समाज

    Showing 6,531-6,540 of 6,745 items.
  • जातीय विभेदकै कारण रुकुम हत्याकाण्ड (स्थलगत प्रतिवेदन सहित)

    सुनसरी । जातीय विभेदकै कारण रुकुम पश्चिम चौरजहारी हत्याकाण्ड भएको राष्ट्रिय दलित पत्रकार संघको टोलिले गरेको स्थलगत अध्ययनबाट खुलेको छ । जातीय विभेद तथा छुवाछुत कै कारण प्रेम सम्बन्ध अस्विकार्य हुँदा सामुहित हत्या भएको प्रतिवेदन सार्वजनिक गरेको छ । रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीमा जेठ १० गते भएको घटना जातीय विभेदका आधारमा योजनावद्ध रुपमा घटाइएको संघले प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्रिय दलित पत्रकार संघ नेपाल, जागरण मिडिया सेन्टर, समता फाउण्डे्न र आइसीआरडी इन्टरनेशनल लगायतका संघसंस्थाहरुको अध्ययन टोलीको प्रतिवेदन अनुसार सोती हत्या काण्ड जातीय विभेदको पराकाष्ठा भ

    • प्रकाशित मितिः जेठ २९, २०७७
    • 1,001 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उद्योग,व्यापार, व्यवसाय,पसल र डिपार्टमेन्ट स्टोरहरु बिहिबारदेखि खुला गर्ने निर्णय

    कोरोना महामहारीको कारण सरकारले लकडाउन जारी गरे सँगै बन्द भएका उद्योग,व्यापार, व्यवसाय,पसल र डिपार्टमेन्ट स्टोरहरु सरकारले बिहिबारदेखि खुला गर्ने निर्णय गरेको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर उद्योग, व्यापार, व्यवसाय, पसलहरु र डिपार्टमेन्ट स्टोर खुला गरिएको सरकारका प्रवक्ता डा.युवराज खतिवडाले जानकारी दिए । तर, सपिङ मलहरु भने खुला नहुने उनले प्रष्ट्याए । खाद्य वस्तुको बिक्रीवितरण सहज गर्न खुला गरिएको उनले बताए । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सबै उद्योग, व्यापार व्यवसाय पसल र डिपार्टमेन्ट स्टोर खुला गर्ने निर्णय गरेको हो ।

    • प्रकाशित मितिः जेठ २९, २०७७
    • 1,120 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बिहिबारदेखि सरकारी तथा निजी कार्यालय दुई सिफ्टमा सञ्चालन

    कोरोना महामहारीको कारण सरकारले लकडाउनसँगै बन्द भएका सरकारी तथा निजी कार्यालय र बैँक,वित्तीय संस्था सरकारले बिहिबारदेखि दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ । चैत ११ गते लकडाउन सुरु गरेदेखि अत्यावश्यक सेवाबाहेक अन्य सरकारी कार्यालय बन्द थिए । कोरोना महामारी रोकथामका लागि सुरक्षात्मक उपाय अपनाउन र कर्मचारीबीच दूरी कायम गर्न कार्यालय दुई सिफ्ट चलाउने निर्णय बुधबारको मन्त्रिपरिषद बैठकले गरेको हो असार १ गतेदेखि सबै सरकारी, निजी र बैंक तथा वित्तीय संस्थाका कार्यालय विहान ८ बजेदेखि १ बजेसम्म र १ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछन् । आर्थिक वर्षको अन्तिम समय भएकाले धेरै काम हुने र कार्यालयमा पनि

    • प्रकाशित मितिः जेठ २९, २०७७
    • 1,382 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपी आएका हाडजोर्नीका विरामी अप्रेसनका लागि निजी अस्पताल जानुपर्ने बाध्यता

    धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अप्रेशनका लागि आएका बिरामीहरु निजी अस्पतालहरुमा गएर अप्रेसन गराउन बाध्य बनेका छन् । कोरोना संक्रमण फैलिन सक्ने भन्दै प्रतिष्ठानले अप्रेशन लगायतका अन्य सेवाहरु बन्द गरे पछि दक्षिण एशियाकै उत्कृष्ठ मानिएको प्रतिष्ठानमा उपचारबाट समेत बञ्चित हुनुपरेको बिरामीहरुले गुनासो गरेका छन् । विशेष गरी हाडजोर्नीको अप्रेशन गर्नुपर्ने अवश्थाका बिरामीहरुले प्रतिष्ठानबाट सहज सेवा पाउन सकेका छैनन् । अप्रेशन गर्नका लागि कोरोनाको संक्रमण परिक्षण गर्नु पर्ने र परिक्षणको प्रक्रिया लामो भएकाले ढिलो अप्रेशन हुने हुँदा बाहिरै लानुपर्ने बाध्यता रहेको उनीहरुको भनाई

    • प्रकाशित मितिः जेठ २९, २०७७
    • 1,033 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सप्तरीमा बिहिबार थपिए ६ जना कोरोना सङ्क्रमित

    धरान / सप्तरीमा फेरी ६ जनामा कोरोना संक्रमण देखिएको छ । यो सगै सप्तरीमा संक्रमितकोे संख्या १ सय २१ पुगेको छ भने ४ जना निको भएर घर फर्किएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको नमुनामा परीक्षणमा बिहिबार थप जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका सबै ६ जना पुरुष भएको र उनिहरु हनुमान नगरको क्वारेनटाइनमा बस्दै आएका खुलेको छ ।  

    • प्रकाशित मितिः जेठ २९, २०७७
    • 1,065 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पथरीमा अपाङ्गमैत्री भवनको शिलान्यास

    पथरी शनिश्चरे/  भौतिक निर्माण र पूर्वाधार विकासमा अगाडि रहेको मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं १, बौद्धचौकस्थित रहेको पञ्चायत मावि, परिसरमा प्रदेशकै एकमात्र अपाङ्गमैत्री भवनको शिलान्यास भएको छ । पथरी शनिश्चरे नगरपालिका प्रमुख दिलीपकुमार राईले २८ गते बुधबार शिलान्यास गर्नुभएको सो भवन प्रदेश नं। १ को सामाजिक विकास मन्त्रालयअन्तर्गत शिक्षा विकास निर्देशनालय प्रदेश नं। १ धनकुटाको सहयोगमा प्राप्त १ करोड बराबरको लागतमा बन्न लागेको हो ।  नमुना विद्यालयको रूपमा आकर्षणता बढाइरहेको पञ्चायत मावि यतिबेला पथरीको मात्र नभएर जिल्लाकै गहना बनेको छ, प्रदेशकै नमुना बन्ने क्रममा कदम बढाइरहेको छ ।

    • प्रकाशित मितिः जेठ २९, २०७७
    • 646 पटक पढिएको
    • "भूमिप्रसाद पाठक"
  • बोटमै कुहिन थाले सुनसरी मोरङका लिची

    सुनसरी । लकडाउनको सबै भन्दा बढी समस्या कृषी क्षेत्रमा परेको छ । उत्पादन भएका वस्तुहरु बजार सम्म पुर्याउन नसक्दा बारीमै उत्पादनहरु कुहिन थालेका छन् । अहिलेको मौसमी फलफुल लिचि, आप लगायतका फलफुलहरु बोटमै कुहिन थाले पछि कृषकहरु चिन्तित बनेका छन् । लकडाउनले सुनसरी र मोरङ्खका लिचि कृषकहरूको आम्दानीलाई पनि लक गरिदिएको छ । लकडाउनको कारण बजार सम्म पुर्याउन नसक्दा लिच्ची बोटमै कुहिन थालेको कृषकहरू बताउँछन । वर्षभरी कुरेर सिजनमा लिच्चीको व्यापार बाटनै लाखौंको आम्दानी गर्ने कृषकहरू यो वर्ष लाखौंको आम्दानी बोटमै कुहिन थालेको गुनासो गरेका छन । प्रत्येक वर्ष लिच्ची बिक्रीबाट राम्रो आम्दानी गरिरहेका सुनसरी

    • प्रकाशित मितिः जेठ २९, २०७७
    • 1,058 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वराहक्षेत्रमा नेकपाले आगामी बजेटका लागि सुझाब पेश गर्ने

    कालाबन्जर । आगामी आर्थिक बर्षको बजेट तथा निति कार्यक्रमलाई सहयोग पुर्याउन नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) बराहक्षेत्र नगर कमिटीले सरकारलाइ सुझाब सल्लाह पेश गर्ने तयारी गरेको छ । जनताको बिकासका लागि जनता संगै सहकार्य गर्नु पर्छ भनेर नगर भित्र रहेका विभिन्न संघसंगठन संग चरणवद्ध छलफल गरिएको हो नेकपाका नगर अध्यक्ष कमल बहादुर कटुवालले बताए ।  उनले भने छलफलबाट राम्रा कुराहरु आएका छन् , नगरको बिकासको अवधारणा आएको छ । यसलाई हामी हाम्रो स्थानीय सरकार संग राख्नेछौ अधिकांश कुरा लागू हुन्छन् । सुझावमा कसैले आफुलाइ फाइदा पुग्ने ब्यक्तिबादी योजनाका कुराहरु ल्याउनु भएको छ त्यस्ता कुरा लाई भने हामी क

    • प्रकाशित मितिः जेठ २८, २०७७
    • 1,023 पटक पढिएको
    • "अच्युत भट्टराई "
  • मोरङका ८ जना सहित प्रदेश १ मा १४ संक्रमित थपिए

    विराटनगर । प्रदेश १ मा कोरोना संक्रमितको संख्या बुधबार थपिएको छ । प्रदेश १ मा बुधबार थप १४ जना संक्रमित फेला परेका छन् । मोरङमा ८ जनामा कोरोना संक्रमित थपिएका छन् । यसैगरी झापामा ५ र उदयपुरमा एकजना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङको रतुवामाई नगरपालिकामा आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी झापाको मेचीनगरमा एक जना, कनकाई नगरपालिकामा ३ जना र गौरादहमा एकजना संक्रमण देखिएको छ । सबैको नमूना विराटनगरमा अवस्थित कोशी अस्पताल र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भएको थियो । अब प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९६ पुगेको छ । १२५ जना उपचा

    • प्रकाशित मितिः जेठ २८, २०७७
    • 1,079 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मिडिया नेपाल प्रदेश १ अध्यक्ष द्वारा जन्मदिनको अबसरमा मन्दिरलाइ आर्थिक सहयोग प्रदान

    बराहक्षेत्र ।बेलका नगरपालिका ३ कालिखोलामा रहेको जिर्णधार राधा कृष्ण मन्दिर ब्यबस्थापनमा मिडिया नेपालका केन्द्रिय सदस्य तथा प्रदेश नम्बर १ का अध्यक्ष बिजय कुमार राउतले ५ हजार ५ सय आर्थिक सहयोग प्रदान गरेका छन। उनले बुधबार आफ्नो जन्मदिनको अबसर पारेर उक्त रकम बराबरको चेक मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष सुमन सागर खतिवडालाई हस्तान्तरण गरेका हुन। चेक ग्रहण गर्दै समितिका अध्यक्ष खतिवडाले उक्त मन्दिर ब्यबस्थापनमा अन्य थुप्रै ठाउबाट सहयोग जुट्दै गइरहेको बताए। उनका अनुसार प्राप्त रकम द्वारा मन्दिरको घेराबारा, रंगरोगनमा लगाइने छ। बिगतका जन्मदिनमा बिरुवा रोप्ने, सामाजिक कार्य गर्न रुचाउने राउत आगामी

    • प्रकाशित मितिः जेठ २८, २०७७
    • 817 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved