मोरङ/ बेलबारी–११ लक्ष्मीमार्ग बजार क्षेत्रमा लस्करै सुकुटी पसल भेटिन्छन्। राँगाको मासुबाट यहाँ बनाइने सुकुटीको माग स्वदेशमा मात्र नभई विदेशमा पनि बढेपछि सुकुटीको व्यापार फस्टाएको हो। विदेशको लोभलाग्दो कमाइ छोडेर स्वदेशमै स्वरोजगार बन्ने उद्देश्यले लक्ष्मीमार्गका केही युवाले सुरु गरेको सुकुटी पसलले हाल विदेशको कमाइलाई बिर्साइदिएको छ। ६ वर्ष वैदेशिक रोजगारीको सिलसिलामा कतार बसेर आएका प्रेम श्रेष्ठले करिब १० वर्षदेखि लक्ष्मीमार्गमा सुकुटी व्यवसाय गर्दै आएका छन्। सुकुटीको माग दैनिक बढेसँगै पेसाप्रति सन्तुष्टि रहेको उनले बताए। रोजगारीको सिलसिलामा ८ वर्ष मलेसिया बसेर पाँच वर्षअघि आएका दिल
झापा/ नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले ११ करोड ४३ लाख ६१ हजार बराबरको चिया भारत निर्यात गरेको छ । संस्थाले तीन लाख ६४ हजार ४४ केजी तयारी चिया निर्यातबाट उक्त रकम आर्जन गरेको हो । ‘गुणस्तरीय चिया उत्पादनमा जोड दिइरहेका छौँ । चियाखेती गर्ने किसान हाम्रो सहकारीका सदस्य हुनुहुन्छ । चियाखेती किसानहरूले गर्नुहुन्छ, हामी पत्ती किनेर तयारी चिया उत्पादन गर्छौं’, संस्थाका व्यवसाय प्रमुख रवीन्द्र पाण्डेले भने ।इलामको सूर्योदय–१, माइजोगमाई–१ र झापाको मेचीनगर–५ मा संस्थाले तीनवटा चिया प्रशोधन कारखाना सञ्चालनमा ल्याएको छ । इलाममा उत्पादित चियालाई उपभोक्ताले रुचाएकाले
ताप्लेजुङ/ कालो सुनको उपमा पाएको अलैँचीको मूल्य यस वर्ष उच्च विन्दूमा पुगेको छ । बजार माग बढेसँगै अलैंचीको बजार मूल्य उच्च विन्दुमा पुगेको हो । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा अलैँचीको आज गुणस्तरका आधारमा प्रतिमन (४० किलोग्राम) को रु एक लाख सात हजारसम्ममा खरिद बिक्री भइरहेको छ । अलैँची व्यवसायी कमल बरालका अनुसार उच्च गुणस्तर र मध्यम गुणस्तर दुई प्रकारले खरिद बिक्री भइरहेको छ । ठूलो दाना भएको, पुच्छर काटेको, धुलो रहितको अलैँची प्रतिमन रु एक लाख सात हजार र मध्यम गुणस्तरको अलैंची अर्थात् सानो दाना, पुच्छर काटेको, धुलोरहित अलैँची प्रतिमन रु एक लाख चार हजारमा खरिद बिक्री भइरहेको छ । साम
विराटनगर/ ईन्जिनियरिङग , अस्पताल व्यवस्थापान र फार्मेसी तर्फ दक्ष प्राविधिक जनशक्त्ति उत्पादन गर्न उच्च शिक्षा सञ्चालन गर्दै आएको मनमोहन प्राविधिक विश्विद्यालयले अब देशमै पहिलो पटक नयाँ पाठयक्रममा आधारित विबिए एलएलएम र क्रिमिनल कानुनमा स्नातोकोत्तर कक्षा संचालन गर्दैछ । कोशी प्रदेश सरकारले २०७६ असोजमा स्थापना गरेको देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयले यही पुसदेखी पढाई सुरु हुनेगरि ४५ जनाको कोटामा विविए एलएलवी र माघदेखी अपराध कानुननममा स्नातोकोत्तर (एलएलएम) को पढाई संञ्ञचालन गर्न लागेको हो । मनमोहनले एप्लाईड साईन्स टेक्नोलोजि एण्ड ल स्कुल अन्तर्गत ‘मनमोहन ईन्स्टिच्युट अफ ल&
धरान/ धरानमा १३ औं राष्ट्रिय कर दिवसको सप्ताहको आयोजना गरिएको छ । आन्तरिक राजस्व कार्यालय धरानको आयोजनामा ‘कर प्रणालीको सार, लगानीको आधार’ भन्ने नाराका साथ मंसिर १ गतदेखि ७ गतेसम्म राष्ट्रिय कर सप्ताहको आयोजना गरिएको छ । सो अवसरमा उद्योगी तथा व्यवसायीहरुले कर प्रशासनले उद्योगी व्यवसायीहरुलाई अनावश्यक ‘टचर’ दिने र राज्यको ८० प्रतिशत भन्दा बढी कर बुझाउदा समेत सधै उपेक्षित हुनुपर्ने अवस्था रहेको गुनासो पोखेका थिए । कर सप्तामा बोल्दै सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले राजस्व संकलनमा उद्योग व्यवसायीको ठूलो हात रहेको बताए उनले उद्योगी व्यगसायीले तिरेको
विश्व टेलिभिजन दिवस टिभी अर्थात पूर्ण संवादमा टेलिभिजन । टिभी अर्थात पूर्ण संवादमा टेलिभिजन । टेलि भन्ने शब्दले आविष्कार, मानव सम्बन्ध अनि दुरीहरुको गज्जबले त्रिवेणी सिर्जना गर्दछ । टेलिफोन, टेलिभिजन, टेलिग्राफ लगायत थुप्रै टेलिहरु आजको संसारले पाएको छ । कुरा गरौं टेलिभिजनको, टेलि अर्थात दुर अनि भिजन अर्थात दृश्य या दर्शन । दुरदर्शन गराउने यन्त्र अर्थात टिभीको कुरा गर्दैछौं आज । पृष्ठभूमि १८८८ अक्टूबर १३ का दिन हेलन्सवर्गमा जन्मिएका जन लागी बयर्डले १९२५ मा लण्डनमा टेलिभिजनको अवष्कार गरेका हुन् तर यहाँ नेपालमा टिभीका केही पुराना कथाहरु छन्, त्यस वेलाका कथाहरु जुनबेला सिङ्गो गाँउमा एउटा या दुई
इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर १७ मा रहेको पकली माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष विनोद झाले आफु विरुद्ध षड्यन्त्र गरेर बदनाम गराएको जनाउँदै आफु विरुद्ध अख्तियार जान चुनौती दिएका छन् । झाले एक प्रेस विज्ञप्ती प्रकाशित गरी भ्रम सृजनागर्न शिक्षक सरुवाका नाममा २ लाख रुपियाँ माग गरेको भन्ने अडियोको सत्यतालाई तोडमोड गरि बदनाम गराई चरित्र हत्या गर्ने मनसायले केही संचारमाध्यमहरुमा अडियो सहित भन्दै भ्रम फैलाउने कार्यप्रति आफ्नो गम्भिर ध्यानकर्षण भएको जनाएका छन् । मंगलबार झाले प्रकाशन गरेको विज्ञप्तीमा भनिएको छ—‘शिक्षक सरुवामा एक रुपैया सम्मको कुनै चलखेल, लेनदेन भएको
काठमाडौं/ गत असोजको ११ र १२ को अविरल वर्षापछिको बाढीपहिरोका कारण भएको जनधनको क्षतिबाट ११ अर्ब ८२ करोड छ लाख ११ हजार नौ सय ३० बराबरको बिमा दाबी गरिएको छ। नेपाल बिमा प्राधिकरणका अनुसार कूल दाबीमध्ये गत कात्तिक मसान्तसम्म ६१ करोड सात लाख ९३ हजार तीन सय ८७ बराबरको दाबी भुक्तानी भएको छ। बिमा दाबी गर्दै तीन हजार चार सय १८ वटा निवेदन प्राप्त भएका छन्। प्राधिकरणका अनुसार सबैभन्दा बढी दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा परेको छ सो कम्पनीमा पाँच सय एक दाबीका आवेदन परेका छन्। दि ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा एक सय ७६, सगरमाथा लुम्बिनीमा तीन सय ७७, हिमालयन एभरेष्ट दुई सय ४३, नेकोमा दुई सय १९
गोविन्द बस्नेत धरान । जिल्ला प्रहरी कार्यालय धनकुटाले गाँजा खेति नष्ट गर्ने अभियानलाई तिब्रता दिएको छ । कार्यालयले गाँजा खेति गरिने स्थानको पहिचान गरी धनकुटाका विभिन्न स्थानमा त्यहाँका स्थानीय तहसँग समन्वय गरेर फडानीलाई तिब्रता दिएको हो । हुन त यो अभियान विगत केही बर्ष अगाडिको नै हो । प्रहरीले चलाएको अभियानले खासै सार्थकता पाएको भने छैन । तर यस बर्ष भने जिल्ला प्रहरी कार्यालयले स्थानीय तहसँगै समन्वय गरेर आफ्ना मातहतका प्रहरी परिचालन गरी गाँजा खेति नष्ट गर्न थालेको हो । अभियान अन्तर्गत प्रहरीले सहीदभूमि गाउँपालिकाको आँखीसल्लाह, आँखुटार, त्रिवेणी, साँगुरीगढी गाउँपालिकाको मुक्तेन, आहाले, चाँदी
पीबी दियाली राजनितिक एबं सामाजिक क्षेत्रमा पंचायती ब्यब्स्थामा उदाएका पूर्ब शिक्षा सहायक मन्त्री हिरालाल बिश्वकर्माले पनि पत्रकारितामा झुकाब राखेका थिए । दलितलाई जागरुक गराउन बिभिन्न साहित्यिक तथा खबरमूलक पत्रपत्रिकको प्रतिनिधि भएरकाम गरेको उनलाई राम्ररी जान्ने बरिष्ठ पत्रकार सिके गदालको भनाई छ । हिरालाललाई धरानको पहिलो दलित पत्रकार भन्न नसुहाएपनि पत्रकारको सारथी मान्न सकिन्छ । हिरालालल पछि तुलाराम बिश्वकर्मा जो टीआर बिश्वकर्माले चिनिन्छन । उनले सहभागिता जनाएको दलित उत्पिडितहरुको संगठनमा रहंंदा २०१४ सालमा राष्ट्रिय परिगणित परिषदलाई ब्यबस्थित गर्न सहर्षनाथ कपालीहरुसंग मिलेर आफनै सम्पादकत्वमा