समाज

    Showing 5,761-5,770 of 6,739 items.
  • सप्तकोशीको क्षति न्युनिकरण गर्न पूर्व शतर्कताको उपायको बारेमा प्रशासनको चासो

    सुनसरी/ अविरल बर्षाका कारण देशका विभिन्न स्थानमा बाढी पहिरोले ठूलो धनजनको क्षति पु¥याइरहेको छ । सप्तकोशी नदीको तटबन्दे विगतका दिनहरुमा सुनसरी, सप्तरी लगायतका सर्वसाधारणको धनजनमा ठूलो क्षति पुग्यो । बर्षाद् लागेसंगै बर्षाद्ले विगतको जस्तो ठूलो धनजनको क्षति नपुगोस् भन्ने उद्देश्यले सुनसरी प्रशासनले यसतर्फ चासो देखाएको छ । सुनसरी प्रशासनले सप्तकोशी नदीमा आउन सक्ने बाढी र त्यसले पु¥्याउन सक्ने क्षति रोक्ने उद्देश्यसाथ सुनसरी प्रशासनले स्पर निरीक्षण तथा तटबन्ध सुरक्षाका सवालमा भइहेको काममा चासो दिएको छ । कोशी क्षेत्रको निरीक्षण र स्थलगत अनुगमनसँगै सम्भावित जोखिमका बारे प्रजिअ सहितको टोलील

    • प्रकाशित मितिः असार १०, २०७८
    • 1,205 पटक पढिएको
    • " गोविन्द बस्नेत "
  • चट्याङमा परी रंगेलीका १ जनाको मृत्यु, ४ जना घाईते

    मोरङ। मोरोङको रंगेली नगरपालिका ६ मलङ्गथानमा बुधबार दिउँसो १ बजे अचानक चट्याङ पर्दा रंगेलीका १ जना पुरुषको मृत्यु भएको छ । पिठारीको रुख मुनि सितल छहारीमा गफ गरी बसिरहेको अवस्थामा चटयाङ्ग लागेर सोही स्थानका २० बर्षीय नितेस रायको रंगेली अस्पतालमा पुर्‍याउन साथ मृत्यु भएको थियो भने सोही स्थानका ४५ बर्षीय अशोक मण्डल, १७ बर्षीय बिजय मण्डल, २२ बर्षीया संगिता राय, र २७ बर्षीय रबिन मण्डल घाईते भएका हुन् । घाईतेहरुको रङेली अस्पतालमा उपचार भईरहेको छ ।

    • प्रकाशित मितिः असार ९, २०७८
    • 950 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना कहर : तंग्रिन नपाउदै धरासयि बन्यो ब्यवसाय, महङ्गो भाडाले व्यापार छाड्दै इटहरीका व्यवसायी

    इटहरी । इटहरी वडा नं ६ की मुना दाहालले विपी चौकमा सञ्चालन गर्दै आएको होटल कोठा भाडा तिर्न धौ–धौं भएपछि अरूलाइ नै विक्री गरी ब्यवसाय छाडिन । कोरोना महामारीले गर्दा सटर भाडा तिर्ने पैसा नहुँदा मुनाले होटल विक्री गरेकि हुन् । उनले छ वर्षदेखि होटल ब्यवसाय गर्दै आएकी थिइन् । यतिबेला परिवारको गर्जो टार्न नै समस्या परेको मुना सुनाउछिन , होटलले ४ जनाको परिवार धान्दै आएको थियो । तर, कोरोना महामारी फैलिएकाले गर्दा होटलमा ग्राहक आउन छाडेपछि सटर भाडा तिर्न नसक्दा गर्दै गरेको ब्यवसाय अरूलाइ बिक्रि गरी आफु पलायन हुनुपरेको सुनाउछिन , जसले गर्दा यतिबेला उनको परिवारलाईं खर्च धान्न सकस भएको दुखेसो पोख्छि

    • प्रकाशित मितिः असार ९, २०७८
    • 1,946 पटक पढिएको
    • "तेजबहादुर बन"
  • चलचित्रकर्मीलाई भ्याक्सिन उपलब्ध गराउन प्रदेश सरकार सँग माग

    धरान । कोभिडको महामारीमा सरकारले वितरण गरेको भ्याक्सीन वितरणमा विभेद गरेको भन्दै चलचित्रकर्मीहरुले मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । विषम परिस्थितीमा फ्रन्ट लाइन र ६० वर्ष उमेर माथिका समुहका धेरैले दोस्रो चरणको समेत भ्याक्सिन लगाइसकेको अवश्थामा चलचित्रकर्मीहरुलाई पहिलो चरणकै भ्याक्सिन उपलब्ध नगराएको भन्दै प्रदेश १ का चलचित्रकर्मीहरुले प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन् । चलचित्रकमी हरुलाई राज्यले वेवास्ता गरेको र अहिले सम्म पनि पहिलो चरणको समेत भ्याक्सिन नपाएको भन्दै हिमाल दाहालको संयोजकत्वमा गएको चलचित्रकर्मीहरुको टोलिले प्रदेशका विभिन्न मन्त्रालयहरुमा भ्याक्सिन पाउनु पर्ने माग सहित म

    • प्रकाशित मितिः असार ९, २०७८
    • 778 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • छिमेकीको कुटाइबाट मानसिक सन्तुलन गुमाएकी गर्भवती महिलालाइ दलित महिला सञ्जालद्धारा आर्थिक सहयोग

    धरान । मानसिक सन्तुलन नै गुम्नेगरी छिमेकीको कुटाई खाएकी दलित महिलाको न्यायको माग गर्दै उनको उपचारको लागि दलित महिला संजाल धरानले आर्थिक सहयोग गरेको छ । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मानसिक बिभागमा उपचार गराई रहेकी कानेपोखरी गाउँपालिका– ५ चिसाङ बस्तिकी २५ वर्षीया डुका देवी दर्जी तामाङ ९सोना० लाई संजालले उपचारको लागि १० हजार रुपैया सहयोग गरेको हो । उनका परिवारलाई भेटघाट गर्दै संजालले घटनाका बिस्तृत जानकारी समेत लिएका छन् । दलित विकास समिति, दलित महिला सञ्जाल र दलित युवा सञ्जालको संयुक्त पहलमा रकम संकलन भएको सञ्जालकी प्रवक्ता कञ्चन पाँचकोटीले बताइन् । वैशाख ३० गत

    • प्रकाशित मितिः असार ९, २०७८
    • 731 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दक्ष जनशक्ति उत्पादन गर्दै संवृद्धि आयोजना

    मोरङ । कृषि तथा औद्योगिक उत्पादनमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले विगत ३ वर्ष देखि संचालित संवृद्धि आयोजना सफल उन्मुख रहेको छ । बेरोजगारहरुलाई शीपमुलक तालिम दिएर रोजगारी बृद्धि गर्न संबृद्धि आयोजनाले प्रदेश १ को कोशी कोरिडोर अन्तगर्तका ८ र प्रदेश २ मा जनकपुर करिडोर अन्तर्गतका ७ अनि प्रदेश ३ को १ वटा जिल्लाका ३० हजार बढी बेरोजगारहरुलाई प्रत्यक्ष रोजगारी दिलाउन संबृद्धि आयोजना सफल सहयोगी बनिरहेको छ । नेपाल सरकार र दातृ निकायको सहयोगमा निर्माण भएको संबृद्धि आयोजना प्रदेश १ को कोशी करिडोर अन्र्तगत मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, भोजपुर, खोटाङ, ओखलढुंगा, खोटाङ, र उदयपुर अनि प्रदेश २ को जनक

    • प्रकाशित मितिः असार ९, २०७८
    • 1,406 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खानेतेलको गिलेनमा लागूऔषध

    सुनसरी । मोरङको बिराटनगर १६ स्थित दक्षिण गेटबाट लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी चक्रघट्टी ७ का ३२ बर्षीय राज कुमार मगर रहेका छन् । उनले बोकेको झोलामा खानेतेलको गिलेनमा एभिल ७७ एम्पुल, लुपिजेसिक ७५ एम्पुल, डाइजाल्याप ७५ एम्पुल र फेनारगन ७८ एम्पुल फेला परेको थियो । पक्राउ परेका मगरलाई ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः असार ९, २०७८
    • 965 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लागूऔषध सहित ५ जना पक्राउ

    सुनसरी । मोरङ सुनवर्सी नगरपालिका ८ विश्वकर्मा चौकमा लागूऔषध ब्राउन सुगर सहित फरक फरक समयमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । सोमबार साँझ प्रहरी चौकी झपडतलबाट खटिएको प्रहरी टोलिले फरक फरक समयमा उनीहरुलाई एकै ठाउँबाट पक्राउ गरेको हो । साँझ ७ बजे पक्राउ पर्नेहरुमा सुनसरी ईटहरी ७ का ३५ बर्षीय सुजन भन्ने ललित चौधरी, मोरङ कानेपोखरी ७ का २० बर्षीय महेश चौधरी र १९ बर्षीय भत्तेल भन्ने समिर चौधरी रहेका छन् । राती ९ बजे पक्राउ पर्नेहरुमा मोरङ पथरी शनिश्चरे नगरपालिका ४ का २५ बर्षीय प्रकाश लिम्बु र २० बर्षीय बिमल तामाङ रहेका छन् ।बेलुका साढे ७ बजे प्रहरी चौकी झपडतलबाट खटिएको प्रहरी टोलीले दक्षिणबाट आउदै

    • प्रकाशित मितिः असार ८, २०७८
    • 1,019 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आजबाट विराटनगरमा सबै पसल खुला

    विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा निषेधाज्ञाका प्रावधान केही खुकुलो गरी आजबाट मध्यान्न १२ बजेसम्म बजार खोल्न दिएको छ ।मंगलबार बिहानबाट असार १४ गतेसम्मका लागि थपिएको निषेधाज्ञाको अवधिमा सबै पसल खुला गर्न दिने निर्णय भएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले निषेधाज्ञा थप भएको र आजबाट दिउँसो १२ बजेसम्म सबै पसल खुला गर्न दिने निर्णय भएको बताएका छन् । विराटनगरमा बिहानैदेखि सबै प्रकारका पसल खुला रहेका छन् । दैनिक कोरोना संक्रमितको संख्या पचास हाराहारी र कहिले त्यो भन्दा कम आउन थालेको छ । तर, महानगरपालिका भित्र सक्रिय संक्रमितको संख्या भने ९ हजार भन्दा धेरै छ । प्रश

    • प्रकाशित मितिः असार ८, २०७८
    • 1,930 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा जोरविजोर लागु गर्दै सार्वजनिक सवारी चलाउने व्यवस्था मिलाउन व्यवसायीको माग

    धरान । कोरोनाको संक्रमणबाट सबै भन्दा बढि सार्वजनिक यातायात व्यवसायीहरु मारमा परि व्यवसायबाटै पलायत हुने अवश्था आएकाले जोरविजोर प्रणाली लागु गर्दै सवारी साधन संचालन गर्ने व्यवस्था मिलाउन यातायात व्यवसायीले माग गरेका छन् । प्रदेश १ मा स्वास्थ्य मापदण्ड पुरा गरेर जोरबिजोर प्रणालीबाट सार्वजनिक यातायातका सवारीसाधन चलाउने व्यवस्था मिलाउन माग गर्दै नेपाल याततायात व्यवसायी राष्ट्रिय महासंघ १ नम्बर प्रदेश समितीले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने अभियान अन्तर्गत सोमबार झापा र सुनसरीमा ज्ञापन पत्र बुझाएका हुन् । महासंघ प्रदेश

    • प्रकाशित मितिः असार ८, २०७८
    • 1,471 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved