हो । मन्दिरका पूजारी पुष्प आलले मगरले बुढासुब्बा मन्दिरमा साउनभरि

    • प्रकाशित मितिः साउन ४, २०८०
    • 879 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको सामुदायीक विध्यालयमा पहिलो पटक कानुन बिषय पढाई हुने

    धरान/ धरान वडा नम्बर १९मा रहेको किराँतेश्वर माध्यमिक विधालयले यस बर्ष देखि कक्षा ११ र १२ मा कानुन र व्यवस्थापन बिषयमा नयाँ भर्ना सुरु गर्ने भएको छ । पछिलो समय विद्यार्थीहरुको रोजाईमा पदै गएको कानुन बिषय धरानको सामुदायीक बिद्यालयमा पढाई नहुदा अधिकास विद्यार्थी कानुनको बिषय अध्य्ययन गर्न धरान बाहिर जानु पर्ने बाध्यता हटेको छ । बिद्यार्थीहरुले रुचाएको बिषय पढन धरान बाहिर जानु नपरोस भनेर किराँतेश्वर मा।वि ले यस बर्षबाट कानुन र व्यवस्थापन बिषयमा नयाँ भर्ना सुरु गरेको बिद्यालयका प्रध्यानाध्यापक योगेन्द्र पालुवाङले बताए । कानुन एकदमै महत्वपुर्ण बिषय भएकाले यसको ज्ञान सबैले बुझनु पर्ने हुदा अब

    • प्रकाशित मितिः साउन ३, २०८०
    • 1,314 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved