झापा/ भारतबाट नेपालतर्फ हिरोइन भित्र्याउने क्रममा एक युवक झापामा प्रहरीले पक्राउ गरेको छ। मंगलबार साँझ करिब ५ बजेतिर झापा जिल्ला मेचीनगर–६, मेचिपुल नजिक लागुऔषध नियन्त्रण ब्यूरो शाखा काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले शंका लागेपछि एक पैदल यात्रुलाई जाँच गरेको थियो। जाँचका क्रममा सो युवकको साथबाट खैरो हेरोइन लिसाइला पदार्थ फेला परेको प्रहरीले जनाएको छ। पक्राउ पर्ने व्यक्ति नुवाकोट किस्पाङ गाउँपालिका–३ का २७ वर्षीय रामबहादुर तामाङ रहेको खुलासा भएको छ। उक्त पदार्थलाई मान्यता प्राप्त डिजिटल तराजुमा नापजाँच गर्दा प्लास्टिकसहित १९ ग्राम ३८० मिलिग्राम र प्लास्टिक बाहेक १७ ग्राम २
पाँचथर/ पाँचथरको हिलिहाङ गाउँपालिका–१ मा छोराले बाबुमाथि चिर्पट प्रहार गरी हत्या गरेका छन्। स्थानीय ३१ वर्षीय सन्देश राईले आफ्नै ६९ वर्षीय पिता युवराज राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी अनीश कर्णले जानकारी दिए। उनका अनुसार आइतबार बिहान सन्देशले करेसाबारीमा बाबुमाथि प्रहार गरेको खुलेको छ। घटनापछि युवराजको शव घर नजिकैको करेसाबारीमा फेला परेको थियो। बाबु–छोरा दुबै जना मदिरा सेवनपछि विवादमा उत्रिएको र त्यही क्रममा सन्देशले चिर्पट प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाएलगत्तै खटिएको प्रहरी टोलीले सन्देशलाई नियन्त्
झापा/ झापाको शिवसताक्षी नगरपालिका–१० का ३३ वर्षीय सरोज शर्माको हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय झापामा आइतवार आयोजित पत्रकार सम्मेलनमा प्रहरीले घटनामा संलग्न २७ वर्षीय सुनिल साह र २३ वर्षीय राहुल साहलाई सार्वजनिक गरेको हो। प्रारम्भिक अनुसन्धानअनुसार, शर्माको हत्या उनीहरूको योजनाबद्ध लुटपाटका क्रममा भएको प्रहरीले जनाएको छ। प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार, हत्यामा संलग्न एक भारतीय नागरिक पनि रहेको र हाल फरार रहेका कारण उनको खोजी कार्य जारी छ। अनुसन्धानका क्रममा खुलासा भएको विवरणअनुसार, काठमाडौंमा ब
सुनसरी/ ईनरुवामा प्रहरीले ब्राउन सुगरसहित दुई जना युवकलाई नियन्त्रणमा लिएको छ। मोरङको लौकहीबाट ईनरुवा तर्फ आउँदै गरेको अवस्थामा प्रहरीले शुक्रबार साँझ करिब ५ बजे ईनरुवा–४ बसचौकस्थित पूर्व–पश्चिम राजमार्गमा चेकजाँच गर्दा उनीहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी चौकी बसपार्क ईनरुवाको संयुक्त टोलीले को.३ प. ६६२३ नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका–१ का ३४ वर्षीय सुशिल भन्ने मोहनबहादुर श्रेष्ठ र ऐं.ऐं बस्ने २७ वर्षीय अहिस ताम्रकार रहेका छन्। प्रहरीले च
धरान/सुनसरीको हरिनगरामा ठूलो परिमाणको लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। विशेष सूचनाको आधारमा गरिएको प्रहरी चेकजाँचका क्रममा उनीहरूबाट १२ हजार पिस ट्रामाडोल ट्याब्लेट बरामद गरिएको हो। इलाका प्रहरी कार्यालय हरिनगरा र सुरक्षा प्रहरी बेस क्याम्प बसन्तपुरबाट खटिएको संयुक्त टोलीले देवानगंज–हरिनगरा सडक खण्डमा चलिरहेको प्र.१–०२–००४ ह.८३३५ नम्बरको सिटी सफारी रोकी चेकजाँच गर्दा औषधि फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उक्त सिटी सफारीमा लुकाएर राखिएको ट्रामाडोल १२०० पत्ता (१२,००० ट्याब्लेट) बरामद गरिएको हो। सोही सवारी साधनका चालक, हरिनगरा गाउँपालिका–५ का १५ वर्षीय
सुनसरी/धरानका दुई युवा बराहक्षेत्र नगरपालिका–५ कालाबन्जार चौकमा नक्कली पेस्तोल र फलामको तलवारसहित प्रहरीको फन्दामा परेका छन् । मिति २०८२ साल कात्तिक १३ गते अपराह्न करिब ३ बजे प्रहरी चौकी भरोलबाट प्रहरी निरीक्षक डम्मर गौतमको कमाण्डमा खटिएको टोलीले धरानबाट कालाबन्जारतर्फ आउँदै गरेको को ८ प ९५५६ नम्बरको मोटरसाइकललाई शंकास्पद ठानी रोकेर चेकजाँच गर्दा उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–५ का २१ वर्षीय बिमल बरैलि (अंकु) र २७ वर्षीय रबिन्द्र सैल्यो रहेका छन् । उनीहरूको साथबाट नक्कली प्लास्टिकको पेस्तोल १ थान, सानो फलामको तलवार १ थान, उक्त तलवारको खोला र स्क्रि
सुनसरी । लागूऔषध ओसारपसार तथा कारोबारमा संलग्न रहेको सूचनाका आधारमा प्रहरीले एक व्यक्तिलाई ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार मिति २०८२ साल कार्तिक १२ गते दिउँसो करिब ३ बजेको समयमा इनरुवा नगरपालिका–४ बसचोकस्थित क्षेत्रमा विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क, इनरुवाबाट संयुक्त टोली खटिएको थियो । सोही क्रममा पश्चिमबाट पूर्वतर्फ पैदल गइरहेका संखुवासभा जिल्ला धर्मदेव नगरपालिका–४ बस्ने ३७ वर्षीय ओमनाथ घिमिरेलाई रोक्दै चेकजाँच गर्दा उनको साथबाट २.३६ ग्राम (दुई ग्राम तीन सय साठ्ठी मिलिग्राम) ब्राउन सुगर फेला परेको प्र
धरान/सुनसरीको धरान उपमहानगरपालिका–१५ भानु मार्गमा लागूऔषध कारोबारमा संलग्न एक युवक पक्राउ परेका छन् । बुधबार राति करिब ९ बजे विशेष सूचनाका आधारमा अस्थायी प्रहरी चौकी श्यामचोकबाट खटिएको टोलीले शंका लागेका एक युवामाथि चेकजाँच गर्दा लागूऔषधसहित नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार धरान उपमहानगरपालिका–५ बस्ने २१ वर्षीय रेहान लिम्बुको साथबाट स्पाइस ८६ पिस, डिकोलिक ७२ पिस र ट्रामाडोल १५९ पिस फेला परेका हुन् । उनी महादेव चौकबाट श्यामचोकतर्फ पैदल आइरहेका बेला पक्राउ परेका थिए । पक्राउ परेका लिम्बु र बरामद लागूऔषध इलाका प्रहरी कार्यालय धरानमा बुझाइएकाले थप अनुसन्धान भइरहेको प्रहरीले ज
झापा/झापाको दमक नगरपालिका–२ पाङ्गिनी चोकस्थित भित्री सडकखण्डमा मङ्गलबार राति भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्। मंगलबार राति करिब ११:५५ बजे दमकबाट मोरङको टाडी तर्फ जाँदै गरेको बा २ ख १९८३ नम्बरको यात्रुबस अनियन्त्रित भई सडक किनारको नालीमा पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। बसमा करिब ३५ जना सवार थिए। दुर्घटनामा मोरङ मिक्लाजुङ गाउँपालिका–३ का ३६ वर्षीय भीमबहादुर मगरको मृत्यु भएको छ। उनलाई उपचारका क्रममा खरखरेस्थित आम्दा अस्पतालमा डाक्टरले राति १२:२८ बजे मृत घोषित गरेका थिए। सोही बसमा सवार २१ जना यात्रु घाइते भएका छन्। घ
झापा/भारतबाट नेपालतर्फ लागुऔषध ल्याउँदै गरेका दुई जना झापाको गौरीगञ्ज प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार साँझ करिब ४ः३० बजे गौरीगञ्ज गाउँपालिका–५ फत्तेपुर बोर्डर नजिकैबाट गस्तीमा खटिएको इलाका प्रहरी कार्यालय गौरीगञ्जको टोलीले दमक नगरपालिका–३ का २७ वर्षीय निमा दोर्जी तामाङ र सोही ठाउँका ३८ वर्षीय सुकबहादुर राईलाई शंकास्पद देखिएपछि चेकजाँच गरेको थियो । जाँचका क्रममा तामाङको साथबाट ब्राउन सुगर लिसिलो पदार्थ प्लास्टिकसहित करिब ५ ग्राम १५० मिलिग्राम र प्लास्टिक बाहेक ४ ग्राम ११० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ । उनीहरूलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय गौरीगञ्