शिक्षा

    Showing 1,671-1,680 of 1,831 items.
  • एसइईको परीक्षा वैशाखमा

    धरान । कोरोनाको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमणका बाबजदु पनि एसइईको परीक्षा वैशाखमा गरिने निर्णय गरिएका छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि सञ्चालन गरिने निर्णय गरेको छ ।  बोर्डका अनुसार परीक्षा वैशाख ९ देखि २० सम्म परीक्षा सञ्चालन गरिने भएको छ । कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले एक महिना ढिलो गरी परीक्षा तालिका तय गरेको हो । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन तय गरेकाले त्यसअघि नै परीक्षा गरिसक्न वैशाख ९ तोकिएको बोर्डले जनाएको छ ।    

    • प्रकाशित मितिः माघ २७, २०७८
    • 1,130 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • युएनकी प्रिजा ‘प्रदेश टपर’

    धरान । त्रिभुनव विश्वविद्यालयद्वारा सञ्चालित बिएचएमको चौथो सेमेष्टरको नतिजामा धरान–१६ स्थित युएन, नवोदय कलेजमा अध्ययनरत छात्रा प्रिजा डाँगी यसपटक पनि ‘धरान टपर’ र प्रदेश १ टपर बन्न सफल भएकी छिन् । चौथो सेमेष्टर अन्तर्गत फाइनलको नतिजामा प्रिजाले ३ दशमलव ८३ जिपिए प्राप्त गरेकी छिन् । क्याम्पस प्रमुख तुम्बाबोका अनुसार यो नतिजा प्रदेश १ मै उत्कृष्ट हो । त्रिविले कलेजका लागि ३३ जनाको लागि कोटा निर्धारण गरेको छ । ३३ जना विद्यार्थीले नै उत्कृष्ट नतिजा ल्याएको उनले जानकारी दिए । कलेजका अध्यक्ष ज्ञानेश्वर झाले भने, ‘अन्यको पनि नतिजा उत्कृष्ट छ, समग्र विद्यार्थी अनुपातमा धेरै वि

    • प्रकाशित मितिः माघ २६, २०७८
    • 1,488 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • छात्रालाई साईकल बितरण

    धरान । रंगेली नगरपालिकाले छात्राहरुलाई साईकल बितरण गरेको छ । नगरले संस्थागत तथा सामुदायिक विद्यालयबाट २०७७ सालमा एसइई उत्तीर्ण गर्ने छात्राहरूलाई साईकल वितरण गरेको हो । नगरभित्र रहेका सामुदायिक तर्फका १२ वटा माध्यमिक बिद्यालयका २ सय ९६ छात्रा र संस्थागत तर्फका ८ वटा विद्यालयका १ सय ५ जना छात्राहरुलाई साईकल बितरण गरेको छ । नगरले गत बर्षको बार्षिक बजेटबाट साईकल खरिद गर्ने निर्णय गरेपछि साईकल खरिद गरेर बितरण गरेको हो । नगरपालिकाको प्राङ्गणमा एक कार्यक्रम आयोजना गर्दे नगरपालिका साईकल बितरण गरेको हो । कार्यक्रममाको प्रमुख अतिथि नगर प्रमुख दिलिप बगडिया, उपमेयर केशव कुमारी खराल, कार्यकारी अधिकृत

    • प्रकाशित मितिः माघ २०, २०७८
    • 1,093 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पढ्दै, कमाउँदै वरपीपलका विद्यार्थी

    धरान । बेला बितेपछि गाउँमै पनि तोरीको साग ‘चिज’ हुन्छ । सिजनमा समेत मुठाको २० रुपैयाँ भन्दा कम्तिमा पाइँदैन ‘तोरीको साग’ । उदयपुरको बेलका–९ कमलाबारीका प्रदीप खड्का घरैमा मुठाको १० रुपैयाँमा साग पाएपछि खुसी भए । तर उनले त्यो सागलाई बीसै रुपैयाँ तिरे । छिमेकमा रहेको वरपीपल माध्यमिक विद्यालयका विद्यार्थीले गरेको मिहिनेतले प्रदीप खड्कामात्र होइन, विद्यालय वरपर घर भएकाहरु सबै प्रभावित छन् । घरमा ‘सिन्का नभाँच्ने’ केटाकेटी विद्यालयमा मिहिनेतले सामूहिक खेती गरिरहेका भेटिन्छन् । विद्यार्थीको मिहिनेतको सही मूल्याङ्कन गर्दै खड्काले बीसै रुपैयाँ दिए । ‘सम

    • प्रकाशित मितिः माघ १७, २०७८
    • 1,235 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वि.वि.एस तेस्रो बर्षमा मेरिल्याण्डकी छात्रा नेपाल प्रथम

    मोरङ । विराटनगर ७ स्थित मेरिल्याण्ड कलेजकी छात्रा सिम्रन अग्रवाल त्रिभुवन विश्वविद्यालयको विविएस् तेश्रो बर्षको परिक्षाफलमा सर्वाधिक अंक ल्याएर नेपाल प्रथम भएकी छिन् । उनले ८२ दशमलव ८ प्रतिशत अंक ल्याएकी हुन् । परिक्षामा ९७ जना विद्यार्थी सहभागी भएका थिए । कलेजका ३ जना डिस्टिङ्सन, २२ जना प्रथम श्रेणी सहित उत्कृष्ट नतिजा ल्याउन सफल भएको मेरिल्याण्डको प्रीन्सिपल लक्ष्मण ढकालले बताए । मेरिल्याण्ड कलेजकी छात्रा सिम्रनले २०७५ सालमा विविएस् प्रथम बर्षको परीक्षामा पनि प्रदेश प्रथम गरेकी थिईन् । त्यस्तै मेरील्याण्डका छात्र किन्जल पोख्रेल २०६९ सालमा नेपाल प्रथम भई तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भ

    • प्रकाशित मितिः माघ १५, २०७८
    • 773 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा ‘बिएसडब्ल्यु’ पढाइ हुने

    धरान । सामाजिक क्षेत्रमा उपयोगी रहेको शिक्षा प्रदान गर्न धरानमा पहिलो पटक ब्याचलर इन सोसियल वर्क पठनपाठन हुने भएको छ । त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा धरान–१ स्थित धरान मोडल कलेजमा बिएसडब्ल्यु विषयको अध्यापन शुरु गरिएको मंगलबार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । कार्यक्रम कोअर्डिनेटर मोहन श्रेष्ठले यो विषय जीवनउपयोगी, व्यवहारिक र स्कोप पनि भएको बताए । विषय अध्यापन गराइयो भने जीवनमा पनि उपयोग हुने र राम्रो स्कोप भएकोले विषय छानेर ल्याइएको उनको भनाई छ । क्याम्पस प्रमुख प्रविन राईका अनुसार यो चारवर्षे कार्यक्रम हो । चारदिन पढाइ हुने र दुईदिन फिल्डवर्क, कार्यअनुभव गर्नेपर्ने हुन्छ

    • प्रकाशित मितिः माघ १२, २०७८
    • 1,131 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सामुदायीक विद्यालयमा सरकारको लगानी बढ्यो: शैक्षिक प्रतिफल अझै दयनीय

    धरान/ पछिल्लो समय सामुदायिक विद्यालयहरु सुविधा सम्पन्न हुन थालेका छन् । सुविधा सम्पन्न भौतिक संरचनाहरु निर्माण भए पनि गुणस्तरिय शिक्षा भने खस्कदै गएको छ । राज्यको लगानी उच्च देखिए पनि शैक्षिक गुणस्तर उकास्न अझै सकेको छैन् । सरकारको लगानी भौतिक संरचना निर्माणमा खर्चिए पनि गुणस्तरिय शिक्षा प्रदान गर्नका लागि बजेट सदुपयोग हुँन सकेको छैन् । सामुदायिक विद्यालयहरु अहिले निजी विद्यालय सरह सुविधा सम्पन्न भौतिक संरचना निर्माणमा लागेका छन् तर गुणस्तरिय शिक्षाका लागि आवश्यक संरचना भने विद्यालयमा देखिन्दैन् । शिक्षा मन्त्रालयको सामुदायिक विद्यालय सबल अभ्यास प्रतिवेदन २०७८ का अनुसार एसइइको नतिजामा ७

    • प्रकाशित मितिः माघ १०, २०७८
    • 911 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एसईई खारेज गर्न सरकारलाई निर्देश

    सुनसरी/ कक्षा १२ को परीक्षालाई मात्रै राष्ट्रियस्तरको परीक्षाको मान्यता दिनेगरी एसईई खारेज गर्न लागिएको छ । संसद्को ‘शिक्षा तथा स्वास्थ्य समिति’ले एसइई प्रणाली खारेज गर्न सरकारलाई पुनः निर्देशन दिएको हो ।समितिको बिहीबार बसेको बैठकले यसअघि २९ जेठ ०७७ मै एसइई खारेज गर्न निर्देशन दिएपनि कार्यान्वयन नभएको भन्दै पुनः निर्देशन दिएको हो । समितिले गत २९ जेठमा भनेको थियो, ‘कोरोना संक्रमणले ल्याएको संकटपूर्ण अवस्थामा यो वर्षका लागि एसइई परीक्षा सञ्चालन नगर्ने निर्णय उपयुक्त छ, संविधान र कानुनले कक्षा १२ सम्म विद्यालय शिक्षा भनेर किटान गरेकाले यस वर्षका लागि स्थगित भएको एसइई परीक्ष

    • प्रकाशित मितिः माघ ८, २०७८
    • 801 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खोपको व्यवस्था गरि विद्यालय संचालन गर्न माग

    धरान/ कोरोना प्रभावका कारण शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान सहित शिक्षक, विद्यार्थीहरुलाई यथाशिघ्र खोपको व्यवस्था गर्दै विद्यालय संचालन गर्न शिक्षक संगठनले माग गरेका छन् । प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन प्रदेश एक कमिटीले मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई शिक्षा क्षेत्रमा देखिएका समस्या र गुनासा सहित १३ बुँदे मागपत्र बुझाएका छन् । शिक्षक, विद्यार्थीलाई यथाशिघ्र खोप दिनुपर्ने र आवश्यक मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरिनुपर्ने लगायतका बुँदाहरु मागपत्रमा उल्लेख गरिएको छ । संगठनका प्रदेश एक अध्यक्ष कमलप्रसाद तिम्सिना र इन्चार्ज हिक्मत बहादुर बस्नेतद्धारा हस्ताक्षर गरिएको ज्ञापनपत

    • प्रकाशित मितिः माघ ५, २०७८
    • 807 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनाखरी एकेडेमीका विद्यार्थीलाई प्रतिवेदन लेखनसम्बन्धी अभिमुखीकरण

    धरान/  धरान-१२, चतरा लाइनमा रहेको सुनाखरी एकेडेमीले शुक्रबार आफ्ना विद्यार्थीहरूलाई प्रतिवेदन लेखनसम्बन्धी प्रशिक्षण दिएको छ ।सो प्रशिक्षण कार्यक्रममा सुनाखरीमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरू सहभागी थिए । उनीहरूलाई उपप्राध्यापक एवम् पत्रकार राजेश विद्रोहीले प्रशिक्षण दिएका हुन् । प्रशिक्षणमा सहभागी विद्यार्थीहरूलाई शनिबार कुनै कृषि फर्ममा अवलोकन भ्रमणमा लगिने र त्यसै भ्रमणसम्बन्धी प्रतिवेदन लेख्न लगाइने विद्यालयका प्राचार्य मिलन राईले बताए । प्रतिवेदन लेखनसम्बन्धी प्रयोगात्मक ज्ञान दिँदै विद्यार्थीहरूलाई पाठ्यक्रम बाहिरका विषयमा पनि जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्रा

    • प्रकाशित मितिः पुस २३, २०७८
    • 1,211 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved