काठमाडौं । बजारमा पेट्रोलियम पदार्थको भाउ बढेको छ । नेपाल आयल निगमका अनुसार गएराती राति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर एक रुपैयाँले पेट्रोलको मूल्य बढेको हो । हवाई इन्धनको मूल्य पनि बढेर आएको निगमले जनाएको छ । आन्तरिकतर्फ २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर १५ डलरले मूल्यवृद्धि भएको निगमले जनाएको छ । खाना पकाउने ग्यासको भने मूल्य यथावत रहेको निगमले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।उपभोक्ताको हितलाई मध्यनजर गर्दै ग्यासको मूल्य बढेर आएपनि अहिलेलाई यथावत् राखिएको निगमले बताएको छ । योसँगै पहिलो वर्गमा पेट्रोलको मूल्य १ सय ५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १ सय ५९ र
धरान । धरानमा विश्व शान्तिको लागि विश्व शान्ति पुजा हुने भएको छ । हरेक बर्ष हुँदै आएको उक्त पुजा यो बर्ष मंशीर २० गतेदेखि २४ गते सम्म चार दिन हुने भएको हो । धरान १५ मा अवस्थित प्राचीन ङाग्युर जीङ्गा ड्युङने ल्हाखाङ गुम्बाले शुक्रबार पत्रकार सम्मेलन मार्फत कार्यक्रमको बारेमा जानकारी गराएको छ । विश्वका करिव ६ वटा राष्ट्रमा मात्र हुँदै आएको विश्वशान्ती पूजा कोशी प्रदेशमा धरानमा मात्र हुने गरेको ङाग्युर जीङ्गा ड्युङने ल्हाखाङ गुम्बा धरानका अध्यक्ष लोक बहादुर तामङले जानकारी दिए ।धर्म, संस्कृति, र पर्यटन प्रवर्द्धनका लागि यस कार्यक्रमले टेवा पुर्याउने तमाङको भनाई छ । कार्यक्रमले बौद्ध धर्मको संरक्ष
बालचतुर्दश्याः पुण्यं श्राद्धतर्पणपूर्वकम्।पितृभक्त्या समाराध्यं सद्गतिर्मोक्षदायिनी॥ बाला चतुर्दशीका दिन दिवंगतहरूको लागि बलिदान र अनुष्ठान गर्दा पुण्य प्राप्त हुन्छ।पितृहरूप्रति भक्ति गरेमा यसले मुक्ति र परम शान्ति प्रदान गर्दछ। पितृका नाममा दीप दानआजको तिथिमा पितृका नाममा दीप दान गरेर बाला चतुर्दशी पर्व मनाइन्छ । काठमाडौँको पशुपतिनाथ मन्दिर सँगसँगै अन्य शिवालयमा अघिल्लो दिनदेखि नै मानिसहरूको भिडभाड हुने गर्छ ।हिजो रातभर जाग्राम बसेर, भजन कीर्तन गरेर दीप प्रज्वलन गरेपश्चात् आज बिहान शत बीज छर्ने चलन रहेको छ । शत बीजमा सप्त बीज हुन्छ । शत बीज छर्ने चलनआउनुहोस्, हाम्रो पात्रोमा आज चर्चा गरौ
घो्पा । सुनसरीको धरानमा निरन्तर हरेक बर्ष हुँदै आएको अम्वर ललित डिपो कप यस बर्ष भने आउने पुस १२ गते देखि सुरु हुने भएको छ ।आयोजक डिपो स्कुलले शुक्रबार पत्रकार सम्मेलनको बारेमा जानकारी दिएको हो । यो बर्ष १९ औ संस्करण हुने छ । कक्षा ५ सम्मका विद्यार्थीहरुले मात्र सहभागिता जनाउन पाइने विद्यालय स्तरिय प्रतियोगितामा १६ टिमले सहभागिता जनाउने छन् ।पुस १२ गते देखि १९ गते सम्म सम्पन्न हुने प्रतियोगिताका उपाधि विजेताले नगद ११ हजार १ सय ११ रुपैया, दास्रोले नगद ७ हजार १ सय ११ र तेस्रो हुनेले नगद ५ हजार १ सय ११ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । शिक्षा संगै विद्यार्थीहरुलाई अतिरिक्त क्रिया
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदरअनुसार अमेरिकी डलर, युरोपियन युरो, अष्ट्रेलियन डलरलगायतको मूल्य बढेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ०१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय एक सय ७० रुपैयाँ ९० र बिक्रीदर एक सय ७१ रुपैयाँ ६६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ६१ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ २९ पैसा कायम गरिएको छ
धरान । धरान प्रवेशद्धार विश्वकर्मा मन्दिर अघि जंगल क्षेत्रको सडकलाई सिसि क्यामेराले निगरानी गर्ने भएकोछ । बुधबार पूर्वाञ्चल यातायात व्यवसायी र कोशी बस व्यवसायी संघले दुइवटा सिसि क्यामेरा जडान गरिदिए पछि उक्त सडकको निगरानी हुने भएको हो । करिव ५० हजार रुपैया लागत रहेको दश एक्स जुमको आइपी क्यामेराले मन्दिरदेखि दक्षिण र उत्तर तर्फको निगरानी गर्ने छ भने त्यसको कन्ट्रोल जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले गर्नेछ । सडक दुर्घटनाको अनुसन्धान र अपराध नियन्त्रणमा सहयो पु¥याउने उदेश्यले दुइवटा व्यवसायी संघहरु मिले सिसि क्यामेरा जडान गरिएको पूर्वाञ्चल यातायात व्यवसायी संघका अध्यक्ष तथा नेपाल यात
काठमाडौँ/ नेपाल विद्युत् प्राधिकरणले ट्रङ्क र डेडिकेटेड लाइन प्रयोग गरेर बक्यौता नतिरेका ३४ वटा उद्योगविरुद्ध तीन निकायलाई पत्राचार गरेको छ । प्राधिकरणले बुधबार नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड र कम्पनी रजिस्ट्रारको कार्यालयलाई पत्र लेख्दै कारबाही गर्न सिफारिस गरेको हो । प्राधिकरणले राष्ट्र बैंकलाई पत्र लेखेर बक्यौता नतिरेका उद्योगहरूको बैंक खाता रोक्का गर्न पत्र पठाएको छ। यस्तै प्राधिकरणले धितोपत्र बोर्डमा पत्र लेखेर सर्वसाधारणका लागि शेयर जारी गर्ने लगायतका शेयर खरिद–बिक्री कार्यको इजाजत नदिन आग्रह गरेको छ । साथै प्राधिकरणले कम्पनी रजिस्ट्रारलाई पत्र लेखेर शेयरको हक हस्तान्तर
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६ घुन्सा र फलेटारका स्थानीय र केही संस्थाले परीक्षणका रूपमा स्याउखेती गर्न थालेका छन् । ग्याप्ला र फलेटार क्षेत्रमा विगतदेखि नै स्याउखेती हुँदै आएको भए पनि घुन्सामा परीक्षण गरिएको हो । इटालीबाट आयात गरिएका ‘फुजी’ र ‘गोल्डेन डेलिसियस’ प्रजातिका बिरुवाले पहिलो पटक फल दिएका छन् ।बिरुवामा फल लागेपछि किसानहरू उत्साहित भएका छन् । मनाङ एग्रो फार्मको समन्वयमा बिरुवा ल्याएर परीक्षणका रूपमा रोपिएका र फल लागेकामा दङ्ग स्याउ किसान मिङ्मा शेर्पाले व्यावसायिक रूपमा स्याउखेत गर्न सकिने बताए । फलेटार र घुन्सामा दुई रोपनी जग्गामा नम
काठमाडौं ।पाँचथरको मिक्लाजुङ–७ घर भई ललितपुर बस्ने ३७ वर्षीय सुनिल राईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । उनलाई अनलाइनमा ५५ करोड बराबरको जुवा तथा सट्टेबाजीको कारोबार गरेको आरोपमा एक युवक पक्राउ गरेको हो । उनको ७५ वटा बैंक खाता र १२८ वटा इ–सेवा वालेट रहेको प्रहरीले जनाएको छ । विभिन्न व्यक्तिको नाममा बैंक खाता तथा इसेवा वालेट खोलेर समेत उनले अवैध कारोबार गर्दै आएका थिए । उनको मोबाइलमा बाइनान्स एप समेत भेटिएको र त्यसमार्फत समेत ६ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार देखिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीबाट ११ वटा नागरिकता, १५ वटा राहदानी र मो
धरान । नेपाल फोटो पत्रकार महासंघ सुनसरीले देउसी खेलेर संकलन गरेको दक्षिणालाई विभिन्न रोगबाट पीडितहरुलाई हस्तान्तरण गरेको छ । यसै क्रममा मृगौला प्रत्यारोपण गरेका इटहरीका अग्रज पत्रकार पीबी दियालीलाई बुधबार १५ हजार सहयोग हस्तान्तरण गरेकोछ । बुधबार धरानमा पत्रकार दियालीकी भान्जी लिला घिमिरेलाई सहयोग हस्तान्तरण गरिएको हो ।नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि चाम्लिङ, अग्रज पत्रकार तथा मजदुर नेता भीमज्वाला राई र प्रेस चौतारी नेपाल केन्द्रीय सदस्य देवेन्द्र कार्कीले सहयोग हस्तान्तरण गरेका हुन् । मृगौला प्रत्यारोपणपछि पनि समस्या आएपछि दियाली काठमाण्डौंमै निरन्तर फलोअपमा उपचार गराइरहेकाछन् । २