समाज

    Showing 5,461-5,470 of 6,739 items.
  • मन्त्री यादवलाई बरखास्त गर्न माग

    धरान/ भौतिक योजना तथा निर्माण मन्त्री रेणु यादवले खुल्ला समारोहमा गौर हत्याकाण्ड ब्युतिन सक्ने अभिब्यक्ती दिएको विरोधमा राष्ट्रिय युवा संघ नेपाल सुनसरी जिल्ला कमिटिले विरोध गरेको छ । संघले इटहरीमा विरोध कार्यक्रम गर्दै मन्त्री यादवलाई वरखास्त गर्नुपर्ने माग गरेको छ । कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल इटहरी अध्यक्ष कमल दाहालले सरकार मनपरी ढंगबाट अघि बढेको बताउदै मन्त्री यादवलाई तत्काल पदमुक्त गर्न माग गरे । युवा संघका सुनसरी संयोजक सुजन लामाले मन्त्री यादवलाई अबिलम्ब बरखास्त गरिनु पर्ने बताए । उनले मन्त्री यादवलाई तत्काल बरखास्त नगरे युवा संघले थप आन्दोलनको कार्यक्रम अघि बढाउने बताए ।

    • प्रकाशित मितिः माघ ८, २०७८
    • 876 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आधारभूत पत्रकारिता तालिम सुरु

    धरान/  धरानमा पाँचदिने आधारभूत पत्रकारिता तालिम बिहीबार सुरु भएको छ । प्रेस सेन्टर नेपाल, सुनसरी समितिको आयोजनामा सुरू भएको तालिममा २२ जना प्रशिक्षार्थीहरू सहभागी छन् । धरानका विभिन्न विद्यालय र कलेजमा कक्षा ११ देखि स्नातक तहसम्म अध्ययनरत विद्यार्थीहरू तालिममा सहभागी छन् । तालिम आगामी मङ्गलबारसम्म सञ्चालन हुने प्रेस सेन्टरका सुनसरी अध्यक्ष तीर्थ कार्कीले जनाए । तालिममा कोशीपत्र दैनिकका सम्पादक एवम् महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक राजेश विद्रोहीले प्रशिक्षण दिएका छन् । सहभागीहरूलाई पत्रकारिताबारे आधारभूत जानकारी दिने उद्देश्यले तालिम आयोजना गरिएको अध्यक्ष कार्कीको भनाइ छ । नेप

    • प्रकाशित मितिः माघ ६, २०७८
    • 1,181 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नाटकघर निर्माण अन्यौल: ‘स्थानीय सरकारले अपनत्व लिएन’

    धरान/ प्रदेश एकका कलाकारहरुले गौरबको आयोजनाका रुपमा अघि बढाएको नाटकघर बनाउने योजना बजेट सुनिश्चित नहुँदा अन्यौलमा परेको छ । स्थानीय सरकार, प्रदेश सरकारले अपनत्व नलिदा दुई वर्ष अघि देखि शुरु भएको धरानमा निर्माणाधिन नाटकघर अहिले अन्यौलमा परेको छ । धरान स्थित सभागृह परिषरमा दुई कट्ठा क्षेत्रफलमा नाटकघर निर्माणको काम अघि बढेको थियो । अहिले कुनै पनि सरकारी निकायबाट बजेट सुनिश्चित नभए पछि निर्माण कार्य ठप्प बनेको छ । स्थानीय तथा प्रदेश सरकारले वेवास्ता गर्दा प्रदेशकै कलाकारहरुले गौरबको रुपमा लिएको योजना अलपत्र बनेको नेपाल चललित्रकर्मी महासंघका प्रदेश नम्बर एक संयोजक समेत रहेका नाटकघर निर्माण उ

    • प्रकाशित मितिः माघ ५, २०७८
    • 834 पटक पढिएको
    • "दिनेश गजमेर"
  • इलाम चिया कारखानामा आगलागीहुँदा दश करोडको क्षति

    इलाम/ आइतबार दिउँसो देखि इलामको चिया कारखानामा लागेको आगलागीबाट करिब १० करोड रुपैया भन्दा बढी क्षति भएको छ । इलामको सूर्योदय नगरपालिका ४ अन्तुमा रहेको इलाम टी प्रोडुसर्स प्रालिको अन्तुभ्याली चिया कारखानामा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन् । आगलागीबाट भवन, मेसिन उपकरण र तयारी चिया समेत गरेर १० करोड भन्दा बढिको क्षति भएको कम्पनीका प्रबन्धक ओमकार काफ्लेले जानकारी दिए । आगलागी हुँदा चिया उद्योग सम्पूर्ण रूपमा जलेर नष्ट भएको छ । आगलागीबाट १ सय १० फिट लम्बाई, ७० फिट चौडाइ रहेको चिया उद्योग जलेर नष्ट भएको छ । आगलागीबाट उद्योगमा रहेको दुईवटा ड्रायर मेसिन, पाँचवटा रोलिङ टेबुल, तीनवटा हि

    • प्रकाशित मितिः माघ ४, २०७८
    • 899 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • १० वर्षपछि सुकिलुम्बा विमानस्थलमा उडान पक्का

     इलाम / इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट फागुन ८ देखि इलाम काठमाडौं उडान हुने भएको छ । काठमाण्डौं–इलाम–काठमाण्डौं उडानको लागि तारा एयरलाईन्स र इलाम नगरपालिकाबीच सम्झौता भएसँगै उडान हुने भएको हो । साताको प्रत्येक आइतबार उडान गर्नेगरी नगरपालिका र तारा एयरलाईन्सको बीचमा सम्झौता भएको हो । नगरपालिका र एयरलाइन्सका बीचमा भएको सम्झौता अनुसार आतेजाते ११–११ जना यात्रुको ग्यारेन्टी इलाम नगरपालिकाले गर्नुपर्नेछ । ११ जना यात्रु नपुगे अपुग यात्रुको भाडा नगरपालिकाले ब्यहोर्नु पर्नेछ । हवाई यात्राको लागि एकतर्फि भाडा आठ हजार ७ सय कायम गरिएको छ । त्यस्तै उडानको लागि विमानस

    • प्रकाशित मितिः माघ ३, २०७८
    • 686 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • अन्तुको चिया कारखानामा आगलागी

    इलाम/ इलामको सूर्योदय नगरपालिका ४ अन्तुको चिया कारखानामा आगलागी भएको छ । आगलागी हुँदा कारखाना सहित मेसीन औजार र तयारी चिया सबै जलेर नष्ट भएको छ । इलाम टी प्रोर्डयुस प्रा।लिद्वारा संचालित कारखानामा दिउसो ३ बजे शुरु भएको आगोले चिया कारखानाको तीन वटा भवन सहित सम्पूर्ण मेसीन औजार जलेर नष्ट भएको हो । आगलागीबाट कारखानामा रहेको सबै तयारी चिया समेत जलेर नष्ट भएको छ । एक्कासी कारखानामा आगलागी भएपछि स्थानीयले आगो निभाउने प्रयास गरेका थिए । आगो नियन्त्रण बाहिर गएपछि सूर्योदय नगरपालिकाका दुईवटा बारुणयन्त्र, इलाका प्रहरी कार्यालय पशुपतिनगर, सशस्त्र प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरिरह

    • प्रकाशित मितिः माघ २, २०७८
    • 654 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • खोलामा लगाएको तारजाली विक्री

    रंगेली/ सरकारले करोडौको वजेट बिनियोजन गरेर खोला कटान नियन्त्रणका लागी तारजाली सहितको तटवन्ध निर्माण गरे पनि स्थानीयले तारजाली काटेर बिक्रि गर्न थालेका छन् । स्थानीय सरकार सहित सरकारको सम्वन्धित कार्यालयले तटवन्धमा लगाइएको तारजाली काटेर विक्री गर्ने क्रम दिनप्रतिदिन बढिरहेको छ । कानोपोखरी, वेलवारी मिक्लाजुङ, लेटाङ, दर्वेशा, रंगेली लगायतका खोलामा लगाइएका तारजाली स्थानीयले काटेर कवाडीलाई विक्री बितरण गर्ने गरेको पाइएको छ । खोलामा आउने वाढीवाट गाउँ बस्ती जोगाउन तथा जग्गा कटान रोक्न सरकारले तारजाली ढुंगा सहितको तटवन्ध निर्माण गरिरहेको छ । पछिल्लो समयमा मोरङ जिल्लाको वक्राहा, चिसांङ, लोहन्द्रा

    • प्रकाशित मितिः माघ २, २०७८
    • 853 पटक पढिएको
    • "रबिन्द्र बराल"
  • कोरोना कहर: गन्धर्व पेशा संकटमा

    धरान/ विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणका कारण गन्धर्व पेशा संकटमा परेको छ ।सहज अवस्थामा गाउँ सहरमा घुमेर सांरगी बजाउँदै आर्थिक संकलन गरी परिवारको जीविकोपार्जन गर्दै आएका गन्धर्वहरु अहिले जीविकोपार्जन गर्न धौ धौ मा परेका छन् । विगत दुई वर्ष देखि कोरोनाका कारण संकटमा परेको पेशा अहिले पुनः कोरोनाको नया भेरियन्ट ओमिक्रोन फैलिन थालेपछि पेशा संकटमा परेको गन्धर्वहरु चिन्ता व्यक्त गर्न थालेका छन् । भोजपुर जरायोटारका किरण गन्धर्वले विगतको लकडाउनमा धेरै समस्या भोग्नुपरेको बताए । अब त यस्तो समस्या नआउँला भन्ने सोचेका उनले विगतकै जस्तो अवस्था आउन लागेकोमा उनी चिन्ता व्यक्त गर्छन ।

    • प्रकाशित मितिः माघ २, २०७८
    • 662 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • घाँस काट्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

    धरान/ घाँस काट्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ । तेह्रथुम फेदाप गाउपालिका–१ महाभीरका ५२ बर्षीय अम्बर बहादुर बस्नेतको रुखको हागाँ काट्ने क्रममा सोमबार करेन्ट लागेर मृत्यु भएको हो । छिमेकी नन्द बहादुर बस्नेतको खेतमा रहेको पटमेरोको रुखमा चढी हाँगा झार्ने क्रममा हाईटेन्सन लाईनको तारमा हाँगा अल्झिदा करेन्ट लागी बस्नेतको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक स्थानिय महाकाली उच्च मा.बि. का प्रधानाध्यापक समेत थिए । घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट थप अनुसन्धान भैरहेको छ ।

    • प्रकाशित मितिः पुस २७, २०७८
    • 1,167 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सरकार परिवर्तनको प्रभाव: काँकडभिट्टा–इनरुवा रेलमार्ग मुआब्जामा अन्योल

    धरान/ अघिल्लो सरकारले शुरु गरेका योजनाहरूलाई वर्तमान सरकारले निरन्तरता नदिएपछि काँकडभिट्टा–इनरुवा रेलमार्गको मुआब्जा विवाद अन्योलमा परेको छ । केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले रेलमार्ग निर्माण प्रक्रिया अघि बढाएको थियो । काँकडभिट्टादेखि इनरुवासम्म रेलमार्गको काम पनि अघि बढ्न लाग्दा मुआब्जा विवादले रोकिएको थियो । सो कामलाई वर्तमान सरकारले निरन्तरता दिन नसक्दा अन्योलमा परेको हो । प्रदेश एकका सुनसरी, मोरङ र झापा गरी तीनवटा जिल्लामा रेल गुडाउने योजनासहित अघि बढेको काँकडभिट्टा–इनरुवा रेलमार्गमा उत्पन्न मुआब्जा बिवाद गत असार मसान्तभित्रै टुङ्गिनुपर्ने भए पनि सरकार परिवर्तनले

    • प्रकाशित मितिः पुस २७, २०७८
    • 851 पटक पढिएको
    • "दिनेश गजमेर"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved