धरान / धरान उपमहानगरपालिकाको आयोजनामा बुधबार नगरस्तरीय अन्तरमाध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । २५औँ भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित सो प्रतियोगितामा मेघा हिमालयन स्कुलकी छात्रा मुस्कान मगर पहिलो भएकी छन् । त्यसै गरी पब्लिक हाईस्कुलकी कञ्चन खतिवडा दोस्रो र शारदा बालिका स्कुलकी रेजिना विकले तेस्रो स्थान प्राप्त गरे । विजेताहरूले क्रमशः नगद ७ हजार, ५ हजार र ४ हजार रुपैयाँका साथै प्रमाणपत्र पनि प्राप्त गरेका छन् । ‘धरानमा भूकम्पीय जोखिम न्यूनीकरण र व्यवस्थापन’ शीर्षकमा आयोजित प्रतियोगितामा११ जना विद्यार्थी सहभागी थिए । त्यस क्रममा सहभागी सबैलाई प्रमाणपत्र
मोरङ / १२ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट २०७९ हुने भएको छ । प्याब्सन मोरङको आयोजनामा विराटनगरमा माघ ६ देखि ८ गतेसम्म प्याब्सन स्पोर्ट्स मिट सुरू हुने भएको हो । विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारीबारे जानकारी गराएको छ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा एक दर्जन खेलहरू समावेश गरिएको प्याब्सन मोरङको अध्यक्ष शितला सुब्बाले जानकारी दिइन् । स्पोर्ट्स मिटमा फुटबल, भलिबल, टेबलटेनिस, बास्केटबल, एथलेटिक्स, म्याराथुन, सटपुट, थ्रिपल जम, हाइजम, लङजम, दौडलगायतका खेलहरू हुनेछन् । फुटबल प्रतियोगिता माघ ५ गतेदेखि विराटनगर जुट मिलको खेलमैदानमा सुरू हुने प्याब्सन मोरङको क
धरान / धरान १२ मा रहेको धरान मेघा हिमालयन कलेजको वार्षिक खेलकुद कार्यक्रम मंगलवार देखि सुरु भएको छ ।प्रतियो्गितामा ११ कक्षा देखि व्याचलर लेवल सम्मको विद्यार्थीहरुले भाग लिन पाउने स्कुलले जनाएको छ । धरान मेघा हिमालयन कलेजका अध्यक्ष कैलाश लिम्वुको अध्यक्षतामा मंगलवार देखि चेस खेलबाट खेलकुद कार्यक्रम शुरु भएको हो । चेस खेलमा महिला र पुरुष दुवै गरेर १६ जना विद्यार्थीहरुले सहभागिता जनाएका छन । खेलकुद कार्यक्रममा चेससंगै बास्केटवल, फुटसल, व्याडमिन्टन, टेवलटेनिस र भलिवल खेल हुने कलेजका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरेले जानकारी गराए । विद्यार्थीलाई शिक्षासंगै अतिरिक्त क्रियाकलापलाई प्राथमिकता
कोशीपत्र संवाददातामोरङ/विराटनगरको पहिलो आइटी कलेज साइन्स एण्ड टेक्नोलोजी कलेजमा पछिल्लो समय विद्यार्थीहरुको आकर्षण बढ्दै गएको छ । पूर्वाञ्चल विश्व विद्यालयको आंगिक क्याम्पसको रुपमा रहेको सो कलेजले प्राविधिक शिक्षालाई केन्द्रित भएर विद्यार्थीहरुलाई आत्मनिर्भर बनाउन सहयोग पुर्याउदै आएको छ । यसै कारण यो कलेजमा विद्यार्थींंको आकर्षण बढेको कलेजका क्यामपसका प्रशासन प्रमुख जनक तिम्सीनाले जानकारी दिए । यो कलेजमा स्नातक तहमा वि टेक, व्याचलर कम्प्युटर एप्लिकेसन, वी आइटी, पोस्ट ग्राजुएट इन डिप्लोमा एप्लिकेसन विषयहरु पढाइ हुन्छन् । स्नातकोत्तर तहमा मास्टर इन इन्फरमेसन टेक्नोलोजी, मास्टर इन कम्प्युटर एप्ल
धरान । लायन्स क्लब पञ्चकन्याको एक कार्यक्रममा सहभागी हुन पूर्व युवराज्ञी हिमानी शाह धरान १५ दिन ज्ञानचक्षु विद्यालयमा आएकी थिइन । लायन्स क्लब अफ पञ्चकन्लायले ‘शिक्षाका लागि एक रुपैया’ अन्तर्गत लायन्सले प्रदान गरेको शैक्षिक सामाग्री वितरणमा साह शुक्रबार ज्ञानचक्षु विद्यालयमा आएकी हुन् । उनीँ बा.प्र. ०१ ०२७ च ६१७१ नं बाट आएकी थिइन् । हिमानी ट्रष्टकी अध्यक्ष समेत रहेकी साहले पानसमा बत्ती बालेर ा कार्यक्रमको उद्घाटन गरिन । क्लबको तालिका अनुसार उनले त्यहाँ अध्ययनरत नेत्रहीन विद्यार्थीहरुलाई वाईट क्यान स्टिक, ईयर हियरिङ्ग, स्टेसनरीका सामग्रीहरु तथा ब्लाङकेट लगायतका सामाग्रीहरू वितरण गरि
धरान/धरान मोडल कलेजको सप्ताहव्यापी खेलकुद कार्यक्रम समापन भएको छ । २४ गते आइतबारबाट सुरु भएको सप्ताहव्यापी कार्यक्रम २९ गते शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरी समापन गरिएको हो । रक्तदान कार्यक्रमको आयोजना गरी ५० पिन्ट रगत पनि सङ्कलन गरिएको थियो । धरान १ मा रहेको धरान मोडल कलेजले शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरेर एक हप्ते खेल सप्ताह कार्यक्रमको समापन गरेको छ । त्रिभुवन विश्वविद्यालय, क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय, विराटनगरका सहनियन्त्रक डिल्लीराम प्रसाईको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो । जुन कार्यक्रममा धरान उपमहानगरपालिकाका १ नं वडाका वडाध्यक्ष यज्ञमणि
धरान / धरानउपमहा नगर पालिका भित्रका अवरुद्ध विकास निर्माण, जीर्ण बन्दै गएको भौतिक संरचना लगायतका विषयमा सञ्चारकर्मीहरुले लेखेको समाचारप्रति धरान उपमहानगरपालकाका मेयर हर्क साम्पाङले प्रकाशित समाचार पोष्ट गर्दै ‘पार्टीको झोले’ भन्दै अनर्गन गाली गरेको प्रति सुनसरीको पत्रकारहरुले नेपाल पत्रकार महासंघ सुनसरीको ध्यानाकर्षण गराएका छन् । पत्रकारहरुले सत्यतथ्य समाचार प्रकाशित हुँदा उपमहानगरपालिकाले सुझावको रुपमा लिएर सच्याएर जानुपर्नेमा उल्टै सञ्चारकर्मीहरुलाई ‘पार्टीको झोले’ संज्ञा दिएको भन्दै यस विषयमा संस्थागत रुपमा अघि बढ्न महासंघ सुनसरीलाई विहीबार ध्यानाकर्षण गराएका हुन् ।
धनकुटा / धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं ४ स्थित रहेको चानुवा माविको ६४औं वार्षिक उत्सव सम्पन्न भएको छ ।विद्यालय व्यवस्थापन समिति अध्यक्ष तेज कुमार श्रेष्ठको अध्यक्षतामा सञ्चालित वार्षिक उत्सवको प्रदेश संसद इन्द्रमणी पराजुलीले उद्द्याटन गरेका थिए । सो अवसरमा बोल्दै साँसद पराजुलीले जिल्लामा सञ्चालित सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकास,गुणस्तर शिक्षा तथा शैक्षिक सुधारका लागि आफ्नो तर्फबाट कुनै कसुर बाकि नराख्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने–‘शिक्षाको विकासले मात्र त्यो क्षेत्रको विकास हुन्छ, शैक्षिक गुणस्तर उकास्ने खालका कामलाई म प्राथमिकतामा राखेर काम गर्छु ।’
धरान / शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको सम्यक शिक्षा समूह तिसौ वर्षमा प्रवेश गरेको छ ।शिक्षा क्षेत्रमा केन्द्रित रही विद्यालय समेत सञ्चालन आएको सामाजिक संस्था सम्यक शिक्षा समूह तिसौँ वर्षमा प्रवेश गरेको हो । धरान–१७ मा सम्यक आधारभूत विद्यालय स्थापना, सञ्चालन समेत गर्दै आएको सम्यकले असहाय, शारीरिक अपाङ्गता भएका नागरिकहरूलाई आधारभूत सहयोग पनि गर्दै आएको छ ।वार्षिकोत्सवको अवसरमा यसपालि पनि सम्यकले अपाङ्गता भएको दुई जना लाई व्हिल चियर प्रदान गरेको छ । पाँच जना दृष्टिविहिनहरुलाई सेतो छडी र १० जना ज्येष्ठ नागरिक वृद्ध, वृद्धालाई लौरो प्रदान गरेको छ । यसअघि पनि संस
धनकुटा /धनकुटाको सिधुवा शुक्रबारे ओख्रे १६ किलोमिटर कालोपत्रेको काम तिब्र रुपले हुँदै आएको छ । कालोपत्रेका लागि निर्माण कम्पनीले तिब्रता दिएको छ । निर्माण कार्यले तिब्रता पाएपछि जिल्लाको पश्चिमी क्षेत्रका नागरिकहरु हर्षित भएका छन् । सडक निर्माणका लागि ७२ प्रतिशत काम सम्पन्न भएपछि कालोपत्रेका लागि तयारी भएको हो । हिउदमा धुलाम्बे र बर्षाद्मा हिलाम्मे सडकको पीडाले ग्रसित बन्दै आएका यस क्षेत्रका नागरिकहरु सडक कालोपत्रे भएपछि हर्षित बनेका छन् । करिब तीन दशक अघि ट्रयाक खोलिएको सडक कालोपत्रे नहुँदा बर्षेनी नागरिकहरुले सास्ती भोग्दै आएका थिए । कोशी राजमार्गसँगै जोडिएको सिधुवा, शुक्रबार ओख्रे कालोपत्