विराटनगर, १ भदौ । प्रदेश १ मा कोरोना परीक्षणलाई व्यवस्थित बनाईने भएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेको अध्यक्षतामा आईतबार बसेको बैठकले कोरोना संक्रमणको दर बढेसँगै सिमित क्षमतालाई ध्यान दिँदै पीसीआर परीक्षणलाई व्यवस्थित र वैज्ञानिक बनाउने निर्णय गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले कोभिड–१९ संक्रमण परीक्षणका प्राथमिकीकरण निर्धारण गरेको छ । मन्त्रालयले सघन उपचार कक्षमा उपचाररत र सिकिस्त विरामीहरु, कोभिड–१९ जस्तै लक्षण भई संकास्पद कारणले मृत्यु भएका व्यक्तिहरु, चिकित्सकको सल्लाह वमोजिम लक्षण देखिएका व्यक्तिहरु, कुनै किसिमको शल्यक्रिया गर्नुपर्ने विरामीहरुलाई
विराटनगर, २ भदौ । प्रदेश १ मा आज १ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय ५, झापामा २०, सुनसरीमा ६, संखुवासभामा ३, उदयपुरमा २, पाँचथर र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमण देखिएका मध्ये ४२ महिला र ९७ जना पुरुष छन् । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ९६ जना संक्रमित भएका छन् । जसमा ३१ महिला र ६५ पुरुष छन् । बुढीगंगामा २ महिला ३ पुरुष, सुन्दरहरैचामा १ महिला १ पुरुष, ग्रामथान र पथरीशनिश्चरेमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । उता झापाको दमकमा ७ पुरुष, भद्रपुरमा १ महिला ५ पुरुष, झापा गाउँपालिकामा २ पुरुष, कनकाईमा १ महिला र झापाको स्थान
विराटनगर । प्रदेश १ सरकारले कोरोना संक्रमण देखिने बिरामीको लागि उपचार गर्न बनाएको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा अब लक्ष्यण देखिने संक्रमितलाई मात्र प्राथमिता दिइने भएको छ । पछिल्लो समय लक्षणसहितका संक्रमित बढेसँगै कोभिड अस्पतालमा सुविधाहरु विस्तार गर्दै लक्षण भएकाहरुको उपचारमा बढी प्राथमिकता दिईने अस्पताल संयोजक डा. दीपक सिग्देलले बताए । भने,“लक्षण नभएकालाई राख्दै नराख्ने भन्ने होईन, लक्षण भएकालाई बढी प्राथमिकता दिईने छ ।” कोभिड उपचार केन्द्रमा आईसीयु र भेन्टिेलेटरसहितको सुविधा विस्तार गरिएको बताए । उपचार केन्द्रमा ५ वटा भेन्टिलेटर र १० वटा आईसीयु बेड तयारी अवस्थाम
काठमाडौ २०७७ भदौ १ सोमबार/ आज थप ५ सय ८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या २७ हजार २ सय ४१ जना पुगेको छ । नेपालमा मृतकको संख्या १०६ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ सय ६० जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १७ हजार ४ सय ९५ जना जना रहेका छन् ।
विराटनगर, १ भदौ । प्रदेश १ मा आज ८३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४४, सुनसरीमा ३१, झापामा ७ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा आज २९ जना संक्रमित थपिएका छन् । थपिएका मध्ये १३ महिला र १६ पुरुष छन् । बेलबारीमा ७ महिला ३ पुरुष, बुढीगंगामा १ महिला ३ पुरुष, सुन्दरहरैचामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीको धरानमा १२ महिला ६ पुरुष, गढीमा ४ पुरुष, इनरुवामा ४ पुरुष, देवानगञ्जमा ३ पुरुष, कोशी र रामधुनीमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । झापाको दमकका ४ पुरुष, शिवसताक्षीका २ र कनकाईका १ पुरुष
विराटनगर । आरती स्ट्रिप्स प्रा.लि. सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रकै ठूलो स्टिल उद्योग हो । रड र जस्ता पाता उत्पादन क्षमताका दृष्टिले भारतीय लगानीको यो उद्योगले छोटो समयमा क्षमतासमेत विस्तार गर्न सकेको छ । तर, कोरोना कहर सुरु भई उपल्ला दर्जाका कर्मचारी र मजदुरमा संक्रमण देखिएपछि उद्योग सिल भई उत्पादन ठप्प छ । सिल हुनु अघिसम्म पचास प्रतिशतसम्म उत्पादन कटौती गरेको उद्योगमा ५ सय मजदुर कार्यरत थिए । आरतीले भारतीय र स्थानीय मजदुरलाई समेत ठूलो संख्यामा रोजगारी प्रदान गर्दै आएको छ । पछिल्लो दुई सातामा उद्योगमा कार्यरत ५१ मजदुरमा कोरोना पुष्टि भएको छ । त्यसपछि बुढीगंगा गाउँपालिकाले उद्योग स
इलाम / सूर्योदय नगरपालिकाको करफोक विद्या मन्दिरमा रहेको क्वारेन्टाइनमा मृत्यु भएको युवकको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मृतक युवकको पिसिआर रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका कोभिड फोकल पर्सन विपुल अधिकारीले जानकारी दिए ।
इलाम / इलामको सूर्योदय नगरपालिकाको करफोक क्वारेन्टाईनमा बसेका २२ बर्षीय एक पुरुषको मृत्यु भएको छ ।भारतको हैदराबादबाट आई साउन २६ गते देखि क्वारेन्टाईनमा बस्दै आएका सूर्योदय नगरपालिका ९ घर भएका पुरुषको मृत्यु भएको हो ।उनको स्वास्थ्यमा समस्या भए पछि आईतबार बिहान १० बजे देखि सूर्योदयन गरपालिकाको स्वास्थ्यकर्मीको टोलीले उनको उपचारमा खटे पनि राती मृत्यु भएको उपचारमा खटिएका डा. सरोज दर्नालले जानकारी दिएका छन । साउन २९ गते उनको स्वाब संकलन गरी मेची अञ्चल अस्पताल पठाईए पनि उनको रिर्पोट भने आउन वाँकी रहेको स्वास्थ्य कार्यालय इलामका कोरोना फोकल पर्सन बिमल बरालले जानकारी
विराटनगर । विराटनगर महानगरपालिकाका एक जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ । उनमा संक्रमण देखिएपछि स्वाब संकलन गर्ने कार्य रोकिएको छ । आइतबार स्वाब संकलमा खटिएका एक स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि महानगरमा स्वाब संकलको काम प्रभावित बनेको हो । विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीका अनुसार स्वाब संकलन गर्ने काममा सक्रिय स्वास्थ्यकर्मीमा ज्वरो आउने लक्ष्यण देखिएपछि परीक्षण गरिएको थियो । उनको रिर्पोट पोजेटिभ आएको हो ।विराटनगरमा ५६६ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ । विराटनगरमा समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेपछि भदौ ५ गतेसम्मको लागि लकडाउन बढाइएको छ
काठमाडौ २०७७ श्रावण ३२ आइतबार/ आज थप ६ सय ४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या २६ हजार ६ सय ६० जना पुगेको छ । नेपालमा मृतकको संख्या १०४ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ सय ३४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १७ हजार ३ सय ३५ जना जना रहेका छन् ।