अर्थ

    Showing 601-610 of 820 items.
  • महंगी बढे पछि धरानमा अनुगमन

    धरान । सर्वसाधारणले महंगी बढेको गुनासो गर्न थाले पछि धरानमा अनुगमन गरिएको छ । धरानका विभिन्न व्यवसायिक फर्महरुमा अनुगमन गर्दा अनुगमनकर्ताहरुले कम तौल, म्याद गुज्रिएको सामग्री विक्री वितरण गर्ने पाइएको थियो । धरान उपमहानगरपालिका अन्तर्गतको अनुगमन समिति, घरेलु तथा साना उद्योग कार्यालय इटहरी, ईलाका प्रशासन कार्यालय धरान, राष्ट्रिय उपभोक्ता मञ्च, सुनसरी उद्योग वाणिज्य संघको टोलीले सोमबार अनुगमन गरेको थियो । सोमबार अनुगमन टोलीले ७ वटा होटल र अन्य खाद्य सामग्रीका पसलहरुमा अनुगमन गरेको थियो । अनुगमन टोलीले सुरज पापड मापदण्ड विपरीत सञ्चालन भएको भन्दै नष्ट गरेको थियो भने अन्य मापदण्ड विपरीत सञ्चालन

    • प्रकाशित मितिः चैत १, २०७८
    • 1,075 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दुई दिनमा पाँच कालोपत्रे सडक उदघाटन

    धरान । वहुवर्षे योजना अन्र्तगतका सडकहरु कालोपत्रे गरि इटहरीमा दुई दिनमा पाँच वटा सडक उदघाटन गरिएको छ । बुधबार पूर्व मुख्यमन्त्री तथा प्रदेश नम्वर १ एमाले संसदीय दलका नेता भीम आर्चायले १ सय ४१ वर्ष सम्म वाँचेका नेपालकै जेष्ठ नागरिक वीर नारायण माझीको स्मृतिमा इटहरी उपमहानगरपालिकाले निर्माण गरेको वडा नम्वर १० र ११ जोडने वीरनारायण माझी मार्ग उदघाटन गरे । बुधबार नै वडा नम्वर १० टावर देखि आमझोकी सम्मको करिव ८ किलोमिटर सडक उदघाटन गरेका हुन् । र्नुभयो । मंगलबार आर्चायले वडा नम्वर १८ वडहरा देखि वडा नम्वर २० को तरहरा जोडने सडक ६ दशमलव १ किलोमिटर सडक, वडा नम्वर १७ को व्रम्हपुरदेखि वडा नम्वर १९ मझौरा स

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • 1,113 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जथाभावि खोला उत्खनन् रोक्न सर्वोच्चको आदेश

    धरान । स्थानीय तथा प्रदेश सरकारको मिलेमतोमा टेन्डर खुलाई खोला उत्खनन् गर्न जिम्मा ठेकेदार कम्पनीले जथाभावि रुपमा खोला उत्खना गर्ने क्रम बढेपछि सर्वोच्च अदालतले नदीजन्य पदार्थको उत्खनन तत्काल रोक्नका लागि अन्तरिम आदेश दिएको छ । साउन १७ गते सर्वोच्चले उत्खनन् रोक्न आदेश दिए पनि उत्खनन् रनरोकिएपछि पुन ः फागुन ११ गते न्यायाधिश मोहन भट्टराई र टंक मोक्ताको इजलासले त्यसलाई निरन्तता दिएको हो । सर्वोच्चको आदेशमा भनिएको छ, ढुङ्गा, गिट्टी, बालुवा बिक्री तथा व्यवस्थासम्बन्धी मापदण्ड, २०७७ र प्रदेश स्तरबाट जारी भएका कार्यविधिको प्रभावकारितामा गम्भीर प्रश्न चिन्ह उठेको छ । पछिल्लो समय मुलुकमा नदीजन

    • प्रकाशित मितिः फागुन २५, २०७८
    • 744 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विपन्नलाई महानगरले बनाई दियो पक्की घर

    धरान । एकैनासले लहरै घर निर्माण गरिएका छन् । इँटा जडान गरी माथि टिनले छाएको छ । सिकुवा र आगँन ढलाई गरेर पक्की बनाइएको छ । एक समान र उही आकारका घरले वस्ती निकै व्यवस्थित देखिन्छ । सफा आँगन, केटाकेटी खेल्ने फराकिलो ठाउँ अनि व्यवस्थित शौचालयको पनि प्रबन्ध भएको छ । सामुहिक वस्ती विकास गर्ने उद्देश्यले विराटनगर–१९ धरमपुरामा निर्माण भएका नयाँ संरचनामा ३२ परिवारले आश्रय पाएका छन् । त्यहाँ बसोबास गर्ने सबै अल्पसंख्यक मुसहर (ऋषिदेव) समुदायका परिवार छन् । ‘महानगर आवास’ योजना अन्तर्गत विपन्न मुसहर समुदायको लागि विराटनगर महानगरपालिकाले वस्ती निर्माण गरी समुदायमा हस्तान्तरण गरेको हो ।

    • प्रकाशित मितिः फागुन २३, २०७८
    • 900 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उपभोग्य बस्तुको मुल्य आकाशियो

    धरान । दैनिक उपभोग्य वस्तुको मूल्य आकासिए पछि दैनिक ज्यालादारीमा जिविकोपार्जन गर्ने सर्वसाधारण समस्यामा परेका छन् । धरानमा पछिल्लो समय उपभोग्य वस्तुको मूल्य बृद्धि भएपछि दैनिक ज्यालादारीमा काम गर्ने सर्वसाधारणको जीवनयापनमा समस्या भएको उनीहरुको गुनासो छ । धरान १५ की विमला बस्नेतले केही दिन अघिसम्म २ हजार ४ सय पर्ने सेलो तेल ३ हजारमा खरिद गरेको बताइन् । एक कार्टुनमा आधा केजीको २० पोका हुने उनी बताउँछिन् । अहिले त्यही कार्टुनलाई तीन हजार हाल्नुपर्ने बताइन् । उनले भनिन्, ‘सामानको मूल्य यति बढेको छ कि किनेर खान नै धौ धौ पर्न थाल्यो । एक कार्टुन तेलमा ५०÷६० होइन एकैपटक ६ सय बढेपछि कसरी

    • प्रकाशित मितिः फागुन २३, २०७८
    • 1,119 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महँगी नियन्त्रण गर्न व्यवसायीको माग

    धरान । दैनिक उपभोग्य वस्तु लगायत निर्माण सामग्रीहरुको मूल्य बढ्दै गए पछि व्यापारीले भन्सार महशुल घटबढ गरिनु पर्ने बताएका छन् । अन्तराष्ट्रिय बजारमा कच्चापदार्थको अत्याधिक मूल्य वृद्धि भएका कारण महंगी बढ्न गएकाले मुल्यवृद्धि नियन्त्रणमा सरकारले उपायहरु समयमै अवलम्बन गर्न सुझाव दिएका छन् । मुल्य वृद्धि हुँदा उद्योगी व्यवसायीलाई आरोप लाग्न थाले पछि उनीहरुले मुल्यवृद्धि नियन्त्रण गर्न सरकारलाई आग्रह गरेका छन् । मोरङ व्यापार संघले मुल्यवृद्धिको दोष जति उद्योगी व्यवसायीलाई लगाउन थालेको प्रति ध्यानाकर्षण भएको जनाएको छ । आयातमा आधारित मुलुकमा भएको अहिलेको मुल्यवृद्धिको कारक उद्योगी व्यवसायीहरु नरहेक

    • प्रकाशित मितिः फागुन २२, २०७८
    • 850 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • होटल व्यवसायी तग्रिने प्रयासमा

    धरान । लामो समयदेखि कोरोना संक्रमणका कारण थलिएका होटल व्यवसायीहरु तंग्रिने प्रयासमा छन् । कोरोना कहरका समयमा व्यवसाय नै थिलथिलो भई विस्थापित हुने अवस्था आएपनि त्यसलाई निरन्तता दिँदै पहिलाकै अवस्थामा पु¥याउन प्रयास थालेका छन् । शनिवार होटल व्यवसायी संघ क्षेत्रीय माइ पश्चिम दमकको ११ औं साधारण सभामा होटल व्यवसायीहरुले कोरोना कहरका समयमा राज्यले सहयोग नगर्दा व्यवसायीहरुको बलबुतोले बल्लतल्ल टिकाउन सकेको भएको बताएका थिए । उनीहरुले यस्तो विषम् परिस्थितिमा राज्यले लिने करमा भने कुनै छुट नदिँदा कतिपय व्यवसायीहरु भने व्यवसायबाट विस्थापित भएको बताएका थिए । कार्यक्रममा बोल्दै इस्ट टुरिजम मार्टका संय

    • प्रकाशित मितिः फागुन २१, २०७८
    • 862 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इलामका १० जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन आधाभन्दा थोरै

    धरान । इलाम र पाँचथरका जलविद्युत् आयोजनाको उत्पादन आधाभन्दा धेरै घटेको छ । हिउँद याममा खोलामा पानीको मात्रा कम भएपछि विद्युत् उत्पादन घटेको हो । इलामको गोदकस्थित विद्युत् सब–स्टेसनमा अहिले इलामका १० जलविद्युत् आयोजनाबाट ३७ मेगावाट उत्पादन भइरहेको छ । आयोजनाहरूको कुल क्षमता ९७ मेगावाट रहेपनि विद्युत् उत्पादन आधाभन्दा थोरै भइरहेको छ । २५.८ मेगावाट क्षमताको पञ्चकन्या जलविद्युत् आयोजनाबाट ५ मेगावाट उत्पादन हुँदैछ । २९ मेगावाटको सानिमा माईबाट ७.८, १२ मेगावाटको सगरमाथाबाट २.९, ९.५ मेगावाटको माइबेनीबाट २.१ ÷ ६.२ मेगावाटको तल्लो जोगमाईबाट १.१ मेगावाट, ७.६ मेगावाटको जोगमाईबाट १.२ ÷

    • प्रकाशित मितिः फागुन २१, २०७८
    • 782 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • सामाजिक सुरक्षाभत्ता अनियमितता आरोपमा अख्तियारको छानबिन

    धरान । सामाजिक सुरक्षाभत्ता अनियमितता भएको विषयमा खोटाङको साकेला गाउँपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । एकै आर्थिक वर्ष ८७ लाखभन्दा बढी सामाजिक सुरक्षाभत्ता अनियमितता भएको प्रतिवेदन सार्वजनिक भएपछि साकेला गाउँपालिका आफैंले कारबाहीका लागि अख्तियारमा पत्राचार गरेको थियो । गत १२ पुस २०७७ मा सम्वन्धित कागजातको फायल अख्तियारको कार्यालय इटहरीलाई पठाएको थियो । आर्थिक वर्ष २०७६–०७७ भित्र मात्रै पाँच वडामा ८७ लाख ४१ हजार ६ सय रुपैयाँ रकम चुहावट भएको प्रतिवेदन सार्वजनिक भएको थियो । मृत्यु भइसकेका, कतिपय बसाई सरिसकेका तथा कतिपय हुँदै नभएका व्यक्तिको नाममा गतल कागजपत

    • प्रकाशित मितिः फागुन १९, २०७८
    • 881 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • झापाको औद्योगिक पार्कले लिएन गति

    धरान । केपी शर्मा ओलि नेतृत्वको सरकारले बनाएका महत्वकांक्षी योजनाहरु वर्तमान सरकारले कटौटी गरे पछि नेपालको महत्वकांक्षी योजना अन्तर्गत झापामा बन्न लागेको औद्योगिक पार्कको कामले गति लिन सकेको छैन । महत्वकांक्षी आयोजना अन्तर्गत नेपाल चीन फ्रेन्डससीपमा निर्माण हुन लागेको औद्योगिक पार्कको काम अगाडि बढ्न नसकेको हो । चीनको वान रोड वान वेल्ट अन्तर्गत ६३ अर्ब रुपैयामा प्रदेश नं. १ को झापाको दमकमा बन्ने औद्योगिक पार्क जग्गाधनीहरु लाई दिने मुआब्जा, मुलुकको राजनीतिक परिस्थिति, कोरोना कहर लगायतका कारणले बन्न नसकेको बताइएको छ । औद्योगिक पार्क व्यवस्थापन समितिका अनुसार आयोजना प्रस्तावित २२ सय विघा जग्गामध

    • प्रकाशित मितिः फागुन १९, २०७८
    • 1,075 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved