धरान/ धरानमा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतिको हत्या गरेका छन् ।धरान ८ दुर्गापथमा साझ ५ बजे तिलबहादुर माझीले कुखुरी प्रहार गरी श्रीमति ३१ बर्षीय सम्झना बाझीको हत्या गरेका हुन् । घाटीमा खुकुरी प्रहार पछि सख्त घाइते भएकी श्रीमति सम्झनालाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजादै गर्दा बाटैमा मृत्यु भएको डिएसपी बस्नेतले जानकारी दिएका छन् । डिस्सपी बस्नेतले हत्याको कारण नखुले पनि विगत ५÷६ दिनदेखि श्रीमान माझी अस्वभाविक गतिविधि गर्दै आएको बुझिएको बताए । श्रीमतिको हत्या गर्ने तिलबहादुरलाई प्रहरीले नियन्त्रणमा लिइसकेको डिएसपी बस्नेतले बताए । हत्या गरेको खबर
धरान/ गत माघको पहिलो साता धरान उपमहानगरपालिकाको वडा नम्बर ५ ले छैठौं तहको अधिकृत नभएकाले सेवा दिन नसकिएको भन्दै एक साता कार्यालयको सेवा ठप्प पारे । वडाको भुक्तानी देखि सेवाग्राहीलाई दिनुपर्ने प्रशासनिक कामहरु गर्न नसकेको भन्दै वडाअध्यक्षले नै वडा कार्यालय बन्द गर्न निर्देशन दिए पछि अधिकृत तहको कर्मचारी धरान उपमहानगरपालिकाले पठाएको थियो । अहिले धरान उपमहानगरपालिका वडा नम्बर ४ दुई साता देखि सचिव विहिन भएको छ । वडा सचिव नहुँदा अहिले सेवाग्राहीलाई सेवा दिन र सम्पन्न भएका योजना तथा कार्यक्रमको भुक्तानी सबै रोकिएको छ ।धरान उपमहानगरपालिकाले आर्थिक कारोबारको अधिकार वडालाई नै दिएको छ । छैठौं तहको
इटहरी/ पत्रकारको परिचयपत्र बोकेर ठगी धन्दा गर्दै आएका एक जना सहित इलाका प्रहरी कार्यालय इटहरीले विभिन्न आरोपमा संलग्न रहेका ५ जना पक्राउ गरेको छ । सुनसरी पोष्ट नामको अनलाईन पत्रिकाबाट निकालिएको परिचय पत्र र भिजिटिङ कार्ड सहित जग्गा दलाली गर्नेलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु सहित पछिल्लो एक साता यता प्रहरीले बिभिन्न अपराधमा संलग्न ५ जनालाइ पक्राउ गरि बुधबार सार्वजनिक गरेको हो । त्यस्तै स्कुटर चोरीको अभियोगमा २ जनालाइ पक्राउ गरेको छ । गत चैत ८ गते इटहरीस्थित हिमालय बैंक परिषरमा पार्कीङ गरि राखिएको को ३७ प ८१०५ को स्कुटी चोरी भएको थियो । स्कुटी चोरी गरेको अभियोगमा प्रहरीले मोरङ
विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले होली पर्व मनाउन बन्देज र रोक नलगाईने बताएका छन् । विराटनगरका गायक सुमित खड्का र कलाकार दीपाश्री निरौलाको धनियाँ के होली नामक गीति संग्रहको बुधबार विमोचन गर्दै लगाउन वा बन्देज नलगाईने बताए । भने,“होलीको आफ्नै सांस्कृतिक महत्व छ । यसलाई मनाउन रोक लगाईने छैन ।“ कार्कीले प्रमुख जिल्ला अधिकारीले जागिर खानको लागि मात्र होली मनाउन रोक्ने निर्णय गर्न नहुने स्पष्ट गरे । काठमाडौंबाट आउने सूचनालाई मात्र सर्कुलर गर्दा नागरिकमा त्रास छाउने मन्त्री कार्कीले बताए । कोरोनाको दोस्रो लहर आउने संभावनाबीच सभा सम्मेलन, जमघट र भि
धरान । स्थानीय तहले तेस्रो चौमासिक शुरु हुँदासम्ममा करिब ५० प्रतिशतभन्दा बढी खर्च गरिसक्नुपर्ने हुन्छ । आर्थिक वर्ष समाप्त हुँदासम्म ८० प्रतिशत बजेट कार्यान्यवन भएका स्थानीय तहलाई उत्कृष्ठ मानिन्छ । सोही आधारमा संघीय सरकारबाट आउने बजेटको पनि निर्धारण हुने गर्दछ । स्थानीय तहको निर्वाचन हुनु अघिसम्म कर्मचारीबाट चलेको स्थानीय तह जनप्रतिनिधी आए पछि विकाश र बजेट कार्यान्यवनले गति लिने विश्वास गरिएको थियो । तर विगत ४ वर्ष यता जनप्रतिनिधी आए पछिको बजेट कार्यान्यवन वर्षेनी निराशाजनक नै बन्दै गएको छ । निर्वाचन भएको पहिलो वर्ष र दोस्रो वर्ष बजेट कार्यान्यवनमा नितिगत अफ्ठयाराहरु देखाए पनि चौथो वर्षको बज
विराटनगर । पछिल्लो पटक प्रदेश १ को राजधानी विराटनगरसहित मोरङका शहरहरुमा भेटिएका संक्रमितहरुमा कोरोनाको नयाँ ‘भेरिएन्ट्स’ हुन सक्ने देखिएको छ । ट्राभल हिस्ट्री हेर्दा भारत पुगेको देखिएकोले पछिल्लो पाँच दिन यताका संक्रमितमा नयाँ भाईरसको संक्रमण भएको हुनसक्ने स्वास्थ्य विज्ञको अनुमान छ । कोरोनाको नयाँ भेरिएन्ट्स पहिलेको तुलनामा निकै संक्रामक मानिन्छ । विराटनगरमा मंगलबार थपिएका एक सहित पाँच दिनयता ७ जनामा संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार मंगलबार झापा, मोरङ र सुनसरीमा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश बाहिरका एक जना, सुनसरीको धरान उपमहानगरपालि
धरान । विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका बालबालिकाहरुलाई कारवाही गर्न प्रहरीलाई चुनौतीपुर्ण बनेको छ । धरानमा केही समय यता स्कुटी चोरीमा संलग्न रहेका बालकहरुलाई कारवाही गर्न चुनौतीपुर्ण बनेको हो । पछिल्लो समय धरानका विभिन्न वडाबाट स्कुटी चोरीका घटनामा बालबालिकाहरु संलग्न हुने गरेको पाइएको छ । करिब ११ वर्ष देखि १३ वर्ष उमेरका बालकहरु चोरीका घटनामा संलग्न भएका पाइएको हो । घर अगाडि पार्किङ गरि राखिएका स्कुटी चोरी गर्ने र स्कुटीका पार्टसहरु बिक्रि गर्ने गरेका छन् । उनीहरुलाई पक्राउ गरे पनि कानुनी प्रक्रिया अनुसार कारवाही गर्न समस्या देखिएको छ । इलाका प्रहरी कार्यालयका अनुसार स्कुटीका चोरी
सुनसरी । छिमेकी देशमा कोरोनाको संक्रमण बढ्दै गए पछि सरकारले भिडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेको छ । सभा, जुलुस, गोष्ठी लगायतका भिडभाड हुने कार्यक्रम नगर्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको हो । भारतमा पुनः कोरोना संक्रमण बढ्न थाले पछि नेपालमा पनि सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ । आइतबार विज्ञप्ति सार्वजनिक गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले छिमेकी देश भारतमा देखिएको संक्रमणको त्रास नेपालमा पनि भएकाले सतर्कता अपनाउन अनुरोध गरेका हुन् । उनले सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड नगर्न अनुरोध गरेका छन् । उ
धरान / पत्रकारहरुको छाता संगठनको रुपमा रहेको नेपाल पत्रकार महासंघमा चुनावी सरगर्मी बढ्दै गएको छ । महासंघको केन्द्रले चैत्र २५ गते चुनावको मिती घोषणा गरेसँगै सुनसरीमा पनि पत्रकाहरुलाई चुनावी सरगर्मी बढेको हो । चैत्र २५ गते केन्द्रका पदाधिकारीसँगै प्रदेश र जिल्ला समितिको निर्वाचन हुँदैछ । कोरोनाका कारण ढिलाई भएको महासंघको चुनाव चैत्र २५ गतेलाई तोकिएको हो । विभिन्न राजनीतिक दलसंग निकट रहेका पत्रकार संगठनहरु अहिले महासंघ सुनसरीको नेतृत्व लिने दाउमा रहेका छन् । सांगठिक रणनीति सहित चुनाव जित्ने माहोल बनाउन आ–आफ्नो ढंगले अगाडी बढेका छन् । सुनसरीमा विशेष गरी नेपाली कांग्रेससंग सम्बद्ध प्र
इटहरी । इटहरीमा सञ्चालित निजि कलेजको ज्यादती बिरूद्ध पहिलो पटक बिद्यार्थीहरू सडकमा उत्रिएका छन । समयमै जायज मागको सुनुवाइ नहुँदा र पटक पटक कलेज सञ्चालकहरूले बेवास्था गरेपछि बिद्यार्थीहरूले स्थानीय सरकार देखि राष्ट्रिय राजमार्ग नै अवरूद्ध गर्न बाध्य बनेका छन । कोरोना संक्रमणसंगै मुुलक लकडाउन हुँदा कलेजहरूले सो समयको पनि शुल्क तिर्न लगाएपछि बिद्यार्थीहरू आन्दोलित बनेका हुन । उनीहरूले लकडाउनको समयको कुनै शुल्क नलिन कलेज सञ्चालकहरूसंग आग्रह गर्दा वेवास्था गर्दै आएका थिए । इटहरी स्थित कस्तुरी कलेजबाट सुरू भएको बिद्यार्थी आन्दोलन अहिले अधिकांस निजि कलेज प्रवेश गरिसकेको छ फलस्वरूप शयौको संख्यामा अध