पर्यटन

    Showing 351-360 of 505 items.
  • पोखरामा पहिलो अन्तर्राष्ट्रिय विमान अवतरण

    सुनसरी/  पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो पटक अन्तर्राष्ट्रिय जहाज अवतरण भएको छ। १ जनवरी २०२३ बाट संचालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार (आज) पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक विमान अवतरण भएको छ। चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। यो जहाज पोखराको फेवातालमा यही असार ८ र ९ गते आयोजना हुन लागेको नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडीसहितका यात्रु लिएर आएको हो। यही जहाजमा चीन भ्रमणबाट फर्किएका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहितको ने

    • प्रकाशित मितिः असार ६, २०८०
    • 1,184 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ध्वजे डाँडामा सार्क राष्ट्रसहित विश्वका २२ देशको झन्डा

    सुनसरी /पर्यटकलाई आकर्षित गर्न धनकुटाको साँगुरीगढी गाउँपालिका–५ स्थित ध्वजे डाँडामा सार्क राष्ट्रसहित विश्वका विभिन्न २२ देशको झन्डा राखिएको छ। गाउँपालिकाले (सोमबार) एक कार्यक्रम गरेर अध्यक्ष जितेन्द्र रुम्दाली राईसहित २२ जना अतिथिबाट एकै साथ झन्डा फहराइएको छ। झन्डोत्तोलन गर्दै अध्यक्ष राईले पर्यटकहरूलाई आफ्नो देशको झन्डामार्फत आकर्षित गरेर पर्यटन प्रवर्द्धन गर्न झन्डाहरू राखिएको जानकारी दिए। आगामी दिनमा यस स्थानमा बाँकी भएका संसारका सबै देशका झन्डा पनि राखिने उनले जानकारी दिए। पर्यटन मन्त्रालयको रु पाँच लाख, गाउँपालिकाको एक लाख २५ हजार र जनसहभागितामा उक्त झन्डा राखिएको हो। सूर्योद

    • प्रकाशित मितिः असार ५, २०८०
    • 1,199 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विश्व वातावरण दिवस मनाइँदै

    धरान / ‘प्लाष्टिकजन्य प्रदूषण निर्मुल पारौ, वातावरणमैत्री विकल्पको उपयोग गरौ’ भन्ने नाराका साथ नेपालमा विश्व वातावरण दिवस मनाइएको छ । प्रत्येक बर्ष जुन ५ का दिन विश्वभरि मनाइने गरिएको यो दिवस नेपालमा पनि मनाइने गरिएको हो । आजको दिन धरानमा समेत विभिन्न स्थानको सरफाई गर्दै विश्व वातावरण दिवस मनाइएको छ । उपमहानगरपालिका, विभिन्न वडाहरुले छुट्टाछुट्टै रुपमा विश्व वातावरण दिवस विभिन्न स्थानको सरसफाइ गरी मनाएका छन् । यसै क्रममा धरान उपमहानगरपालिका वडा नं. १९ को आयोजनामा नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयको संयुक्त व्यार्नर सामुदायिक प्रहरी साझेदारीसहित हरिय

    • प्रकाशित मितिः जेठ २२, २०८०
    • 888 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • मेयर कोईराला दुारा विराट राजाको दरबार निर्माणाधीन संरचनाको अनुगमन

    विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराट राजाको दरबार क्षेत्रमा निर्माणाधीन किचकबध पोखरीको अनुगमन गरेका छन । बिहीबार मेयर कोइरालाले पोखरीको निर्माण कार्यको  स्थलगत अनुगमन गरि ठेकेदारलाई  भेटि हाल सम्मको निर्माण कार्यको बारे जानकारी लिएका छन । चालु आर्थिक वर्षका लागि विराट राजाको दरबारका लागि महानगरले १ करोड रुपैयाँ छुट्याएको थियो । तर निर्माण कम्पनी देवी छिन्नमस्ता कन्ट्रक्सनले ७० लाख ६५ हजार ६सय २५ रुपैयाँमा ठेक्का पारेको थियो ।अनुगमनका क्रमा मेयर कोइरालाले तोकिएको मिति भित्र निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएका छन । महानगरले दक्षिणी क्षेत्रलाई उच्च प्राथ

    • प्रकाशित मितिः जेठ १८, २०८०
    • 677 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मकालु बेस क्याम्पमा लेक लागेर एकजनाको मृत्यु

    संखुवासभा / संखुवासभाको मकालु गाउपालिकाका एक जनाको लेक लागेर मृत्यु भएको छ । गाउँपालिका अन्तर्गत वडा नं. २ मा पर्ने मकालु बेस क्याम्पमा एकजनाको लेक लागेर सोही गाउँपालिकाकामा पर्ने सेदुवाका ४० वर्षीया तुलाराम विष्टको मृत्यु भएको हो । मकालु गाउँपालिका–२ का वडाध्यक्ष छोपाल शेर्पाका अनुसार मकालु बेस क्याम्प जाँदै गरेका विष्टको लेक लागेर मृत्यु भएको हो । मकालु बेस क्याम्प पुगेका विष्टलाई शुक्रबार लेक लागेर बिरामी परेका थिए । मकालु–२ सेदुवाका विष्टले यहाँ आएका पर्यटकहरुका लागि भरिया काम गर्दै आएका थिए । विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहणका लागि आएको विदेशी टोलीसँग भरियाका रुपमा उन

    • प्रकाशित मितिः जेठ १४, २०८०
    • 1,050 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भारत र नेपालको चारधाममध्ये एक धाम बराहक्षेत्र

    धरान /भारत र नेपालमा रहेका चार धाममध्येको एक हो बराहक्षेत्र धाम । चारधामध्ये नेपालमा दुई धाम रहेका छन् बराहक्षेत्र र मुक्तिनाथ । भारतमा भने कुरु क्षेत्र र धर्म क्षेत्र रहेका छन् । यी चारधाममध्ये सबै धाम सबै किसिमले सुविधा सम्पन्न भएपनि सुनसरीको बराहक्षेत्र नगरपालिकामा रहेको बराहक्षेत्र धामको विकास भने अन्य धामभन्दा तुलानात्मक रुपमा विकास कम भएको पाइएको छ ।भारतका दुइ कूरुक्षेत्र र धर्मक्षेत्र र नेपालका दुई धाम बराहक्षेत्र र मुक्तिनाथ । यी धामहरुमा नेपाल तथा भारतबाट असंख्यौ भक्तजनहरु भगवानप्रतिको आस्था बाहेर आउने गरेका छन् । यीमध्ये बराहक्षेत्र धाममा पनि नेपाल तथा भारतबाट असंख्यौ भक्तजनहरु आउन

    • प्रकाशित मितिः जेठ १०, २०८०
    • 1,639 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गर्मी बढेपनि भेडेटारमा चहलपहल छैन

    धरान / कोशी प्रदेशकै पर्यटकी स्थलको रुपमा परिचित बन्दै गएको धनकुटाको सागुरीगढी गाउँपालिका भेडेटारमा गर्मी बढेसँगै सर्वसाधारणको चहलपहल बढ्ने गरेको छ । तराईमा अत्याधिक गर्मी हुदा भेडेटार सधै चीसो हुने भएकोले प्राकृतिक मनोरम दृश्य सँगै शितलताका लागि तराईबाट भेडेटार उकालो चढ्नेको संंख्या बढ्ने गरेको हो । तर कोरोना सक्रमणपछि भने भेडेटार पुग्नेको संख्यामा कमी आएको भेडेटारका पर्यटन व्यवसायीहरु बताउँछन् । तराईका जिल्लाहरुमा अहिले गर्मी अचाक्ली छ । गर्मीले उकुसमुकुस भएको बेला शितलता प्रदान गर्ने रमणीय स्थलको रुपमा सर्वसाधारणले भेडेटारलाई रोज्ने गरेका छन् । एक छिन भए पनि उद्युम गर्मी छल्न र भेडे

    • प्रकाशित मितिः वैशाख २३, २०८०
    • 828 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कृषिमा जीवन खोज्दै कटुवाल

    धरान / ७१ बर्षका  खड्गबहादुर कट्वाल आदर्श मावि चतराका पूर्व शिक्षक । ३७ वर्ष शिक्षण पछि अवकाश भएपछि उहाँ निरन्तर कृषि पेशामा आवद्ध हुनुहुन्छ । स्वदेशै माटोमा केही गर्न रोजगारीको लागि विदेश भौतारिनु नपर्ने उहाँको भनाई छ । १० बर्ष अगाडि शिक्षण पेशाबाट अवकास पाएपछि उहाँले २ विगाहा जग्गामा विभिन्न प्रकारका कृषि उत्पादन गर्दै हुनुहुन्छ । उहाँले रिटायर्ड जीवनलाई पनि व्यस्त र आम्दानी गर्ने माध्यम बनाउन सकिन्छ भन्ने उदाहरण पेश गरेका छन् । सुनसरीका बराहक्षेत्र २ सप्तकोशीछेउ नजिक उकासस्थित आइबी कोलनीमा आफ्नो जग्गामा कृषिमा निरन्तर लागिरहेको देख्न सकिन्छ । २०७० सालमा शिक्षण पेशाबाट अवकाश पाएपछि उह

    • प्रकाशित मितिः वैशाख १५, २०८०
    • 962 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान २० चिण्डे डाँडा रमणीय स्थल बन्दै

    धरान /  अहिले तराईमा ह्वात्तै गर्मी बढेको छ । सर्वसाधारणहरु चीसो ठाउँको खोजीसँगै रमणीय स्थलको खोजीमा हुन्छन् । रमणीय स्थलसँगै चीसो मौसमका कारण धनकुटाको भेडेटार धनकुटा घुम्न जानेहरुको रोजाईमा पर्छ । तर पछिल्लो समय भेडेटारको विकल्प धरान २० चिण्डे डाँडा बन्दै गएको छ । नजिकको दूरी रमणीय स्थल भएकै कारण अहिले यस स्थानमा आन्तरिक पर्यटकहरु आउन थालेका छन् । धरानबाट उत्तर पश्चिमको ७ किमीको दूरी पार गरेपछि धरान उपमहानगरपालका वडा नं. २० मा पर्ने चिण्डेडाँडा पुग्न सकिन्छ । यो ठाउँ पछिल्लो समय रमरणीय स्थलको रुपमा परिचित बन्दै गएको छ । प्याराग्लाडिङ यस ठाउँबाट उड्नेमात्र हैन यो डाँडाबाट धरान लगा

    • प्रकाशित मितिः वैशाख ८, २०८०
    • 1,082 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चिया विकास निगमको अटेर : तिरेन कर

    इलाम /  इलामको कन्याममा पार्क निर्माण नगर्न नेपाल चिया विकास निगम लिमिटेडले पत्राचार गरेको छ । सूर्योदय नगरपालिकामा एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रम अन्तर्गत पार्क निर्माण गर्ने क्रममा चिया निगमले पत्राचार गरेरै अवरोध गरेको हो । निगमका कार्यकारी अध्यक्ष सुभाष चन्द्र संघाइले सघन सहरी तथा भवन निर्माण आयोजना झापालाई पत्राचार गरी निगम बाहेक अन्यले भौतिक संरचना निर्माण गर्नु सम्झौता विपरीत भएको बताएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना झापाका प्रमुख रुपक आचार्यले चिया विकास निगमले पत्र काटी समन्वय नगरी काम नगर्नु भनेपछि सुर्योदय नगरपालिकाका प्रमुखसँग कुरा भइसकेको बताए । संघाइको ह

    • प्रकाशित मितिः वैशाख ५, २०८०
    • 866 पटक पढिएको
    • "भगीरथ भण्डारी"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved