स्वास्थ्य

    Showing 2,161-2,170 of 2,448 items.
  • वीपी प्रतिष्ठानमा उपचाररत सप्तरीका एक कोरोना संक्रमितको मृत्यु

    धरान/ धरान स्थित विपी कोईरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका एक अधिकारीका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि प्रतिष्ठानको आइसोेलेसनमा उपचार गराईरहेका सप्तरीका ७३ वर्षीय एक पुरुषको मृत्यु भएको हो । स्रोतका अनुसार रातिकोे करिब १० बजे तिर उनको मृत्यु भएको हो । ईलाका प्रशासन कार्यलयका प्रमुख चन्द्र बहादुर कार्कीले स्थानिय एक सञ्चारमाध्यम सगँ कुरा गर्दै प्रतिष्ठानमा उपचरारत सप्तरीका एक जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरे । उनले थपे “ प्रदेश मा यो मृत्युको पहिलो घटना भएकाले शव ब्यबस्थानपनको लागि आर्मी सिडिओसगँ समन्व

    • प्रकाशित मितिः साउन २, २०७७
    • 1,271 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा ३३ संक्रमित थपिए

    विराटनगर/  प्रदेश १ मा आज ३३ जना कोरोना संक्रमित थपिएका छन् । ओखलढुङ्गामा १५, इलाममा ६, झापा र सुनसरीमा ४–४, मोरंगमा ३ र उदयपुरमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ओखलढुङ्गाको मानेभन्ज्याङ १५ जना पुरुष, इलामको इलाम नगरपालिकामा ६ पुरुष, सुनसरीको इटहरी र कोशी गाउँपालिकामा २–२ पुरुष, झापाको भद्रपुरमा २ महिला, मेचीनगरमा १ महिला, कनकाईमा १ पुरुष, विराटनगरमा २ महिला, १ पुरुष र उदयपुरको त्रियुगामा १ पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय ७४ पुगेको छ । प्रदेश १ बाट आज १४ जना डिस्चार्ज भएका छन् ।

    • प्रकाशित मितिः साउन १, २०७७
    • 844 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप १६७ जनामा कोरोना संक्रमण पोजेटिभ पुष्टि

    आज थप १६७   जनामा संक्रमण पोजेटिभ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या १७ हजार ३४४   पुगेको छ । कोरोना संक्रमणका कारण  मृतकको संख्या ३९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २१३  जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या११ हजार २ सय ४९  जना रहेका छन् । नेपालमा हालसम्म सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।        

    • प्रकाशित मितिः साउन १, २०७७
    • 563 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इलाममा एकै दिन ६ जनामा कोरोना संक्रमण पुष्टि

    इलाम । इलाममा एकै दिन ६ जनामा कोरोनाको पुष्टि भएको छ । कोरोना पुष्टि हुने सवै इलाम नगरपालिकाका छन् । इलाम नगरपालिका–८ का १जना, इलाम नगरपालिका १० का ३ जना र इलाम नगरपालिका ७ का २ जनामा कोरोनाको पुष्टि भएको इलाम अस्पतालका कोरोना फोकल पर्सन विमल बरालले जानकारी दिएका छन् । कोरोना पुष्टि हुने सवै ४० वर्ष मुनीका पुरुष रहेको जनाइएको छ । जिल्ला समन्वय समितिकाको क्वारेन्टाइनमा बसेकाहरुलाई कोरोना पुष्टि भएको हो । कुवेत साउदी, कतार, गृषबाट आएका एकएक जना, भारतबाट आएका एक जना र क्वारेन्टाइनको सुरक्षार्थ खटिएका नेपाली सेनाका जवान छन् । पाँच जना १७ गते क्वारेन्टाइनमा आइपुगेका हुन् । सेनाका जवान भने क्

    • प्रकाशित मितिः साउन १, २०७७
    • 897 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानको विपी बाट बुधबार थप २ जना डिस्चार्ज

    धरान/  धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप २ जना आज बुधबार डिस्चार्ज भएका छन् । उनीहरु  सिरहा १ जना ,मोरङ १ जना गरी जम्मा २ जना आज प्रतिष्ठानबाट डिस्चार्ज भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।  आज २ जना पुरुष  डिस्चार्ज भएका छन् । उनका अनुसार उनिहरु असार २३ र २७ गते प्रतिष्ठानको आइसोलेशन वार्डमा उपचाररत थिए । प्रतिष्ठानमा हाल जम्मा ११ जना उपचाररत छन् भने २५६ जना निको भएर प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् । हाल सम्म प्रतिष्ठानमा ११,८५५ पिसि आर परिक्षण गरिएको छ ।

    • प्रकाशित मितिः असार ३१, २०७७
    • 729 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा कोरोना ठिक हुने दर ९० प्रतिशत हाराहारी

    विराटनगर । प्रदेश १ मा कोरोना रोग ठिक हुने दर उच्च देखिएको छ । प्रदेश १ मा संक्रमण देखिएकामध्ये ९० प्रतिशत हाराहारीले स्वास्थ्य लाभ गरी घर फर्किएका छन् ।प्रदेशमा भारत र तेस्रो देशबाट आएकाहरुमा नै अधिक मात्रामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमितको संख्या थपिने क्रममा समेत कमी आएको र रोग ठिक भई अस्पतालबाट डिस्चार्ज हुने दरसमेत बढेको मन्त्रालयको तथ्यांकले देखाएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले संक्रमणलाई समुदायमा फैलनबाट रोक्न सरकार सफल भएको बताएका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय ४१ पुगेको छ । जबकी अस्पतालमा उपचारपछि ठिक भई घर फर्कनेको

    • प्रकाशित मितिः असार ३१, २०७७
    • 790 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा ५ संक्रमित थपिए

    विराटनगर/  प्रदेश १ मा आज ५ जना कोरोना संक्रमित थपिएका छन् । ३ पुरुष र २ महिलामा संक्रमण देखिएको छ । आज संक्रमण देखिएकामा इलामका २, धनकुटा, मोरङ र ताप्लेजुङका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार इलाको सुर्योदय नगरपालिका २ महिला, धनकुटाको महालक्ष्मी, मोरङको सुनबर्षी र ताप्लेजुङको मेरिङ्देनका १–१ पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय ४१ पुगेको मन्त्रालयले जनाएको छ ।

    • प्रकाशित मितिः असार ३१, २०७७
    • 818 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बुधबार थप ११६ जनामा कोरोना संक्रमण पुष्टि, ६९७ जना डिस्चार्ज भएर घर फर्किए

    आज थप ११६  जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या १७ हजार १७७  पुगेको छ । बुधबार थप १को मृत्यु भएको छ मृत्यु हुनेमा रौतहटका पर्रोहा नगरपालिका वडा नं ७ का ३६ वर्षीय पुरुषको मृत्यु भएको छ ।  यो सँगै मृतकको संख्या ३९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६९७ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या ११ हजार २५ जना रहेका छन् । नेपालमा हालसम्म सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    • प्रकाशित मितिः असार ३१, २०७७
    • 667 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानका क्वारेन्टाइनमा बसेका ७० जना को रिपोर्ट नेगेटिभ

    धरान । बैदेशिक रोजगारी बाट फर्किएर धरानका विभिन्न क्वारेन्टाइन मा बसेका ७० जनाको रिपोर्ट नेगेटिभ आए पछि सबै जना घर फर्किएका छन । एक स्वास्थ्यकर्मी र २ जना सुरक्षकर्मी सहित धरानमा एन्फा एकेडेमी, होम र होटल क्वारेन्टाइनमा रहेका ७० जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो । दुई दिनअघि एन्फा क्वारेन्टाइनमा उनिहरुको स्वाब संकलन गरिएको थियो । उनीहरुको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । रिपोर्ट नेगेटिभ आएका ७० जना मध्ये ४० जना एन्फा क्वारेन्टाइनमा थिए भने १५ जना होटल र १२ जना होम

    • प्रकाशित मितिः असार ३१, २०७७
    • 1,380 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अस्टियोपोरोसिस

    अस्टियोपोरोसिस भनेको के हो ? शरीरमा हाडको घनत्व (Density)कम भएर हाड पातलो, हलुका र कमजोर हुने र सजिलै भाँचिने समस्यालाई अस्टियोपोरोसिस भनिन्छ। सामान्यतया ३० बर्षको उमेरपछि सबैको हाडको घनत्व घट्दै जाने भए तापनि महिलाहरु बढी जोखिममा हुन्छन् किनभने हाडको घनत्व यथावत राख्ने इस्ट्रोजन नामको हर्माेन महिलाहरुमा बिस्तारै घट्दै जान्छ । अस्टियोपोरोसिस बिशेष कुनै लक्षण हँुदैन । प्रायः हाड भाँचिनु नै यसको पहिलो लक्षण हुन सक्छ । सबै भन्दा बढी ढाड, कम्मर र नाडीका हाडहरु यसको कारणले भाँचिने गरेको पाइन्छ । तर, अस्टियोपोरोसिस रोक्ने वा उल्टोउने तरिकाहरु छन् । उपचार गरेमा हाडको घनत्व बढाउन सकिन्छ । कारणह

    • प्रकाशित मितिः असार ३१, २०७७
    • 1,453 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved