समाज

    Showing 6,701-6,710 of 6,746 items.
  • प्रदेश १ का थप ८ जना कोरोना संक्रमित निको भएर भोलि डिस्चार्ज हुँदै

    धरान /प्रदेश १ मा थप ८ जना कोरोना संक्रमित निको भएका छन् । उनिहरुलाई भोलि (शुक्रबार) डिस्चार्ज गरिने भएको छ । उनिहरुको दोस्रो पटक आरटी पिसिआर गर्दा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्न लागिएको हो । हिजो मात्रै ६ जना कोरोनालाई पराजित गर्दै डिस्चार्ज भएका थिए । प्रदेश १ मा जम्मा ३१ ज्ना कोरोना संक्रिमतहरु रहेका थिए । भाली डिस्चार्ज हुने ८ जना पछि उपचाररत संक्रमितको संख्या १७ हुने छ । उनिहरु सबैको अवस्था सामान्य रहेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको कोरोना सूचना डेस्कले जनाएअनुुसार प्रदेश १ मा पिसिआरबाट हालसम्म १ हजार ७ सय ८९ जनाको परीक्षण गरिएको छ । त्यस्तै आरडिटिबाट

    • प्रकाशित मितिः वैशाख २५, २०७७
    • 1,021 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जंगली हात्तीको आक्रमणमा परि एक महिलाको मृत्यु

    धरान जंगली हात्तीको आक्रमणमा परि विहिवार विहान सप्तरीमा एक महिलाको ज्यान गएको छ । कोशीटप्पु वन्यजन्तु आरक्षबाट बस्ती पसेको हात्तीको आक्रमणमा परि शम्भुनाथ नगरपालिका २ भल्वाईकी ३८ वर्षीया जानकी मगरको ज्यान गएको हो । मृतकका पति पेशल मगरका अनुसार विहान करिब १ बजे सुतिरहेको बेला हात्तीले घर नै तोडफोड गर्न थालेपछि भाग्ने क्रममा उनलाई हात्तीले कुल्चेर घाइते भएको थिएन । घाईते मगरलाई उपचारकोलागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  

    • प्रकाशित मितिः वैशाख २५, २०७७
    • 1,563 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सांसदहरुको स्वास्थ्य परीक्षण सुरु

    धरान /आजबाट प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुमा कोरोना भाइरस संक्रमण भए-नभएको परीक्षण सुरु गरिएको छ । शुक्रबारदेखि संघीय संसदको वर्षे अधिवेशन सुरु हुने भएकाले सांसदहरुको स्वास्थ्य परीक्षण गर्न लागिएको हो । बिहान १० बजेदेखि राष्ट्रिय सभा सांसदहरुको र ११ बजेदेखि प्रतिनिधिसभा सांसदहरुको पीसीआर प्रविधिबाट कोरोना परीक्षण हुने छ । संघीय संसद भवनकै ल्होत्से हलमा कोरोना परीक्षणको व्यवस्था मिलाइएको सूचना अधिकारी दशरथ धमलाले जानकारी दिए । एकै दिनमा स्वाब संकलन गरिसक्ने सचिवालयको लक्ष्य छ ।  सांसदहरुको परीक्षण गरिसकेपछि कर्मचारी, मर्यादापालक र पत्रकारको स्वाब संकलनको प्रवन्ध मिलाइने सूचना अ

    • प्रकाशित मितिः वैशाख २५, २०७७
    • 734 पटक पढिएको
    • "सन्जोग बाबु दाहाल "
  • उदयपुरका मुसहरबस्तीमा जातिभेद विरुद्ध विश्व मंचको खाद्यान्न सहयोग

    धरान । लकडाउनका कारण विपन्न परिवारलाई हातमुख जोर्न नै समस्या परिरहेका बेला जाति भेद विरुद्ध विश्व मंचले खाद्यान्न वितरण गरेको छ । मंचले उदयपुर त्रियुगानगरपालिकाको वडा नम्बर ९ मा रहेका मुसहर बस्तीमा राहत वितरण गरेको हो । त्रियुगा नगरपालिका र दलित अधिकार सञ्जालको समन्वयमा मुसहरबस्तीका १ सय १० घर परिवारलाई राहत वितरण गरिएको हो । करिब १ साता सम्म पुग्ने गरि मंचले चामल, दाल, नुन, तेल लगायतका खाद्यान्न वितरण गरेको हो । राहत वितरण कार्यक्रममा उदयपुरका जिल्ला विकास समितिका संयोजक खडक बहादुर परियार, बडा नम्बर ९ का बडाध्यक्ष धन बहादुर दनुबार, ग्लोबल फोरमका स्थानीय प्रतिनिधि तथा दलित अधिकार सन्जालका स

    • प्रकाशित मितिः वैशाख २५, २०७७
    • 670 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लकडाउनमा पनि शहरी पुर्वाधार विकाश निर्माण गर्न पाइने

    धरान । कोरोना संक्रमणको जोखिम बढ्दै गए पछि सरकारले लकडाउन थप १० दिन लम्बाउने निर्णय गरे सँगै विकास निर्माणका काम र उद्योगहरु भने सर्शत खुला गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद बैठकले जेठ ५ गते सम्म लकडाउन लम्बाउने निर्णय गरे सँगै एक स्थानमा एक पटकमा १० जना नबढ्ने गरी सहरी पूर्वाधार शीर्षकका आयोजनामा काम गर्न दिने निर्णय भएको सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिएका छन् । राष्ट्रिय गौरवका आयोजनासँगै सिञ्चाई, जलविद्युत, खानेपानी, विमानस्थल सडक र पुल, सडक र सरकारी भवन निर्माण एवं प्रबलीकरणका काम गर्न पाइनेछ । यसरी काम गर्दा दैनिक स्वास्थ्यजाँच गर

    • प्रकाशित मितिः वैशाख २५, २०७७
    • 714 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुत्केरी तथा गर्भवती महिलालाई नगर प्रमुखद्वारा राहत वितरण

    वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख निलम खनालले नगरका सुत्केरी तथा गर्भवती महिलाहरुलाई राहत वितरण गरेका छन् । वराहक्षेत्र– १० स्थित प्रकाशपुरका सुत्केरी तथा गर्भवती महिलाहरुलाई ओरेक नेपाल सुनसरीले नगरको एकद्वार प्रणालीमार्फत प्रदान गरेको राहत खाद्यान्न नगर प्रमुख खनालले सम्बन्धित व्यक्तिलाई प्रदान गरेको वडाध्यक्ष महेन्द्रबहादुर खत्रीले जानकारी दिए । वराहक्षेत्र नगरपालिका र ओरेक नेपाल सुनसरीको समन्वयमा नगरका सबै वडाका सुत्केरी तथा गर्भवती महिलाहरुलाई राहत उपलब्ध गराइने ओरेक प्रतिनिधि विमला घिमिरेले जानकारी दिइन् ।   वराहक्षेत्र नगरपालिकाको ११ वटा वडामा ३ महिनासम्मका १२५ जना सुत्

    • प्रकाशित मितिः वैशाख २४, २०७७
    • 1,692 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दुई महिने शिशु सहित १७ जनामा कोरोना पुष्टि , संक्रमितको संख्या ९९ पुग्यो

    धरान पर्साको वीरगन्जमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या ९९ पुगेको छ ।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १७ जनाको रिपोर्ट पोजिटभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । संक्रमितहरु २ महिनादेखि ६६ वर्षसम्मका भएको र संक्रमण पुष्टि भएकाहरुमध्ये १० जना पुरुष र ७ जना महिला रहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।  नेपालमा देखिएका ९९ संक्रमितहरु मध्ये ७१ जना पुरुष र २८जना महिला छन् । संक्रमित ९९ मध्ये २२ जना उपचार पछि निको भएर अस्पतालबाट फर्किएका छन् । बुधबार बिहान मात्र कोर

    • प्रकाशित मितिः वैशाख २४, २०७७
    • 1,003 पटक पढिएको
    • "सन्जोग बाबु दाहाल"
  • लकडाउनले उभौलि प्रभावित

     किरातीहरुको महान पर्व साकेला उभौलीको अवसरमा प्रत्येक वर्ष साकेला सिलि प्रतियोगिताको आयोजना हुने गरेको थियो तर यस वर्ष भने कोरोनाको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यस वर्ष प्रतियोगिता नहुने भएको छ । वर्षेनी किरात राई योयोख्खा सुनसरीको आयोजनामा साकेला पर्कमा प्रारम्भिक कार्यसमिती स्तरिय साकेला सिलि प्रतियोगिता हुने गरेको थियो तर यस वर्ष लकडाउनका कारण प्रतियोगिता सहित साकेला नाच समेत प्रभावित भएको छ । किरात राई यायोक्खा सुनसरीले विज्ञप्ती जारी गर्दै यलम्बर सम्बद ५०८० को अवसरमा भोली वैशाख २५ गते देखी सुरू हुने यस वर्षको पुजा आआफ्नो स्थानमा मनाउनका लागी समेत अनुरोध गरिएको छ भने सोकला सिलि प्

    • प्रकाशित मितिः वैशाख २४, २०७७
    • 1,073 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लकडाउन जेठ ५ गते सम्म लम्ब्याउने मन्त्रिपरिषद्को निर्णय

    धरान/ सरकारले लकडाउन १० दिन थप गरि जेठ ५ गते सम्म लम्ब्याउने निर्णय गरेको छ । मंगलबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकको सुझावका आधारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १० दिन लम्ब्याएको हो।  सरकारले यसअघि थपेका लकडाउन बैशाख २५ बिहीबारबाट सकिँदै थियो । चैत ११ बाट सुरु भएको लकडाउन बिहीबार ४५ दिन पूरा हुँदैछ।

    • प्रकाशित मितिः वैशाख २४, २०७७
    • 1,849 पटक पढिएको
    • "सन्जोग बाबु दाहाल"
  •  विराटनगरको कोशी कोरोना अस्पतालमा उपचारपछि जाति भएका ६ जना भारतीय नागरिक डिस्चार्ज

    कोरोनामुक्त भई डिस्चार्ज हुनेहरु ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद रासीद छन् । उनीहरु अस्पतालमा भर्ना भएको १४ दिनपछि दोस्रो र तेस्रो पटकको स्वाब परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको छ । रिर्पोट नेगेटिभ आएकोले सबैलाई बुधबार नै डिस्चार्ज गरिएको कोशी अस्पतालकी कार्यबहाक मेडिकल सुपरिडेन्डेन्ट संगीता मिश्रले बताएकी छन् । उनीहरु सबै अब विराटनगर रानीको एउटा मस्जिदमा निर्माण गरिएको क्वारेन्टाईनमा बस्नेछन् । त्यहाँ १० वटा वेडरुम र १० वटा शौचालय भएको कोठा तयार गरिएको छ । उदयपुरको भुल्केस्थित म

    • प्रकाशित मितिः वैशाख २४, २०७७
    • 808 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved