धरान । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कम्पनी कमिसार सहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय मोरङ र प्रदेश १ प्रहरीको बिशेष टिम रिजनल इन्भेष्टिगेशन टिमको संयुक्त टोलीले पक्राउ गरेको छ । बुधबार मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. १ घुर्मिसेस्थित विजुली प्रसाद तिम्सिनाको खाली घरमा बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिइएको हो । प्रहरीको टोलिले सप्तरीको सुरुङ्गा नगरपालिका २ का ३२ वर्षीय काशिनाथ घिमिरे (प्रतिक) र ईलामको चुलाचुली गाउँपालिका ६ बस्ने १८ वर्षीय विज्ञान राई (सनम) लाई पक्राउ गरेको मोरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए । विप्लव समूहका नेता कार्यकर्ता रहेको स
धरान । चाडपर्व लक्षित सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीले विशेष सुरक्षा निती तयार गरि जनशक्तिहरु परिचालन गरेको जनाएको छ । चाडबाडको समयमा हुने आपराधिक क्रियाकलापहरुलाई निरुत्साहित पार्न प्रहरी उपरिक्षक १, प्रहरी नायब उपरिक्षक ३ र प्रहरी निरिक्षक ११ जना गरि जिल्लामा १२ सय प्रहरी परिचालन गरिएको जनाएको छ । प्रहरीले मोबायल गस्ती, पिकेट, चेकिङ, यात्रु सहायता कक्ष, सादा पोशाकमा प्रहरी परिचालन, धार्मिक मठमन्दिरहरुको सुरक्षा रिजर्भ टोलि, सचेतना कार्यक्रम समेत गरिने जनाएको छ । जिल्लाको सुरक्षाको दृष्टिले संवेदनशिल रहेको ठहर गर्दै विशेष सुरक्षा योजना निती तयार गरिएको जनाएको छ । त्यसै गरि अनु
धरान । चाडबाड नजिकिए सँगै जुवातास खेल्ने खालबाट प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । जिल्ला सुनसरीको इटहरी उपमहानगरपालिका ८ स्थित रत्न अधिकारीको घरबाट तास खेल्दै गरेको अवश्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । तास खेल्दै गरेको अवश्थामा २० हजार तिन सय असी रुपैया नगद सहित ३ बुक तास पक्राउ गरेको हो । घरधनी अधिकारी सहित हरेम्ब भट्टराई, शेखर चौधरी, महेश बराल, डिक बहादुर कार्की, रामनाथ हरिजन, भिम भुजेल, राम बहादुर कार्की र रंगनाथ रिजाल रहेका छन् । उनीहरुलाई जिल्ला प्रशासन कार्यालयबाट मुलुकी अपराध संहिता २०७४ बमोजिक म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विराटनगर । सीमा नाका बन्द भएपनि भारतबाट नेपालतर्फ हुने तस्करीमा भने कमी आउन सकेको छैन । मोरङ र सुनसरीका सीमा नाकामा दसैं नजिकिएसंगै विभिन्न सरसामान तस्करी हुने क्रम पनि बढेको हो । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार अवैध रुपमा भन्सार छली गरी लुकाई पिपाई ल्याएको करिब रु. ६ लाख मुल्य बराबरको लत्ता कपडा तथा खाधान्न सामग्री प्रहरीले बरामद गरेको छ । भारतबाट अबैध रुपमा विराटनगरको रानीको सिमा क्षेत्रबाट ल्याउँदै गरेको करिव रु. ४ लाख ८ हजार मूल्य बराबरको लत्ता कपडा तथा खाधान्न सामानहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । विराटनगर १७ मटेरुवा स्थित चुलिया देबी साहको घरमा अवैध
इलाम / इलामको माई नगरपालिका १ का ४६ वषिर्य शिक्षक पुष्पलाल राईको हत्यारा पक्राउ परेका छन । पक्राउ पर्नेमा सोहि ठाउँका ४५ वर्षिय पदम बहादुर राईलाई पक्राउ गरेको जिल्ला प्रहरीकार्यलय इलामले जनाएको छ । प्रहरि कार्यलय इलामका प्रहरी नायव उपरिक्षक लालध्वज सुवेदीका अनुसार मृतक राई सोहि स्थानको पदम बहादुर राईको घर आगनमा मृत अवस्थामा रहेको भन्ने सुचना पाएपश्चात प्रहरिले अनुसन्धान थालेको थियो । ‘ घट्नास्थलको प्रकृती एंव अवस्था हेर्दा धारिलो हतियार द्बारा घाटीको पछाडीको भाग काटिएको देखिएकोले थप पारमभीक अनुसन्धानमा सहयोगको लागी तत्काल संघिय प्रहरी इकाइ कार्यालय धरान सुनसरीबाट घट्नास्थलमा &ldqu
धनकुटा/ धनकुटाको सहिदभूमि गाउँपालिकामा नातिको कुटपिटबाट हजुरबुबाको मृत्यू भएको छ । सहिदभूमि गाउँपालिका–१ कोलबोटेका २७ बर्षीय अबिनास राईको कुटपिटबाट उनका ९० बर्षीय हजुरबुबा फत्तबहादुर राईको मृत्यू भएको हो । नातिको कुटपिटबाट गंम्भीर घाईते भएका फत्तबहादुरको उपचारको क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ध्रुव श्रेष्ठले बताए । मादक पदार्थ सेवन गरेका अबिनासले गत सोमबार हजुरबुबामाथि कुटपिट गरेका थिए । नातिको कुटपिटबाट मृत्तकको अनुहार सहित शरिरका विभिन्न भागमा चोट लागेको छ । कुटपिटबाट घाईते बृद्धलाई उपचारको लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो
इटहरी । इटहरीको ब्यस्त बजार पश्चिम लाइन स्थित मामा मार्केट अगाडी पार्किङमा राखिएको बाइक चोर्ने प्रयत्न गरेको आरोपमा एक युवकलाइ प्रहरीले पक्राउ गरेको छ । को ३८ प १३६८ नंको अपाची मोटरसाइकल चोरी गर्न खोज्दा रंगेहात युवक समातिएका हुन । पार्किङमा राखिएको मोटरसाइकललाइ अर्कै चाबि हालेर जबरजस्ति घुमाउदै स्टार्ट गर्न खोजेको देखेपछि आसपासका स्थानीयले उनलाइ नियन्त्रणमा लिएर प्रहरीलाइ बुझाएका थिए । प्रहरी बिटकै छेउमा प्रहरीकै अगाडी ति युवकले मोटरसाइकल चोरी गर्न खोजेका थिए । घटनाको बिषयमा थप अनुसन्धान भइरहेकोले नियन्त्रणमा रहेका युवाको परिचय खुलाउन नमिल्ने इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
धरान । बलात्कार गर्न खोज्दा प्रतिकारमा उत्रिएकी महिलाको खुकुरी प्रहारबाट धनकुटाको महालक्ष्मी नगरपालिका–१ घुमाउँनेमा एक पुरुषको हत्या भएको छ । घुमाउँनेकी ३० वर्षीया कमला गुरुङले सोही ठाउँका लीलबहादुर गुरुङको हत्या गरेकी हुन् । लीलबहादुरले बलात्कार प्रयास गरेपछि महिलाले प्रतिकारमा खुकुरी प्रहार गर्दा उनको मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिए । महिलाले राति १० बजेतिर घरमा सुतिरहेको बेला ढोका फुटाएर बलात्कार प्रयास गरेपछि खुकुरी प्रहार गरेको बयान दिएकी प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि बलात्कारको प्रतिकारमा हत्या भएको देखिएको एसपी अधिक
इटहरी । चाडपर्वलाइ लक्षित गर्दै इटहरी प्रहरीले नयाँ सुरक्षा योजना बनाइरहेको बेला गएराती इटहरी १३ खनारबाटै एक टाइटानिक कार चोरी भएको छ । बा ९ च ३४०४ नम्बरको सेतो रंगको कार गए राती घरबाटै चोरी भएपछि प्रहरी उक्त कार चोरीमा संलग्न ब्याक्तिको खोजिमा जुटेको छ । कार चोर्दै गरेको सिसि टिभिले भिडियो रेकर्ड गरेपनि चोरीमा संलग्न भएका ब्यक्ती अहिले सम्म पनि फेला नपरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार चोरीमा संलग्न ब्याक्तिको तस्विर हातमा बोकेर शंकास्पद स्थानमा प्रहरी खोजि गर्न जुटिरहेको प्रहरीले जनाएको छ । मातहतमा रहेका प्रहरी कार्यालय र बाहिरका सम्भावित क्षेत्रहरूमा रहेका प्रहरी कार्यालयहरूम
सुनसरी । अवैध रुपमा लगाइएका गाँजा खेति नष्ट गर्ने उदयपुर जिल्ला प्रहरीले अभियाननै संचालन गरेको छ । उदयपुर स्थित रामपुर ठोक्सीला बाट खटिएको प्रहरीको टोलिले बेलका नगरपालिका वडा नम्बर ७ का विभिन्न स्थानमा लगाइएको तथा आफै उम्रिएको गाँजा नष्ट गरेको छ । करिब १ सय ७७ रोपनी क्षेत्रमा रहेको करिब २९ हजार ९ सय ५ वटा बोट गाँजा नष्ट गरेको प्रहरीले जनाएको छ । त्यसै गरि ताप्ली गाउँपालिका ५ मा आफै उम्रिएको करिब १५ सय बोट गाँजा नष्ट गरिएको जनाएको छ । गाँजा नष्ट गरिने अभियान निरन्तर भइरहने उदयपुर जिल्ला प्रहरी प्रमुख भिम दाहालले बताए ।