संखुुवासभा/ संखुवासभाको जिल्ला अस्पताल खाँदबारीमा भाइरल ज्वरो र डेंगुका बिरामी बढेका छन् । असारको अन्तिम सातादेखि अस्पतालमा ज्वरो र डेंगुका बिरामी बढ्न थालेपछि शय्या अभाव हुन थालेको हो । साउनयता भाइरल ज्वरो र डेंगुका बिरामीको सङ्ख्या ह्वात्तै बढेपछि उपचार गर्ने शय्या अपुग हुन थालेको अस्पतालका सूचना अधिकारी शेखर खत्रीले जानकारी दिए । उनले भने, ‘शय्या नहुँदा अहिले बिरामीलाई भुइँमा राखेर उपचार गरिरहेको छौँ।’ जिल्ला अस्पतालमा ज्वरोका बिरामीको सङ्ख्या अत्याधिक बढेकाले भुइँ, खाली स्थान र हलमा राखेर उपचार गरिरहेको अस्पताल प्रशासनले जनाएको छ । अहिले अस्पतलमा आउने अधिकांश बिरामी ज्व
धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लामो समयदेखि रोकिएको कर्मचारी तथा शिक्षक बढुवाको नतिजा प्रतिष्ठानले प्रकाशित गरेको छ । प्रतिष्ठानमा कार्यरत कर्मचारी तर्फ १४ वर्ष तथा शिक्षक तर्फ ६ वर्ष देखि थाँती रहेको बढुवा प्रकृयाले हाल निकास पाई नतिजा प्रकाशित गरेको हो । प्रतिष्ठानमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको फायल मूल्यांकन तथा अन्तर्वार्ता प्रकृयाबाट आन्तरिक एक तह बढुवाको नतिजा मिति २०८१ आषाढ २७ गते प्रकाशित भएको हो । उक्त प्रकृयाका लागि २०७९ पौष २० गते शिक्षक तथा कर्मचारीहरुको एक तह बढुवा तथा स्तर वृद्धी र २०७९ माघ २५ गते करार सेवामा पदपूर्ति गर्न प्रतिष्
इटहरी /लायन्स क्लब अफ मनकामना र लियो क्लब अफ मनकामना इटहरीको संयुक्त आयोजनामा भएको तालिमलाई इटहरी वडा न.४ कार्यालय हलेसी महादेव मिडिया प्रा.ली ईटहरीको सम्योजनमा सुनसरीको ईटहरी उपमहानगरपालिका वडा न.४का मा महिलाहरुको लागि कृष्टल माला पोते तालिम मार्फत स्वरोजगार र आर्थिक आत्मनिर्भर बनाउने ५ दिने तालिमको उद्घाटन गरेको छ साउन १० गते देखि सुरु भएको तालिमको प्रशिक्षकको रुपमा रेनुका गुरागाई रहेका छन् । ५० जनालाई प्रशिक्षण दिने योजना रहेको तालिमको प्रशिक्षक गुरागाईले जानकारी दिइन् । इटहरी वडा न.४का ५०जना महिलाहरुको समुहलाई
धरान/ पत्रकार पीबी दियालीको बचाउ अभियानको लागि धरानमा पनि आर्थिक सहयोग संकलन गरिएको छ। जेठ २२ गते मंगलबार वीर अस्पताल काठमाडौँमा मिर्गौला प्रत्यारोपण गरेपनि स्वास्थ्यमा थप जटिल भएकाले थप उपचारको लागि धरनमा पनि आर्थिक संकलन गरिएको हो। धरानमा नेपाल सुनचाँदी कला व्यवसायीका केन्द्रिय सचिव प्रेम लकान्द्री, नेपाली काँग्रेस क्षेत्र नम्बर १(१) तर्फका केन्द्रीय सचिव युवराज शंकर र छत्र दर्नालको नेतृत्वमा संकलन गरिएको जम्मा २२ हजार १ सय ३५ रुपैयाँ दियालीकी भान्जी लिला घिमिरेलाई हस्तान्तरण गरिएको ५। अस्पतालमा दैनिक औषधी उपचार १५ हजार भन्दा बढी खर्च हुने गरेको भान्जी घिमिरेले बताइन् । उनले भ
धरान/ कुनै बेला विवाह ब्रतबन्ध जस्ता सास्कृतिक पर्वमा नौमति बाजा अर्थात पञ्चे बाजा अनिवार्य थियो । दमै बाजाको रुपमा चिनिएको यो बाजा नबजाई विवाह र ब्रतबन्ध भएजस्तो गाउँ समाजमा हुदैनथ्यो । विशेष गरी पहाडी जिल्लामा विवाह गर्दा रातिको लगनमा गर्ने चलन थियो । बाजागाजासहित गएका जन्तिहरु त्यही पञ्चेबाजामा नाचगान गरेर रात कटाउँथे र विहान बेहुली अन्माएपछि बाजागाजासहित र फर्किन्थे । अहिले त्यो परम्परा हराउँदै गएको छ भने रातिको लगनमा विवाह नै हुन छाडेको छ भने विवाहमा बेण्डबाजा तथा हिन्दी गीत बजाउने र त्यसमा नाच्ने प्रचलन बढ्दै गएको छ । परम्परागत सँस्कृतिलाई मर्न दिनु हुदैन भन्ने सोच राखेर तेह्रथुम
विराटनगर/ सप्तकोशी उच्च बाँधको नाम फेर्ने तयारी गरिएको छ । उच्च बाँधको उचाई घटाउने सहमति समेत नेपाल र भारतका सरकारले गरेका छन् । उच्चबाँधको नाममा डीपीआर बनाउँदा स्थानीयको विरोधका कारण काम अगाडि बढाउन नसकेपछि दुवै सरकारले आयोजनाको नाम नै फेर्ने कसरत गरेका हुन् । ‘उच्चबाँध’ भन्नेबित्तिकै स्थानीयको मनमा त्रास पैदा हुने र राजनीतिक चलखेल बढ्ने भन्दै परियोजनाको नाम नै फेर्ने सहमति भएको बुझिएको छ । नेपाल–भारत ज्वाइन्ट टीम एक्सपर्ट (जेटीई) ले सप्तकोशी उच्च बाँधको नाम फेर्न सहमति जनाए पनि दुई देशले औपचारिक निर्णय गरिसकेका छैनन् । यो आयोजनाको डीपीआर निर्माणको लागत भारत सरकारले
धरान/ नेपाली कांग्रेसले ग्रीन एण्ड क्लीन धरानअभियानलिएर घरदैलो शुरु गरेको छ । कांग्रेसले ४२औं वी.पी. स्मृतिदिवसको अवसर पारेर सञ्चालन गरेको अभियान मार्फत घरदैलो गरेकोहो । धरान १९ वाट शुरु भएको अभियानसंगै गरिएको घरदैलोमाकागती, अम्वक, सरिफा, वेल, अमला, तेजपत्ता लगायतका विभिन्न जातका फलफुलका विरुवाहरु वितरण गरिएको छ । अभियानको क्रममा सडक सरसफाई र डेङ्गु लार्भा नष्ट तथा डेङ्गु सम्बन्धि सचेतना पर्चा वितरण गरिनुका साथै डेङ्गु विरामीहरुलाई सिटामोल र जीवनजल समेत वितरण गरिएको छ । नेपाली कांग्रेसका सुनसरी जिल्ला सचिव माधव घिसिङले अभियानको उद्घाटन गर्दै अभियान अत्यन्तै उत्कृष्ट र जनमुखि भएको
धरान/ नेपाल राष्ट्रिय मारवाडी महिला संगठनको २१ औ स्थापना दिवसको शुभ–अवसरमा मारवाडी महिला मंच धरानले बृक्षारोपण कार्यक्रम गरेको छ। उक्त बृक्षारोपण कार्यक्रम धरान १५ स्थित रहेको ज्ञानचक्षु विद्यालय परिसरमा गरिएको हो । मंगलबार बेलुका ४ वजेबाट मारवाडी महिला मंचकि अध्यक्ष रेखा अग्रवाल सचिब पूजा अग्रवाल रतेरिया लगायतका पदाधिकारीहरुको उपस्तिथिमा २१ वटा बिरुवा रोपिएको थियो । जहाँ,निम,बेल,अम्ला,तेजपात र धुपी,सुपारी, वदाम, अम्बक लगायत जातका बिरुवा रोपेको मारवाडी महिला मंचकि सचिब पुजा अग्रवालले जानकारी दिईन । सामाजिक कार्यमा निकै नै सक्रिय रहेको मंचले यसअघि गएको मिति २०८० चैत २४ गते &ndash
धरान/ इलाका प्रहरी कार्यालय धरानको गेट अगाडि अराजकढंगबाट प्रस्तुत भएको भन्दै मेयर हर्कराज राईका समर्थक समिर तामाङलाई प्रहरीले धरानको भानुचौकबाट पक्राउ गरेको छ । सञ्चारकर्मी सञ्जिता धमलालाई उपचारकै क्रममा गत हप्ता बुधबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आक्रमण भएपछि आक्रमणमा संलग्नलाई प्रहरीले ७ जनालाई पक्राउ गरेको थियो । पक्राउ गरेका व्यक्तिहरु निर्दोष भएको भन्दै रिहाइको माग गर्दै इलाका प्रहरी कार्यालय धरानको गेट तोडफोडको प्रयास गर्नेलाई प्रहरीले पक्राउ लिष्टमा राखेको थियो । पक्राउ परेका तामाङ मेयर राईको श्रमद्धान अभियानका खास व्यक्तिको रुपमा धरानमा चिनिदै आएका थिए । सोही अ
विराटनगर/ कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईलाई टेलिफोन मार्फत कुटपिट गर्ने धम्की दिएको खुलासा भएको छ जिल्ला प्रशासन कार्यालय मोरङमा शान्ति सुरक्षाको माग गर्दै भट्टराईले उजुरी दिएपछि उक्त कुरा खुलासा भएको हो । धम्की दिएको बारे मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले आफ्नो कार्यालयमा निवेदन परेको पुष्टि गरेका छन् । ‘उहाँले आफूलाई फोनमार्फत चुट्छु भनेर भन्नु भएको भनेर निवेदन दिनुभएको छ,’ प्रजिअ भट्टराईले भने, ‘जो सुकैले कसैलाई पनि कु्ट्छु, चुट्छु भन्न पाउँदै । मैले यो निवेदनब