धरान/ धरान १४ विजयपुरमा रहेको मन्दिरको चर्चा दिनप्रतिदिन चुलिदै गएको छ । चर्चा चुलिएकै कारण अहिले नेपालबाट मात्र हैन भारतबाट समेत बुढासुब्बा मन्दिरको दर्शन तथा पूजाआजाका लागि आउने तिर्थालुहरु बढ्दै गएका छन् ।विजयपुरमा रहेका अन्य मन्दिरको भन्दा बेग्लै चर्चा कमाएको बुढासुब्बा मन्दिरको ऐतिहासिकताको महिमा सुनेरै दर्शन तथा पूजाआजा गर्न आउने गरेको पूजारी बताउँछन् । धरान १४ बुढासुब्बा नजिक पूजाका सामाग्री वितरण गदै आएका इन्द्रबहादुर श्रेष्ठले बुढासुब्बा मन्दिरको महिमा चुलिदै गएका कारण दिनप्रतिदिन भक्तजनहरु बढ्दै गएको बताए । उनले कोरोना महामारीका समयमा समेत फाट्टफुट्ट भक्तजन आए पनि मन्दिर बन्द भ
धरान÷सरकारको निर्णयमा नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थको मूल्य विरुद्धर्मा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पाटीले गरेको बन्द आवहानले पूर्वको जनजीवन प्रभावित बनेको छ । बन्दको प्रभाव धरानमा समेत परेको छ । मंगलबार बिहानैदेखि धरानबाट चल्ने लामो दुरीको सवारीसाधानहरु चल्न सकेका थिएनन् भने भने शैक्षिक संस्थाहरु पनि बन्द भए । उद्योग, कलकारखाना, व्यापार व्यवसाय पनि आंशिक बन्द भएका थिए भने टेम्पो, सफारी र मोटरसाइकलहरु भने निर्वाध रुमा चलेका थिए । बन्दकै कारण धरानमा गन्तव्यसम्म हिडेका यात्रुहरु समेत अलपत्र परे । धरानको पूर्व पश्चिम राजमार्ग चल्ने सवारी साधन तथा कोशी पह
इटहरी । बजार बन्दगराउन हिडिका नेत्र बिक्रम चन्द ९विप्लव०का २१ जना कार्यकर्ता पक्राउ परेका छन् । बन्दको अवज्ञा गरेको भन्दै भन्दै खुल्ला रहेको बजार बन्द गराउन हिडिका उनिहरुलाई इलका प्रहरी कार्यालय इटहरी पक्राउ गरेको हो । ब्यवसायिको इच्छा बिपरित पसल बन्द गराउदै हिडेको भेटिएपछि तत्काल नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरिक्षक अर्जुन केशिले बताए । पेट्रोलियम पदार्थको मुल्य बृदिको बिरोधमा नेपाल बन्दको आह्वान गरेको नेत्रविक्रम चन्द९बिप्लव०नेतृत्वको नकपाका कार्यकर्ताहरूले बजार र सवारी साधनहरू बन्द गराउदै हिडेपछि नियन्त्रणमा लिनुपरेको डिएसपि केशिको भनाइ छ । यसैबिच इटहरी लग
इटहरी / प्रदेश एकमा पटक पटक सरकार परिवर्तन भइरहदा अरर्बौै रुपैयाको लगानी गरेर ब्यवसाय गर्दै आएका ठूला व्यवसायीहरू भने मारमा परेका छन । स्थानीय, प्रदेश र केन्द्रीय सरकारको नीति अनुसार सञ्चालन हुँदै आएका ठुला लगानीका व्यवसायहरू सरकार परिवर्तनसँगै लगानी पनि जोखिममा परेका हुन् । प्रदेश सरकार कुर्सीकै मोहमा लडन थालेपछि ब्यवसायीहरूको समस्या बुझ्न नसकेको ठूला व्यवसायीहरूको आरोप छ । सुनसरी, मोरङ औद्योगिक करिडोर क्षेत्रमा यो वर्ष आएको बेमौसमी बाढीले करोडौको क्षति बेहोर्नुपरेको थियो । त्यस बेला प्रदेश सरकारका निर्वतमान मुख्यमन्त्री भिम आचार्यले क्षतिपुर्तिको आश्वासन दिएपनि उनको राजिनामा पछि गठित न
झापा/ झापाको शिबसताक्षी नगरपालिका १० माइधार चौक नजिक भित्रीसडक खण्डमा स्कारपियोको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानकी ७२ बर्षीया ललिता कट्वाल रहेकी छन् । सोमबार(आज) बिहान सँवा ११ बजे दक्षिणबाट उत्तर तर्फ आउदै गरेको को १ च ७४१६ नम्बरको स्कारपियोले पैदल यात्री कट्वाललाई ठक्कर दिंदा उनको घटनास्थालमानै मृत्यु भएको हो । स्कारपियो र चालक ईलाम देउमाइ नगरपालिका ३ का ३२ बर्षीय पुर्ण खतिवडालाई अस्थाई प्रहरी पोष्ट माईधारले नियन्त्रणमा लिएको छ । मृतकको शव पोष्टमार्टमको लागी दमक अस्पताल पठाईएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
बराहक्षेत्र/ गत बर्ष कोरोना सक्रमणका कारण नलागेको कात्तिके अर्थात हरिबोधिनी एकादशी मेला यस बर्ष लाग्ने भएको छ । कोभिडका कारण भारतिय तिर्थालु आउन नसक्दा गत बर्ष मेला लाग्न सकेको थिएन् । छिटफुट रुपमा मात्र स्थानीय भक्तजहरुले मेलाको औपचारिकता मात्र सुरु गरेका थिए । यस वर्ष भाईरसको सक्रमण न्यून हुँदै गएकाले मानिसको चहल पहल सुरु भएको छ । बराहक्षेत्रमा लाग्ने कार्तिके मेला कात्तिक २९ गते सोमवार एकादशीको दिनबाट सुरु भई मङसिर ३ गते शुक्रवार पुर्णिमाको दिनसम्म ५ दिन लाग्ने भएको छ । मेलाको लागि बजार, कोसी नदीमा घाटको व्यवस्थापन विद्युत्, खानेपानी लगायत उपसमिति गठन गरिएको छ भने मेलाको तयारी समेत प
रंगेली/ श्रम ऐन अनुसार पुर्ण रुपमा सुविधा नपाएको भन्दै रंगेली नगरपालिका ८ स्थित चण्डिका डिष्टिलरीका मजदुरहरुले ९ सुत्रिय माग राख्दै आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । श्रम ऐनमा व्यवस्था गरे अनुसारको पूर्ण रुपमा सुविधाहरु लागू नभएको भन्दै आन्दोलन गर्ने तयारी गरिएको पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । उनीहरुले नियमित कामदार तथा कर्मचारीहरु बाहेकका लागि पनि नियमित गर्दै सबै कामदार तथा कर्मचारीलाई वार्षिक बोनस ३ महिना बरावरको खाइ पाई आएको तलव भत्ता सहित दिने व्यवस्था गर्न माग गरेका छन् । दशै खर्च वापत ४५ दिन बराबरको खाई पाई आएको तलव भत्ता, श्रम ऐन २०७४ को परिच्छेद ९ मा निर्धारण गरेका सम
ओखलढुंगा / ओखलढुंगाको सुनकोशी गाउँपालिका-९ बुलडाँडामा आज बिहान भएको बलेरो दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने १२ जना घाईते भएका छन् । आज बिहान साँढे ७ बजेको समयमा ओखलढुंगाको च्यामनबाट ककनी मन्दिर तर्फ दर्शनार्थी बोकेर जाँदै गरेको प्रदेश-३-०१-०२२ च ९६९४ नंम्बरको बोलेरो गाडी आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी ५०० मिटर तल खसेर दुर्घटना हुँदा ४ जनाको मृत्यु तथा १२ जना घाइते भएका प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । दुर्घटनामा परी सिद्धिचरण नगरपालिका-१० बस्ने ३५ बर्षीया मिठुमाया मगर, १६ बर्षीया तुलसा मगर, १९ बर्षीय खगेन्द्र मगर र ३६ बर्षीया शान्तामाया मगरलाई उपचारको लागी अस्पताल लैजाने
धरान/ दक्षिण एसियाकै उत्कृष्ठ मानिएको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानामा विरामीको जाँच गर्ने अत्यावश्यक उपकरण नहुँदा उपचारमा हैरानी व्यहोर्नु परेको छ ।प्रतिष्ठानको उपचार पद्धतिका लागि समय समयमा त्यहा आन्दोलन हुने गर्छन्, पदाधिकारीहरुले चाडै समस्या समाधान गर्ने भन्ने आश्वासन दिन्छन् तर समस्या समाधानतर्फ चासो नदिँदा उपचारमा गएका विरामीले सास्ती भोग्नु परेको हो । टाउकोको समस्याबाट पीडित धनकुटाका उत्तम भट्टराईलाई उपचारमा संलग्न चिकित्सकले एमआरआई गर्न लेखेर दिए । बिल काटेर विभागमा एमआरआई गर्ने समय माग्न जाँदा कर्मचारीले एमआरआई विग्रेको एक बर्ष भएको जानकारी दिए । एमआरआई विग
धरान । जातीय विभेद अहिले पनि कायमै छ । मन्दिरमा प्रवेश गर्न खोज्दा हत्या भएका घट्ना पनि सार्वजनिक हुदै आएका छन् । होटलहरुमा पनि दुव्र्यवहार गरेका घट्नाहरु बाहिर सार्वजनिक हुने गरेका छन् ।एका तिर विभेदपूर्ण समाजका घटनाहरु भइरहेका छन् भने कतै सम्मान पनि भइरहेका छन् । खोटाङ जिल्लाको च्यानडाँडाका ९५ बर्षीय मानबहादुर विश्वकर्मालाई पण्डित कर्म गरैकै कारण एक भव्य समारोहबीच सम्मान गरिएको हो । कार्तिक २६ गते पं. विश्वकर्मालाई बराहक्षेत्र नगरपालिका चतरामा प्रथम जगतगुरु पीठमा आयोजना भइरहेको महायज्ञमा सम्मान गरिएको हो । विकलाई पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल तथा जगतगुरु महाराज मोहनशरण देवाचार्यले दोस