धरान/ लागूऔषध सहित धरानबाट ३ जना पक्राउ सुनसरी । सुनसरी धरान उपमहानगरपालिका १५ निराजनवस्तीबाट लागूऔषध सहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा सोही स्थानका २४ बर्षीय दिपेश राई, विशाल राई र २६ बर्षीय अमृत भन्ने लक्की गुरुङ रहेका छन् । शुक्रबार (हिजो) राती ८ बजे अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले उनिहरुको साथबाट नाइट्रोजन ७० ट्याव्लेट, डाइजेल्याप ११ एम्पुल, लुप्रिजेशिक ११ एम्पुल, एभिल ११ एम्पुल र नगद रु ३६ हजार ५सय सहित पक्राउ गरेको हो । पक्राउ परेका तिनै जनालाई ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको छ ।
विराटनगर । विराटनगरको गोल्डेन अस्पतालमा उपचार गरेबापतको रु. २१ हजार तिर्न नसक्दा एक जना बिरामीले अस्पताल परिसरमै आत्महत्या गरेका छन् । उनले अस्पतालको तीन तल्लामाथिबाट हाम फालेर आत्महत्या गरेका हुन । मोरङको धनपालथान गाउँपालिका– १ नोचाका ३५ वर्षीय शिवकुमार मण्डलले उपचार गरेको खर्च तिर्न नसकेपछि आत्महत्याको बाटो रोजेका हुन । मृतकका पाँच वर्षीय छोरा,चार वर्षिय छोरी र श्रीमती छन् । पैसा नतिरेकै कारण अस्पतालले मण्डलाई बन्धक बनाएर रोको थियो । घर जान नपाएको र रकमको समेत अभाव भएका मण्डल एक्कासि अस्पतालको तीन तल्लामाथिबाट शुक्रबार हाम फालेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको टाउको र शरीर
मोरङ। मोरङ बिराटनगर महानगपालिका १५ स्थित १ नम्बर ढाटबाट लागुऔषध सहित एकजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ कटहरी गाउपालिका १ का ३० बर्षीय सुजित पौडेल रहेका छन् । शुक्रबार (आज) पौने २ बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागुऔषध लुपिजेसिक ८ एम्पुल ,डाईजाल्याब ८ एम्पुल , एभिल ८ एम्पुल, फेनारगन ८ एम्पुल र DIALEX-DC १ बोतल पक्राउ गरेको हो । पक्राउ परेका पौडेलको ईलाका प्रहरी कार्यलय रानीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
विराटनगर/ लैंगिक हिंसा विरुद्धको अभियान गाउँ–गाउँमा पु¥याउनु पर्नेमा प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले जोड दिएका छन् । उनले अभियानलाई गाउँ–गाउँमा पु¥याउन सके लैंगिक हिंसा अन्त्य गर्न सकिने बताए । सामाजिक विकास मन्त्रालयको आयोजनामा बिहीबार विराटनगरमा लैंगिक हिंसा विरुद्धको १६ दिने साझा अभियानको शुरुवात गर्दै मन्त्री यादवले सरकारले मात्रै अभियान सञ्चालन गर्दैमा लैंगिक हिंसा अन्त्य गर्न कठिनाई हुने भएकाले आ–आफ्नो तहमा सवै निकायले अभियान सञ्चालन गर्नुपर्ने बताए । “घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं” भन्ने नाराका साथ अभियान शुरुवात गर
धरान/ लैंगिकताको आधारमा हुने सबै प्रकारका हिंसा, विभेद, कुरीति लगायत महिला माथि हुने अपराधलाई अन्त्य गर्दै महिला र पुरुष बिच हुने असमानता हटाउने उद्देश्यले २०५४ साल देखि नेपालमा वर्षेनी लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु भएको हो । प्रत्येक वर्ष अंग्रेजी नोभेम्बार २५ देखि १६ दिने अभियान शुरु हुने गर्दछ । यस वर्ष पनि विहिबार देखि लैंगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ । विगत २४ वर्ष देखि निरन्तर लैंगिक हिंसा विरुद्धको अभियान संचालन भइरहे पनि महिला माथि हुने हिंसामा भने कमि आएको छैन् । महिला हिंसाका घटनाहरु बाहिर आउन थालेकाले बढेको देखिएको महिला अधिकारकर्मीहरुले दाबी गरिरहँदा हिं
दमक/ पछिल्लो समय झापा जिल्ला लागुऔषध तस्करीको ट्रान्जिट बन्दै गएको छ । खुला सिमाका कारण पछिल्लो समय झापा लागुऔषध प्रयोगकर्ता तथा कारोवार गर्नेहरुको अखडा बन्दै सप्लाई गर्ने ट्रान्जिट बन्दै गएको हो । जिल्लाका मुख्य सहरी क्षेत्रमा दिनहुँजसो लागुऔषध ओसारपसार तथा प्रयोगकर्ता नियन्त्रण हुने क्रम बढ्दै गएपछि लागुऔषधको त्यस्तो अवस्था बाहिर आएको हो । सरकारको ऐन तथा नीतिलाई लत्याउँदै कतिपय औषधि पसलमा समेत त्यस्ता प्रतिबन्धित लागुऔषध बिक्री वितरण भइरहेको बताइएको छ । सरकारले तोकेका मापदण्डविपरीत औषधि व्यवसायीले खुलेआम लागुपदार्थ बिक्री वितरण गरिरहेका कारण पनि समस्या बन्दैगएको पाइएको छ । लागुऔषधको दुर
धरान/ मोरङको केरावारी गाउँपालिका वडा नम्बर ६ मा सर्पदशं उपचार केन्द्रको उपचार सेवा बुधवार देखि शुरु गरिएको छ । सुनसरीको धरान र केरावारीका वासिन्दाको लागि सर्पदंशका विरामीका लागि उपचार केन्द्र शुरु गरिएको हो । ३६ लाख भन्दा वढीको निर्माण लागतमा उपचार केन्द्र निर्माण सम्पन्न गरिएको निर्माण समितिका संयोजक प्रकाश श्रेष्ठले वताए । बुधबार औपचारिक कार्यक्रम गरि केरावारी गाउँपालिकाका अध्यक्ष रोहित वहादुर कार्कीले सर्पदंश उपचार केन्द्रको सेवा शुरु गरेका हुन् । उपचार केन्द्रले अव उतरी मोरङको पहाडी क्षेत्र र धरान सम्मका विरामीलाई लाभ पुग्ने संचालक समितीका अध्यक्ष एवम् केरावारी वडा नम्बर ६ का वडाध्यक
इलाम/ दक्ष कृषि प्राविधिक उत्पादन गर्ने उद्देश्यले इलाममा सामुदायिक कृषि क्याम्पस स्थापनाको काम अघि बढेको छ । इलाम नगरपालिकाले सञ्चालन गर्न लागेको सामुदायीक कृषि क्याम्पस स्थापनाको काम तिब्र पारिएको हो । यही वर्षदेखि कृषि क्याम्पस सञ्चालनको लागि प्राध्यापक भर्ना प्रक्रिया शुरु भएको छ भने कक्षा कोठाको व्यवस्थापन भइरहेको क्याम्पस सञ्चालक समितिको अध्यक्ष जसबहादुर लुङ्गेलीले बताए । इलाम नगरपालिका ९ शेरा स्थित बसपार्कको भवनलाई मर्मत गरेर कक्षा कोठा बनाइदै गरेको लुङ्गेलीले जानकरी दिए । पूर्वाञ्चल विश्वविद्यालयमा सम्बन्धन लिइने र त्यसको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । इलाम नगरपालिका अन्तर्गत
सुनसरी/ कारागारमा अनिवार्य चिकित्सकको दरबन्दी रहे पनि भोजपुर जिल्ला कारागारमा दुई वर्ष यता चिकित्सक नहुँदा कैदीबन्दी आधारभूत स्वास्थ्य अधिकारबाट वञ्चित हुनु परेको छ ।कारागारमा गत २०७६ फागुन १० गते देखि चिकित्सकको दरबन्दी खाली रहेको छ । दरबन्दीका स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको स्वास्थ्य परीक्षण तथा उपचारमा समेत समस्या हुने गरेको छ । स्वास्थ्य सेवाको छैठौँ तहको दरबन्दी रहेको कारागारमा दुई वर्षदेखि सो पद रिक्त हुँदा आधारभूत स्वास्थ्य अधिकारबाट कैदीबन्दी वञ्चित हुनु परेको छ भने बिरामी कैदीबन्दीलाई जिल्ला अस्पताल लानुपर्ने बाध्यता छ । स्वास्थ्यकर्मी नुहँदा कारागारमा औषधि लिन पनि जिल्ला अस्
धरान/ दक्षिण एसियाकै उत्कृष्ट मध्ये एक मानिएको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारमा आएका विरामीको सामान्य भन्दा सामान्य ल्यावटेष्ट समेत हुन छाडेका छन् ।प्रतिष्ठानमा ठूला तथा महंगो शुल्क तिरेर गरिने एमआरआई, सिटिस्क्यान जस्ता उपकरण विग्रिएर टेष्ट गर्न नपाएका सर्वसाधारणले पछिल्लो पटक ब्लडमा अक्सिजनको मात्रा हेर्ने उपकरण समेत विग्रिएर थन्किएकाले सर्वसाधारणले टेस्ट गराउन बाहिर जानुपर्ने बाध्यता भएको छ । बेलबारी नगरपालिका वडा नं. ३ की ७५ बर्षीय इन्द्रमाया राईलाई रगतमा अक्सिजनको मात्रा हेर्नका लागि टेष्ट गर्न दिएपछि बिल काउन्टरमा गएर बिल काटे पनि टेष्ट हुन सकेन । दुई द