अर्थ

    Showing ६९१-७०० of १,०८७ items.
  • वडाका महिलालाई आत्मनिर्भर बनाउन तालिमको आयोजना

    धरान /  वडाहरुले पछिल्लो समय महिला आत्मनिर्भर कार्यक्रमलाई अगाडि बढाउन थालेका छ्न् । धरान उपमहानगरपालकाका हरेक वडाले महिला लक्षित कार्यक्रम बजेटमै समावेश गरेर गर्न थालेका हुन् । धरान उपमहानगरपालका वडा न. ६ ले पनि महिला लक्षित कार्यक्रम अन्तर्गत महिलालाई आत्मनिर्भर बनाउन दुई महिने फेशन डिजाइन तालिमको आयोजना गरेके छ । वडाकी सदस्य यसोदा सुवेदीको संयोजकत्वमा सञ्चालन भएको तालिममा वडाका १० जना महिला सहभागी रहेका छन् । वडामा रहेका यमुना लिम्बु, गोमा विक, कुमारी खनाल, विष्णुमाया लोकान्द्री, सिर्जना थापा, प्रमिला पौडेल, सीता विष्ट, सरस्वती बस्नेत, अञ्जना पौडेल र अर्पणा श्रेष्ठले तामि

    • प्रकाशित मितिः चैत ३, २०७९
    • १,०३७ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘सुटुक्क’ बढाइयो खानेपानीको महसुल २६ युनिटको २६ सय ३० रुपैयाँ

    इलाम / इलाम बजारमा वितरण भएको खानेपानीको शुल्क पुरानै भनेर भनिए पनि शुल्क बढेको पाइएको छ । इलाम नगरपालिकाले आफूलाई हस्तान्तरण नै नभएको आयोजनाको खानेपानी महसुल ‘सुटुक्क’ बढाएको खुलेको हो । शुल्क महङ्गो भनेर चौतर्फी विरोध भइरहँदा खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष तथा नगर प्रमुख केदार थापाले पुरानै शुल्क भनिरहेको भनी भ्रम छरिरहेका छन् । उनले न्यूनतम शुल्क पुरानै हो भने पनि मंसिर देखिको महसुल बढेको पाइएको छ । तर नगरपालिकाले कार्यापालिकाको बैठकबाटै शुल्क बढाउने निर्णय गरेको छ तर त्यसलाई सुटुक्कै कार्यान्वयन थालिएको पाइएको हो । नगरपालिकाले परीक्षणकै रूपमा रहेको आयोजनाको पानी उपभ

    • प्रकाशित मितिः चैत ३, २०७९
    • १,३२८ पटक पढिएको
    • " भगीरथ भण्डारी"
  • सामुहिक ब्रतबन्ध गरिने

    धरान/‘फजुल खर्च नगरौ, सामुहि कार्यमा सहभागी बनौ’ भन्ने मूल उद्देश्य राखी वैदिक सामुहिक ब्रतबन्ध संस्कार आयोजना गरिने भएको छ । ब्राह्मण समाज नेपाल धरान नगरसमितिको आयोजनामा अगामी चैत्र ९ गते आयोजना गर्न लागिएको ब्राम्हण समाज धरान नगर समितिका अध्यक्ष उद्धवप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार वार्षिक कार्यक्रम नै बनाएर आयोजना गर्दै आएको सामुहिक ब्रतबन्ध यस बर्ष पनि गर्न लागिएको जानकारी दिए । उनका अनुसार कार्यक्रम स म्पन्न गर्न हिम प्रसाद ओझाको संयोजकत्वमा १५१ जनाको कार्यव्यवस्थापन समिति गरेको जानकारी दिए । उनका अनुसार समितिको ११ वटा विभागिय समितिहरु समेत गठन गरिएको जानकारी दिए ।

    • प्रकाशित मितिः चैत १, २०७९
    • १,३५४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विषादीयुक्त खाद्य पदार्थ आयातमा रोक आवश्यक

    बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले खाद्य पदार्थमा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने विषय थप छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ । यो निकै महत्वपूर्ण निर्णय हो । अहिले भारतबाट आयात हुने तरकारी तथा फलफूलमा जीवनाशक विषादीको मात्रा मापदण्डभन्दा बढी हुने गरेको कतिपय विशेषज्ञहरूले बताउने गरेका छन् । यसरी मापदण्डभन्दा बढी मात्रामा जीवनाशक विषादी प्रयोग गरिएका तरकारी र फलफूल मानव स्वास्थ्यका लागि प्रतिकूल हुने स्पष्ट छ । त्यसकारण यस्ता खाद्यपदार्थको बिक्री वितरणमा रोक लगाउनु आवश्यक छ । यसका लागि सर्वप्रथमतः खाद्य वस्तुमा जीवनाशक विषादीको अधिकतम अवशेष निर्धारण हु

    • प्रकाशित मितिः फागुन २८, २०७९
    • ९१३ पटक पढिएको
    • "काेशीपत्र सम्पादक"
  • सरकारले बढाएको दूधको मूल्य भन्दा दुग्ध सहकारीले निर्धारण गरेको मूल्य बढी

     धरान / किसानले पाइरहेको मूल्यमा फागुन २० गतेबाट ९ रुपैयाँ १० पैसा बढाउने मन्त्रिपरिषद्को निर्णय गरेपछि दूध संकलक डिपोहरुले १४ रुपैयाँदेखि १९ रुपैयाँसम्म वृद्धि गर्ने निर्णय गरेका छन् ।  व्यावसायीहरुले दूध संकलन डिपोहरुबाट गाईको दूध प्रतिलिटर ७२ रुपैयाँ र भैसीको दूध ७७ रुपैयाँले खरिद गर्दै आइहेकामा सरकारले दूधको मूल्य वृद्धि गरेपछि गाई र भैंसीको दूध मिसाएर ९१ रुपैयाँ प्रतिलिटरको रेट पठाएका छन् । हाल बजारमा बिक्री गर्दै आएको मूल्यभन्दा खरिद मूल्य बढेर आएपछि बजारमा दूध कसरी बिक्री गर्ने भन्नेमा व्यावसायीले निर्णय गर्न सकेका छैनन् ।  डेरी संचालकहरुले हाल ८० देखि ९० रुपैयाँ प

    • प्रकाशित मितिः फागुन २७, २०७९
    • १,०२७ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ११३ औँ अन्तर्राष्ट्रिय नारी दिवस सामाजिक कार्यमा अग्रसर बरगाछी महिला समूह

    धरान / महिलाहरुको वृत्ति विकास गर्ने उद्देश्यले स्थापना भएको बरगाछी महिला समूह पछिल्लो समय सामाजिक कार्यमा अग्रसर बन्दै गएको छ ।एक वर्ष अगाडि गठन भएको यो संस्थामा अहिले ३५ जना महिला आवद्ध रहेका छन् । महिलाहरु सधै चुला चौकामा मात्र सीमित नभई सामाजिक कार्यमा पनि अग्रसर रहुन भन्ने उद्देश्यले एक बर्ष अगाडि गठन गरिएको अध्यक्ष चन्द्रकला प्रधानले बताइन् । उनले भनिन्–‘महिलाहरु क्षमता हुँदा हुँदै पनि चुलाचौकमा सीमित भए, आफूभित्र भएको क्षमता प्रदर्शन गर्ने, सामाजिक कार्यमा सक्रिय गराउने उद्देश्यले यो संस्थाको गठन गरिएको हो, गठन भए यता धेरै कामहरु गरेको छ ।’ संस्था गठन भए लगत्तै

    • प्रकाशित मितिः फागुन २४, २०७९
    • ८३५ पटक पढिएको
    • " फणिन्द्र तिम्सिना"
  • तारलाई व्यवस्थित बनाऊ

    शहरमा अव्यवस्थित रूपमा झुण्डिएका इन्टरनेट तथा टेलिफोनका तारले शहरलाई कुरूप बनाएको छ । तारको गुजुल्टोले शहरको आकाशलाई एकसाथ फोहोर र जोखिमयुक्त बनाएको छ । यस्ता गुजुल्टिएका तारले कतिपय स्थानमा त जोखिम पनि बढाएको छ । कतिपय स्थानमा तारहरू मान्छेले भेट्ने गरी तलसम्मै झुण्डिएका देखिन्छन् । त्यस्ता स्थानमा दुईपाङ्ग्रे सवारी साधन अल्झिएर दुर्घटनाग्रस्त हुने जोखिम देखिन्छ ।  सेवा प्रदायक कम्पनीहरूले यस्ता तारलाई व्यवस्थित गर्नु आवश्यक छ । पोल र सडकमा तार अव्यवस्थित हुँदा शहर फोहोर देखिएको छ । शहरलाई सुन्दर र सुरक्षित बनाउनु सरकारसँगै हरेक नागरिकको दायित्व हो । त्यसकारण इन्टरनेट तथा टेलिफोन सेवा प

    • प्रकाशित मितिः फागुन २२, २०७९
    • ८४७ पटक पढिएको
    • "कोशीपत्र सम्पादक"
  • विषादीयुक्त तरकारीलाई रोक

    नेपाल सरकार आफ्ना नागरिकहरूप्रति कति जिम्मेवार र उत्तरदायी छ भन्ने यथार्थ बताउने घटनाहरू प्रशस्त छन् । यी घटनाहरूबाट सरकारको गैरजिम्मेवार र अनुत्तरदायी चरित्र छर्लङ्ग हुन्छ । भारतबाट आउने तरकारीमा विषादी परीक्षण गर्ने पछिल्लो प्रयासबाट पनि सरकार पछि हटेको घटनाबाट पनि सरकारको असली अनुहार उदाङ्गो भएको छ । तरकारीको मापदण्डसहितको प्रस्ताव करीब पाँछ महिनाअघि नै मन्त्रिपरिषद्मा पुगेको भए पनि ‘भारतसँगको सम्बन्ध बिग्रने’ कारणले फाइल कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा फर्काइएको समाचार प्रकाशमा आएको छ । खाद्यान्न, तेलहन र अन्नमा आधारित पूरक बाल आहार तथा तरकारीको मापदण्ड तोक्ने र त्यहीअनुसा

    • प्रकाशित मितिः फागुन १८, २०७९
    • ७८६ पटक पढिएको
    • "कोशीपत्र सम्पादक"
  • धरान एक्स्पोमा ‘पर्यटन गोष्ठी’

    धरान /  धरान एक्स्पो २०७९ मा बुधबार पर्यटन गोष्ठी आयोजना गरेको छ । प्रदेश नं. १ मा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले प्रदेश १ भरिका पर्यटन व्यवसायीबीच गोष्ठीको आयोजना गरिएको हो ।सुनसरीको व्यावसायिक, व्यापारिक, औद्योगिक, कृषि र पर्यटन प्रवर्धनका लागि सञ्चालन भइरहेको एक्स्पोमा गोष्ठी प्रदेश १ को पर्यटन विकास र प्रवर्धनमा केन्द्रित रहेको थियो ।सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा बिहान १०ः३० बाट सुरु भएको गोष्ठीमा पर्यटन व्यवसायी, पर्यटनविद् र सरोकारवालाको उपस्थिती रहेको थियो । एक्स्पोका स्टल संयोजक विष्णु बरालका अनुसार गोष्ठीमा उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशी, पर्यटन

    • प्रकाशित मितिः फागुन १८, २०७९
    • ९२८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तत्काल कर्मचारी व्यवस्थापन गर

    पूर्वमा कफी तथा चिया विस्तार गर्ने उद्देश्यले २०४१ सालमा धनकुटामा स्थापित चिया तथा कफी विकास बोर्ड कार्यालयले अपेक्षित रूपमा काम गर्न नसकेको समाचार प्रकाशमा आएको छ । कर्मचारी अभावकै कारण यो कार्यालयले उद्देश्यअनुसार काम गर्न नसकेको समाचारमा उल्लेख छ । ६ जना कर्मचारीको दरबन्दी रहेको सो कार्यालयमा अहिले लेखा प्रमुखबाहेक कुनै कर्मचारी छैनन् । लामो समययता प्रमुखविहीन बनेको कार्यालयले उद्देश्यअनुरूप काम गर्न नसक्नु अस्वाभाविक पनि होइन । नेतृत्वविहीन कार्यालयमा न कुनै योजना हुन्छ, न त कामको कसैले जिम्मेवारी नै लिन्छ । त्यसैले सेवा प्रवाह गर्नुपर्ने यो कार्यालय प्रायःजसो बन्द नै रहने गरेको छ । चिया

    • प्रकाशित मितिः फागुन १६, २०७९
    • ७२२ पटक पढिएको
    • "कोशीपत्र सम्पादक"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved