समाज

    Showing 5,771-5,780 of 6,739 items.
  • वीपी प्रतिष्ठानका चिकित्सकद्वारा सामुहिक राजीनामा दिने चेतावनी (भिडियो सहित)

    धरान । विगत एक साता देखि आन्दोलनमा रहेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले सामुहिक राजिनामा दिने चेतावनी दिएका छन् । प्रतिष्ठानमा बढ्दै गएको अनियमितताका विरुद्ध आवाज उठाइरहेका चिकित्सकहरुको आन्दोलन एक साता सम्म पुग्दा पनि उपकुलपति काठमाण्डौंमा बसेर आन्दोलन दबाउन खोजिरहेको आरोप लगाउँदै उनीहरुले सामुहित राजिनामा दिने चेतावनी दिएका छन् । आज सातौं दिन प्रतिष्ठानमा क्षेत्रमा विरोध र्याली प्रदर्शन पछि उपकुलपति कार्यालय अघि विरोध सभा गर्दै संयुक्त संघर्ष समितीका संयोजक डा. एसपी रिमालले दुई वटा कार्यक्रमको घोषणा गरेका छन् । उनले भने, ‘संयुक्त संघर्ष समितीले छलफल गरेर अल

    • प्रकाशित मितिः असार ७, २०७८
    • 3,478 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दलित भएको थाहा पाए पछि कोठा नदिने घरबेटी पक्राउ

    सुनसरी । दलित समुदाय भनि कोठा नदिने घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ । सञ्चारकर्मी रुपा सुनारलाई सानो जात भनि कोठा नदिने काठमाण्डौं महानगरपालिका वडा नम्बर ११ की सरस्वती प्रधानलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प्रक्राउ गरेको हो । प्रधानले कोठा भाडामा दिने मन्जुर भइसकेपछि पनि अन्तिममा दलित भन्ने थाहा पाएपछि भाडामा दिन अस्वीकार गरेकी थिईन् । रूपाले आफूमाथि जातीय विभेद भएको भन्दै गत बिहीबार प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् । प्रहरीले घरबेटीविरुद्ध जातीय भेदभाव तथा छुवाछूत मुद्दाको दफा ४ को उपदफा ३ बमोजिम जाहेरी दर्ता गरेको थियो ।भाडाको कुरा गरेपछि जातको कुरा आउँदा रूपाले घरबेटीलाई आफू कामीक

    • प्रकाशित मितिः असार ६, २०७८
    • 716 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पत्रकार हौं भन्दै रकम असुली गर्ने दुई जना पक्राउ

    विराटनगर । वनको कर्मचारी र पत्रकार हौं भन्दै धाकधम्की दिएर फर्निचर व्यवसायीसँग रकम असुली गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरी इटहरी उपमहानगरपालिका वडा नं.–६ जुटबिकास बस्ने वर्ष ५० को दधिराम चौहान र मोरङ सुन्दरहरैचा नगरपालिका वडा नं.–७ बस्ने वर्ष ५६ को पुष्पप्रसाद सिग्देललाई मोरङबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । ‘हामी बनको कर्मचारी र पत्रकार हौं कार्यालयमा तेलको आवश्यक छ सहयोग गर्नुहोस अन्यथा तपाईहरूलाई काम गर्न अप्ठेरो हुनेछ’ भन्ने डर त्रास देखाई उनीहरुले विभिन्न काठ मिलहरूमा रकम उठाई ठगी गर्ने गरेको प्रहरीको भनाई छ । आसर ४ गते मोरङ रतुवामाई नगरपालिका

    • प्रकाशित मितिः असार ६, २०७८
    • 1,373 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बेलबारीमा बृक्षारोपण गरी मनाइयो स्काउट स्थपना दिवस

    मोरङ / नेपाल स्काउटको ७०औँ स्थापना दिवसको अवसरमा नेपाल स्काउट बेलबारी नगर समितिले बृक्षारोपण गरेको छ । बेलबारी नगरपालिकाको प्रागणमा फलफुलका बिरुवाहरु रोपेर स्काउटले स्थापना दिवस मनाएको हो । नगर प्रमुख ज्ञानेन्द्र सुवेदी उप प्रमुख ढाका कुमारी पराजुलिले आप, स्ट्रोवेरी, अम्बा लगायतका बिरुवा रोपेका छन । विरुवा रोप्दै स्काउटका संरक्षक समेत रहेका नगर प्रमुख सुवेदीले स्काउटको कामको प्रसंसा गरेका छन । नगरपालिका सँगको सहकार्यमा बेलबारी स्काउटले कोरोनाबाट मृत्यु भएकाहरुको शबको ब्यबस्थापन समेत गर्ने गरेको स्काउट बेलबारीका संयोजक बादल देवानले बताए । यसैगरी सुन्दरहैचामा पनि बृक्षा रोपण गरी स्थपना दि

    • प्रकाशित मितिः असार ५, २०७८
    • 803 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लागूऔषध ब्राउन सुगर सहित ४ जना पक्राउ

    मोरङ । मोरङको पथरीशनिश्चरे र कानेपोखरीबाट लागूऔषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरिएको छ । आज बिहान साढे ६ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पथरी शनिश्चरे नगरपालिका १ सिनेमाहल छेउबाट सोही स्थानका ३५ बर्षीय नारायण परियार र ३२ बर्षीय कृष्ण दर्नाललाई पक्राउ गरिएको हो । प्रहरीले उनिहरुलाई लागूऔषध ब्राउन सुगर १३ ग्राम ८०० मिलिग्राम र तौल गर्ने डिजिटल मेशिन सहित पक्राउ गरेको छ । त्यस्तै हिजो राती साढे १० बजे सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले कानेपोखरी गाँउपालिका २ का ३१ बर्षीय हर्क बिष्ट र २७ बर्षीय योगेन्द्र निरौलालाई घरबाट लागूऔषध ब्राउन सुगर

    • प्रकाशित मितिः असार ४, २०७८
    • 1,818 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ को दुई छुट्टाट्टै स्थानमा लडेर २ जनाको मृत्यु

    धरान/ ओखलढुंगा र पाँचथरमा लडेर २ जनाको मृत्यु भएको छ । ओखलढुङगा सिद्दिचरण नगरपालिका ४ रुम्जाटार का ६७ बर्षीय बिर बहादुर ठटालको घर नजिकै बारीको डिलबाट लडेर मृत्यु भएको छ । हिजो बेलुका साढे ६ बजे उनलाई बारीको डिलबाट लडेर बेहोस अबस्थामा परिवारले फेला पारी घरमा ल्याई पुर्‍याउन साथ मृत्यु भएको थियो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी टोली खटि थप अनुसन्धान भईरहेको छ । त्यस्तै आज बिहान ९ बजे पाँचथर फिदिम नगरपालिका ३ का ३९ बर्षीय जय कुमार राईको सोही स्थानको फुस्रेडाडाको भिरबाट लडि मृत्यु भएको छ । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी पौवासार्तापबाट प्रहरी टोली खटि गई थप अनु

    • प्रकाशित मितिः असार ४, २०७८
    • 883 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बाढी पहिरोमा परि चार दिनमा १५ जनाको मृत्यु, २५ बेपत्ता

    सुनसरी । यस वर्षको मनसुन सुरु भएको पहिलो सातामै देशभर बाढी पहिरोमा परि १५ जनाको मृत्यु भएको छ । देशभरका विभिन्न ठाउँमा बाढी पहिरोमा परि ४ दिनमा बाढी पहिरोमा परेर १५ जनाको मृत्यु हुनुका साथै २५ जना बेपत्ता भएका छन् भने ११ जना घाइते भएका छन् । गृह मन्त्रालय मातहतको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रका अनुसार अहिलेसम्म ९ जना बाढीमा र ६ जना पहिरोमा परेर मृत्यु भएका छन् । बाढी पहिरोमा परि सिन्धुपाल्चोकमा ३ जना र सप्तरी, काभ्रेपलाञ्चोक, कास्की, अर्घाखाची, गोरखा र बाजुरामा १–१ जनाको बाढीमा परेर मृत्यु भएको छ भने डोटीमा ३ र पाल्पा, कालिकोटमा र जुम्लामा पहिरोमा परेर १–१ जनाको मृत्यु

    • प्रकाशित मितिः असार ४, २०७८
    • 1,080 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हात्तीको फोटो खिच्न जाँदा आक्रमणमा परी मृत्यु

    विराटनगर । मोरङमा बस्तीमा देखिएको हात्तीको तस्विर लिन खोज्दा एक जना युवकको मृत्यु भएको छ । मोरङको सुनवर्षी नगरपालिका – ८ स्थित हर्चनगडीमा बस्तीमा देखिएको हात्तीको तस्विर लिन खोज्दा आक्रमणका परी २० वर्षीय मनोहर मियाँको मृत्यु भएको हो । शुक्रबार बिहान ६ बजेतिर बस्तीमा हात्ती आएपछि फोटो खिच्न जाँदा मिया आक्रमणमा परेका थिए । इलाका प्रहरी कार्याल्य रंगेलीका अनुसार भारती क्षेत्रबाट जंगली हात्ती बिहान ५ बजे नै नेपाली भूभागतर्फ आएको थियो । प्रहरी निरिक्षक अनमोल खड्काका अनसार मियाको उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको हो ।

    • प्रकाशित मितिः असार ४, २०७८
    • 1,585 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कांग्रेसद्बारा जगदगुरु पिठ क्षेत्र सेनिटाइज

    वराहक्षेत्र । कोरेना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने उद्धेश्यले चतराधाम स्थित जगत गुरु पिठ क्षेत्रमा सेनिटाइज गरिएको छ । वराहक्षेत्र १ स्थित पिठ क्षेत्रमा नेपाली कांग्रेस मार्फत सेनिटाइज गरिएको हो । प्रदेश नं १ कै प्रसिद्ध तिर्थ स्थलको रुपमा रहेको जगद गुरु पिठमा वटुक , बुद्धहरु समेत बस्ने र मानिसहरुको चहल पहल समेत हुने भएकाले पिठ सेनिटाइज गरेको सेनिटाइज अभियानका संयोजक नेपाली कांग्रेस क्षेत्र नं ४ का सचिब रमेश कार्कीले बताए । संयोजक कार्कीका अनुसार पिठलाई ५० केजि आलु तथा सेनिटाइजर र माक्स समेत प्रधान गरिएको थियो । सेनिटाइजसंगै नेपाली कांग्रेसका नेताहरु नेपाल महिला संघ केन्द्रीय सद

    • प्रकाशित मितिः असार ४, २०७८
    • 871 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खुट्टामा बाँध्ने क्र्याक ब्यान्डेजले घाँटी बाँधेर साथीको हत्या

    झापाः झापामा घाँटी बाँधेर एक पुरुषले आफ्नै साथीको हत्या गरेका छन् । मेचीनगर नगरपालिका–५ अँधेरी निवासी ४० वर्षीय भीमराज लिम्बू ९लिङ्देन०को मङ्गलबार राति हत्या भएको हो । आफ्नै साथी ५६ वर्षीय शुक्रराज लिम्बूले घाँटीमा क्र्याक ब्यान्डेजले बाँधेर हत्या गरेको खुलेको झापा प्रहरीका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए । आपसी झगडा हुँदा खुट्टामा बाँध्ने क्र्याक ब्यान्डेजले मृतकको घाँटीमा बाँधेर हत्या गरेको आरोपी शुक्रराजले प्रहरीसमक्ष स्वीकार गरेको उनको भनाइ छ । स्थानीय इटाभट्टा छेउमा क्र्याक ब्यान्डिजको कपडाले घाँटी बाँधिएको र मुखबाट रगत बगिरहेको अवस्थामा लिङ्देनको शव देखेपछि स्थानीयवासीले

    • प्रकाशित मितिः असार ३, २०७८
    • 1,359 पटक पढिएको
    • "रासस"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved