काठमाडौं । यौन सबै सजिव प्राणीको आवश्यकता हो । यौन सम्बन्धले मानव जीवनमा धेरै महत्व राख्दछ वैवाहिक जीवनमा यसले धेरै प्रभाव परेको हुन्छ । नेपाली समाजमा विवाहपश्चात् मात्रै यौनसम्पर्कलाई वैधता दिइन्छ । यद्यपी पछिल्लो समय विवाह अघि पनि मानिसहरु प्रेम र यौन सम्बन्धलाई सँगै लैजान्छन् । यद्यपी यौन बारे नेपाली समाजमा निकै भ्रामक कुराहरु फैलाइएको छ । यौनसम्पर्क अगाडी हुने मायाको अभिव्यक्तिले यौन जीवन सुखमय हुन्छ भन्ने ज्ञान जोडीहरुलाई छैन । त्यसैले पनि अक्सर जोडीको यौन जीवन सुखमय छैन । हाम्रा विद्यालयमा अझै पनि यौन शिक्षा दिँदा धेरै छात्राहरु विद्यालय नै आउँदैनन् । लोकपथले विभिन्न एजेन्सीको सहयोगमा के
धरान । दोस्रो चौमासिकको अन्त्य सम्म पनि अनुमान गरिए अनुसार आय नभए पछि धरान उपमहानगरपालिकाले १० प्रतिशत अनुमानित आन्तरिक आय घटाउँदै विनियोजित कार्यक्रमहरु पनि कटौती गरेको छ । धरान उपमहानगरपालिकाको १० औं नगरसभाले नवौं नगरसभाले पारित गरेको चालु आर्थिक बर्षको विनियोजन ऐनमा अनुमान गरेको आन्तरिक आयतर्फ १० प्रतिशत घटाएको हो । सुनसरी उद्योग वाणिज्य संघको हलमा मंगलबार भएको दशौं नगरसभाको दोस्रो बैठकले विनियोजन ऐन २०७८ संशोधन गरि आयतर्फ १० प्रतिशत घटाउन गरेको प्रस्ताव पारित गर्दै विनियोजन गरिएको कार्यक्रमहरु पनि कटौती गरेको छ । वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाका अनुसार आन्तरिक आयतर्फ अनुमान गर
धरान । सुनसरीको दुहबी स्थित एक फर्ममा बर्ड फ्लु रोग देखिए पछि ८ सय भन्दा बढी कुखुरा नष्ट गरिएको छ । दुहबी ३ स्थित सन्देश कृषि फर्ममा रहेका ८ सय भन्दा बढी कुखुरा मारेर नष्ट गरिएको हो । फर्ममा रहेको कुखुरामा वर्ड फ्लु रोग भएको पुष्टि भएपछि बर्ड फ्लु नियन्त्रण समिति सुनसरीको बैठकले पंक्षीजन्य सबै नष्ट गर्ने निर्णय लिएको थियो । निर्णय अनुसार मंगलबार फर्ममा रहेको ८ सय बढी कुखुरा नष्ट गरिएको दुहबी नगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख शिवहरि अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार फर्ममा रहेको ८ सय २० वटा बोइलर कुखुरा र १५ वटा लोकल कुखुरा मारेर खाल्डोमा जलाइएको थियो । त्यस्तै, एक क्रेट अण्डा, ७
धरान । धरानमा ३ हजार ५ सय ९७ जनाले कोरोना विरुद्धको बुस्टर डोज खोप लगाएका छन् । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बुस्टर डोज लगाउनेको संख्या उल्लेख्य रहेको बताए । उनका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १ हजार ८ सय जना र धरान उपमहानगरपालिकाले सञ्चालन गरेको खोप अभियानमा ६० वर्ष देखि माथि उमेर समूहका ज्येष्ठ नागरिक, स्वास्थ्यकर्मी, सफाइकर्मी, जनप्रतिनिधिहरू, पत्रकार र सार्वजनिक सेवा प्रवाहमा अग्रपंत्तीमा खटिने जनशक्तिहरू गरी १ हजार ७ सय ९७ जनाले कोरोना विरुद्धको बुस्टर डोज खोप लगाएका हुन् । उनले भने–‘कोरानाको तेस्रो लहर ओमिक्रोनको संक्
धरान । सुनसरी जिल्लामा ५ लाख ३८ हजार ३ सय १३ जनाले कोरोनाको खोप लगाए पनि पुर्ण खोप भने ३ लाख ९२ हजार ५ सय ९ जनाले मात्रै लगाउन पाएका छन् । पुर्ण खोप लगाउन अझै १ लाख ४५ हजार ८ सय ४ जना बाँकी रहेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीका अनुसार हाल सम्म खोप लगाउन लक्षित जनसंख्या मध्ये ६४ दशमलव ७४ प्रतिशतले मात्रै पुर्ण रुपमा खोप लगाएका छन् । कार्यालयले कुल जनसंख्या ९ लाख २४ हजार ४ सय ५९ मध्ये १८ वर्ष माथिका ६ लाख ६ हजार २ सय ६० जनालाई खोप लगाउने लक्ष्य लिएको थियो । गत वर्षको माघ र फागुन देखि शुरु भएको कोभिड सिल्ड भ्याक्सिनको पहिलो र दोस्रो डोज लगाउनेको संख्या हाल सम्म १ लाख ११ हजार २ जना रह
धरान । सरकारी अस्पतालहरुको सेवा सुविधा चुस्त नहुँदा नागरिकले पाउने स्वास्थ्य उपचार प्रभावित बन्दै गएका छन् । देशका अधिकांश सरकारी अस्पतालको उपचार सेवा प्रति नागरिकको गुनासो बढ्दै गएको छ । विशेषज्ञ डाक्टर नबस्ने, सुचना प्रणाली व्यबस्थित नहुँदा बिरामीलाई समस्या भएको र पहूँचवालाले मात्रै सेवा पाएको गुनासो सेवाग्राहीको छ । विराटनगर स्थित कोशी अस्पतालको उपचार सेवा प्रति पनि बिरामीको गुनासो अधिक छ । संवाद समुह प्रदेश एकले आयोजना गरेको संवादमा पनि सेवाग्राहीले अस्पताल सेवा सुधारका लागि सुझाव दिएका थिए । विराटनगर स्थित कोशी अस्पतालको सेवा प्रवाह चुस्त दुरुस्त नभएको गुनासो बढ्दै गए पछि मोरङका राजनीति
धरान । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक विरामीको ढाडको नसा च्यापिएको समस्याको शल्यक्रिया दुरविनको माध्यमबाट गरिएको छ । ढाडको नसा च्यापिएर अस्पताल आएका झापाको विर्तामोड नगरपालिका–४ का ४८ बर्षीय पेलेङ सिंह धिमालको दुरविनको माध्यमबाट सफलतापूर्वक शल्यक्रिया गरिएको हो । नोबेल अस्पतालको न्यूरो विभागका प्रमुख एवं बरिष्ठ न्यूरो सर्जन डा. प्रकाश काफ्ले नेतृत्वको चिकित्सकहरुको टोलीले शल्यक्रिया गरेको हो । काठमाडौं बाहिर पहिलो पटक दुरविनको माध्यमबाट यस्तो शल्यक्रिया भएको बरिष्ठ न्यूरो सर्जन डा.काफ्ले बताउँछन् । उनले भने, ‘मेरुदण्डमा नसा च्यापिदा सामान्य अवस्थामा औषधी दिइन्छ, अप्रेशन
धरान । परिवर्तनका लागि सामाजिक अभियानको ‘सामाजिक स्वास्थ्य क्लिनिक’ को नवौं संस्करण सम्पन्न गरिएको छ । धरान मोडल कलेजको प्राङ्गणमा शनिबार सम्पन्न पाक्षिक स्वास्थ्य क्लिनिकमा फलोअप र नयाँ गरी १६ जनाले स्वास्थ्य जाँच गरेका थिए । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मुटु रोग विशेषज्ञ डा. प्रशान्त साहसँगको सहकार्यमा हुँदै आइरहेको छ । डा. साहले क्लिनिकमा सहभागी बिरामीहरूको स्वास्थ्य जाँच गर्दै भने, ‘सबैभन्दा बढी खानपानलाई ध्यान दिनुहोला । खानपानका कारणले नै रोगहरूले आक्रमण गर्ने हुँदा यसतर्फ ध्यान दिनुस् ।’ क्लिनिकमा नयाँ बिरामीहरू पनि आउने गरेको अभियानका संयोजक विष
धरान । विराटनगरको कञ्चनबारीमा रहेको आर्य न्यूरो अस्पतालमा गुणस्तरीय उपचार पद्धति भएकै कारण पछिल्लो समय सर्वसाधारणको आकर्षण बढेको छ । अस्पतालल हरेक प्रकारका जटिल शल्यक्रिया हुन थालेपछि सर्वसाधारणको आकर्षण बढेको हो । पछिल्लो समय आर्य न्यूरो अस्पतालमा ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको छ । झापा दमकी १३ बर्षीया अमूल्य शिवकोटीको आर्य न्यूरो अस्पतालमा सफल शल्यक्रिया भएको हो । अस्पतालका न्यूरो सर्जन पञ्कजराज नेपालको टोलीले उनको सफल शल्यक्रिया भएको हो । अमूल्यको सफल शल्यक्रिया भएपछि उनका परिवारले खुशी व्यक्त गरेका छन् । स्वयम विरामी शिवाकोटीले समेत आफूले नयाँ जीवन पाएको भन्दै खुशी व्यक्त गरिन् ।
धरान । कोरोना संक्रमणका कारण नियमित गरिने रक्तदान कार्यक्रम नहुँदा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रगत अभाव हुन थालेको छ । कोरोनाका विरामी समेत दिनप्रतिदिन थपिदै जानु र अन्य विरामी समेत प्रतिष्ठानमा बढ्दै जादा शल्यक्रिया लगायत अन्य विरामीलाई पनि रगत अभाव हुन थाले पछि विरामीहरुले सास्ती भोग्नु परेको छ । रगत अभाव हुन थालेको प्रतिष्ठान हाताभित्र नेपाल रेडक्रस सोसाइटी सुनसरीले सञ्चालन गर्दै आएको रक्तसञ्चार सेवाले जनाएको छ । तेह्रथुम जिरिखिम्तीका उमेश पौड्यालले बीपीको रक्तसञ्चार सेवामा पर्याप्त रगत पाउन छाडेपछि विरामीलाई उपचारमा समस्या भएको बताए । उनले भने, ‘श्रीमतिलाई