धरान/ देशकै सबै भन्दा धेरै दलित समुदायको जनसंख्या रहेको मधेश प्रदेशमा वर्षेनी दलित समुदाय माथि हुने विभेदका घटना बढ्दै गएको छ । मधेश प्रदेशमा जातीय भेदभाव तथा छुवाछुतका घटना बढी हुने गरेको एक अध्ययनले देखाएको छ । केही दिन अघि इन्सेक नेपालले सार्वजनिक गरेको नेपाल मानव अधिकार वर्ष २०२२ का अनुसार वर्षेनी अधिकार हनन्का घटनाहरुमा कुनै कमि आउन सकेको छैन् । पुस्तकका अनुसार पछिल्लो चार वर्षमा दलित समुदायका ६२ जनाको हत्या भएको छ भने २ सय ४९ जना माथि बलात्कार भएको छ । तथ्यांक अनुसार सन २०१८ मा मधेश प्रदेशमा ११ जनाको हत्या भएको थियो भने सन २०२१ मा ११ जनाकै हत्या भएको छ । सबै भन्दा बढी सन २०२० र २०१
धरान/ उदयपुरको कटारी नगरपालिका- ८ श्रृष्टीको जंगलमा फागुन ७ गते मृत फेला परेका १ ब्यक्तिको हत्या भएको पुष्टी भए संगै हत्यामा संल्गन १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर बेलश्रोतका २८ बर्षीय कमल थापा भनिने कमल बि।क। रहेका छन् । जंलगमा मृत फेला परेका ब्यक्ति भारतको राजस्थानका ५० बर्षीय राम किसन मिणा भएको खुल्न आए संगै बि।क।लाई पक्राउ गरिएको हो । बि.क.ले मिणालाई माघ २५ गते घाँटीमा डोरीले कसेर हत्या गरेको खुल्न आएको छ । मोरङको कानेपोखरी गाउँपालिका र पथरी शनिश्चरे नगरपालिका बिचको डास खोलामा निर्माणाधिन रहेको पुलमा पायलिङ मेशिनको काम गर्दै आएका भारतिय नागरीक मिणा माघ २६ गते
धरान । विकाशका नाममा धरानको सेउती तथा सर्दु खोलासँगै आसपासका खोलाहरुमा हुने गरेका उत्खनन् नरोकिदा बसोबासका क्षेत्रहरुमा जोखिम बढ्दै गएको छ । मापदण्ड विपरीत खोला उत्खनन् हुँदा खोला आसपासमा बसेका बस्तीहरु जोखिममा परेका हुन् । पछिल्लो समय धरान–५ स्थित अ“धेरी खोलामा उत्खनन्को काम धमाधम भइरहेको छ । ठेकेदार कम्पनीले यसरी धमाधम उत्खनन् गर्दा बस्ती नै जोखिममा परेको स्थानीय बताउँछन् । धरान उपमहानगरपालिकाको स्वीकृतिमा मोतीदान ज्वाइन्ट भेन्चरले बस्ती नै जोखिममा हुने गरी उत्खनन् थालेपछि खोला आसपास स्थानीय त्रसित बनेका छन् । स्थानीय स्वर्णिमहाङ फोम्बोले यस क्षेत्रमा खोला उत्खनन् गर्दा जोखिम
धरान/ परिवर्तनका लागि सामाजिक अभियानको दशौं संस्करणको सामाजिक स्वास्थ्य शिविर आज फागुन ७ गते १८ नं. वडा कार्यालयमा सम्पन्न भएको छ । १८ नं. वडा कार्यालयको सहकार्यमा सम्पन्न कार्यक्रममा ६३ जनाले स्वास्थ्य जाँच गरेका थिए । वी. पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रशान्त साहद्वारा स्वास्थ्य परिक्षण भएको कार्यक्रममा पाक्षिक रुपमा सञ्चालन हुँदै आईरहेको छ । परिवर्तनका लागि सामाजिक अभियानले आयोजना गर्ने यो सामाजिक स्वास्थ्य क्लिनिक विशेष गरि ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई लक्षित गरि आयोजना गरिएको अभियानका अध्यक्ष विष्णु बरालले बताए । बरालले भने “ब
धरान/ प्रजातन्त्र दिवशको अवसरमा प्रदेश १ का विभिन्न कारागारमा रहेका १ सय १३ जना कैदीबन्दीले आममाफी पाएका छन् । ७२ औं प्रजातन्त्र दिवसको अवसरमा सरकारको सिफारीसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कारागारमा कैदी जीवन बिताइरहेका प्रदेश १ का १ सय १३ कैदीबन्दीहरुलाई आममाफी दिएकी हुन् । प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार झापाका १६, ईलाम ५, पाँचथर २, ताप्लेजुङ ६, मोरङ १५, सुनसरी ३७, धनकुटा १, तेह्रथुम १, संखुवासभा ४, भोजपुर ३, उदयपुर ८, सोलु १, खोटाङ ५, ओखलढुंगा ५ र बालसुधार केन्द्र मोरङका ४ गरी प्रदेश १ बाट १ सय १३ जना कैदीहरुले सजाय माफ पाएका हुन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको
धरान/ कृषि पेशालाई सरकारले अनुदान, प्राविधिक सहयोगका साथै अन्य सहयोग गरेको दाबी गरिरहँदा पहाडी क्षेत्रमा मौरी पालक कृषकहरु भने सरकारी उपेक्षामा परेका छन् ।तेह्रथुमको लाली गुँरास नगरपालिकाका टिका खड्काले केही वर्ष अघि सम्म पालन गर्दै थिए । लामो समयदेखि मौरी पाले पनि प्राविधिक ज्ञान नहुँदा मौरी मर्ने, मौरीले सोचेजस्तो चाका जम्मा गर्न नसक्ने लगायतका समस्या हुन थालेपछि पेशा छाडेर अहिले कपडा व्यापारमा लागेका छन् । उनी भन्छन्, ‘मैले करिब १० बर्ष मौरी पाले, शुरुमा त मौरी पाल्दा धेरै फाइदा भयो, बार्षिक ५० हजारसम्म आम्दानी गर्थे, तर पछिल्लो समयमा मौरी मर्ने, मौरी चर्ने स्थानको कमी लगायतका का
धरान/ दुई वर्ष अघि धरानमा बनाउने भनिएको औद्योगिक ग्राम स्थानीय सरकारको पहल नहुँदा अन्यौलमा रहेको छ । स्थानीय स्रोत, सीप र प्रबिधिको प्रयोगबाट उद्यमशीलता विकास गर्न यहाँ निर्माण थालिएका औद्योगिक ग्रामले गति लिन सकेका छैनन् । ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ को राष्ट्रिय लक्ष्य अनुरुप धरानमा पनि २०७६ पुसदेखि ग्राम निर्माणको प्रक्रिया अघि बढेको थियो । धरान ६ स्थित पानवारीको सेहरा खोला पश्चिम तर्फ औद्योगिक ग्राम बनाउने तयारी थियो । सरकारको निति अनुसार तत्कालिन स्थानीय तहबाट जग्गा उपलब्ध गराएको थियो । सरकारले औद्योगिक ग्राम बनाउन दिएको ९२ लाख रुपैयाको बजेटले जग्गाको संरक्षण गर्न
मोरङ । इलाका प्रहरी कार्यालय रंगेली, मोरङमा कार्यरत प्रहरी निरीक्षक अनमोल खड्का र १ नम्वर प्रदेश प्रहरी कार्यालय, विराटनगर दरबन्दी भई अनुसन्धान समूहमा कार्यरत प्रहरी नायव निरीक्षक फिरोज कुमार चौधरी माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पु-याउनुको साथै जिल्ला मोरङ धनपालथान गाउँपालिका वडा नम्वर–७ स्थित उखु बारीमा दुई वटा मृत लाश र जिल्ला ललितपुर गोदावरी नगरपालिका वडा नम्वर–१२ स्थित गोदाम घरमा गाडेको अवस्थामा अर्को मृत लाश समेत उत्खनन् गरी घटनाको सुक्ष्म रुपमा अनुसन्धान गरी प्रतिवादीहरुलाई पक्राउ गर्न महत्वपुर्ण भुमिका खेलेको भन्दै
धरान/ धरान भेडेटार सडक खण्ड स्थित आपगाछी क्षेत्रमा कुहिएको अवश्थामा शव फेला परेको छ । आपगाछीको जंगल क्षेत्रमा जेब्रा झोलाभित्र मानिसको टाउको र एउटा खुट्टा फेला परेको हो । बुधबार दिउँसो जंगलमा दाउरा खोज्न गएका स्थानीयले कुहिएको अवश्थामा शव फेला पारेका थिए । जंगल गएका स्थानीयले दुर्गन्ध फैलिए पछि हेर्दा जेब्राभित्र टाउको र खुट्टा फेला पारे प्रहरीलाई खबर गरेका थिए । प्रहरीले मुचुल्का गरेर अन्य सबुत प्रमाणहरु परिक्षणको लागि पठाउन संकलन गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए । हत्या गरेर त्यहाँ फालिएको हुनसक्ने प्रहरीको अनुमान छ । कुँवरले भने, ‘एउटा खुट्
धरान । धरानमा खानेपानीको चरम अभाव सिर्जना भएको छ । खानेपानी हाहाकार भएकै कारण सर्वसाधारणले बाटोमै पाइप खोलेर पानी थाप्न थालेका छन् । तीनचार दिनदेखि खानेपानी धारामा नआएपछि धरान १५का सर्वसाधारण खानेपानी बोर्डले वितरणका लागि विछ्याएको मेन पाइप खोलेर पानी थाप्ने गरेका छन् । धरान १५ सुनगाभामार्गकी विना विश्वकर्मा धारामा पानी आउन छाडेपछि बाटोमै पानीको पाइप खोलेर पानी थाप्ने गरेको बताउछिन् । उनी भन्छिन््–‘धारामा पानी नआएको चार दिन भइसक्यो, कही कतैबाट पानीको आवश्यकता पूरा गर्न सकिएन, पाइपमा रहलपहल आएको पानी बाटोमै खुस्क्याएर पानी भर्न गरेका छौं ।’ उनी मात्र हैन त्यस टोलका अन्य सर्व