शिक्षा

    Showing १,८२१-१,८३० of १,९२४ items.
  • प्रश्नपत्र आउट गर्ने पूर्वाञ्चल विश्व विद्यालयका कर्मचारीसहित दश जना पक्राउ

    विराटनगर । परीक्षा अगावै प्रश्नपत्र आउट गराउने पूर्वाञ्चल विश्व विद्यालयका कर्मचारी र विद्यार्थीसहित १० जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार परीक्षा हुनुभन्दा दुई घण्डा अगाडि नै प्रश्नपत्र आउट गरिएको प्रकरणमा उनीहरु पक्राउ परेका हुन । प्रहरीका अनुसार काठमाडौबाट ८ जना विद्यार्थीलाई शनिबार पक्राउ गरी विराटनगर ल्याइएको हो । यस्तै ८ वैशाखमा सप्तरी घर भएका महेश यादवलाई पक्राउ गरेर ‘शिक्षा ऐन’ अनुसार म्याद थप गर्दै अनुसन्धान अघि बढाइएको जनाएको छ । इन्जिनियरिङ संकायको स्नातक दोस्रो सेमिस्टरको फिजिक्स विषयको परीक्षा हुनुभन्दा दुई घण्डा अगाडि ३ वैशाखमा बाहिरिएको थियो

    • प्रकाशित मितिः वैशाख १२, २०७८
    • १,४१३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटामा नौं दिन विद्यालय बन्द

    धनकुटा । विद्यार्थीमा कोरोना भाईरसको संक्रमण देखिएपछि धनकुटा नगर क्षेत्रका सम्पूर्ण शैक्षिकसंस्था ९ दिनको लागि बन्द गरिएको छ । धनकुटा नगरपालिका संकट व्यवस्थापन समितिको आकस्मिक बैठकले विहिबार देखि १७ गतेसम्मको लागि नगर क्षेत्रभित्रका सम्पुर्ण विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको हो । धनकुटा नगरपालिका–६ स्थित धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साइन्समा अध्ययनरत २० वर्षीय छात्रमा बुधवार कोरोना संक्रमण पुष्टि भएको छ । केही दिनदेखि ज्वरोले सताएपछि उनी मंगलबार जिल्ला अस्पताल धनकुटामा भर्ना भएका थिए । पिसिआर परिक्षण गर्दा उनको रिर्पोट पोजेटिभ आएको अस्पतालका सुचना अधिकारी राजनप्रसाद पोख्रेलले बताए ।

    • प्रकाशित मितिः वैशाख १०, २०७८
    • १,२३८ पटक पढिएको
    • "सन्तोष रुचाल"
  • शहिद स्कुल भ्रस्टाचार प्रकरण : बिद्यार्थी पनि आन्दोलनमा, शिक्षा शाखाले थाल्यो अनुसन्धान

    इटहरी / विद्यालयमा भएको अनियमितता ढाकछोप गर्न प्रधानाध्यापक र लेखापाललाई निष्कासन गरे पछि इटहरी १९ भवानिपुर स्थित शहिद स्मृति आवसिय माध्यमिक बिद्यालयका विद्यार्थीहरु पनि आन्दोलित बनेका छन् । विद्यालय व्यवस्थापन समितीले नियम विपरित प्रधानाध्यापक शिवचन्द्र राई र लेखापाल लिलाराज काफ्लेलाई पदमुक्त गर्दै निष्कासन गरेको थियो । विद्यार्थीहरुले आइतबार विद्यालय परिषरमा व्यवस्थापन समिति बिरूद्ध नारावाजी गर्दै पद मुक्त गरिएका राई र काफ्लेलाइ सम्मानपुर्वक पुनः पदबहाली गरिनुपर्ने माग गरेका छन् । उनीहरुले विद्यालय स्थापना देखि अहिले सम्म भएका सम्पुर्ण आर्थिक कारोबारहरू तत्काल सार्वजनिक गरिनुपर्ने पनि

    • प्रकाशित मितिः वैशाख ६, २०७८
    • १,१२९ पटक पढिएको
    • "तेबहादुर बन"
  • शहिद स्कुल भ्रस्टाचार प्रकरण : अनियमितता लुकाउन प्रअ र लेखापाललाइ निष्काशन

    इटहरी /  शहिदका छोराछोरी पढने सुनसरीको इटहरी उपमहानगर १९ भवानिपुर स्थित शहिद स्मृित आवसीय माध्यमिक बिद्यालयको अनियमितता बारे समाचार बाहिरिएपछि बिद्यालय प्रसाशनमा घटना ढाकछोप गर्न खोजिएको छ । बिद्यालय भित्र भएको आर्थिक अनियमिताता लुकाउन र नीतिगत भ्रस्टाचारलाइ ढाकछोप गर्न प्रधानाध्यापक शिव चन्द्र राई र लेखापाल लिलाराज काफ्लेलाइ शिक्षा नियमावली ऐन बिपरित बिद्यालय ब्यवस्थापन समितिले आ–आफ्नो जिम्मेवारबाट निश्कासन गरेको छ । अनियमितता लुकाउन बिना सुचना र बिना कसुर दादागिरी शैलिमा ब्यवस्थापन समितिले निश्कासन गरेको बिद्यालयका लेखापाल काफ्लेले बताए । उनी २०६७ साल देखि बिद्यालयमा लेखापाल

    • प्रकाशित मितिः वैशाख ५, २०७८
    • १,०९६ पटक पढिएको
    • "तेजबहादुर बन"
  • पोषण शिक्षाको भविष्य अन्यौल : पढाई सकियो, लाइसेन्स छैन्

    धरान/ पोषण तथा आहार विषय अध्ययन गरेका दक्ष जनशक्तिको भविष्य अन्यौलमा रहेको छ । राज्यले पोषण तथा आहार विषय अध्ययन गर्ने व्यवस्था गरिदिए पछि सरकारी मान्यता पाउन नसक्दा उनीहरुको भविष्य अझै पनि अन्यौलनै रहेको छ ।अध्ययन पूरा भइसकेपछि नेपाल स्वास्थ्य व्यवसायी परिषद (एनएचपिसी) मा दर्ता गर्नुपर्ने हुन्छ, तर अहिले सम्म दर्ता प्रक्रियाको नीति बन्न नसक्दा उनीहरु अन्यौलमा छन् । एनएचपिसीमा दर्ता नहुँदा सरकारी मान्यता प्राप्त गर्न सकेका छैनन् भने लोकसेवा आयोगमा समेत भिड्न पाएका छैनन् । त्रिभुवन विश्वविद्यालय अन्र्तगत रहेको केन्द्रीय प्रविधी क्याम्पसमा २०६७ साल देखि पोषण विज्ञान अध्ययन हुने गरेको छ । अ

    • प्रकाशित मितिः चैत १९, २०७७
    • १,१०१ पटक पढिएको
    • "दिनेश गजमेर"
  • शैक्षिक हब इटहरी : करोडौंको लगानी बालुवामा पानी

    इटहरी/ प्रदेश एकको ब्यापारिक केन्द्र संगै पछिल्लो समय शैक्षिक हव समेत बनिसकेको सुनसरीको इटहरीमा नियमित अनुगमन तथा सम्बन्धित निकायले चासो नराखिदिदा शिक्षा क्षेत्रमा एक पछि अर्काे बेथितिहरू सार्वजनिक हुन थालेका छन ।सामुदायीक तथा निजी बिद्यालयहरूको नियमित अनुगमन तथा संरक्षण गर्ने जिम्मा लिएको स्थानीय सरकार इटहरी उपमहानगरले गम्भिर बनेर चासो नराख्दा बेथितिहरू बाहिरिन थालेका हुन । उपमहानगरले शिक्षा क्षेत्रलाइ थप सुधारोन्मुख बनाउन बार्षिक करोडौ रकम बिनियोजन गरेपनि संरक्षणको दायित्वबाट टाढिँदा लगानी बालुवामा पानी सरह बनेको छ । इटहरी १० खनार स्थित श्री मनमोहन आधारभूत विद्यालयको अवस्था अहिले दयनीय

    • प्रकाशित मितिः चैत १८, २०७७
    • १,२३० पटक पढिएको
    • "तेजबहादुर बन"
  • विराटनगरमा शैक्षिक संस्था खुला रहने

    विराटनगर । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले चार दिनसम्म बन्द गर्ने निर्णय गरे पनि विराटनगर महानगरपालिकाकाले भने महानगर क्षेत्रमा शैक्षिक संस्था नियमित गर्ने भएको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाले सोमबार सूचना जारी गरी शैक्षिक संस्था सूचारु हुने जनाएको हो ।नगर शिक्षा अधिकारी दुर्गाप्रसाद खतिवडाले विराटनगरमा वायू प्रदूषण नभएको बताएका छन् । को भिड १९ को असरबाट भर्खरै तंग्रिन थालेको शैक्षिक क्षेत्र थप बन्द गर्दा थप असर गर्ने भएकोले खुला गर्ने निर्णय भएको बताईएको छ ।

    • प्रकाशित मितिः चैत १६, २०७७
    • २,७२३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मंगलबारदेखी चार दिन शैक्षिक संस्था बन्द गर्ने सरकारको निणर्य

    धरान / सरकारले मंगलबार देखि देशभरका सम्पूर्ण विद्यालयहरु ४ दिन बन्द गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताको कारण शिक्षण संस्थाहरु ४ दिनका लागि बन्द गर्ने निर्णय गरेको हो । मौसममा देखिएको खराबीका कारण बालबालिकाको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै सोमबार मन्त्रालयमा बसेको आकस्मिक बैठकले यस्तो निणर्य गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीसगको प्रमार्श गरेर नै यो निणर्य गरिएको मन्त्री श्रेष्ठले बताएका छन् ।

    • प्रकाशित मितिः चैत १६, २०७७
    • ३,१८२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सशक्त विद्यार्थी आन्दोलनको तयारी

    इटहरी/ पढाइ नै नभएको समयको शुल्क मिनाहा गरिदिन कलेज प्रसाशनलाइ आग्रह गर्दै आन्दोलन गरिरहेका बिद्यार्थीहरूले थप सशक्त रूपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । आन्दोलनलाइ साम्य पार्न गठित कार्यदलले इटहरी उपमहानगरलाइ बुझाएको प्रतिवेदन प्रति असहमति जनाउदै बिद्यार्थीहरूले थप सशक्त हुने चेतावनी दिएका हुन । कार्यदलले बुझाएको प्रतिवेदनमा २ महिनाको मात्रै शुल्क मिनाहा गरिदिने निर्णय भएपछि बिद्यार्थीहरूले बिरोध गर्दै आएका छन् । लकडाउन अवधिभरको कुनै शुल्क नतिर्ने अडानमा बसेका बिद्यार्थीहरूले आफुहरूको माग पुरा नभएसम्म आन्दोलनलाइ थप सशक्त बनाउने निर्णय समेत गरेका छन् । अनावश्यक रुपमा लिइएको शुल्क मिना

    • प्रकाशित मितिः चैत १५, २०७७
    • १,०८३ पटक पढिएको
    • "तेजबहादुर वन"
  • बिद्यार्थी आन्दोलन: कहाँ चुक्यो कलेज प्रशासन ?

    इटहरी । इटहरीमा सञ्चालित निजि कलेजको ज्यादती बिरूद्ध पहिलो पटक बिद्यार्थीहरू सडकमा उत्रिएका छन । समयमै जायज मागको सुनुवाइ नहुँदा र पटक पटक कलेज सञ्चालकहरूले बेवास्था गरेपछि बिद्यार्थीहरूले स्थानीय सरकार देखि राष्ट्रिय राजमार्ग नै अवरूद्ध गर्न बाध्य बनेका छन । कोरोना संक्रमणसंगै मुुलक लकडाउन हुँदा कलेजहरूले सो समयको पनि शुल्क तिर्न लगाएपछि बिद्यार्थीहरू आन्दोलित बनेका हुन । उनीहरूले लकडाउनको समयको कुनै शुल्क नलिन कलेज सञ्चालकहरूसंग आग्रह गर्दा वेवास्था गर्दै आएका थिए । इटहरी स्थित कस्तुरी कलेजबाट सुरू भएको बिद्यार्थी आन्दोलन अहिले अधिकांस निजि कलेज प्रवेश गरिसकेको छ फलस्वरूप शयौको संख्यामा अध

    • प्रकाशित मितिः चैत ८, २०७७
    • १,१७४ पटक पढिएको
    • " तेजबहादुर बन"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved