विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ को लागि ४ अर्ब १० करोड ३ लाख ३८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । बिहीबार महानगरपालिकाको आठौं नगरसभामा उपप्रमुख इन्दिरा कार्कीले नीति तथा कार्यक्रम तथा राजश्व तथा व्ययको अनुमान (बजेट) प्रस्तुत गरेकी छन् । कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ रु.४६ करोड ७० लाख ५२ हजार ९२५, पूँजीगततर्फ ३ अर्ब ५८ करोड ३२ लाख ८५ हजार र वित्तीय व्यवस्था तर्फ ५ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रशासनिक खर्चतर्फ कुल बजेटको ११ प्रतिशत र पूँजीगततर्फ ८९ प्रतिशत बजेट छुट्याएको हो । अन्तर सरकारी वित्तीय हस्तान्तरणमार्फत संघीय सरकारबाट १ अर्ब
विराटनगर । प्रदेश १ सरकारले ल्याएको बजेटमाथिको छलफल सम्पन्न भएको छ । आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबुहाङले बजेटमाथि उठेका प्रश्नको जवाफ मंगलबारको बैठकमा दिएका छन् । मन्त्री आङ्बुहाङले ९० प्रतिशत बजेट अनुदानमा आधारित भएर ल्याउनु पर्ने बाध्यताका कारण पनि अब प्रदेश आफ्नो खुट्टाामा उभिने आधार तय गर्नुपर्ने बताउँदै भने भने,“प्रदेशले राजश्व अभिवृद्धि गर्ने क्रियाकलाप बढाउनु पर्छ । एकल सूचीका अधिकारको अधिक सदुपयोग गरिनु पर्छ । नत्र प्रदेश सक्षम र सवल बन्न सक्दैन ।” आवश्यकता र योजना अनन्त भएको अवस्थामा साधन स्रोत सीमित हुनुले समस्या भएको सुनाए । वहुवर्षीय र क्रमागत योजनाहरु हेर्दा
इटहरी । नयाँ आर्थिक वर्ष २०७८÷८९का लागि इटहरी उपमहानगरले २ अर्ब बढिको बजेट ल्याउने तयारी थालेको छ । चालु आर्थिक वर्षको लागि एक अर्ब ७८ करोडको बजेट बिनियोजन गरेको उपमहानगरले आउँदो वर्षका लागि आकार बढाएर २ अर्ब ३० करोडको हाराहारीमा नयाँ बजेट ल्याउने तयारी थालेको हो । चालु वर्षमा बिनियोजन गरिएको बजेट मध्ये करीब ३० करोड रूपैया कोरोना कहर बिच खर्च हुन नपाएको कारण आर्थिक वर्ष २०७८÷७९ मा बजेटको आकार बढेर २ अर्ब ३० करोडको हाराहारीमा पुग्ने उपमहानगरले जनाएको छ । असार १० गते सम्म बजेट तथा कार्यक्रम सार्वजनिक गरिसक्नु पर्ने अवश्था भएकोले तयारी थालिएको इटहरी उमहानगरकी उपमेयर लक्ष्मी गौतमले
विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८÷०७९ को लागि ल्याएको बजेटमाथिको छलफल शुरु भएको छ । सांसदहरुले प्रदेश सरकारले यथार्थपरक र स्रोतको सुनिश्चितताबिना गरिने विनियोजनका कारण यो पटक पनि बजेट फेल हुने भन्दै चर्को टिप्पणी गरेका छन् । प्रदेशसभामा सोमबारबाट शुरु भएको बजेटमाथिको छलफलमा सत्तापक्षकै सांसदले बजेटको आलोचना गर्दै कार्यान्वयनमाथि आशंका व्यक्त गरेका छन् । एमालेका सांसद राजेन्द्र कुमार राईले पटक पटकको बजेट फेल भएको भन्दै मुख्यमन्त्री शेरधन राईले संसदमै सरेन्डर गरेर बोलेकोले अर्थतन्त्रको घोडचडी रित्तो फर्किसकेको भन्दै कटाक्ष गरे । भने,“अघिल्लो वर्षको बजेटको विनियोजनक
विराटनगर । प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले चालू आर्थिक वर्षको बजेट अति नै महत्वकांक्षी रुपमा आएकोले कार्यान्वयन हुन नसकेको बताएका छन् । महत्वाकांक्षी भएकै कारणले अन्तिम चौमासिक अवधिसम्म आई पुग्दा पचास प्रतिशतमा सीमित हुनु परेको जिकिर गरेका छन् । आर्थिक पत्रकार समाज (सेजन) प्रदेश १ का आर्थिक पत्रकारहरुको लागि आयोजना गरेको आर्थिक पत्रकारिता सम्बन्धी तालिम उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री आङबुहाङले भने,“अन्तिम चौमासिकमा पचास प्रतिशतमा बसेर काम गर्नुपर्ने अवस्था आयो ।” चालू आर्थिक वर्षको लागि प्रदेश १ सरकारले ४२ अर्बको बजेट ल्याएको थियो । मन्त्री आ
इलाम/ इलामको देउमाई नगरपालिकाको नगरसभाले ८५ करोड ५६ लाख ६९ हजार रुपैयाँ बराबरको बजेट पारित गरेको छ । शनिबार बसेको नगरसभाले आगामी आर्थिक वर्ष २०७८÷०७९ को लागि बजेट तथा नीति कार्यक्रम पारित गरेको हो । नगरपालिकाले आम्दानी तर्फ सशर्त अनुदानमा ३५ करोड पाँच लाख ४१ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ । त्यस्तै समानिकण अनुदानमा एक करोड ३२ लाख ९२ हजार रुपैयाँ, विषेश अनुदानमा एक करोड ८२ लाख रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ । त्यस्तै राजश्व बाँडफाडबाट नौ करोड १२ लाख ७० हजार रुपैयाँ, आन्तरिक श्रोतबाट २३ करोड १४ लाख ४२ हजार रुपैयाँ र नगद मौज्दातबाट ७५ लाख ९६ हजा रुपैयाँ आम्दानी हुन
विराटनगर । प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८÷०७९ को लागि आगामी आर्थिक वर्षको रु. ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट पेश गरेको छ । चालू आर्थिक वर्षको लागि सरकारले रु. ४० अर्ब ८९ करोड ९९ लाख बजेट विनियोजन गरेको थियो । आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबुहाङले मंगलबार आय र खर्चको अनुमान समेटिएको बजेट प्रदेशसभामा पेश गरेका हुन । कूल विनियोजन मध्ये चालूतर्फ रु. १४ अर्ब १६ करोड अर्थात ४३ दशमबल ५ प्रतिशत रर पूँजीगततर्फ १५ अर्ब ३ अर्ब २२ अर्थात ४६ दशमबल ३ प्रतिशत अर्च खर्च हुने अनुमान गरिउको छ । स्थानीय तहतर्फको वित्तीय हस्तान्तरणका लागि रु. ३ अर्ब २२ करोड ४२ लाख अर्थात १० प्रतिशत विनियोजन गरिए
धरान/ प्रदेश सरकारले आगामि अर्थिक वर्ष ७८।७९ का लागि बजेट प्रदेशसभामा पेश गरेको छ । मंगलबार प्रदेश सभामा अर्थिक मामिला तथा आन्तरिक मामिला मन्त्री टंक आङबुहाङले आगामी अर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका हुन् । उनले बजेट वक्तव्यका क्रममा समग्र शिक्षा क्षेत्रको लागि रु १ अर्व १९ करोड बजेट बिनियोजन गरेको बताए । साथै उनले आगामी आर्थिक वर्षमा सबै विद्यालयहरुमा स्काउट गठन गरिने तथा प्रत्येक विद्यालयमा पुस्तकालय स्थापना गरिने र क्रमशः विद्युतीय पुस्तकालयको रुपमा रुपान्तरण गरिने बताए । मुख्यमन्त्री विद्यालय सुधार योजना अन्तर्गत विद्यालयको सधार गर्न रु २३ करोड छुट्याइएको जानकारी गराए । त्यस्तै, स्व
विराटनगर । प्रदेश नम्बर १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले आर्थिक वर्ष २०७८÷७९ को लागि प्रदेश सरकारले निदृष्ट गरेको नीति तथा कार्यक्रम पेस गरेका छन् । प्रदेशसभाको आठौं तथा बजेट अधिवेशनको विहीबारको बैठकमा प्यासीले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन । उनले संघीयताको आवश्यकता थप पुष्टि हुँदै गएको र प्रदेशको सुशासन अनि विकासको लागि प्रदेश सरकार दृढ संकल्पित भएको जनाए । प्यासीले प्रदेश सरकारले यसअघि गरेका र अब बजेटमार्फत सम्बोधन गर्ने सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मुख्य एवम् केही आयोजना सम्पन्न भएको र केही सम्पन्न हुने क्रममा रहेको बताए
धरान । कोरोना महामारीले यातायातका सवारी साधनहरु ग्यारेजमै थन्काउनु परेको बाध्यात्मक अवश्थामा मोटर बिमा प्रिमीयम छुट गरिदिन यातायात व्यवसायीहरुले आग्रह गरेका छन् । पहिलो चरणको लकडाउन केही खुकुलो भए पछि लयमा फर्किदै गरेको अवश्थामा पुनः दोस्रो चरणको लकडाउनले यातायात व्यवसाय धरायसी बन्दै गएको अवश्थामा मोटर बिमा छुट गरिदिन बिमा समितीलाई आग्रह गरेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ १ नम्बर प्रदेश समितीले मोटर बीमा प्रिमीयम छुट गरिदिन आग्रह गर्दै बीमा समितीलाई जेठ २५ गते पत्र पठाएको छ । दोस्रो चरणको भेरियन्टका कारण वैशाख १६ गते देखिनै सवारी साधनहरु घर तथा ग्यारेजमा थन्किएर बसेका छन् । ल