विराटनगर । विराटनगर– १४ मा भएको आगलागीमा परी १२ वर्षीय बालकको मृत्यु भएको छ । घटनामा परिवारका अन्य दुई जना घाइते भएका छन । शनिबार मध्यरातमा आगो ताप्न बालेको घुरको आगो घरमा सल्कदा घटना भएको प्रहरीले जनाएको छ । घटनमा परी स्थानीय राजेशकुमार दासका १२ वर्षीय छोरा रविको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा दासकी श्रीमती इन्दुदेवी, छोरी नन्दनी र कान्छा छोरा नविन पनि घाइते भएका छन् । उनीहरु सबैको कोसी अस्पताल विराटनगरमा उपचार भईरहेको छ । इलाका प्रहरी कार्यालय विराटनगर रानीका अनुसार सुतिरहेको अवस्थामा घरमा आगो फैलंदा जलेर बालकको मत्यु हुन पुगेको थियो । आगलागीबाट घरमा भएको धनमालसमेत जलेर
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६० जना संक्रमित कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५४, कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ३, न्युरो अस्पतालबाट २ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजार १२० पुगेको छ । प्रदेश १ मा आईतबार ३७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १६, इलाममा ७, झापामा ५, सुनसरी र संखुवासभामा २–२, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा ८, पथरीशनिश्चरेमा ३, बुढीगंगामा २, सुनबर्षी, कटहरी र स्थानीय तह नखुलेक
धरान । कोरोना महामारीका कराण लामो समय बन्द रहेका विद्यालयहरु सञ्चालनमा आउन थालेका छन् । करिब ९ महिना बन्द रहेको विद्यालयहरु स्थानीयतहले अनुमति दिए सँगै सञ्चालनमा आएका हुन् । कोरोना महामारीको जोखिम जारी रहदै पनि स्थानीयतहले विद्यालय सञ्चालन गर्न अनुमति दिएको भन्दै अभिभावकहरुले आपत्ति जनाइरहेका छन् भने विद्यालय सञ्चालनका लागि स्थानीय सरकारको सहयोग पाउन नसिकरहेको संचालकहरुले गुनासो गरेका छन् । हिमालयन मेघा कलेजका ऐकेडेमि डाइरेक्टर अर्जुन घिमिरेले भने ‘विद्यालय सञ्चालन गर्नको लागि जुन किसिमको साथ सहयोग स्थानीय सरकार बाट पाउनु पर्ने हो हामीले त्यो पाइरहेका छैनौं ।’ शुल्क निर्धारणको वि
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटन गर्ने मन्त्रिपरिषदको निर्णय लिएर राष्ट्रपति समक्ष सिफारिस गर्न शीतल निवास पुग्नुभएको छ । राष्ट्रपतिले सिफारिस अनुसार बिघटन गरेमा प्रतिनिधिसभा भंग हुनेछ । तर नेकपाकै अर्को पक्षले भने सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारी गरिरहेको छ । संसद विघटनको सिफारिस सँगै आम जनमानसमाअब के हुन्छ भन्ने चासो बढेको छ । संविधानमा संसद विघटनसम्बन्धी प्रावधानबारे भने प्रष्ट खुलाइएको छैन । संविधानको धारा ८५ को १ मा ‘यस संविधान बमोजिम अगावै विघटन भएकोमा बाहेक प्रतिनिधिसभाको कार्यकाल ५ वर्षको हुनेछ’ भन्ने उल्लेख छ । संविधानको धारा ७६ को उपधारा ७ को
धरान । कृषिजन्य उत्पादनको बजारीकरणका लागि धरानमा सुविधा सम्पन्न शुभम कृषि उपज बजार शुरु हुने भएको छ । दैनिक उपभोग्य बस्तुहरु एकै स्थलमा पाईने सुविधा सहित धरान ७ को भौडी नजिकै कृषिउपज बजार संचालनमा आएको हो । करिव १० कठ्ठा जग्गामा ११ वर्षका लागि लिजमा लिएर व्यवसायी काजी गिरी, रुद्र न्यौपाने, दिल बहादुर राई र मुक्ति बन्धु अधिकारीले बजार शुरु गरेका हुन् । धरान आसपासका कृषकहरुलाई र विभिन्न ठाँउमा छरिएर रहेका व्यवसायीहरुलाई सिधै सम्पर्क गर्ने र उपभोक्ताहरुलाई शुलभ मुल्यमा सागसब्जी उपलब्ध गराउन बजार संचालनमा ल्याउने तयारी भएको संचालक काजी गिरीले बताए । बजारमा शौचालय, पार्किङ्ग, सुरक्षा गार्ड, सिसी
सुनसरी । एक सता देखी आफ्नो उखुको भुत्तानी पाउनु पर्ने माग गर्दै काठमाण्डौमा आन्दोलन गरिरहेका किसानको पक्षमा इटहरीमा विद्यार्थीहरुले ऐक्यवद्धता जनाएका छन । इटहरी स्थित नमुना कलेजका सामाजिक कार्य बिभागका विद्यार्थिहरुले उखु किसानको पक्षमा ऐक्यवद्धता जनाएका हुन् । इटहरीको मुख्य चौकमा विद्यार्थीहरुले विभिन्न नारा लेखिएको प्लेकार्ड वोकेर आन्दोलित किसानको समर्थन गर्दै चिनि उद्योगीको विरोध गरेका थिए । सामाजिक कार्य विषयमा अध्यनरत मेघा ढकालले पुस्तकमा कुनै काम सानो वा ठूलो हुँदैन भनेर आफूले पढ्दै आएको तर अहिले भइरहेको परिस्थितिले यो गलत सावित गरेको भन्दै किसानको आन्दोलनमा ऐक्यबद्धता जनाएको बताइन् ।
धरान । दक्षिण एसियाली खेलकुद(साग)मा पदक विजेता सहित विभिन्न खेलकुदमा योगदान पुर्याएका खेलाडिहरुलाई नेपाली कांग्रेसको केन्द्रिय खेलकुद विभागले सम्मान गरेको छ । धरान स्थित अमान बजारमा शनिबार आयोजित रक्तदान तथा सम्मान कार्यक्रममा बक्सिङका वरिष्ठ प्रशिक्षक अनुप लामा, टेवलटेनिसका प्रशिक्षक विनोद शाक्य र करातेका दिपेश शाक्य (मुकेश) लाई बिशेष सम्मान गरिएको थियो । उनीहरुलाई सम्मान पत्र र दोसल्ला ओढाइएको थियो । यसैगरि, गएको सागमा स्वर्ण पदक विजेता ७ जना खेलाडीहरुलाई नगद १० हजार सहित सम्मान गरिएको थियो । कार्यक्रमका संयोजक सुरज लामाका अनुसार तेक्वान्दोबाट स्वर्ण विजेता सिना मादेन, सुशिला राई र स्वास्त
धरान । औजार प्रकाशन सहकारी संस्थाद्वारा सञ्चालित औजार अनलाइन टिभिको स्टुडियो शुभारम्भ भएको छ । धरान–९ स्थित आचार्य लाइनमा रहेको औजारको कार्यालयमा नेकपाका प्रदेश कमिटि अध्यक्ष देवराज घिमिरे तथा नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेले स्टुडियोको संयुक्त रुपमा उद्घाटन गर्नुभयो । २०६२ सालमा औजार प्रकाशन सहकारी संस्था गठन भइ साप्ताहिक पत्रिका प्रकाशन सुरुवात भएको थियो । संस्थाले साप्ताहिक पत्रिका हुँदै लामो समयसम्म दैनिक पत्रिका र पछिल्लो समय रंगीन दैनिक पत्रिका सञ्चालन गरेको थियो । कोभिड–१९ कोरोना माहामारीका कारण लकडाउन भएपछि पत्रिका प्रकाशन बन्द भएको हो । पत्रिका बन्
इलाम । भारतीय बजारमा अलैँची अभाव भएपछि नेपालबाट निकासी हुने अलैँचीको भाउ बढ्ने देखिएको छ । भारतका मुख्य अलैँची उत्पादन हुने क्षेत्रमा अलैँची मासिन थालेको छ । ती क्षेत्रमा अलैँचीको उत्पादन कम भएपछि नेपाली अलैँचीको माग उच्च छ । पछिल्लो समय भारतीय व्यवसायी समेत अलैँची किन्न नेपाल आउन थालेका छन् । विगतका वर्षमा भारत नै पु¥याउँदा पनि बेच्न गाह्रो हुने अलैँची नेपालमै व्यवसायी आएपछि अलैँचीको भाउ बढ्ने सम्भावना छ । भारतीय व्यवसायी नै नेपाल आएपछि अब नेपाली अलैँचीको भाउ बढ्छ’, अलैँची व्यवसायी महासंघका अध्यक्ष राजकुमार कार्कीले भने, ‘नेपालमा उत्पादन भएको ४० प्रतिशत नयाँ अलैँची बिकिसक्यो
विराटनगर । बिहीबारबाट विराटनगरका विद्यालय खुलेपनि विद्यार्थीको संख्या न्यून छ । कोरोना त्रासका कारण धेरै अभिभावकले आफ्ना सन्तानलाई विद्यालय पठाएनन । सरकारी र निजी विद्यालय चैतदेखि बन्द थिए । विराटनगर महानगरपालिका शिक्षा शाखा प्रमुख दुर्गाप्रसाद खतिवडाका अनुसार विद्यालयहरुमा विद्यार्थीको संख्या कम देखिएको छ । निर्देशिका बनाएर विराटनगर महानगरले विद्यालय खोल्ने निर्णय गरेको हो । विद्यार्थी र अभिभावकमा त्रास रहेकोले पनि कोरोनाको हटस्पट मानिएको विराटनगरमा विद्यालय खोल्न अझै चुनौतीपूर्ण नै देखिन्छ । तर, मोरङका गाउँमा कम संक्रमण भएका कारण विद्यालय व्यवस्थित ढंगले एक महिना अघि नै संचालनमा आई सकेका छन